देवघाटदेखि मुक्तिनाथ सम्म …१५
के.वि.मसाल
वाग्लुङ् जिल्ला पौरखी जिल्लामा गनिने रहेछ । भुरे–टाकुरे राजाको पाला देखिनै आत्म निर्भर भएर राज्य संन्चालन भएको वाग्लुङ जिल्लामा पनि कालिनदीको महत्व झनै बढि रहेछ । पर्वतको कुश्मा बाट वाग्लुङ् आउने बेलामा बाटोमा भेट भएका राम बहादुर मल्लले वाग्लुङ् जिल्लाको इतिहास सुनाउन लागे । कुश्मामा बसेको बेला ०२२ सालमा म पहिलो पटक वाग्लुङ् वजार पुगेको थिए । केटाकेटीको बेलाको संझना कतिपो हुन्छ र ? तै पनि वाग्लुङ् वजारको दृष्यभने विर्सेको रहेनछ । नेपाल भित्रपनि नेपाल अर्थात नेपाल जस्तै स्यानो नक्सा भएको जिल्ला हो वाग्लुङ् । नेपालको पश्चिमाअन्चलको धवलागिरी अन्चलमा पर्ने वाग्लुङ् जिल्ला अन्चलको सदरमुकाम पनि हो । नेपालको झोलुङ्ेपुलको तथ्याक अनुसार सवै भन्दा धेरै झोलुङ्ेपुल भएको जिल्ला पनि वाग्लुङ् हो । त्यसैले आजभोली वाग्लुङ् लाई पुलै–पुलको जिल्ला भनेर पनि चिन्हे गरिदो रहेछ । पाल्पाका राजा मुकुन्दसेन ले आफ्नो छोरी लाई उपहार दिएको मूर्ती वाग्लुङ् वजारको कालीकादेवी को मन्दिर रहेछ ।
मुस्ताङ् जिल्लाको दामोदरकुण्ड, कागवेनी हुदै बग्दै आउने कालीगण्डकीले पनि वाग्लुङ्को महत्व बढाएको रहेछ । यो बाहेक वाग्लुङ् जिल्ला ऐतिहासिक, धार्मीक, सांस्कृतीक, पर्यावरणिय, जैविक आदी दृष्टिकोणले पनि प्रसिद्ध रहेको छ । बचपनको याद पुरै नहुने रैछ । साझ पर्न लागेको थियो बासको लागी यताउति होटलको खोजिमा आखाँ डुलाउन थाले । धौलागिरी होटलको बोर्डले मलाई आकर्षण ग¥यो । धौलागिरी अञ्चल र हिमाल दुवैको नाम संगजोडिएको होटल एकरातको लागी बास बस्ने मौका मिल्यो । होटलको बासमा एकजना वाग्लुङ् जिल्ला मुलपानीका रामेश्वर पन्त संग भेट भयो । उनले मलाई वाग्लुङ् कालिकाको ऐतिहासिक पृष्ठभूमी सुनाउन थाले । वि.स. १५९१ मा पाल्पाका राजा मणीमुकुन्द सेनकी छोरी राजकुमारी विश्रवादेवीको पर्वतका राजा प्रतापीनारायण मल्लसंग विहे हुंदा विश्रवादेवीलाई दिईएको भगवतीको मुति यहां स्थापना गरिएको रहेछ । पाल्पा देखि विवाहका जन्तीहरु वाग्लुङ्को बाटो हुदै दुलाह प्रतापीनारायण मल्लको घर पर्वत जिल्लाको मलाज भन्ने गाउमा जान लागेका रहेछन । दिनभरको थकाइ मार्न र खाजा खानको लागी जन्तीहरु ऋहिले कालिकाको मन्दिर भएको स्थान नजिकै विश्राम लिएका रहेछन । पछि हिडने बेलामा बोकेर ल्याएको देवीको मूर्ती उठाउन नसक्दा सबैजना छक्क परेछन । धेरैजनाको समूह मिलेर देवीको मूर्ती लाई उठाउन खोज्दा पनि नसकेपछि मुकुन्दसेनले छोरी लाई उपहार दिएको मूर्तीमा देवीको शक्ति भएको कुरा जन्तीहरुले विस्वास गरेछन । तयसपछि मूर्ती लाई अहिले कालिका मन्दिर भएको स्थानमा राखेर जन्तीहरु म्लाज तर्फ लागेका रहेछन ।
कालिगण्डकी वरपर रहने जो कोहिले पनि कालिगण्डकी र शालिग्रामको महत्वको बारेमा कुरा गर्न रुचाउदा रहेछन । वाग्लुङ्को प्रख्यात मानिने कालिकाको मन्दिर बाट फर्कन लागेको थिए । बाटोमा निधारमा ठाडो टिका लगाएका एक जना बृद्ध मानिस लाई भेटे । उनको घर पर्व जिल्लाको पाङ गाउँमा रहेछ । वैष्णम धर्म मान्ने ति बृद्धको नाम हरि प्रसाद पौडेल रहेछ । उनलाई कालिगण्डकीको बारेमा धेरै कुरा थाहा रहेछ । हसिला अनुहारका पौडेलले मेरो बारेमा जान्न उत्सुकता देखाए । महिले सबै कुरा भने पछि उनले कालिगण्डकीको बारेमा मलाई सुनाउन थाले । हिन्दु धर्ममा कालीगण्डकी नदीको महत्व जति महत्वपुर्ण छ, यस नदीको पौराणीक र विश्वव्यापी महत्व पनि धेरै रहेको छ । यो नदीको महत्व बढि हुनुमा विश्वका अन्य नदीहरुमध्ये यो नदीको बिशेषता पनि फरक किसिमको पाइन्छ । विश्वका हजारौं नदीहरुमध्ये भगवान बिष्णुको अवतारको रुपमा रहेको पवित्र शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी हो । विश्वमा दुर्लभ मानिएको शालिग्रामको आजभोली म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा खुला व्यापार हुने गरेको छ । खुला व्यापारका कारण कालीगण्डकी नदीबाट दिनप्रतिदिन शालिग्राम चोरी निकासी र तस्करी हुने क्रम बढेको छ । शालिग्राम हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल दामोदरकुण्डदेखि नवलपरासीको त्रिवेणीसम्म कालीगण्डकी बहन क्षेत्रमा मात्र पाइन्छ । म्याग्दी र मुस्ताङका विभिन्न स्थानका बजारमा शालिग्राम बिक्रि हुने गरेको छ । जसले गर्दा नेपालको महत्वपूर्ण सम्पदा शालिग्राम तस्करी गर्नेहरुलाई समेत टेवा पुग्दै गएको छ ।
कालीगण्डकी नदी किनार एवम् पानीभित्र मात्र पाइने चिल्लो पत्थरजस्तो देखिने शालिग्राम प्रायः कालो रंगको हुन्छ । दामोदरकुण्डदेखि त्रिवेणीसम्म अन्य विभिन्न एक हजार प्रकारका शालिग्राम पाइने गरेका छन् । अनेक प्रकारका अनौठा आकार र अपत्यारिला आकृतिसमेत यसभित्र भेटिन्छन् । निकै आकर्षक देखिने शालिग्रामभित्र सुनजस्तो बहुमूल्य पदार्थ पाइने भएकाले समेत छिमेकी मुलुक भारत र युरोपेली राष्ट्रहरुमा यसको तस्करी हुने गरेको छ । राष्ट्रले शालिग्रामको वैज्ञानिक महत्व बुझ्न नसक्दा एकातर्फ देशको सम्पदा दिनदिनै रित्तिदै गएको छ भने अर्कातर्फ तस्करहरु रातारात करोडपति बन्ने मौका पाएका छन् । चोरी–निकासी गर्नेहरुले पनि यसभित्रको बहुमूल्य धातुकै लोभले सो कार्य गर्ने गरेको पाइन्छ । हिन्दू धर्मावलम्बीहरुले शालिग्रामलाई भगवानको अवतारका रुपमा मान्ने गरेका छन् । शालिग्राम हेर्न यहा बर्सेनी हजारौ धर्मावलम्बी र पर्यटक आउने गर्दछन् । कालीगण्डकीको शालिग्राम अब खुला व्यापारका कारण विश्वभर पुगिसकेको छ । प्रायः गोलो आकारमा पाइने यो शिला प्रतिगोटा न्यूनतम रु २५ देखि रु ५०० सम्ममा बिक्रि हुने गर्दछ ।
