पर्या–पर्यटन र धारापानीको विकास

के.बि.मसाल19198402_2033021870260759_1647743086_n
पर्यटनभित्र दर्जनौँ विधा पाइन्छ । समयसँगै यस्ता विधाको विकास र विस्तार भइरहेको छ । नेपालमा पनि पर्यटन भन्ने वित्तिकै हिमाल आरोहण र पदयात्रा भन्ने बुझिन्थ्यो र थियो पनि लगभग त्यस्तै । पछिल्लो समयमा आएर खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, संस्कृति, धार्मिक पर्यटन, इको टुरिजम अर्थात पर्या–पर्यटन, साहसिक पर्यटनजस्ता विभिन्न विधा र ती विधाभित्र पनि विभिन्न सहायक विधाजस्तै सहासिक पर्यटनभित्र प्याराग्लाइडिङ, वन्जी, स्की, ¥याफ्टिङ, स्काई डाइभ रहेका छन् । अशान्त र गञ्जागोलको स्थानमा कुनै पनि पर्यटक भ्रमण गर्न चाहँदैनन् ।images

दाङमा पर्यटन विकासका प्रशस्त सम्भावनाहरु छन् । केही स्थानहरु पर्यटन बिकासको लागि पुर्वाधार बनेर पर्यटकीय गन्तव्यको रुपमा पहिचान भएको छ । केही वर्ष यता आएर धेरै पर्यटकियस्थल पहिचान बन्दै गएका छन । पहिचानमा आएका र बनाउँदै गरेका गन्तव्यहरु कुनै जैविक विविधता सम्पन्न छन भने कतिपय दृश्यावलोकनका लागि र धार्मिक र सांस्कृतिक रुपमा परिचित भएका छन । पर्यटकहरु दृश्यावलोकन, मनोरञ्जन र धार्मिक–सांस्कृतिक पर्वहरुमा आन्तरिक एवं वाह्य पर्यटकहरु दाङमा आउने गर्दछन् । तर पनि जिल्लामा पर्यटकहरु कति भित्रीय त्यसको अभिलेख राख्ने व्यवस्था भने छैन । जस्ले गर्दा यथार्थ संख्या, पर्यटक आउने मौसम, बसाइको अवधि र पर्यटकको रुची एवं खर्च गराईको ढाँचा बारे कुनै अध्ययन भने भएको छैन ।

दाङमा पर्या–पर्यटन, कृषि–पर्या पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना रहेको छ । पर्यटन विकासको लागि सबै स्थानहरुको महत्व तथा परिचय एवं त्यहाँ प्राप्त हुने सुविधा र पहुचका बारेमा विभिन्न माध्यमबाट प्रचार प्रसारको आवश्यकता भएको छ । पर्यटनको बिकास बोलेर मात्र हुने होइन । प्राकृतिक रुपमा रहेका संम्पदाको संरक्षण र भौतिक बिकास गरी पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउनु पर्दछ । पाण्डवेश्वर मन्दिर धारपानीले पूर्वाधार विकास र बृहत आध्यात्मिक पर्या–पर्यटकिय केन्द्र स्थापनार्थ श्रीमदभागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सन्चालन गर्न लागेको छ । ऐतिहासिक तीर्थाटन पर्यटकिय क्षेत्रलाई पर्या–पर्यटनको विकास गर्ने उद्देश्य आफैमा राम्रो हो । तर पर्या–पर्यटन क्षेत्र निर्माण गर्न भने अहिलेको धारापानीमा धेरै कुराको सुधार हुन जरुरी छ ।Dharpanai-878x300

