नवलपरासी जिल्लाको सेरोफेरो
के.वि.मसाल
तराइको मैदानीभागमा जंगल रहेको अवस्थामा अर्थात ०१८ साल भन्दा पहिले नवलपरासी जिल्लाको गैडाकोटको भूगोल तनहू र पाल्पा जिल्लामा थियो । नवलपुरको गैडाकोट क्षेत्र र दाउन्ने पहाड पश्चिमको परासी क्षेत्र मिलाएर २०१८ सालमा नवलपरासी जिल्लाको नामाकरण गरिएको हो । त्यसभन्दा पहिले यस जिल्ला लाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो । नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्रि मधेश र मधेश गरी तीन भागमा बिभाजीत भूगोलमा रहेको छ । यस जिल्लाको भित्रि मधेश नवलपुर क्षेत्र अर्थात दाउन्ने भन्दा पूर्व गैडाकोट सम्मको भू–भाग लाई भनिन्छ । यस क्षेत्रमा नेपालको धेरै ठाउबाट बसाइ सरेर आएका बासिन्दा छन । तर स्याङजा पाल्पा, अर्घाखाची, तनहू, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरुको संख्या तुलनात्मक रुपमा धेरै पाइन्छ । यो जिल्लाको उत्तरमा पाल्पा र तनहू, पश्चिममा रुपन्देही, पूर्व र दक्षिणमा चितवन र दक्षिणको केही भाग भारतसग जोडिएको छ । चितवन राष्ट्रिय निकुन्जमा नवलपरासीको ठूलो जंगल पर्दछ ।
पूर्व–पश्चिम राजमार्गको मध्यभाग भनेर राजा महेन्द्र शाहले वि.स.२०१८ सालमा गौडाकोटमा शिलान्यास गरी पूर्व–पश्चिम राजमार्ग निर्माण सुरु गरेको स्थान हो । समुन्द्री सतहबाट करिब ९१ मिटर देखि १,९३६ मिटरसम्मको उचाईमा रहेको नवलपरासी जिल्लामा १ नगरपालिका र ७३ गाविसमा विभाजन भएका नवलपरासीको सदरमुकाम परासी हो । यस जिल्लाको पूर्व–भाग नारायणी नदी र नवलपुर क्षेत्र पश्चिम–दक्षिण भागमा तराई उत्तर–पूर्व र उत्तर–पश्चिम भागमा महाभारत पर्वत श्रृखलाको चुरे पहाडी क्षेत्रको भूगोल रहेको छ । नवलपरासी जिल्ला भौगोलिक रुपमा भिन्नै पहिचान रहेको छ । यहा पहाडी प्रदेश, भित्री मधेश र तराई प्रदेश रहेका छन । यसै भौगोलिक विविधताका कारण नेपाल भरिकै हावापानी वातावरण र संस्कृति यहा पाइन्छ । वुटवल–नारायणघाट सडक यातायात सन्चालन भए पछिनै जिल्लामा सडक यातायातको सुविधा हुदै गएको नवलपरासीमा पछिल्लो समय अरुङ्खोला, कवासोती, दलदले र गैडाकोट बाट समेत पूर्वी पाल्पाको रामपुर जोडने मोटर मार्ग बन्न थालेको छ । यातायातकै कारण आजभोली पूर्वी पाल्पा र नवलपरासी जिल्लाका पहाडी गाउँ लाई तराइको भू–भागमा आवत जावत गर्नसजिलो भएको छ । त्यसैगरी वर्दघाट–त्रिवेणी मात्र होइन हुलाकी मार्गको समेत विस्तार गरी यातायातमा सुविधा हुदै गएको छ । राजमार्गमा पर्ने भुमही–परासी हुदै भैरहवा सम्म जोडने मार्गले झनै जिल्लावासी मात्र नभएर अन्य मानिसहर लाई समेत सुविधा हुन गएको छ ।
कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम महाभारत पर्वतको विचमा रहेको मौलाकाली धार्मीक पर्यटकिय स्थलको इतिहास मुकुन्दसेन संग जोडियको छ । देवघाटधाममा मध्यकालिन भग्नावशेषका रुपमा मुकुन्दसेन ले बनायको पन्चदेवल अहिले पनि छ । साथै मणि मुकुन्दसेन को श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेन ले देवघाटधाम मा १२ वर्ष तपस्या गरेको पनि इतिहास छ । तनहू,चितवन र नवलपरासी जिल्लाको संगम स्थल देवघाट अहिले तपस्वी, साधु, सन्यासी, सन्त महात्मा र कल्पवासीहरु को वासस्थान वनेको छ । देवघाट धार्मीक स्थल ले चितवन र तनहू जिल्लाको भूभाग धेरै लिएको छ । तर आजभोली धार्मीक गतिविधी देवघाटमा मात्र सिमित नभए र नवलपरासी जिल्लाको मौलाकाली मा समेत बढन थालेको छ । मकवानपुर का राजा मुकुन्दसेन राज्य विस्तार गर्ने क्रममा महाभारत पर्वतको वाटो हुदै देवघाट, मौलाकाली हुदै पाल्पा सम्म पुगेका थिए । मौलाकाली नवलपरासी जिल्ला को गैडाकोट संग मिलेको महाभारत श्रृखलाको जवडाडा मा पर्दछ ।
मुकुन्दसेन धार्मीक स्वभावका थिए । मौलाकालीको स्थापना पनि मुकुन्दसेन ले गरेका हुन । मौलो कोतमा वली दिनको लागीराखियको खम्वा अथवा किलो लाई मौलो भनिन्छ । पाल्पा सम्मको राज्य विस्तारको क्रममा मुकुन्दसेन ले त्यस स्थानमा मौलो गाडी काली देवी लाई वली चढायको हुन सक्ने विस्वास गरिन्छ । नारायणघाटको पुल भन्दा २ किलोमिटर पश्चिम राजमार्ग पार गरेपछि मौलाकाली पुग्ने मार्ग सुरुहुन्छ । समतल गैडाकोटको वस्ति किनारको महाभारत श्रृखलाको फेदी बाट सुरुहुने मौलाकाली पुग्ने सडकमा मौलाकालीको मुलद्धार देखि करिव २ किलोमिटरको उकालो बाटोमा १ हजार ८ सय ८२ वटा सिडी निर्माण गरियको छ । केहि वर्ष अगाडी बाट ऐतिहासिक मौलाकाली धार्मीक स्थल लाई चारधाम को रुपमा विकास गर्न पर्दछ भन्ने मान्यताको विकास हुन थालेको छ । मौलाकालीको विकास गर्न आजभोली गैडाकोट, नारायणघाट र आसपासका सामजीक, धार्मीक, राजनैतिकदल सवै एकजुट भयका छन ।
मौलाकालीजादा सिद्धविनायक, श्रीकृष्ण, र देउराली देवीको समेत दर्शन गर्न सकिन्छ । मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका मूर्ती स्थापना गरियको छ । वि.स.१९९० साल सम्म मौलाकालीमा पुजागर्ने ठूलो सालको रुख थियो भनिन्छ । त्यो रुख अहिले नभय पनि ऐतिहासिक ढुङको पर्खाल, पुराना खुडा, तरवार जस्ता पुराना हतियार, जिर्ण अवस्थाको मौलोकालीको शिला लाई संरक्षण गरियको छ । वि.स.२०३८ साल देखि सस्थागत पुजा–आजा नियमित सुरु हुन थालेकको मौलाकालीधाम मा २०५३ सालमा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भयपछि धार्मीक पर्यटकहरु को सख्यामा प्रगती हुन थालेको छ । २०१४ सालमा चितवनको जंगल फडानी गरियो । पहाडी जिल्लाका मानीसहरु लाई तराई मा बसोवास गराउने राज्यको अभियानमा गैडाकोटको जंगल पनि फडानी भयो । जंगल खेत वारीमा आवादी भयो । जनसख्या क्रमिक रुपले वृद्धिहुदै गयो । त्यसपछि ऐैतिहासिक मौलाकाली को खोजी हुन थालेको हो । अहिले मौलाकाली लाई धार्मीक पर्यटकिय विकास गर्नको लागि धार्मीक सेवा समिती गठन भयको छ । समिती बाट नै मौलाकाली को विकास गर्ने योजना वनेको छ । धार्मीक आस्थाका धर्मवीरहरु को सख्यामा प्रगती भएको छ । विशेष गरी नारायणघाट र गैडाकोट का व्यापारीहरु ले मौलाकाली लाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न पर्दछ भन्ने अभियान मा जुटेका छन ।
गैडाकोटको महाभारत श्रृखला धार्मीक दृष्ट्किोण ले मात्र होइन, ऐतिहासिक खोज को लागि पनि महत्वपूर्ण मानीन्छ । देवघाट देखि त्रिवेणीधाम भारतीय सिमाना मा पर्ने भैसालोटन सम्मको नारायणी नदी को करिडोर का विभिन्न नाम ले प्रख्यात धार्मीक, ऐतिहासिक घाटहरु सिक्रौलीघाट, पितौजीघाट, मितेरीघाट, भृकुटीघाट, ब्रम्हस्थानघाट, ठांडीटारघाट, मौसरघाट, जलदेबीघाट, बालीघाट, गडगडीघाट जस्ता अध्यात्मीक चिन्तनहरु का लागि अध्ययन अनुसंन्धान को लागी महत्वपूर्ण स्थल रहेका छन । मौलाकालीधाम भन्दा पश्चिम भेग नपलपरासी जिल्लाको महाभारत पर्वत मा पर्ने सामुन्द्रिक सतह देखि १९३६ मिटर अग्लो देवचुली १७७५ मिटरको बढचुली ले पनि नवलपरासी जिल्लाको महत्व बढाएको छ । त्यसै गरी नारायणीनदी को करिडोर दृक्ष्यावलोकन गर्ने, डुङ वाट गण्डक बाध भैसालोटन सम्मको यात्रा गर्ने पर्यटकहरु पनि वढन थालेको छ ।
नवलपरासी जिल्लाको दाउन्ने गाविसमा पर्ने दाउन्ने देवीको स्थापना राजा मुकुन्दसेन ले गरेका हुन । नवलपरासी जिल्लाको वर्दघाट र दुम्कीवास विचको पहाड वाइसे चौविसे राज्यको समयमा पाल्पा राज्यमा पर्दथियो । त्यस वेला पाल्पाका राजा मणि मुकुन्द सेन थिय । मुकुन्द सेनका दुईवटा रानी थिय । कान्छी रानी लामो समय सम्म विमारी भै रहिन । त्यस वेलाको समयमा सवै उपचारको पद्धती अपनाउदा समेत रानी लाई सन्चो भयन । एकदिन राजा लाई सपना भयछ ,म देवी हू….मलाई …पहाडको चुलीमा स्थापना गरी पुजा–आजा चलाउनु तिभ्रो रानी लाई सन्चो हुने छ । सपनाको कुरा लाई साकार पार्नको लागी मुकुन्द सेन ले दाउन्ने पहाडमा देवीको मूर्ती स्थापना गर्न लगायको इतिहास छ ।
जनसख्या वृद्धिहुदै गयपछि वसोवास गराउने उद्देश्य ले मध्य तराईको भू–भाग २०१४ सालमा फडानी भयो । चितवन र हाल नवलपरासी जिल्लाको नवलपुर क्षेत्र गैडाकोट देखि दुम्कीवास सम्मका अधिका्रश जंगल फडानी हुदै वस्ती वस्न थाल्यो । क्रमस जंगल फडानी गर्ने र वसोवास गराउने कार्य पुनरर्वास,वस्ती विकास जस्ता र्सस्थागत निकाय वाट सरकार ले गर्न थाल्यो । वि.स.ं२०१८ सालमा पूर्व–पश्चिम राजमार्ग को शिलन्यास राजा महेन्द्र ले गैडाकोटमा गरेपछि वुटवल,नारायणघाट विचको वस्तीमा चहल–पहल क्रमिक रुपमा बढन थाल्यो । नारायणघाट–वुटवल सडक–खण्ड निर्माण गर्ने काम वृटिस सरकार बाट सुरु भयो । सडक निर्माण गर्ने क्रममा दाउन्ने पहाडमा चहल पहल वढदै गयो । राजा मुकुन्द सेन द्धारा स्थापना गरियको वनदेवी को महत्वमानीस को चहल पहल ले बढन थाल्यो । त्यपछि देवीको नाम पनि वनदेवी वाट परिवर्तन भयर दाउन्ने देवी रहन गयको हो ।
समयको माग सगै मठ मन्दिर,धार्मीकस्थल हरु आजभोली धार्मीक पर्यटकिय स्थलको रुपमा विकास हुन थालेका छन । जनसख्या वृद्धि,शहरिकरण को वस्ती विकास जस्ता कारण ले पर्यटकिय स्थलको खोजि पनि हुन थालेको छ । यातायातको सुविधा वुटवल,भैरहवा,नारायणघाट जस्ता शहर र अन्य बाक्लो गाउघर का बस्ती ले दाउननेदेवी मा दर्शन गर्ने,पिकनिक खान र अन्य धार्मीक कार्य गर्न जानेको सख्या दिन प्रतिदिन बढन थालेको छ । दाउन्नेदेवी मा नित्यपुजा मा शनिवार, पन्चमी, सप्तमी, अष्टमी र पूर्णिमाको दिनमा वली पनि दिने प्रचलन छ । यो वाहेक आजभोलि चैते दशै र वडा दशैमा देवीको पुजा–आजा गर्नेहरु को भिड नै लाग्ने गर्दछ । धार्मीक आस्थाको कारण दाउन्ने देवी संग भाकल गर्ने र भाकल पुरा भयको कारण वली दिने, परेवा उडाउने प्रचलन पनि दाउन्नेदेवी मा बढन थालेको छ । कतिपय पाल्पा, गुल्मी, रस्याङ्जा जिल्ला बाट तराई तिर वसाई सर्नेहरु ले दाउन्ने देवी लाई कुलदेवता को रुपमा पनि पुज्न थालेका छन । जुनसुकै आस्था ले किन नहोस दाउन्ने देवीको दर्शन गर्ने मानीसहरु को सख्या बढदै छ ।
दाउन्ने देवी मन्दिरको संरक्षण र विकास गर्न २०४९ मा मन्दिर व्यवस्थापन समिती पनि गठन भयको छ । समिती गठन भयपछि दाउन्नेदेवी को मन्दिर निमार्ण, धर्मशाला र पिकनिक स्थल को निर्माण भयको छ । महाभारत श्रृखलाको पहाडमा रहेको दाउन्ने देवी को स्थल वाट नवलपरासी जिल्लाको विभिन्न भाग र वस्तीहरु देख्न सकिन्छ । भारतिय सिमाना मा रहेको ऐतिहासिक धार्मीक तिर्थस्थल त्रिवेणी भैसालोटन,नारायणीनदी किनारमा रहेको चितवन जिल्लाको भूगोल मा पर्नेे राष्टिय निकुन्ज क्षेत्रको हरियाली जंगल,नवलपरासी जिल्ला कै पूर्वी क्षेत्रमा रहेको नवलपुर क्षेत्रका वस्तीहरु महाभारत पर्वत श्रृखलामा रहेको देवचुली र बडचुली को सुन्दर चुचुरो पनि दाउन्ने डाडा को मन्दिर परसर बाट दृष्यावलोकन गर्न सकिन्छ । त्यसै ले आजभोली दाउन्ने देवीमा केवल धार्मीक दृष्टिकोण ले मात्र नभयर पर्यटकिय दृष्टिकोण ले पनि दाउन्ने देवीको मन्दिर मा पुग्ने को तुलत्नामक सख्या प्रत्यक वर्ष वृद्धिहुदै गयको छ । शैक्षिक भ्रमणको लागी विभिन्न जिल्ला बाट मेचि,महाकाली गर्ने विद्यार्थीहरु को लागी दाउन्ने देवी दर्शन र अवलोकन गर्ने स्थल नै बनेको छ । गर्मी को समयमा वुटवल, नारायणघाट र अन्य क्षेत्र बाट पनि घुम्नको लागी मात्र पनि दाउन्ने पुग्नेहरु पनि छन । स्वच्छ वातावरण, शितल हावापानी, वस्न खान होटल को सुविधा भएको कारण गर्मीको समयमा यो स्थल शितल हुने कारण ले पनि यसको महत्व बढन गयको हो ।
आजभोली दाउन्ने देवीको मन्दिर विवाह मण्डप पनि वनेको छ । दाउन्ने आसपास का ग्रामिण वस्ती का मानीस मात्र होइन यातायात सुविधा भयकै कारण अन्य शहरि क्षेत्र बाट समेत दाउन्नेमा विवाह गर्न आउनेको सिजनमा भिड हुन्छ । प्राकृतीक दृष्य र दाउन्ने देवीको मन्दिर लाई सिनेमामा राख्न कलाकारहरु समेत छायाङ्कन गर्न दाउन्ने पुग्ने गर्दछन । आस्था कै कारण दाउन्ने देवी को नाममा उद्योग,व्यवसाय,कलकारखाना र शैक्षिक प्रतिष्ठान खोल्ने को सख्या पनि कम छैन । धार्मीक पर्यटकिय स्थलको रुपमा विकास हुन थालेको दाउन्ने देवीको मन्दिर मा इतिहासकार,अनुसन्धानकर्ता र भूगोलविद समेत पनि भ्रमण र दर्शन को लागी जाने गर्दछन । आफ्नो रानी विमारी भयको कारण सपना ले मुकुन्द सेन ले स्थापना गरेको देवी को मन्दिर ले राष्ट्यि मात्र नभय र आजभोली अन्तराष्टिय पहिचान समेत हुन थालेको छ । इतिहासको खोजी गर्ने विद्यार्थीहरु को लागी दाउन्ने पहाड महत्वपूर्ण स्थल मानीन्छ ।
मितिः – २०७० माघ २१ गते दाङ