पर्या–पर्यटन र धारापानीको विकास
के.बि.मसाल
पर्यटनभित्र दर्जनौँ विधा पाइन्छ । समयसँगै यस्ता विधाको विकास र विस्तार भइरहेको छ । नेपालमा पनि पर्यटन भन्ने वित्तिकै हिमाल आरोहण र पदयात्रा भन्ने बुझिन्थ्यो र थियो पनि लगभग त्यस्तै । पछिल्लो समयमा आएर खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, संस्कृति, धार्मिक पर्यटन, इको टुरिजम अर्थात पर्या–पर्यटन, साहसिक पर्यटनजस्ता विभिन्न विधा र ती विधाभित्र पनि विभिन्न सहायक विधाजस्तै सहासिक पर्यटनभित्र प्याराग्लाइडिङ, वन्जी, स्की, ¥याफ्टिङ, स्काई डाइभ रहेका छन् । अशान्त र गञ्जागोलको स्थानमा कुनै पनि पर्यटक भ्रमण गर्न चाहँदैनन् ।
दाङमा पर्यटन विकासका प्रशस्त सम्भावनाहरु छन् । केही स्थानहरु पर्यटन बिकासको लागि पुर्वाधार बनेर पर्यटकीय गन्तव्यको रुपमा पहिचान भएको छ । केही वर्ष यता आएर धेरै पर्यटकियस्थल पहिचान बन्दै गएका छन । पहिचानमा आएका र बनाउँदै गरेका गन्तव्यहरु कुनै जैविक विविधता सम्पन्न छन भने कतिपय दृश्यावलोकनका लागि र धार्मिक र सांस्कृतिक रुपमा परिचित भएका छन । पर्यटकहरु दृश्यावलोकन, मनोरञ्जन र धार्मिक–सांस्कृतिक पर्वहरुमा आन्तरिक एवं वाह्य पर्यटकहरु दाङमा आउने गर्दछन् । तर पनि जिल्लामा पर्यटकहरु कति भित्रीय त्यसको अभिलेख राख्ने व्यवस्था भने छैन । जस्ले गर्दा यथार्थ संख्या, पर्यटक आउने मौसम, बसाइको अवधि र पर्यटकको रुची एवं खर्च गराईको ढाँचा बारे कुनै अध्ययन भने भएको छैन ।
दाङमा पर्या–पर्यटन, कृषि–पर्या पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना रहेको छ । पर्यटन विकासको लागि सबै स्थानहरुको महत्व तथा परिचय एवं त्यहाँ प्राप्त हुने सुविधा र पहुचका बारेमा विभिन्न माध्यमबाट प्रचार प्रसारको आवश्यकता भएको छ । पर्यटनको बिकास बोलेर मात्र हुने होइन । प्राकृतिक रुपमा रहेका संम्पदाको संरक्षण र भौतिक बिकास गरी पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउनु पर्दछ । पाण्डवेश्वर मन्दिर धारपानीले पूर्वाधार विकास र बृहत आध्यात्मिक पर्या–पर्यटकिय केन्द्र स्थापनार्थ श्रीमदभागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सन्चालन गर्न लागेको छ । ऐतिहासिक तीर्थाटन पर्यटकिय क्षेत्रलाई पर्या–पर्यटनको विकास गर्ने उद्देश्य आफैमा राम्रो हो । तर पर्या–पर्यटन क्षेत्र निर्माण गर्न भने अहिलेको धारापानीमा धेरै कुराको सुधार हुन जरुरी छ ।
दाङ उपत्यका एशियाकै ठूलो उपत्यका मानिन्छ । उपत्यकामा रहेको चुरे श्रृखलाको प्राकृतिक सम्पदा र ऐतिहासिक स्थलहरुलाई पाण्डवेश्वर मन्दिरले पर्या–पर्यटनको बिकास गर्न लागेको छ । धारपानीमा विश्वकै ठुलो त्रिशूल राखिएको छ । यो त्रिशूल साढे ५५ फिट अग्लो ८ हजार १ सय १३ किलोको तौल र पञ्चधातुबाट बनेको छ । अग्लो त्रिशूलले गर्दा पाण्डवेश्वर मन्दिरमा आजभोली तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । धारापानी पाण्डवेश्वर शिव मन्दिर धार्मीक कारणले मात्र नभएर अग्लो त्रिशूल, पर्यावरणिय, जैविक, ऐतिहासिक तथा पौराणिक कथा र विषयवस्तुका दृष्टिकोणले तीर्थाटन पर्यटनको गन्तब्य भएको छ । मन्दिर परिसरमा महादेवको मन्दिर, गणेश, हनुमान, राधाकृष्ण, सूर्यनारायणको मन्दिर र हवनकुण्ड, नन्दीको मूर्ती, धर्मशाला, भजनकृतन स्थलपनि निर्माण भएको छ ।
धारापानी सामुन्द्रिक सतहदेखि ६३३ मिटर उचाई र चुरे श्रृखंलाको काखमा रहेको छ । पाण्डवेश्वर शिव मन्दिरको प्राचिन इतिहास छ । यो मन्दिरको इतिहास साजको रुखसंग जोडिएको छ । पर्या–पर्यटनको बिकास गर्न धारापानी क्षेत्रको वन संरक्षण गर्नु पर्दछ । धारापानी क्षेत्रको चुरे श्रृखलाको भूबनोट कमलो खालको छ । बिगतलाई हेर्ने हो भने धारापानीको जंगल जैविक विविधता कायम राख्नमा निकै सहयोगीे थियो । मानिसको बसोवास नभएको कारण चुरेका जगंल नासिन पाएका थिएन । वन्यजन्तु र पक्षीका लागि ओहोर दोहर गर्ने जैविकमार्ग र आश्रयस्थल थियो । दुर्लभ मानिएका वनस्पतिहरु रानी थाकल अर्थात साइकस पेक्टिनाटा र रुख उन्यू अर्थात सेथिया स्पिनुलोसा पनि धारापानीको चुरे पहाडमा थिए । रुदिलो, पाषणभेद, सिकारी लहरो, धएँरो जस्ता औषधिजन्य बिरुवा पनि चुरेमा थिए ।
पछिल्लो समय धारापानीको प्राचीन वन बिनास हुदै गएको छ । पर्या–पर्यटनको बिकास गर्न वनलाई संरक्षण गर्नु पर्दछ । एक पटक वन बिनास भएपछि फेरि वनमा विभिन्न प्रकारको रुख बिरुवा र जनावर पहिलेको जस्तो हुँदैनन् । तर पछि उम्रेको वनका विरुवाले पनि प्राचीन वन जस्तै स्रोत प्रदान गर्न सक्छ । अहिले धारा पानीमा त्रिशुल आकारमा देखिने गरी १००८ वरपीपल, समी र रुद्राक्षको विरुवा वृक्षारोपण गरिएको छ । मन्दिर प्रवेश गर्ने गेट भित्र १०८ गौमुखी ढुङगे धारा निर्माण भएको छ । मन्दिर नजिकै तीर्थाटनमा जाने पर्यटकहरुलाई जल चढाउन सुविधा होस भनि ॐ पोखरी निमार्ण भएको छ । वरपर बिचमा बबै नदि र आसपासमा सुन्दर बस्तीहरु रहेका छन ।
ऐतिहासिक सुनकोट डाँडोसम्म ४ हजार ९ सय ६३ सिडी निर्माण, खडकदेवी को मन्दिर पुन निर्माण, ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षण लगायतका काम हुन लागेको छ । पर्या–पर्यटनको लागि सुनकोटको खडकदेवी मन्दिर सम्म पुग्न केबुलकारको सेवा दिन पनि पर्दछ । पर्यटकहरु नयाँ खोजी र प्रयोग गर्न चाहन्छन । अहिले पैदल यात्राको लागि सुनकोट डाँडोसम्म निर्माण हुन लागेको सिडी मार्गमा ठाउ ठाउमा विश्राम स्थल बनाउनु पर्दछ । पर्या–पर्यटकहरु डाडाकाडा र वन जंगलमा भ्रमण गर्न रुचाउछन । उनिहरुका लागि पदमार्ग पनि निर्माण हुन जरुरी छ । पदमार्गमा केहि दुरीको आकलन गरी विश्रामस्थल पनि निर्माण गर्नु पर्दछ ।
धारापानी पाण्डवेश्वर मन्दिर घोराही देखि ९ कि.मि.को दुरीमा पर्दछ । धारापानी तीर्थाटन पर्यटन बिकासको लागि केहि पूर्बाधार बनेको छ । तर पर्या–पर्यटनको बिकास गर्न भने अझै धारापानीमा थप पुर्बाधारको आबस्यक छ । पर्यटनको क्षेत्रमा पर्या–पर्यटनको बिकास गर्न प्रकृति पर्यटन, हरियाली पर्यटन, जंगल पर्यटन, साहसिक पर्यटन, पर्यावरणीय पर्यटन र शान्त पर्यटन लगाएत पर्यटकहरुलाई सेवा दिन सक्नु पर्दछ । पर्या–पर्यटन वातावरण, प्राकृतिक र सांस्कृतिक धरोहरहरुको संरक्षणका लागि प्रोत्साहन गर्दै स्वच्छ प्राकृतिक क्षेत्रमा गरिने यात्रा वा भ्रमण हो । धारापानी पाण्डवेश्वर मन्दिर क्षेत्रमा पर्या–पर्यटनको बिकास हुनु राम्रो कुरा हो । पर्या–पर्यटन प्राकृतिक सुन्दरता हेर्न आउने र त्यस ठाउँका रुखविरुवा जनावरहरु अध्ययन गर्न आउने पर्यटकहरुबाट आयआर्जन गर्न सकिने माध्यम पनि हो । पर्या–पर्यटन प्राकृतिक सुन्दरतामा रमाउने गर्दछन ।
पर्यटन क्षेत्र आफैमा बृहत् छ । पर्यटन बिकासका धेरै बिधाहरु हुन्छन् । पर्यटनको क्षेत्रमा सबैभन्दा फराकिलो क्षेत्र पर्या पर्यटन हो । पर्याको अर्थ पर्यावरण अर्थात अग्रेजीमा भ्अययिनष्अब ित्यगचष्कm भनिन्छ । पर्यावरणीय क्षेत्रमा पर्यावरणलाई खलल नपर्ने गरी सञ्चालन गरिने पर्यटन विकास पर्या–पर्यटन हो । पर्या–पर्यटनले वातावरणलाई असर पर्ने कुनै पनि क्रियाकलाव गर्न हुदैन । पर्या–पर्यटनले वातावरणमैत्री क्रियाकलाप सञ्चालन गरी वातावरणलाई दिगो राख्ने उपायहरुले पर्यटनको सेवा र बिकास गर्नु पर्दछ । पर्या पर्यटकीय क्षेत्रमा धुवा, धुलो, जैविक विविधता नष्ट, प्राकृतिक स्रोतको दोहन, वनजंगल फडानी जस्ता कामहरु गर्न मिल्दैन । सरल भाषामा भन्नु पर्दा पर्या–पर्यटन क्षेत्रमा पर्यटकहरुले फोटो मात्र खिच र पैतलाको डोब मात्र छोड भन्ने हो । पर्यावरणीय पर्यटन वातावरणमैत्री हुनु पर्दछ । पर्यालाई अंग्रेजीमा भ्अय भनिन्छ, यो शब्द ग्रीक भाषाबाट आएको हो । शाब्दिक अर्थमा पर्या–पर्यटनले प्रकृतिसगको निकट गन्तव्य भन्ने हो ।
प्रकृतिमा आधारित बस्तु र सेवा तथा सांस्कृतिक सम्पदाको रसस्वादका लागि गरिने भ्रमण र यात्रा प्रकृतिमा आधारित पर्या–पर्यटन हो । पर्यटक आउँछन् र जान्छन् पर्यटकरुको भ्रमणले वातावरणमा नकारात्मक प्रभाव पर्नु हुँदैन । शुद्ध हावा र स्वच्छ पानी, भू–स्वरुपको सौन्दर्य र शान्त वातावरण, वन–वनस्पति र वन्यजन्तुको दृष्यावलोकन सांस्कृतिक सम्पदा वातावरणीय दिगोपन पर्या–पर्यटनको अर्को आधार हो । अर्को तर्फ ज्ञानमूलक शिक्षाप्रद अवसर पर्या–पर्यटन हुन्छ । धारापानी वरपरका स्थानीय जनसमुदायको जीविकोपार्जन र अन्य आर्थिक लाभलाई हेरेर पर्यटन विकास र व्यवस्थापन हुन सक्यो भने पर्या–पर्यटनको बिकास हुन्छ ।
प्रकृति तथा संस्कृति संरक्षणलाई टेवा पु¥याउने गतिविधिलाई अंगिकार गरेर पर्या–पर्यटन विकास गरिनु पर्छ । पर्यटकका आत्म सन्तुष्टिलाई सर्वोपरी राखेर अतिथि देवो भवः को सिद्धान्तमा पर्या–पर्यटनको बिकास गर्नु पर्दछ । धारापानीमा पर्या–पर्यटनको बिकास गर्न रणनीतिक योजना बनाउन आवस्यक छ । पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पु¥याउन ग्रामीण पर्यटकीय कृयाकलापको विस्तार तथा अभिवृद्धि गर्ने पर्यटन पुर्वाधार विकास, पर्यटकलाई उपलव्ध गराउने सेवाको गुणस्तरमा बृद्धि, सहज पहँुच, सुरक्षित गन्तव्य, बसाईँको अवधि लम्ब्याउने जस्ता विविध पक्षलाई पर्या–पर्यटनमा हुनु पर्दछ ।
अब पर्यटन प्रबद्र्धन गर्न नयाँ सोचको बिकास हुनु पर्दछ । केहि बर्ष पहिले सम्म पर्यटनको गतिबिधि नभएको दाङको धारापानी अग्लो त्रिशूलका कारणले आजभोली तीर्थाटनका पर्यटकहरु को भिडनै लाग्ने रहेको छ । बिभिन्न जिल्लाका आन्तरिक पर्यटकहरु धारापानीमा पुग्ने क्रम बढदो छ । पाण्डवेश्वर सामुदायीक वनको ३२.४५९ हेक्टर जमिन जिल्ला वन कार्यालयले ०७२ मा मन्दिरलाई हस्तारन्तर भएको छ । यो बाहेक अझ जमिन बिस्तार गर्ने क्रम भैरहेको छ । धार्मीक क्षेत्र भित्र रहेको खाली जमिनलाई फन पार्क गराउन पर्दछ । पर्यटकहरुलाई थप रोमाञ्च र समय बिताउन पर्यटकियस्थलहरु मा फन पार्कको आवस्यकता हुन्छ । अर्को तर्फ पर्यटनको कुरा मात्र नभएर दाङमा फुर्सदमा घुमफिर गर्ने पार्क समेत छैन । शहर बजारको जीवनलाई बिहानी र साँझपखको समयमा स्वच्छ हावा लिन वा सामान्य हिँडडुल गर्न हरियालीपूर्ण सुन्दर पार्कको आवश्यकता हुन थालेको छ । बढदो जनघनत्वका फलस्वरुप सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्ने सार्वजनिक स्थलको कमी हुन थालेको छ । पर्या–पर्यटनको बिकास गर्न धारापानीमा फन पार्कको समेत अवधारणा राख्नु पर्दछ ।
पाण्डवेश्वर मन्दिर भन्दा पाचँसय मिटर उत्तर तर्फ बग्ने बबै नदीलाई जलाशय बनाउन पर्दछ । जलाशयमा पर्यटकहरु ¥याफ्टिङको आनन्द लिन सकुन । जलाशयले बबै नदी किनारमा रहेका सिमसार क्षेत्रलाई समेत फाइदा पुग्न जान्छ । सिमसार क्षेत्रको विकासले नयाँ आगन्तुक चराहरुको सख्या बढदै जान्छ । जाडो छल्न नेपालका बिभिन्न ताल तलैयामा रुस, भारत, चीन, श्रीलङकालगायत देशबाट चरा आइपुग्छन । पानीमा बस्न रुचाउने खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चराहरु मधेश र भित्री मधेशका ताल तलैयामा आफ्नो क्रिडास्थल बनाउने गरेका छन । सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । असोज महीनादेखी आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गर्दछन । सिमसारमा यसरी आउने चराहरुले पर्या–पर्यटनलाई थप रोमाञ्च बनाइ दिन्छ ।
पर्यटन बिकासको काम गर्न त्यति सजिलो छैन । जहा व्याप्त अभाव वा असुविधा छ, त्यहा पर्यटकहरु जान मन गर्दैनन । यसको लागि आवास, यातायात र खानेकुरा त मूलभूत रुपमा नभै नहुने कुरा हुन्छ । सुविधायुक्त आवास, स्वादिष्ट भोजन, स्वास्थ्य, र सुरक्षा, सञ्चार र यातायातको सुविधा पर्या–पर्यटन क्षेत्रमा हुनु पर्दछ । त्यसको लागि धारापानी वरपर रहेका ग्रामीण बस्तीहरु मा होमस्टे सन्चालन गर्नु पर्दछ । गाउँमा आर्गानिक कृषि प्रणालीको बिकास हुनु पर्दछ । आर्गानिक चिजबिजहरु होमस्टेमा बस्ने पर्यटकहरुलाई खुवाउन सकियो भने पर्यटकहरुको सख्या बढदै जान्छ । त्यसपछि मात्र पर्यटकहरु क्रमिक ती स्थलहरुमा पुग्दछन ।
वास्तवमा ग्रामीण क्षेत्रमा हुने पर्यटकहरुको भ्रमण लामो समयको लागि हुदैन तर छोटै अवधिको भएपनि यसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन ल्याउछ । ग्रामीण क्षेत्रमा उत्पादन हुने र ढुवानीको कारणले खपत हुन नसकेका खाद्यान्न, सागसब्जी, फलफूल या दुग्ध पदार्थको उपभोगमा बृद्धि हुन्छ । ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्न पनि पर्या–पर्यटनले सुविधा दिन्छ । पर्या–पर्यटन धारापानीमा जान थालेपछि ग्रामीण समुदायमा रोजगारीको नयाँ अवसर पनि खुल्छ ।
धारापानीमा पुग्ने तीर्थाटन अर्थात पर्या–पर्यटकहरुले केहि न केहि धारापानी मन्दिरको चिनो स्वरुप बस्तुहरु लिन चाहन्छन । धारापानी क्षेत्रलाई पर्या–पर्यटनको बिकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ । जुन सिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरुले उत्पादन गरेका बस्तुहरु धारापानी पुग्ने पर्या–पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ धारापानीमा पर्या–पर्यटनको बिकास ।
मिती ः– २०७५ माघ १६ गते दाङ