दाङ उपत्यका एशियाकै ठूलो उपत्यका मानिन्छ । उपत्यकामा रहेको चुरे श्रृखलाको प्राकृतिक सम्पदा र ऐतिहासिक स्थलहरुलाई पाण्डवेश्वर मन्दिरले पर्या–पर्यटनको बिकास गर्न लागेको छ । धारपानीमा विश्वकै ठुलो त्रिशूल राखिएको छ । यो त्रिशूल साढे ५५ फिट अग्लो ८ हजार १ सय १३ किलोको तौल र पञ्चधातुबाट बनेको छ । अग्लो त्रिशूलले गर्दा पाण्डवेश्वर मन्दिरमा आजभोली तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । धारापानी पाण्डवेश्वर शिव मन्दिर धार्मीक कारणले मात्र नभएर अग्लो त्रिशूल, पर्यावरणिय, जैविक, ऐतिहासिक तथा पौराणिक कथा र विषयवस्तुका दृष्टिकोणले तीर्थाटन पर्यटनको गन्तब्य भएको छ । मन्दिर परिसरमा महादेवको मन्दिर, गणेश, हनुमान, राधाकृष्ण, सूर्यनारायणको मन्दिर र हवनकुण्ड, नन्दीको मूर्ती, धर्मशाला, भजनकृतन स्थलपनि निर्माण भएको छ ।

धारापानी सामुन्द्रिक सतहदेखि ६३३ मिटर उचाई र चुरे श्रृखंलाको काखमा रहेको छ । पाण्डवेश्वर शिव मन्दिरको प्राचिन इतिहास छ । यो मन्दिरको इतिहास साजको रुखसंग जोडिएको छ । पर्या–पर्यटनको बिकास गर्न धारापानी क्षेत्रको वन संरक्षण गर्नु पर्दछ । धारापानी क्षेत्रको चुरे श्रृखलाको भूबनोट कमलो खालको छ । बिगतलाई हेर्ने हो भने धारापानीको जंगल जैविक विविधता कायम राख्नमा निकै सहयोगीे थियो । मानिसको बसोवास नभएको कारण चुरेका जगंल नासिन पाएका थिएन । वन्यजन्तु र पक्षीका लागि ओहोर दोहर गर्ने जैविकमार्ग र आश्रयस्थल थियो । दुर्लभ मानिएका वनस्पतिहरु रानी थाकल अर्थात साइकस पेक्टिनाटा र रुख उन्यू अर्थात सेथिया स्पिनुलोसा पनि धारापानीको चुरे पहाडमा थिए । रुदिलो, पाषणभेद, सिकारी लहरो, धएँरो जस्ता औषधिजन्य बिरुवा पनि चुरेमा थिए ।Dang-Valley

पछिल्लो समय धारापानीको प्राचीन वन बिनास हुदै गएको छ । पर्या–पर्यटनको बिकास गर्न वनलाई संरक्षण गर्नु पर्दछ । एक पटक वन बिनास भएपछि फेरि वनमा विभिन्न प्रकारको रुख बिरुवा र जनावर पहिलेको जस्तो हुँदैनन् । तर पछि उम्रेको वनका विरुवाले पनि प्राचीन वन जस्तै स्रोत प्रदान गर्न सक्छ । अहिले धारा पानीमा त्रिशुल आकारमा देखिने गरी १००८ वरपीपल, समी र रुद्राक्षको विरुवा वृक्षारोपण गरिएको छ । मन्दिर प्रवेश गर्ने गेट भित्र १०८ गौमुखी ढुङगे धारा निर्माण भएको छ । मन्दिर नजिकै तीर्थाटनमा जाने पर्यटकहरुलाई जल चढाउन सुविधा होस भनि ॐ पोखरी निमार्ण भएको छ । वरपर बिचमा बबै नदि र आसपासमा सुन्दर बस्तीहरु रहेका छन ।

ऐतिहासिक सुनकोट डाँडोसम्म ४ हजार ९ सय ६३ सिडी निर्माण, खडकदेवी को मन्दिर पुन निर्माण, ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षण लगायतका काम हुन लागेको छ । पर्या–पर्यटनको लागि सुनकोटको खडकदेवी मन्दिर सम्म पुग्न केबुलकारको सेवा दिन पनि पर्दछ । पर्यटकहरु नयाँ खोजी र प्रयोग गर्न चाहन्छन । अहिले पैदल यात्राको लागि सुनकोट डाँडोसम्म निर्माण हुन लागेको सिडी मार्गमा ठाउ ठाउमा विश्राम स्थल बनाउनु पर्दछ । पर्या–पर्यटकहरु डाडाकाडा र वन जंगलमा भ्रमण गर्न रुचाउछन । उनिहरुका लागि पदमार्ग पनि निर्माण हुन जरुरी छ । पदमार्गमा केहि दुरीको आकलन गरी विश्रामस्थल पनि निर्माण गर्नु पर्दछ ।dharapani3

धारापानी पाण्डवेश्वर मन्दिर घोराही देखि ९ कि.मि.को दुरीमा पर्दछ । धारापानी तीर्थाटन पर्यटन बिकासको लागि केहि पूर्बाधार बनेको छ । तर पर्या–पर्यटनको बिकास गर्न भने अझै धारापानीमा थप पुर्बाधारको आबस्यक छ । पर्यटनको क्षेत्रमा पर्या–पर्यटनको बिकास गर्न प्रकृति पर्यटन, हरियाली पर्यटन, जंगल पर्यटन, साहसिक पर्यटन, पर्यावरणीय पर्यटन र शान्त पर्यटन लगाएत पर्यटकहरुलाई सेवा दिन सक्नु पर्दछ । पर्या–पर्यटन वातावरण, प्राकृतिक र सांस्कृतिक धरोहरहरुको संरक्षणका लागि प्रोत्साहन गर्दै स्वच्छ प्राकृतिक क्षेत्रमा गरिने यात्रा वा भ्रमण हो । धारापानी पाण्डवेश्वर मन्दिर क्षेत्रमा पर्या–पर्यटनको बिकास हुनु राम्रो कुरा हो । पर्या–पर्यटन प्राकृतिक सुन्दरता हेर्न आउने र त्यस ठाउँका रुखविरुवा जनावरहरु अध्ययन गर्न आउने पर्यटकहरुबाट आयआर्जन गर्न सकिने माध्यम पनि हो । पर्या–पर्यटन प्राकृतिक सुन्दरतामा रमाउने गर्दछन ।

पर्यटन क्षेत्र आफैमा बृहत् छ । पर्यटन बिकासका धेरै बिधाहरु हुन्छन् । पर्यटनको क्षेत्रमा सबैभन्दा फराकिलो क्षेत्र पर्या पर्यटन हो । पर्याको अर्थ पर्यावरण अर्थात अग्रेजीमा भ्अययिनष्अब ित्यगचष्कm भनिन्छ । पर्यावरणीय क्षेत्रमा पर्यावरणलाई खलल नपर्ने गरी सञ्चालन गरिने पर्यटन विकास पर्या–पर्यटन हो । पर्या–पर्यटनले वातावरणलाई असर पर्ने कुनै पनि क्रियाकलाव गर्न हुदैन । पर्या–पर्यटनले वातावरणमैत्री क्रियाकलाप सञ्चालन गरी वातावरणलाई दिगो राख्ने उपायहरुले पर्यटनको सेवा र बिकास गर्नु पर्दछ । पर्या पर्यटकीय क्षेत्रमा धुवा, धुलो, जैविक विविधता नष्ट, प्राकृतिक स्रोतको दोहन, वनजंगल फडानी जस्ता कामहरु गर्न मिल्दैन । सरल भाषामा भन्नु पर्दा पर्या–पर्यटन क्षेत्रमा पर्यटकहरुले फोटो मात्र खिच र पैतलाको डोब मात्र छोड भन्ने हो । पर्यावरणीय पर्यटन वातावरणमैत्री हुनु पर्दछ । पर्यालाई अंग्रेजीमा भ्अय भनिन्छ, यो शब्द ग्रीक भाषाबाट आएको हो । शाब्दिक अर्थमा पर्या–पर्यटनले प्रकृतिसगको निकट गन्तव्य भन्ने हो ।images (2)

प्रकृतिमा आधारित बस्तु र सेवा तथा सांस्कृतिक सम्पदाको रसस्वादका लागि गरिने भ्रमण र यात्रा प्रकृतिमा आधारित पर्या–पर्यटन हो । पर्यटक आउँछन् र जान्छन् पर्यटकरुको भ्रमणले वातावरणमा नकारात्मक प्रभाव पर्नु हुँदैन । शुद्ध हावा र स्वच्छ पानी, भू–स्वरुपको सौन्दर्य र शान्त वातावरण, वन–वनस्पति र वन्यजन्तुको दृष्यावलोकन सांस्कृतिक सम्पदा वातावरणीय दिगोपन पर्या–पर्यटनको अर्को आधार हो । अर्को तर्फ ज्ञानमूलक शिक्षाप्रद अवसर पर्या–पर्यटन हुन्छ । धारापानी वरपरका स्थानीय जनसमुदायको जीविकोपार्जन र अन्य आर्थिक लाभलाई हेरेर पर्यटन विकास र व्यवस्थापन हुन सक्यो भने पर्या–पर्यटनको बिकास हुन्छ ।

प्रकृति तथा संस्कृति संरक्षणलाई टेवा पु¥याउने गतिविधिलाई अंगिकार गरेर पर्या–पर्यटन विकास गरिनु पर्छ । पर्यटकका आत्म सन्तुष्टिलाई सर्वोपरी राखेर अतिथि देवो भवः को सिद्धान्तमा पर्या–पर्यटनको बिकास गर्नु पर्दछ । धारापानीमा पर्या–पर्यटनको बिकास गर्न रणनीतिक योजना बनाउन आवस्यक छ । पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पु¥याउन ग्रामीण पर्यटकीय कृयाकलापको विस्तार तथा अभिवृद्धि गर्ने पर्यटन पुर्वाधार विकास, पर्यटकलाई उपलव्ध गराउने सेवाको गुणस्तरमा बृद्धि, सहज पहँुच, सुरक्षित गन्तव्य, बसाईँको अवधि लम्ब्याउने जस्ता विविध पक्षलाई पर्या–पर्यटनमा हुनु पर्दछ ।1

अब पर्यटन प्रबद्र्धन गर्न नयाँ सोचको बिकास हुनु पर्दछ । केहि बर्ष पहिले सम्म पर्यटनको गतिबिधि नभएको दाङको धारापानी अग्लो त्रिशूलका कारणले आजभोली तीर्थाटनका पर्यटकहरु को भिडनै लाग्ने रहेको छ । बिभिन्न जिल्लाका आन्तरिक पर्यटकहरु धारापानीमा पुग्ने क्रम बढदो छ । पाण्डवेश्वर सामुदायीक वनको ३२.४५९ हेक्टर जमिन जिल्ला वन कार्यालयले ०७२ मा मन्दिरलाई हस्तारन्तर भएको छ । यो बाहेक अझ जमिन बिस्तार गर्ने क्रम भैरहेको छ । धार्मीक क्षेत्र भित्र रहेको खाली जमिनलाई फन पार्क गराउन पर्दछ । पर्यटकहरुलाई थप रोमाञ्च र समय बिताउन पर्यटकियस्थलहरु मा फन पार्कको आवस्यकता हुन्छ । अर्को तर्फ पर्यटनको कुरा मात्र नभएर दाङमा फुर्सदमा घुमफिर गर्ने पार्क समेत छैन । शहर बजारको जीवनलाई बिहानी र साँझपखको समयमा स्वच्छ हावा लिन वा सामान्य हिँडडुल गर्न हरियालीपूर्ण सुन्दर पार्कको आवश्यकता हुन थालेको छ । बढदो जनघनत्वका फलस्वरुप सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्ने सार्वजनिक स्थलको कमी हुन थालेको छ । पर्या–पर्यटनको बिकास गर्न धारापानीमा फन पार्कको समेत अवधारणा राख्नु पर्दछ ।

पाण्डवेश्वर मन्दिर भन्दा पाचँसय मिटर उत्तर तर्फ बग्ने बबै नदीलाई जलाशय बनाउन पर्दछ । जलाशयमा पर्यटकहरु ¥याफ्टिङको आनन्द लिन सकुन । जलाशयले बबै नदी किनारमा रहेका सिमसार क्षेत्रलाई समेत फाइदा पुग्न जान्छ । सिमसार क्षेत्रको विकासले नयाँ आगन्तुक चराहरुको सख्या बढदै जान्छ । जाडो छल्न नेपालका बिभिन्न ताल तलैयामा रुस, भारत, चीन, श्रीलङकालगायत देशबाट चरा आइपुग्छन । पानीमा बस्न रुचाउने खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चराहरु मधेश र भित्री मधेशका ताल तलैयामा आफ्नो क्रिडास्थल बनाउने गरेका छन । सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । असोज महीनादेखी आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गर्दछन । सिमसारमा यसरी आउने चराहरुले पर्या–पर्यटनलाई थप रोमाञ्च बनाइ दिन्छ ।Surkhet_Village

पर्यटन बिकासको काम गर्न त्यति सजिलो छैन । जहा व्याप्त अभाव वा असुविधा छ, त्यहा पर्यटकहरु जान मन गर्दैनन । यसको लागि आवास, यातायात र खानेकुरा त मूलभूत रुपमा नभै नहुने कुरा हुन्छ । सुविधायुक्त आवास, स्वादिष्ट भोजन, स्वास्थ्य, र सुरक्षा, सञ्चार र यातायातको सुविधा पर्या–पर्यटन क्षेत्रमा हुनु पर्दछ । त्यसको लागि धारापानी वरपर रहेका ग्रामीण बस्तीहरु मा होमस्टे सन्चालन गर्नु पर्दछ । गाउँमा आर्गानिक कृषि प्रणालीको बिकास हुनु पर्दछ । आर्गानिक चिजबिजहरु होमस्टेमा बस्ने पर्यटकहरुलाई खुवाउन सकियो भने पर्यटकहरुको सख्या बढदै जान्छ । त्यसपछि मात्र पर्यटकहरु क्रमिक ती स्थलहरुमा पुग्दछन ।

वास्तवमा ग्रामीण क्षेत्रमा हुने पर्यटकहरुको भ्रमण लामो समयको लागि हुदैन तर छोटै अवधिको भएपनि यसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन ल्याउछ । ग्रामीण क्षेत्रमा उत्पादन हुने र ढुवानीको कारणले खपत हुन नसकेका खाद्यान्न, सागसब्जी, फलफूल या दुग्ध पदार्थको उपभोगमा बृद्धि हुन्छ । ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्न पनि पर्या–पर्यटनले सुविधा दिन्छ । पर्या–पर्यटन धारापानीमा जान थालेपछि ग्रामीण समुदायमा रोजगारीको नयाँ अवसर पनि खुल्छ ।

धारापानीमा पुग्ने तीर्थाटन अर्थात पर्या–पर्यटकहरुले केहि न केहि धारापानी मन्दिरको चिनो स्वरुप बस्तुहरु लिन चाहन्छन । धारापानी क्षेत्रलाई पर्या–पर्यटनको बिकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ । जुन सिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरुले उत्पादन गरेका बस्तुहरु धारापानी पुग्ने पर्या–पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ धारापानीमा पर्या–पर्यटनको बिकास ।

मिती ः– २०७५ माघ १६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *