घलेगाउँ नेपालकै पहिलो ‘स्मार्ट भिलेज’

के.बि.मसाल19198402_2033021870260759_1647743086_n
गुरुङ जातिको आदिम थलो क्व्होलासोँथर हो । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमश्रृखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि ढुङगा बिछायका गाउँका बाटाहरु । बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । यो हो लमजुङ जिल्लाको घलेगाउँको परिचय हो ।20170214_154855 सार्क राष्ट्रकै नमुना गाउँको उपाधि पाएको यो पर्यटकीय गाउँ त्यस्तो गन्तव्य बनेको छ, जहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन । घले गाउँ लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा पर्दछ । क्व्होलासोथारको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो ।

घलेगाउँ नेपालको पहिलो ‘स्मार्ट भिलेज’ बनेको छ । तमुहरुको महान पर्व फो–ल्हो ल्होसार वर्ष २०७५ को अवसरमा घलेगाउँलाई नेपालको पहिलो स्मार्ट भिलेज घोषणा गरिएको छ । होमस्टेमा चर्चा कमाएको घलेगाउँ ‘स्मार्ट भिलेज’ बन्ने भएको छ । घलेगाउँमा पर्यटकहरुका लागि निःशुल्क इमेल इन्टरनेट सेवा समेत उपलब्ध छ । गाउँलाई ‘स्मार्ट भिलेज’ निर्माणका लागि घलेगाउँवासीले दैनिक सरसफाइमा जुटन थालेका छन । घलेगाउँमा २०५६ साल देखि होमस्टेको सुरुवात भएको थियो । अहिले ३२ घरमा होमस्टे सेवा सञ्चालित छ । होमस्टेसँगै पर्यटकीय गन्तव्यको विकासका लागि ‘स्मार्ट भिलेजको आवश्यक मापदण्ड कायम गर्दै गाउँमा आउने पर्यटकहरुलाई थप गुणस्तरीय सेवा प्रवाह गराउने उद्देश्यले ‘स्मार्ट भिलेज’ बनेको हो ।

स्मार्ट सिटी पछिल्लो समयमा विश्वभर सहरी विकास योजनाका खाका र दस्तावेजहरुमा प्रयोग हुन थालेको अवधारणा हो । स्मार्ट सिटीको अवधारणाले सूचना प्रविधिको पहुँचलाई मात्र मापन गर्दैन यसले नगरको सबै स्रोतको वितरण, स्रोतको परिचालन,भौतिक विकास र सुविधाको वितरणमा प्रविधिको प्रयोग अनिवार्य गरिएको हुन्छ ।1111-27 भिलेजमा स्थानीय सार्वजनिक सम्पत्तिहरु, जस्तै विद्यालय, पुस्तकालय, यातायात, अस्पताल, खानेपानी, फोहोर व्यवस्थापन, कानूनी परामर्श वा सामुदायिक सेवाहरु सबैमा प्रविधि र दिगो विकासका सिद्धान्तको उचित तालमेल हुनुनै स्मार्ट सिटी अथवा भिलेजको अवधारणा हो ।

विश्वव्यापी रुपमा स्मार्ट सिटीको कुनै सर्वस्वीकार्य परिभाषा त छैन । तर, स्थानीय आवश्यकतामा आधारित भएर प्रविधिको प्रयोगले मानव जीवनको गुणस्तरताका लागि स्रोतसाधन समुचित वितरण, उपयोग र संरक्षण गर्नु भनेकै स्मार्ट सिटीको अवधारणा हो । स्मार्ट सिटीको अर्को कुरा हो रोजगारी । रोजगारीको समुचित व्यवस्था, उत्पादनशील प्रतिफलले भिलेजको न्यूनतम आवश्यकता पूरा गर्ने र व्यक्तिगत रोजगारीले आफ्नोलगायत परिवारको न्यूनतम आवश्यकता पूरा गर्ने किसिमको हुनु पर्दछ । घले गाउँले अब यस तर्फ पाि सोच्न जरुरी छ ।

पर्यटकहरुलाई घलेगाउँमा पुग्दा हिमालको मनोरम दृष्यले लोभ्याउछ । पर्यटक आँखा अगाडिको हिमालको दृष्यमा फोटो खिच्न मन पराउँछन् । मनोरम दृष्यका फोटो र भिडियोहरु मोबाइल र क्यामारामा कैद गर्नका लागि पर्यटक घलेगाउँ जाने गर्दछन् । त्यसमा पनि संस्कार, संस्कृति र स्थानीय उत्पादन पर्यटकको रोजाइ बनेको छ । घलेगाउँमा ‘स्मार्ट भिलेज’ बनाउने अभियानसँगै यो वर्ष गाउँका १२० घरमा उस्तै देखिने गरी रातो रंगको जस्ताले छाना छाइने भएको छ ।20170215_063344

घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । घलेगाउँबाट टाढासम्म दृष्यावलोकन सूर्योदयको अवलोकन गर्न सकिन्छ । आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ । गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ । देवीको मन्दिरका मूर्तिहरु उत्तर दिशातर्फ फर्किएको हुँदा यसअघि साविक गाविसको नाम पनि घले उत्तरकन्या राखिएको थियो । घलेगाउँमा गुरुङ र घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत अवलोकन गर्न पाइन्छ । घलेगाउँको संस्कार र संस्कृतिमा घलेगाउँ धनी छ । गुरुङ जातिको संग्रहालयले क्व्होलासोँथरको झल्को दिन्छ । गाउँमा आउने पर्यटकहरुलाई मनोरञ्जनका लागि घलेगाउँवासीले परम्परागत पहिरनमा सजिएर गुरुङ संस्कृतिमा आधारित घाँटु, कृष्ण चरित्र, झ्याउरे, सोरठी नाँच, घ्याब्रे नाच देखाउछन ।

घलेगाउँमा गाउँले परिवेश बुझ्न, स्थानीय घले तथा गुरुङ समुदायको संस्कृति हेर्न तथा प्रकृतिसँग रमाउन पर्यटकहरु जाने गर्दछन । दक्षिण एसियाका सार्क राष्ट्रभरि नै यस किसिमको भौगोलिक बनावट, मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्य नपाइने भएकाले घलेगाउँले नमुना गाउँको उपाधि पाएको हो । घलेगाउँमा मौलिक संस्कृतिको अवलोकनबाहेक गुरुङ संग्रहालय, उत्तरकन्या मन्दिर, खुल्ला चौरका फाँटहरु एवं चिया बगानका साथै माछापुच्छ्रे्र, अन्नपूर्ण, लमजुङ हिमाल, बुद्ध हिमाल आदि हिमश्रृंखला आँखै अगाडि देख्न पाइन्छ । अन्नपूर्ण आधारशिविरसम्म पुग्न घलेगाउँको पदमार्ग नै प्रयोग गरिन्छ । त्यसबाहेक घलेगाउँ पुगिसकेपछि कोदाको रोटी, गुन्द्रुक, ढिंडो, स्थानीय रक्सीसमेत चाख्न सकिन्छ ।20170214_165846

घलेगाउँबाट सूर्यास्तको दृश्यावलोकन पनि गर्न सकिन्छ । घलेगाउँबाट र्फकदा भेडा तथा चौंरीको उनबाट बनेका सामग्रीहरु उपहारस्वरुप किन्न पनि सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती मानिन्छ । घलेगाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । चार घले जातिमध्ये राल्दी घलेहरुले लेकबाट आएर बस्ती बसालेपछि घलेगाउँले विकसित रुप लिँदै गएको मानिन्छ । यो गाउँमा जन्म, मृत्यु, विवाहका लागि चाहिने सामग्रीमा स्थानीय उत्पादन मात्र प्रयोग गरिन्छ । मौलिकतालाई घलेगाउँले जोगाएर राखेको छ ।

घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको छ । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्दछन । घलेगाउँमा पुगेका हरेक आन्तरिक पर्यटकले होमस्टेमा बस्ने र खाने सुविधा लागि एक रातको कम्तीमा आठ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्थानीय कला, संस्कृति र संस्कारका साथै स्थानीय पर्यावरणमा असर पुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ भने उनीहरुले तोकिएका नियम पालना गर्नुपर्ने पनि पर्यटन आचारसंहितामा उल्लेख छ ।20170215_061847(0)

पर्यटकको मन लोभ्याउने मुख्य आकर्षण भनेकै घलेगाउँमा प्राकृतिक छटा हो । सूर्योदय र सूर्यो अस्तसँगै मस्र्याङ्दी, मादी नदी नागबेली आकारमा सुसाएर बगेको मनोरम दृश्य पनि राम्ररी नियाल्न सकिन्छ । अन्नपूर्ण संरक्षण आयोजनाभित्र पर्ने यस गाउँका जंगलहरुमा वन्य पशुपछीसँग समेत साक्षात्कार गर्न सकिन्छ । घलेगाउँबाट होचा अग्ला डाँडा काँडासँगै अग्ला, होचा हिमाल, समथर तरेली परेका फाँटहरु राम्रोसँग अवलोकन गर्न पाउँदा त्यहा पुग्ने जो कोहीको मन फुरुङ हुन्छ । त्यसैले होला बाह्य पर्यटकमात्र नभएर आन्तरिक पर्यटकको चाप बढी छ ।

पर्यटकलाई मनोरञ्जन दिनको लागि पौराणीक घाटु नाँच नाच्ने घलेगाउँमा देखाइन्छ । घाटु नाँच नाच्नुको प्रमुख उद्देश्य भनेको हिमचुली वर्चली देउतालाई पूजा गर्नको लागि हो । घाटु नाच दुई प्रकारको रहेको छ । एउटा बाह्रमासे र अर्को सति । बाह्रमासे घाटु नाच बाह्रै महिना नाचिन्छ भने सति नाच मागको श्री पञ्चमी देखि चंण्डी पुर्णीमासम्म नचाउने गरिन्छ । चण्डी पुर्णिमाको दिन यसलाई सेलाउने कार्य गरिन्छ । सेलाउदाको दिनमा एउटा निश्चित ठाउँलाई गाईको गोबरले लिपेर दूधको धारा दिएर अन्त्य गरिन्छ । घलेगाउँका मानिसहरुले कृष्ण चलित्र नाच नाच्ने गरेका छन यो आयतित संस्कृति हो । यो नाँच भारतबाट भित्रिएको मानिन्छ । भारतको सेनामा भर्ना भएका सेनाहरुले यसलाई गाउँमा भित्राएको मानिन्छ ।20170215_062740

घलेगाउँमा आफ्नो वेशभूषालाई राम्ररी जगेर्ना गरेका छन् । सामुदायिक भेडापालन व्यवसाय सुरु गरेका यहाँका बासिन्दा परम्परागत खेतीपातीलाई चट्ट बिर्सेका छैनन् । तर पछिल्लो सयम युवाहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएपछि बूढापाकाले मात्र परम्परा धान्न मुस्किल घलेगाउँमा पनि हुन थालेको छ । पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु घलेगाउँ पुग्ने को सख्या बढदो छ ।

घलेगाउँ पुगिसके पछि साच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव गर्ने सबैलाई मौका मिल्छ । यहाँको संस्कृति, कला र गाउँलेहरुको ब्यवहारले झनै यहाँ रमाउने उत्प्रेरणा जगाइदिन्छ । हातैबाट बनाएका बिभिन्न सामानहरु आन्तरीक तथा बाह्य पर्यटकहरुले मन पराउने गर्दछन । जुन परम्परागत तरिकाले यस गाउका मानिसहरुले बनाउदै आएका छन् । यस गाउँमा आउने पर्यटक सबैलाई गाउँका सबैजना मिलेर स्वागत सत्कार गर्ने गर्दछन् । स्वागत गर्ने बेलामा स्थानीय भाषाका बिभिन्न किसिमका सोलोक (गीत) गाउदै स्वागत गरिन्छ । यस किसिमको नाच र गीतलाई यालामी भनिन्छ । यो गुरुङ समुदायको पाहुनालाई स्वागत गर्ने नाच हो । त्यस पछि गाउँमा कसको कसको घरमा कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ । गाउँमा नै उब्जेको खाद्यान्यबाट स्थानीय परिकार बनाएर खुवाइन्छ । यसले गर्दा आउने सबै पर्यटक खुसी हुने गर्दछन ।20170214_155229

घलेगाउँमा ५४ रोपनि जमिनमा बिभिन्न जातका चियाका बिरुवा लगाएको छ । चियाँ बगैचा गाउँको उत्तर कन्या मन्दिर नजिकै रहेको छ । मन्दिर अगाडी एउटा साना खोला उत्तर भएर बग्ने भएकोले गाउँलाई उत्तरकन्या भनिएको रहेछ । गाउँमा आपत बिपत बर्दा यही मन्दिरको नाम भाकल ग¥यो भने मुक्ति पाइने भन्ने विश्वास घलेगाउँमा रहेको छ । त्यस्तै घलेगाउँमा एउटा सुन्दर पोखरी रहेको छ । यस पोखरीको नाम देब्रे पोखरी रहेछ । गाउँबाट देब्र पट्टि रहेकोले पोखरीको नामनै देब्रे भन्ने गरेका रहेछन । सुन्दर घलेगाउको जति बयान गरे पनि कमै हुन्छ । हिमालयको काखमा रेहको यो सुन्दर गाउ स्वर्ग जस्तै छ । शहरको धुलो धुवामा कोहोलालमा बसेका मानिसलाई त्यहाँ पुगेपछि घर फर्कने मन नै हुदैन । गाउँलेको आत्मीय ब्यवाहरले त झन यस गाउँलाई छोड्न नै मन लाग्दैन ।

प्रेम घले पर्यटकीय घलेगाउँका अभियन्ता हुन् । उनी पर्यटनका क्षेत्रमा निरन्तर लाग्दाको परिणाम यतिखेरको घलेगाउँ हो । प्रेम घले क्व्होलासोथार गाउँपालिकाको प्रमुख भएका छन । प्रेम घलेले पुराना कुराको स्मरण गर्दै भननुहुन्छ– गाउँ बनाउन लामो संघर्ष गर्नु परेको थियो । बिगतको दुःख संझने हो भने सेतो हिमालबाट रातो सूर्य देखिनुअगावै घलेगाउँलेहरुले गाउँ छोडिसक्थे । गाउँलेलाई हिमाल हेर्नुभन्दा वनपाखा र बेँसीमा पुग्न हतार हुन्थ्यो । खेतीयोग्य जमिन नहुनाले हातमुख जोड्नका लागि घन्टौँ हिँडेर बेँसीमा पुग्नुपथ्र्यो । विकासको कुनै संकेत देखिएको थिएन । गाउँलाई माया गर्नेभन्दा माया मार्नेहरु बढ्दै थिए । लाहुरे भएर पल्टनबाट ल्याएको पैसा बेँसीसहर, चितवन, पोखरा, काठमाडौंमा खन्याउन सुरु भइसकेको थियो । अलिअलि पैसा हुनेलाई घलेगाउमा जीवन धान्न धौ–धौ भै सकेको थियो । बसाइँसराइँ यति तीव्र हुन थाल्यो कि, घलेगाउँ करिब–करिब गरिबहरुको बस्तीजस्तै बन्न पुगेको इतिहास पनि घलेगाउँमा छ ।20170214_165105

गाउँलेलाई गाउँमै खुसी राख्ने बाटोहरु प्रेमघलेले खोज्न थाले । त्यतिवेला स्याङजाको शिरुबारीमा होमस्टे सुरु भै सकेको थियो । घलेगाउँलाई शिरुबारीजस्तै बनाउन सकिँदैन ? प्रेमघलेले आफैसँग प्रश्न गर्न थाले । तर, घलेगाउँलाई शिरुबारी बनाउन त्यति सजिलो भने थिएन । गाउँलेलाई पर्यटक भनेको के हो भन्नेसम्म पनि थाहा थिएन । अर्कोतिर, त्यसबेला सशस्त्र द्वन्द्वमा रहेको माओवादीको बिगबिगी । घलेगाउँ वरिपरिको क्षेत्र माओवादीको हेडक्वाटरजस्तै थियो । उता घलेगाउँका संस्कृतिहरु पनि मासिदै गएका थिए । घाटु नाच हराइसकेको थियो । रोधी त माओवादीका डरले बन्द जस्तै थियो । कृष्ण चरित्रलाई मानिसहरुले उच्चारण गर्न पनि छाडिसकेका थिए । यिनै थिए घलेगाउँका मुख्य संस्कृति ।

शिरुबारी पर्यटकीय गाउँ बन्नुमा गुरुङका संस्कृतिले मानिसलाई आकर्षण गरेको रहेछ । शिरुबारीमा टोनी पार्क नाम गरेकी अस्ट्रेलियन नागरिकले प्याकेजमा पर्यटक लैजाँदिरहिछन् । प्रेमले टोनी पार्कसँग भेटने जमर्को गरे । टोनीलाई भेटन उनी काठमाण्डौ पुगे । टोनीलाई सबै कुरा बेलीविस्तार लगाए र ६ दिनको वर्कपरमिट बनाइदिए । प्रेमले टोनीलाई गाउँ लिएर गए । घलेगाउँमा विदेशी नागरिक पुगेको सायद त्यो नै पहिलो थियो । गाउँ देखेर टोनी निकै खुसी भइन । उनले भनिन घलेगाउँ पर्यटकीय गाउँ बन्न स20170214_170331क्छ । यसलगत्तै प्रेम लोप भइसकेका संस्कृतिलाई पुनर्जीवन दिन पुराना मान्छेहरुलाई मनाउँदै घाटु नाच जगाए । कृष्णचरित्र नाच पनि तयारी भयो । नाच देखिपछि टोनी खुशि भइन् । त्यसपछि गाउँमा बिभिन्न मुलुकबाट पर्यटकहरु जान थाले ।

घलेगाउँ जान बेसीशहरबाट तीनवटा मार्ग हुँदै घलेगाउँ पुग्न सकिन्छ । पहिलो मार्ग बेसीशहरदेखि बाग्लुङपानी, कपुरगाउँ हुँदै घलेगाउँ, दोश्रो मार्ग बेसीशहरदेखि सिम्पानी, भलामचौर हुँदै घलेगाउँ र तेश्रो मार्ग बेसीशहरदेखि खुदी, रोपलेफाँट, नायुँ हुँदै पनि घलेगाउँ पुग्न सकिन्छ । पृथ्र्वी राजमार्गको डुम्रेबाट ४२ किलोमिटर लमजुङको सदरमुकाम बेसीशहर पुगे पछि २६ किलोमिटरको यात्रामा घलेगाउँ पुग्न सकिन्छ । बेसिशहरबाट साना हल्का सवारी साधन अर्थात जिप रिजर्भ गर्न सकिन्छ । जीपबाट साँढे २ देखि ३ घण्टा र पैदल यात्रामा ६ देखि ७ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।

मिती ः– २०७५ पौष १५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *