बाँके जिल्लाको सेरोफेरो

के.वि.मसाल
बाँके नेपालको एक जिल्ला हो । यो जिल्ला नेपालको पश्चिम तराईमा क्षेत्रमा पर्दछ । मध्यपश्चिमाअञ्चल को भेरी अञ्चलमा पर्ने बाके २०१८ साल भन्दा अगाडी सम्म अहिलको बाँके र वर्दिया एउटै जिल्लामा थियो । नेपालको प्रशासनिक क्षेत्रलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्ने समयमा बाँके र वर्दिया भिन्न जिल्ला बनाइएको हो । बाके बि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत फिर्ता आएको भूमी हो । बि.सं. १८७३ को सुगौली सन्धीबाट गुमेको भू–भाग मध्ये पुरस्कार स्वरुप वि.सं १९१७ मा बाँके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बाँके र पश्चिम तराईका जिल्लाहरुलाई नयाँ मुलुक पनि भन्ने गरिन्छ ।

बाके जिल्लाको सदरमुकाम नेपालगञ्ज हो । नेपालगञ्ज मध्यपश्चिम विकास क्षेत्रको केन्द्र विन्दु पनि हो । जहाबाट हवाई यातायात देखि सडक यातायातको सञ्जाल समेत जोडिएको छ । इष्ट इण्डिया कम्पनीको पालामा रेलमार्ग समेत नेपालगञ्जमा आएको थियो । तर त्यसको निरन्तरता पछिका दिनमा पाउन सकेन । बाके जिल्ला क्षेत्रफल कुल २३३७ वर्ग कि.मि.मा फैलिएको छ । यो जिल्लाको अधिकतम लम्बाई ८४ कि.मि.र औसत चौडाई  ४० कि.मिरहेको छ । केही चूरे क्षेत्र र अधिकांश तराई मैदानी भू–भाग मिलेर बनेको बाके जिल्लामा ४६ गाविस र नेपालगञ्ज एवं प्रस्तावित कोहलपुर नगरपालिका समेत दुई नगरपालिकामा विभाजित भएको छ ।

जिल्लाको नाम बांके रहनुको केहि जनश्रुति रहेको छ । तराई क्षेत्रमा औलो (कालाजार) जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको अकालमा मृत्यु हुने गर्दथियो । गाउँका मानिसहरु अकालमा मृत्यु भै थोरै मानिसहरु मात्र यस क्षेत्रमा बाँकी रहेकोले बाँकी मानिसले बसोवास गरेको ठाउँ भन्दै जाँदा पछि अपभ्रंस भई यस ठाउँलाई बाँके भन्न थालिएको हो भन्ने तर्क राख्नेहर पनि पाइन्छ । धार्मीक विस्वास अनुसार सत्ययुगमा सतीदेवीको जिब्रो पतन भै त्यस ठाउँमा वाक्यस्वरी देवी उत्पन्न भै हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिदै जांदा पछि बांकेमा परिणत भएको भनाइ पनि रहेको छ । त्यसैगरी परापूर्वकालमा यहांका मानिसहरुले घाम पानी हुरी वतास आदि बाट सुररक्षित रहन वरिपरी घुमाएर बांके खालका घरहरु निर्माण गर्ने गर्थे रे । अधिकांश बांके घरहरु रहेको बस्तीलाई बाँके बस्ती भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने भनाइ पनि बाँके जिल्लाको नाममा जोडिएको छ । बाके जिल्लामा पूर्वमा दाङ जिल्ला र भारतको उ.प्र.को बहराईच जिल्ला ले सिमा दिएको छ । पश्चिममा बर्दिया जिल्ला पर्दछ भने उत्तरमा बर्दिया, सल्यान र दाङ जिल्ला जोडिएको छ । दक्षिणमा भने भारतको उ.प्र.को बहराईच जिल्ला पर्दछ ।

नेपालगञ्ज मध्य–पश्चिमाञ्चल विकासक्षेत्रको भेरी अञ्चलको बाके जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो । भारतको रुपेडिया सिमाना नजीक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण मानिन्छ । यो सहर संस्कृतिक र धार्मिक दृष्टिकोणले निक्कै नै विभिधतापूर्ण मानिन्छ । यहाका बासिन्दाहरु हिन्दू, मुसलमान, बौद्ध लगायत अरु थुप्रै धर्ममा आस्था राख्दछन् । त्यस्तै, यहाका बासिन्दाहरु विभिन्न सम्प्रदाय, जात–जाती र मूलका छन् । यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाका मानिसहरु एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन् । सहरको बिच भागमा बिरेन्द्र चोक छ  त्यस्तै धम्बोजी, त्रिभूवन–चोक, बी.पी. चोक यहाका ब्यापारिक केन्द्र हो । नेपालगञ्ज राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ । नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो । नेपालगञ्ज समुद्री सतह भन्दा १५० मिटरको उचाइमा रहेको छ । यो  वजार नेपालको सबैभन्दा धेरै गर्मी हुने वजार मध्येको एक हो । गर्मी मौसममा यहाको वायुको तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुग्दछ । नेपालगञ्ज मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र मानिन्छ । नेपालगञ्ज लाई २०१७ मा नगरपालिका बनाइएको हो । नेपालगञ्जको रानी तलाउ ऐतिहासिक तलाउ मानिन्छ । इष्ट इण्डिया कम्पनीले नेपाल लाई बाकेसहितका चार जिल्ला फिर्ता गरेपछि खुशियाली स्वरुप रानी तलाउ निर्माण गरिएको हो ।

बाके जिल्लामा ऐतिहासिक धार्मिक स्थलहरु धेरै रहेका छन । तिमध्य बागेश्वरी मन्दिर जिल्ला सदरमुकाम नेपालगञ्ज वजारको केन्द्रमा रहेको छ । वागेश्वरी मन्दिर नेपालकै प्रसिद्ध धार्मिकस्थल हो । पौराणिक कथा अनुसार, यहा सतीदेवीको जिब्रो पतन भएको मानिन्छ । दुई हजार बर्षअघि काठमाण्डौ पशुपतिनाथबाट फर्केका तपस्वीहरु बास बस्दा सपनामा देवीले दर्शन दिएपछि शक्तिपीठ देवी भएको कुरा पत्ता लागेको मानिन्छ । मन्दिरसगै दुर्लभ जुगे महादेवको मूर्ति छ । वागेश्वरी मन्दिरले बाके जिल्लाको धार्मीक महत्व बढाएको छ । त्यसै गरी जिल्लामा संकटमोचन हनुमान मन्दिरको पनि छुट्टै महत्व र पहिचान रहेको छ ।

बाकेमा मुिस्लम समुदायको आफ्नै छुट्टै धार्मिक, सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यता रहेको छ । यो धार्मिक, सांस्कृतिक एवं सामाजिक आधारमा अन्य समुदायभन्दा भिन्न समुदाय भएपनि बाकेमा सबै धर्म सप्रदायका मानिसहरुमा मित्रता पाइन्छ । इस्लाम धर्म र मुिस्लम समुदाय छुट्टै अस्तित्व र बेग्लाबेग्लै अर्थ बोकेका शब्दहरु हुन् । धेरैजसो मानिस मुिस्लम समुदायलाई मुिस्लम धर्म मानिदिन्छन । मुिस्लम धर्म होइन, यो त आफ्नै ऐतिहासिक पहिचान बोकेको समुदाय हो । यिनीहरुले मान्ने धर्म इस्लाम हो । मुस्लिमहरुको धर्म र सस्कृतिको केन्द्र विन्दु बाके जिल्लामा जामा मस्जिद, इदगाहा मस्जिदले पनि जिल्लाको गरिमा र पहिचान दिन सकेको छ । बाके जिल्लाको नेपालगञ्ज आसपासमा रहेका कर्बला, गुरुद्धारा, सरस्वती मन्दिर र बौद्ध गुम्बाले समेत धार्मीक महत्व बढाएको छ ।

बाके जिल्लामा नेपालकै ठूलो मानिने सिचाई योजना सिक्टा सिचाई आयोजना संञ्चालन भएको छ । यो सिचाइ आयोजनाले बाके जिल्लाको ३४ गाबिसको ३३ हजार ७ सय हेक्टरमा सिचाई सुबिधा पुग्न लक्ष्यका आयोजनाको छ । राप्ती नदीको पानी राजमार्ग अघैयामा बाध निर्माण गरी सिक्टा सिचाई आयोजनाले बो जिल्लामा पानी लैजान लागेको छ । यो आयोजना २०६३ सालदेखि निर्माण कार्य शुरु हुदै आएको छ । समतल खेतीयोग्य जमिन भए पनि बाकेमा हाल करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिचाई सुबिधा रहेको छ । सिचाई सुबिधा नहुदा बाकेका किसानहरु बर्षेनी आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका छन । तर हालसम्म मुल बाध र १५ किलो मिटर मुल नहर निर्माण भएपनि थप काम हुन सकेको छैन । सिक्टा सिचाई आयोजनामा हाल सम्म करिब ४ अर्ब रुपैया खर्च भई सकेको छ ।

बाके जिल्लाको उत्तरी क्षेत्र चुरे–श्रृखला समेत लाई संरक्षण गर्ने उद्देश्यले २०६७ बाट राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ । नेपालकै कान्छो निकुञ्ज बाकले सल्यान र दाङ् जिल्लाको केहि भाग समेत आफ्नो कमाण्ड एरियामा राखेको छ । राष्ट्रिय निकुञ्जलाई दुर्लभ बन्यजन्तु बाघको उपयुक्त बासस्थान बनाउनका लागि भौतिक संरचना निर्माण कार्य शुरु भएको छ । बन फडानी तथा चोरी शिकारी नियन्त्रण हुंदै गएपछि बाघ लगायतका बन्यजन्तुको गतिबिधि बढ्दै गएको छ । बांके रािष्ट्रय निकुन्ज क्षेत्रमा पर्ने ५ सय ५० वर्गकिलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रको संरक्षण गरि बाघको उपयुक्त बासस्थान बनाउनका लागि निकुन्जले सुरक्षा चेक पोष्ट निर्माण बन फडानी तथा चोरी शिकारी नियन्त्रणका लागि काम सुरु गरेको छ । सरकारले दुर्लभ बन्यजन्तु बाघको संख्याको सन् २०२२ सम्म दोब्बर बृद्धि गर्न राष्ट्रिय प्रतिबद्धता पुरा गर्न २०६७ बैशाक ३० गते बाके निकुन्ज स्थापना गरेको छ ।

निकुञ्जले बाकेको अगैयामा मुख्य कार्यालय, कोहलपुर स्थित खडगवार, खासकुश्मा गाबिसको शिब खोला र महादेबपुरी गाबिसको ओभरीमा नेपाली सेनाको गोरख दल गणले गुल्महरु स्थापना गरी निकुन्ज क्षेत्रको सररक्षण संगै बन फडानी तथा चोरी शिकारी नियन्त्रण गर्न लागेको छ । निकुञ्ज स्थापना भएपछि बन फडानी तथा चोरी शिकारी नियन्त्रण हुन थालेको छ । निकुन्ज क्षेत्रमा बाघ लगायत वन्यजन्तुको गतिबिधि बढ्दै गएको छ । निकुन्ज क्षेत्रको जंगलमा रहेका खोलाहरुबाट ढुगा तथा गिट्टी निकाल्न रोकिए पछि बिनाश हुदै गएको चुरे क्षेत्रको संरक्षणमा समेत सहयोग पुगेको छ । नेपालकै सबै भन्दा कान्छो निकुन्जको रुपमा रहेको बाके राष्ट्रिय निकुन्जमा बाघ, हात्ती, चितुवा, बदेल, जरायोसहित ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा धेरै जातका चरा, २२ प्रजातिका घस्रने जनाबर, १ सय २४ प्रजातिका वनस्पति र निकुञ्जभित्रमा पर्ने बबई नदीमा ५५ प्रजातिका माछा पाइने  भएको छ ।

भारत सरकारल अन्तराष्ट्रिय नियम विपरीत बाके जिल्लाको नेपाल—भारत सिमाना नजिक भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाध र कलकलवा तटबन्धका कारण प्रत्यक बर्ष बर्षादको समयमा राप्तीपारीका गाउँहरु जलमग्न हुने गरेको छ । पूर्वि बाकेको ९ गाबिस जसलाई फत्तेपुर देखी कटकुईंया अर्थात ७ गाबिसलाई बघौडा भन्ने चलन छ भने बैजापुर र विनौना गाबिसलाई राप्तीपारी भन्ने चलन रहेको छ । राप्तीपारीका गाविसहरु प्रत्यक बर्ष बाडीबाट प्रवाहित हुने गरेका छन । नेपाल–भारत सिमास्तम्भ हराउदै गएका छन । कूटनीतिक पहलद्धारा समाधान गरिने मुद्धा भएभए पनि हाल सम्म सिमाको समस्या पुरानै छ । बाके जिल्लाको नेपाल–भारत सीमास्थित मुख्य ४ र सहायक ८ गरी १२ पिलर हराएका छन । नेपालगन्जसंग जोडिएको जयसपुरदेखि राप्ती पारी पर्ने कट्कुइया कुम्भरसम्मका १३ सीमास्तम्भ हराएका हुन । दुबै देशका परराष्ट्र मन्त्रालयबीच सहमति भएपछि मात्र नया स्थापना वा मर्मत सम्भार गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ । सीमा छुट्याउने ३०७ वटा पिलर रहेका छन । जसमध्ये मुख्य पिलर ३३ र सहायक पिलर २७४ रहेका छन । सीमामा रहेका ६३६ र ४,६४६ र १९ र ६५५ र ३६ नम्बरका मुख्य र १९ सहायक स्तम्भ जीर्ण भएका छन । बालुवाको बगरमा दसगजा छुट्याउन समस्या भएको छ ।

पूर्व पश्चिमको सडक सञ्चालन नहुदा सम्म बाके जिल्ला कर्णली, भेरी र राप्ती अन्चलकै ब्यापारी केन्द्र मात्र नभएर भारतिय भूमिमा जाने मुख्य मार्ग थियो । सडक सञ्जालको बिस्तार भएपछि यो क्रम घटेको छ । बर्तमान अवस्थामा बाके जिल्ला सडक यातायातको विकासमा अगाडी रहेको छ । बाके बाट सुदुर–पश्चिमका जिल्लाहरु र काठमाण्डौ लगायत देशका सबै भू–भागमा यात्रा गर्न सकिन्छ । पछिल्लो समयमा एशियाली विकास बैङक (एडीबी)को सहयोगमा नेपालगञ्ज–कोहलपुर सडकखण्डमा चार लेन सडकको काम थालनि भएको छ । यो सडकले बाके जिल्लाको सडक विकास नमूनाको रुप लिनेछ । बाके जिल्लामा पर्यटकीय स्थलको रुपमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क जस्ता स्थलहरु रहेका छन । त्यसैगरी आन्तरिक पर्यटकिय स्थलका रुपमा रहेको महादेवपुरी गाविस स्थित ढकेरी पार्क कोहलपुर र शमसेरगञ्जको विचमा राजमार्ग सगै जोडिएको छ । जुन पार्कमा दिनहूँ मानिसहरु पुग्ने गर्दछन । तराइको जिल्ला भएकोले वाह्य पर्यटकहरु लाई दृष्यावलोकन गर्ने हिमाल र प्राकृतिक स्थल नभएपनि निकुञ्जमा रहेका जंगली जनावर हेर्नको लागी भने बाकेमा पर्यटकहरु आउने गर्दछन । बाके बाट बर्दिया राष्ट्रिय निकुञ्जमा जानको लागी आउने पर्यटकहरु भने कमि हुदैन । त्यसैगरी हवाई मार्ग बाट रारा ताल, से–फोक्सुण्डो ताल र खप्तड जाने वाह्य पर्यटकहरु बाकेको नेपालगञ्ज भएर जाने गर्दछन ।

मितिः– २०७० फागुन १० दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *