रामपुरको ताल पोखरामा डुङगामा सरर…

के.बि.मसाल19198402_2033021870260759_1647743086_n

सडक यातायात र पर्यटनको लागि पुर्वाधार भएका स्थानमा अहिले पर्यटकहरुको लागि नयाँ घुमफिरका स्थल बन्न थालेका छन । पूर्बी पाल्पाको रामपुर नगरपालिकामा रहेको ताल पोखरा आजभोली पर्यटनको गन्तब्य भएको छ । ब्यापारिक केन्द्र रामपुरमा कृत्रिम ताल पोखरा निर्माण गरिएको छ ।taal-pokhara पर्यटन भित्राउन चार बिघा क्षेत्रफलमा कृत्रिम ताल बनाएर पर्यटकहरुलाई आकर्षित बनाएका छन । चन्दा संकलन एवं महायज्ञ सन्चालन गरी ताल निर्माण गर्न करिब तीन करोड रुपैयाँको लागतमा रामपुर नगरपालिका ६ मा कृत्रिम ताल बनाइएको हो । कृत्रिम तालको बीचमा मन्दिर निर्माण गरिएको छ । मन्दिरले पनि पर्यटकहरुलाई थप आकर्षण गराइ दिएको छ । तालमा डुंगा चढेर फन्को लगाउदा सबै पर्यटक रमाउने गर्दछन । परापूर्व कालमा नुन,उन र सुनको लागि पैदल मार्ग बनेको रामपुर अहिलेको व्यापारीक केन्द्र मात्र नभएर पर्यटनको गन्तब्य भएको छ ।

रामपुर नगरपालिकालाई नमूना नगरपालिका बनाउन पूर्वाधार निर्माण गर्ने क्रममा   कालीगण्डकी नदीको पानी लिफ्टमार्फत तालमा ल्याइएको छ । तालपोखरामा डुङगा सरर..गर्दै रमाउन दैनिक पर्यटकहरु भिड हुने गर्दछ । पोखरीमा पर्यटकहरुलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले पर्यटकहरु को सख्या बढन थालेको छ । आजभोली तालपोखरामा घुमघाम गर्न पाल्पा, स्याङजा, नवलपरासी र तनहँु जिल्लाका ग्रामीण पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएपछि स्थानीय बासिन्दाका लागि रोजगार तथा स्वरोजगारका अवसरहरु सिर्जना भएका छन् । तालमा दुईओटा डुंगा चलिरहेका छन् । रामपुरबजारमा आउने पर्यटकहरुलाई अटोरिक्साले तालसम्म पु¥याउने हुनाले सुविधा भएको छ ।talpokhara-rampur

 

रामपुरमा पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले भ्यूटावर पनि संचालनमा छ । भ्युटावर रामपुर बेझाँडको राम्चे सामुदायिक बनमा रहेको छ । भ्यूटावरबाट पाल्पा, स्याङजा र तनहु जिल्लाका समथर टारहरु, नागवेली आकारमा बगेको कालीगण्डकी, रामपुर उपत्यका, कालिगण्डकी नदीसंगै यस क्षेत्रका ऐतिहासिक राधादामोदर मन्दिर केलादी, खोप्टारको पाटी, तालपोखरा, ओकीबाजे पार्क, खैरेनी सामुदायिक बन, झिरुवासको कबुलियती बन लगायतका पर्यटकीयस्थलहरु भ्युटावरबाट देख्न सकिन्छ । रामपुर उपत्यकामा पुगे पछि पर्यटकहरुले लोक नाटक अर्थात बालुन नाचँ हेर्नै पर्ने हुन्छ । लोक साहित्यका विभिन्न विधा उप–विधामध्ये बालुन एउटा लोक नाटक हो । पाल्पा रामपुरको बालन हेर्न भने सधै पाइन्न । रामपुर उपत्यकामा विभिन्न पर्व, उत्सव, मेला, पूजाआजा आदिमा बालन नाच देखाइन्छ । बालनमा लोक जीवनको आस्था र व्यवहारको सरल प्रदर्शन लोक नाटकमा हुने गर्दछ ।  बालन प्रदर्शनको क्रममा सर्जक, दर्शक र रङकर्मी सबैको भूमिका रही आएको हुन्छ । लोक साहित्यका अन्य विधा लोकगीत, लोक कथा, आदिझैं लोक नाटक जहाँ पायो त्यहीँ प्रस्तुत गर्न सकिँदैन । यसका लागि देखाउने स्थान तथा पात्र र तिनका भेषभुषा आदिको खाँचो पर्दछ । त्यसैले रामपुरमा बालन नाचको सग्रालय समेत निर्माण गरिएको छ । बालनको बारेमा रुचि राख्ने पर्यटकहरु सग्रालयमा समेत पुग्दछन ।rampur