मुकुन्दसेनको नाम देवघाट देखि मुक्तिनाथ सम्म जोडिएको छ । वाग्लुङ् जिल्लाको कालिकाको मन्दिर संग पनि मुकुन्दसेनको नाम जाडिएको प्रशगं पाउदा अमच्च भए । हुन त हाम्रा धार्मीक मठ मन्दिरहरुको इतिहास खोज्दै जादा यस्तै शासकहरुको नाम धेरै पाइन्छ । तर पनि उपहार दिएको मूर्तीनै देवीको शक्तिमा परिणत भएको कुराले मलाई कौतुहल बनाएको छ । कालिगण्डकीको शिर मुक्तिनाथसँग राजा मुकुन्द सेनको नाम पनि जोडिएको छ । मकवानपुरबाट पश्चिमको यात्रामा देवघाट, नवलपरासीको गैडाकोट हालको मौलाकाली, (चारधाम), पाल्पाको राज्य, बाग्लुङको कालिकादेवीको मन्दिर र मुक्तिनाथको १०८ धारा र मन्दिरसँग मुकुन्द सेनको नाम इतिहासले जोडेको छ । चाहे जे होस मुक्तिनाथ यस्तो धार्मिक एवं पर्यटकिय स्थल हो । जहाँ लाखौ मानिस प्रत्येक वर्ष पुग्ने गर्दछन् । नेपालका हिमनदीहरु मध्ये नेपाल कै भूगोल मुस्ताङ् जिल्लाको दामोदरकुण्ड बाट सुरु भएको नदी कालीगण्डकी हो । जुन नदीको महिमा अन्य नदी भन्दा पृथक रहेको छ । काली गण्डकीमा पाईने शालीकग्राम को महत्व मानिन्छ । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगी त्रिशुली नदीमा विलय भयपछि नारायणी नदीको नाममा नवलपरासीको त्रिवेणी भैसालोटन हुदै सिमा पार भएपछि भारतमा गंगा नामले परिचित भै गंगा सागरमा गएर मिसिन्छ । यस्ताकुराहरु मैले अध्ययन बाट जानेको थिए ।
वाग्लुङ् शब्दको व्युत्पत्तिको धेरै किम्बदन्तीहरु सुनिने गरेका रहेछन । भाषाविदले बताए अनुसार सस्कृत भाषामा व्यांघ्रालुनाति, व्याघ्र बाघ, लुनातिको अर्थ लुञ अर्थात ब्याघ्रलुञ ब्याघ्र बाघ र लुञको अर्थ छेदनु÷काट्नु वा मास्नु हुन्छ । पौराणिक कथा अनुसार वाग्लुङ्मा मगरहरुको राज्य भएको समयमा बाघले गाउघरको जन जीवननै भयभित बनाएको रहेछ । त्यहिबेलामा बलिया मगर समुदाय बाट बाघ लाई छेदने÷काट्ने जस्ता काम बाट बाघलाई धपाइएको रहेछ । त्यसैको अर्थ बाट बाघ्रलुञ वा व्याघ्रलु रहन गएर बोल्नेक्रममा अपभ्रंश भएर वाग्लुङ भएको हो भन्ने तर्क वाग्लुङ्मा पाइदो रहेछ । बाघ शब्द खस भाषा हो । लुङ्को अर्थ लस्कर वा ताँती अथवा पंक्तिवद्ध वा लामको अर्थ नेपाली शव्दकोसमा छ । त्यस समयमा बाघको लस्कर लाग्ने हुदा बाघलुङ् हुदै पछि वाग्लुङ् भएको हो भन्ने तर्क पनि वाग्लुङ्का मानिसहरुले गर्दा रहेछन । वाग्लुङ शव्दमा तिव्वती शव्द लाई पनि जोडेर तर्क राखिएको रहेछ । तिव्वती भाषामा बाग्को अर्थ कहि केहि उठेको अर्थ र लुङ्को अर्थ केहि मैदानी भाग वा समथर भन्ने वुझाउदो रहेछ । वाग्लुङ् जिल्लाको भौगोलिक वनोट हेर्दा पनि कतै होचो, कतै अग्लो र मैदानी भाग रहेको छ । यि सबै तर्कले वाग्लुङको नामाकरण भएको कुरा वाग्लुङ् जिल्लाका वुद्धिजिबीहरु को भनाई पाइने रहेछ ।
वाग्लुङ् जिल्लाको अधिकाशं भू–भाग पूर्वी भागमा ढल्केको रहेछ । पूर्वी भेगको सिमाना पवित्र कालीगण्डकीले दिएको छ । म्याग्दी, पर्वत,र वाग्लुङ्को विचमा कालीगण्डकी वहने हुदा वातावरणिय हिसावले पनि वाग्लुङ् राम्रो ठाउ मानिने रहेछ । पोखरा बाट ७२ कि.मि. को दुरीमा रहेको वाग्लुङ् विभिन्न कालखण्डको इतिहास लाई छाडेर बर्तमान अवस्था लाई मात्र हेर्ने हो भने ग्रामिण सडक, ग्रामिण जलविद्युत योजना, झोलुङ्ेपुल जस्ता बिकासमा अगाडी बढेको रहेछ । पहिलो पटक वाग्लुङ् पुगेको मानिस लाई केहि स्थानीय भाषाको शब्दले एकैछिन भएपनि अलमलिने रहेछ । प्राय अन्य जिल्लामा सुन्न नपाइने स्थानीय भाषाको स्वर भैच्च, खाइच्च, भनिच्च, हनत, भन्ने जस्ता धेरै नया स्थानीय भाषाको अनुभुत गर्न पाउने रहेछ । तर मानिसहरुको बोली र ब्यवहारले वाग्लुङ् जाने नयाँ अनुहार लाई असजिलो भने केहि नभएको कुरा मैले पाए । ग्रामिण विकास सगै आजभोली वाग्लुङ्मा ग्रामीणक्षेत्रमा समेत ब्यापारी केन्द्रहरुको सख्या बढेको रहेछ । पुरानो वुर्तिवाङ् वजार बिस्तार भएको रहेछ । सडक यातायातले छोयका दुर दराजका वस्तीमा समेत व्यापारी कारोवार बढदै गएको रहेछ । खर्वाङ् वजार, शेरा वजार, र खार वजारले ग्रामीण बस्तमिा आवस्यक सामान किनमेलमा सहज भएको रहेछ ।
वाग्लुङ् जिल्ला बाट धौरागिरी, माच्छापुञ्छे जस्ता प्राकृतीक दृष्यले मनमोहक बनाउने हिमाल देखिए पनि वाग्लुङ जिल्लामा भने हिमाल रहेनछ । तर पनि हिमाली हावापानी, हिमाली भेगमा पाइने वन्यजन्तु को बारेमा अध्ययन गर्न र दृष्यावलोकन गर्न लाई भने ढोरपाटन रहेछ । वाग्लुङ् जिल्लाको १ दिन बसाइले मलाई धेरै कुराको अध्ययन गर्ने मौका मिल्यो । वाग्लुङ, म्याग्दी, रुकुम र डोल्पा जिल्लाको बिचमा पर्ने ढोरपाटनमा पार्मी ताल, उत्तर गंगा नदीको उदगम क्षेत्र, र ढोरपाटन शिकार आरक्ष पर्ने रहेछ । वाग्लुङ जिल्लामा दर्जनौ स्थानमा कोट, मौला र शक्तिपिठहरु रहेछन । भुरे टाकुरे राजाहरुका पालादेखि स्थापना गरिएका शक्तिपिठको उत्पत्तीका बारेमा रोचक प्रशगं समेत जोडिएका रहेछन । ऐतिहासिक कोट, प्राकृतीक ताल र पोखरी, वाग्लुङ् वजार देखि करिव ५० कि.मि.पश्चिममा रहेको जिल्लाकै अग्लो र मध्यभाग मानिएको घुम्टेको लेख, वाग्लुङ् र पर्वत जिल्लाको धेरै भू–भाग एकै ठाउबाट देख्न सकिने स्थान रहेछ । क्रमश….
मितिः – २०७० माघ २० गते दाङ्