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी राम्दीघाटबाट दक्षिण लागेपछि स्याङजा, पाल्पा, तनहू र नवलपरासीको भूगोलमा रमणिय उपत्यका बनेको छ । यो उपत्यका अहिले प्रदेश नम्वर ४ र ५ को सिमा पनि पर्दछ । कालीगण्डकी शालीग्राम पाइने नदी हो ।  देवघाट, केलादीघाट, राम्दी, रिडी, रुद्रबेणी, सेतीबेणी, बाग्लुंग कालिका, गलेश्वर, कागवेनी देखि मुक्तीनाथसम्म रहेका विभिन्न शक्तिपीठहरु कालीगण्डकी नदीको किनारमा पर्दछ ।    उपत्यकामा मनोरम प्राकृतिक सौन्दर्यले सजिएका पहाडी श्रृखलाका बस्तीहरु पनि यात्राको क्रममा देख्न सकिन्छ । उपत्यका भित्र लेक,बेसी समतल मैदानीभाग, बिचमा बग्ने कालीगण्डकीले यो उपत्यकाको सुन्दरताले सबैलाई लोभ्याउछ । उपत्यका भित्र रहेका बिभिन्न जातिका कला, सस्कृति, रितिरिवाज, परम्परा, भेषभुषाले पर्यटकहरुलाई यात्रामा अर्कै आनन्द दिन्छ । उपत्यका वरपरका पहाडमा ऐतिहासिक कोट, गढी, किल्ला दरवार र ऋषिमुनीहरुका बिभिन्न घाटमा रहेको तपो केन्द्रले पर्यटकहरुलाई अध्यनको विषय बन्दछ ।

रामपुर उपत्यकाका दर्जनौ कालीगण्डकी नदीको घाटपनि तीर्थाटनको लागि पवित्र मानिन्छ । अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, ज्याग्दीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, तनहुँ नवलपरासीको संगम घुमरीघाट, कोटथर, लगाएतका तीर्थाटन घाटको छुट्टा–छुट्टै महत्व रहेको छ । यी सबै घाटहरुको तीर्थाटन र अध्ययन अवलोकन तीर्थाटनमा पुगेका पर्यटकहरुले गर्न सक्दछन । कालीगण्डकीको घाट मध्ये स्याङजा, पाल्पा र तनहू को सिमामा पर्ने केलादीघाटको महत्व भिन्न छ । हिन्दु सम्प्रदायहरुमा बैष्णव धर्म, कृष्ण प्रणामी, जैन, शिख आदि सवै पर्दछ । सम्प्रदायको विकास क्रममा धर्मगुरुहरुको आ–आफ्नै व्याख्या र परिभाषाका कारणले कतिपय हिन्दुभित्रका सम्प्रदायहरुमा सस्कार समेत फरक छ । केलादीघाटमा वैष्णव धर्मको बारेमा धेरै अध्ययन गर्न सकिन्छ ।Keladighat1

केलादीघाटमा राधाकृष्ण मन्दिर रहेको छ । यो मन्दिर प्राचिन कालदेखि धेरै प्रशिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । केलादीघाटलाई नेपाल निम्बर्क पीठ को जन्मथलोको रुपमा लिने गरिन्छ । केदालीमा बृद्धा आश्रम पनि सन्चालनमा छ । स्याङजा र पाल्पा जोडने केलादीघाटमा पक्की पुल बनेपछि तीर्थाटनमा जाने पर्यटकहरुलाई सुबिधा भएको छ । केलादीमा ३ सय ५० बर्षअघि निर्माण भएका राधाकृष्ण, शिव मन्दिर र लक्ष्मीनारायण मन्दिर रहेका छन् । पुराना मठ–मन्दिर प्राचीन समयमा ब्राह्मण पुरोहितले निर्माण गरेका हुन् । केलादीमा शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा तीर्थाटनको लागि पर्यटकहरु पुग्ने गर्दछन । मेलाको रमाइलो हेर्न भने केलादीमा यीनै चाडपर्वमा पुग्नु पर्दछ ।

 केलादी मात्र होइन आजभोली तीर्थाटनको लागि घुमारीघाट पनि पर्यटकहरु पुग्दछन । सडक यातायातको सुविधा भएपछि घुमारीघाटमा धेरै तीर्थाटनका पर्यटकहरु पुग्ने गरेका छन । हेर्दा नै अचम्म लाग्ने प्रख्यात तीर्थाटनको घुमारीघाट नवलपरासीको बुलङिटार र तनहूँको घिरिङ गाउँपालिकाको सिमानामा रहेको छ । घुमारीघाट साविक भारतीपुर ७ थियो भने अहिले बुलिङटार गाउँपालिका ६ मा पर्दछ । घुमारीघाट कालीगण्डकीले नेपालको मध्यविन्दुमा निर्माण गरेको आकर्षकघाट हो । धार्मीक मान्यतामा अनुसार कालीगण्डकी देवघाटमा तर्फ बग्दै जादा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले नदी दाया परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको हो । घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरु मध्यको अत्यन्त सुन्दर घाट मानिन्छ ।Radhakrishna_Temple_-_Keladighat

घुमारीघाटमा कालीगण्डकीले करिव ५०० रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । यो शखं अर्थात कुम्भ आकारको घुमारीघाटमा बुलिङटार गाउँपालिको भू–भागबाट प्रवेश गर्न सकिन्छ । यो कुम्भ आकारको घुमारीघाटमा प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ । लक्ष्मीपूजाको दिनमा विशेष पूजा गरिने यो मन्दिरको आकार सानो भएता पनि टाढाटाढा सम्म फैलिएको छ । बुढापाकाका अनुसार घुमारीघाटको भूखण्डमा पहिले मध्य रातमा शंखको आवाज समेत सुनिन्थ्यो तर अहिले भने त्यो आवाज सुनिन छाडेको छ । कालीगण्डकीले दाहिना परिक्रमा गरेको र शंखको आवाज सुनिने गरेकोले स्थानीय वासीन्दाले यो भूखण्डलाई दाहिना शंख पनि भन्ने गरेका छन् ।

 यो भूखण्डलाई प्राचीन शंखप्रभको रुपमा लिने गरिएको छ । शालिग्रामयुक्त बगरले बनेको यो भूखण्डमा पाईने हरेक चट्टानमा शालिग्रामको दर्शन गर्न पाईन्छ । भने कालीगण्डकीको तिरमा विभिन्न आकारका शालिग्रामहरु पाईन्छ ।  शालिग्रामहरुको बास भएको भूखण्डको बीचमा हिरण्यगर्भ शालिग्राम विराजमान भएको विश्वास गरिन्छ । घुमारीघाटलाई देवकुम्भको उपनामले पनि चिन्न सकिन्छ । घुमारीघाट वरपरका डाडाकाडामा देउचुली तीनकन्या माई, कोटथर छत्तिसामाई, डाडाझेरी जलदेवीमाई, दराईगाँउ अकलामाई जस्ता ऐतिहासिक मठ मन्दिरहरु पनि रहेका छन । घुमारीघाटमा तिहारको लक्ष्मीपुजा दिन ठूलै मेला लाग्ने गर्दछ । मेलामा लोपोन्मुख दरै, मगर समुदायको संस्कृति, मारुनी, कौरा नाच, नौमतीबाजा, भजन कृतन समेत देख्न पाइन्छ । यो बाहेक कालीगण्डकीमा ¥याफ्टिङ समेत गर्न सकिन्छ ।tanahu

उपत्यकाको बनोट

सिद्धार्थ राजमार्ग अर्थात पोखरा सुनौली राजमार्गको स्याङजा जिल्लामा पर्ने गल्याङबाट दक्षिण तर्फ हेर्नुभयो भने कालीगण्डकी दायाबायाँमा बनेको एउटा ठूलो उपत्यका देख्नुहुन्छ । मुस्तांङ जिल्लाबाट उदगम भएर बग्ने कालिनदी म्याग्दी, बाग्लुंङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ र नवलपरासी जिल्लालाई नागवेली आकारमा दायाँवायाँ गर्दै देवघाट पुगेपछि त्रिशुली नदीसँग मिसिन पुग्दछ । कालीगण्डकी नदीका यी किनारहरु मध्ये सवैभन्दा फराकिलो र समथर भुभाग स्यांङजा र पाल्पा जोडने राम्दीघाट देखी देवघाटसम्मको नदी वरवरको भाग पर्दछ । भूगोलको हिसावले यो उपत्यका पाल्पा, स्याङजा, तनहूँ र नवलपरासी जिल्लामा पर्दछ । हालको संघीय संरचनामा यो क्षेत्र प्रदेश नं ४ अर्थात गण्डकी र प्रदेश नं. ५ मा पर्दछ ।

कालीगण्डकी नदीले पाल्पा, स्याङजा, तनहूँ र नवलपरासी जिल्ला बीचको नदी दायाँबायाँको क्षेत्र र केन्द्रको रुपमा रामपुरटार र यस वरिपरिको चार जिल्ला समेतको समथर भाग समेटिएको जमीनलाई कालीगण्डकी उपत्यका भनिन्छ । यो उपत्यकाको कालिगण्डकी नदीका डेडगाउँ, केलादी, हुगीघाटमा मोटरयबुल पुल निर्माण भएको छ भने मिर्दीमघाटमा पुल बन्दैछ । पाल्पा जिल्लाको हुँगी देखि पूर्व रामपुर, बाकामलांग हँदै नवलपरासी जिल्लाको डेढगाउँ तथा बुलिंगटार र त्यसै गरी स्याङजाको चापाकोट तनहुको गजरकोट, धिरिंग, राम्जाकोट समेतका कालिगण्डकी किनारका बिशाल टारहरु पर्दछन । यस उपत्यकामा पाल्पा जिल्लाको रामपुर सबैभन्दा चौडा र फराकिलो क्षेत्र मानिन्छ ।talpokhara_mini_fewalake

राम्दी देखी कालीगण्डकी किनारको उपत्यकामा नदीको दायाबायाँ सानाठूला समथर भूभाग र चारैतिर हरियालीले भरिपूर्ण पहाड रहेको छ । पाल्पा आरेभन्ज्यांग रामपुर खण्ड सानो भए पनि ओटासील गरिएको वाहेक सवै सडक कच्चीछन् । नदी किनारका चारै जिल्लाका स्थानहरुको जात, जाती, धर्म, समप्रदाय, सस्कृति, भाषा, भेष, रहनसहन, शैक्षिक तथा सामाजिक स्थिति लगायत राजनीतिक क्रियाकलाप पनि उस्तै छ । स्याङजा र तनहूँलाई मैदी खोलाले विभाजन गरेको छ भने कालीगण्डकीले नवलपरासी, पाल्पा र स्याङ्जा, तनहूँलाई अलग पारेकोछ । यो नदी गण्डकी र पाचँ नम्वर प्रदेशको सीमा नदी पनि भएको छ ।

स्थानीय विकास मन्त्रालय डोलीडार विभागले गरेको एक अध्ययनले पाल्पा हुँगी देखि नवलपरासी डेढगाउँ सम्म र स्याङजाको चापाकोट देखि तनहूँ घिरिंग गडयौलीटार सम्मको कालीगण्डकी किनारमा समथर भागहरु करिब ९४ वर्ग किलोमिटर क्षेत्रफल रहेको जनाएको छ । साविकको १८ गाविस र हाल पाल्पाको रम्भा गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, नवलपरासीको बुंदीकाली गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका र तनहूँको घिरिंग गाउँपालिका समेत यो उपत्यकाको पानीढलोलाई समेटदा करिब ३०० वर्गकिलोमिटर क्षेत्रफल पर्दछ ।

  यो उपत्यकामा कालीगण्डकी करिडोरको नवलपरासीको गैंडाकोट देखी राम्दी खण्ड हँुदै पाल्पा किनारबाट गएको छ । नवलपरासीको गैंडाकोटबाट बुलिङटार, डेडगाउँ पाल्पाको बाकामलाङ, रामपुर, हुँगी हुँदै पीपलडाँडासम्मको लम्बाइ १ सय ३० किमि छ  । ट्राक खोलिइसकेको यो सडक यस क्षेत्रको मेरुडण्ड हो । त्यसै गरी तनहूँ देवघाट देखी स्यांङजा गल्यांग सम्मको अर्को जिल्ला स्तरीय सडक रहेको छ । स्याङजा तर्फ कच्ची सडकको रुपमा आवागमा सञ्चालन भए पनि तनहूँ तर्फ ट्राक खोल्न बाँकि छ ।KeladighatBridge

कसरी पुग्ने

तनहुँको खैरेनिटार, नवलपरासीको गैडाकोट तथा दलदले, पाल्पाको आर्यभज्याङ र राम्दीको पिपलडाडाबाट कालिगण्डकी उपत्यकामा पुग्न सकिन्छ । रामपुर र स्याङजाको साँखर केलादीबाट ग्रामिण सडक हुदै घुमारीघाट पुग्न सकिन्छ । अहिले गैडाकोटबाट कालीगण्डकी करिडोरको सडकबाट पनि घुमारीघाट हुदै कालिगण्डकी उपत्यकामा घुमफिर गर्न सकिन्छ । यो सडकबाट यात्रा गर्दा करिव ४५ कि.मी निर्माणाधिन कालीगण्डकी करिडोरको यात्रा गर्नु पर्दछ । अर्को सडक हो दलदले–बुलिङटार । यो सडकबाट बुलिङटार पुग्नको लागि पहाडी श्रृखलाको सडक यात्रागर्नु पर्दछ । बुलिङटारबाट घुमारीघाटको दुरी ७ कि.मी. पर्दछ । पोखरा अर्थात खैरेनीटारबाट घुमारीघाट पुग्नको लागि भिमाद, भेनुङ द्यौराली, मानपुर, डेडगाउँ भएर पनि पुग्न सकिन्छ । अहिले अरुङ खोला देखि पूर्वी पाल्पा जोडने मोटर मार्ग समेत खुलेको छ ।

 तानसेन तिरबाट कालिगण्डकी उपत्यका जानको लागि आर्यभज्याङ–रामपुर अथवा राम्दीको पिपलडाडाको सेरा भएर कालीगण्डकी करिडोर हुदै पनि रामपुर पुग्न सकिन्छ । यो सडकबाट यात्रा गर्दा पाल्पाको हुगी, गेजा, हेक्लाङ, खालीवन भएर रामपुर पुग्न सकिन्छ । रापुरबाट गाडाँकोट, भलायटार, स्याउली बजार, बाकामलाङ, बुलिङटार भएर घुमरीघाट पुग्न सकिन्छ ।

मिती ः– २०७५ माघ ९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *