ग्रामीण पर्यटनको लागि रम्भादेवी

के.बि.मसाल19198402_2033021870260759_1647743086_n
पाल्पा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको जिल्ला हो । पाल्पा जिल्लामा ताहुको रम्भादेवी तानसेनको कर्णेल उजीर शमसेरले स्थापना गरेको भगवती र पश्चिम पाल्पाको रैनादेवी प्रख्यात देवीको मन्दिर हुन । यी मन्दिरमा तीर्थाटनको लागि ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन । रम्भादेवीको मन्दिर आजभोली ग्रामीण पर्यटनको लागि गन्तब्य बनेको छ ।47120406_1758609064250269_7178401815031971840_n

सरकारले घोषणा गरेको नयाँ एक सय पर्यटकीय गन्तव्यहरु भित्र पाल्पा जिल्लाको रानीमहल, तालपोखरा र रम्भादेवी एक सय एक भित्र परेको छ । पूर्वी पाल्पाको ताहूमा रहेको रम्भादेवीको ऐतिहासिक महत्व भएको धार्मीक पर्यटकिय स्थल हो । मगर जातीहरुको वाहुल्यता रहेको पुर्वी पाल्पामा रम्भादेवी सवै जाती जनजातीहरुको आस्थाको केन्द्र बिन्दु पनि हो । रम्भादेवीमा वाह्य पर्यटकहरु कमै पुग्ने भएपनि ग्रामीण पर्यटकहरुको लागि गन्तब्य भएको छ । रम्भादेवी मन्दिर भगवान राम सिता ऋषिमुनीहरु संग पनि जोडिएको छ । ऐतिहासिक रुपले महत्व राख्ने पाल्पाली सेनवंशिय राजाहरुले राज्य गरेको ठाउ,नेपाल एकिकरण अभियानको क्रममा गोर्खाली फौज र पाल्पाली फैज बिच युद्ध भएको बाकुमगढी र ऋषिहरुले तपस्या गरेको पवित्र तपोभुमी रिमिघालेक यसै क्षेत्रमा पर्दछ । रम्भादेवीको वन जंगल प्राकृतिक रुपले रमणिय छ । सामुन्द्रिक सतह देखि रम्भादेवी चार हजार दुईसय फिट उचाईमा पर्दछ ।

तीर्थाटन पर्यटकहरुको लागि गन्तब्य बनेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई सास्कृतिक, सामुदायिक वन, पर्यटन विकास र जैविक विविधताले समेत ग्रामीण पर्यटकहरुका लागि महत्वपूर्ण स्थल मानिन्छ । पाल्पा तानसेनबाट करिब ३१ किलोमिटर र सिद्वार्थ राजमार्गमा पर्ने आर्यभञ्ज्याङ देखि करिब १४ किलोमिटरको दुरीमा रम्भा गाउँपालिकाको वडा नं. ५ ताहँु बजार नजिक रम्भादेवी मन्दिर पर्दछ । ताहूँ शब्द मगर भाषाबाट उत्पत्ती भएको हो । मगर भाषामा तामाहुने ठाउलाई तामाहुक भनिन्छ । बोल्ने क्रममा तामाहुक भन्दा भन्दै ताहूँ भएको मानिन्छ । ताहूँ मगर र नेवारजातीको बसोवास भएको ग्रमीण बजार हो ।47032381_1758608767583632_2137037883809202176_n

रम्भादेवी जानको लागि ताहूँ बजार देखि करिब १.५ किलोमिटर उत्तर तर्फ जीप, मोटर साइकल अथवा पैदल यात्रा पछि नाचनडाडाँमा पुगिन्छ । नाचनडाडाँ नाचगान गर्ने स्थल हो । मगरजातीले ठूलो नाचलाई नाचन भन्दछन । नाचनडाडाँमा प्रत्येक बर्ष कृष्णअष्टमीको दिन ठूलो मेला लाग्ने गर्दछ । त्यस दिन रम्भादेवीलाई सुनचादीका गरगहनाले सिंगारेर राखिन्छ । नाचगान गरिने स्थल भएकोले ठाउको नाम नाचनडाडा रहेको हो । नाचनडाडाँमा रम्भादेवीको मन्दिर प्रवेश गर्ने गेट समेत निर्माण भएको छ । रम्भादेवीको मन्दिर पुग्न सवारी साधन नाचनडाडाँमा पार्क गरी करिव ५ मिनेट पैदल यात्रा गर्नु पर्दछ । प्रवेश द्वार देखि मन्दिर सम्मको ८ सय मिटर लम्बाई रहेको पैदल मार्ग डेढ मिटर चौडाईमा ढुंगा छापेर तीर्थाटनका पर्यटकहरुलाई हिडन सजिलो बनाइएको छ ।

रम्भादेवीको मन्दिर वन क्षेत्रमा पर्दछ । रम्भादेवी वनको अधिकांश भाग उत्तरी ढलान फर्केको छ भने केही भाग दक्षिणी मोहडा फर्केको छ । यस वनमा ६० प्रजाति भन्दा धेरै वनस्पति र दुर्लभ चराचुरुङगी मात्र नभएर वन्यजन्तुको समेत बासस्थान पर्दछ । वनमा संरक्षित बेत बाँस समेत पाइन्छ । रम्भादेवीको वन क्षेत्र रमणिय छ । वनको बिचमा रम्भादेवीको मन्दिर रहेकोछ । पुर्वी पाल्पाको गाडाकोट, झिरुवास, मित्याल, सहलकोट, अर्चले खालीवन, गल्धा, दर्छा र रामपुर लगायतका मानिसहरुले रम्भादेवीलाई आफ्नो कुलदेवीको प्रतिकको रुपमा मान्ने गर्दछन ।47204288_1758574914253684_5478819385546113024_n

धार्मिक किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान राम सीता र लक्ष्मण कालीगण्डकी किनारको राम्दीघाट जाने क्रममा ताहुँमा बास परेछ । ताहुँ वरपरका गाउँ बस्ती र रम्भादेवी वरपरको जंगल रमणिय लागेछ । त्यस ठाउमा केहिदिन घुमफिर गर्ने क्रममा सितालाई पानी तिर्खा लागेछ । सीतालाई पानीको प्यास लाग्दा रामले वाण हानी पानी उत्पन्न भएकोले रमापानी भनिएको र पछि बोल्दै जादा अपभ्रशं भई रमापानीको सट्टा रम्भापानी भएको भनाई रहेको छ ।

रम्भादेवीको क्षेत्र ऋषिमुनीहरुले तपस्या र आरधना गरेको तपोभूमी पनि हो । ऋषिमुनीहरुले आरधना गर्दा सपनामा रम्भादेवी प्रकट भएको विश्वास गरिन्छ । सपनामा जमिन मुनी मेरो शिला छ त्यसलाई निकाले र मेरो पुजाआजा चलाउनु भन्ने ऋषिलाई सपनामा रम्भादेवीले भनेको र जमिन खन्दा शिला फेला परेको किम्बदन्ती छ । त्यसरी फेला परेको शिला अर्थात शालिग्राम अहिले पनि देख्न सकिन्छ । शिलाको बीचमा देवीको आकारको अण्डकारको चित्र देखिन्छ । त्यसैको आधारमा पछि मुर्ति बनाइएको हो ।

रम्भादेवी मन्दिरमा सर्वप्रथम वि.सं १९५८ मा मुर्ति चढाएको अभिलेख छ । पछि वि.सं. १९९९ मा पाल्पाका तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेरद्वारा मन्दिरमा देवीको मुकुट र गहना चढाएका थिए । अहिले यस मन्दिरमा करिब ४२ वर्ष अगाडी बनाएको मुर्तिलाई दैनिक पुजा गरिन्छ । रम्भादेवीको अहिलेको मुर्ति वि.सं २०३३ साल भाद्र १ गते कृष्ण जयन्तीका दिन तानसेन टक्सार निवासी मुर्तिकार रामलाल शाक्यले चढाएका हुन् । रम्भादेवी मन्दिरको मुर्ति २ पटक चोरी भएको थियो ।15207958_10211077648160228_2032140233_n पछिल्लो पटक वि.सं २०२८ मा चोरी भएको थियो । बस्तीबाट टाढा जंगलको बिचमा मन्दिर रहेकाले करिब २५ वर्ष अगाडि देखि पुजारीले काम गर्दै आउनु भएका ५३ वर्षीय बस्याल र अर्का पुजारी पे्रम नारायण पाण्डेले मन्दिरको मुर्ति जोगाउन दिनहु घरैबाट डोकोमा बोकेर ल्याउने लैजाने गर्छन् । घरबाट दैनिक डेढ घण्टा हिंडेर डोकोमा मुर्ति तथा शिला ल्याई मन्दिरमा राख्ने र बेलुकीपख घर लैजाने गरिन्छ । रम्भादेवी मन्दिरमा साउन महिनाको पहिलो १५ दिन, एकादशी र औंसीको दिन बाहेक वर्ष भरि नै पुजा गरिन्छ । बुद्ध जयन्ती र कृष्ण जन्माष्टमीको दिन पुजा गरिए पनि त्यस दिन बलि चढाउने गरिन्न । मन्दिरमा विवाह तथा व्रतबन्ध समेत गर्ने गरिन्छ ।

रम्भादेवी पुग्ने पर्यटकहरु धेरैले हाइकिङ गर्न रुचाउछन । रम्मभादेवी वरपर हाइकिङ गरेर अवलोकन गर्न सकिने धेरै स्थलहरु छन । आजभोली घुमघाममा निस्कनेहरु पैदल यात्रालाई हाइकिङ भन्दछन । हाइकिङले शरीरलाई तन्काएर स्वस्थ बनाउँछ । यो ग्रामीण पर्यटन विस्तारको लागि राम्रो पक्ष पनि हो । रम्भादेवीको मन्दिर नजिकैबाट २० मिनेट उकालो हाइकिङ पछि रमणिय पार्क र भ्युटावरमा पुग्न सकिन्छ । यो स्थललाई दरवार हाता पनि भनिन्छ । दरवार हाता रम्भादेवी डाडाँको सबै भन्दा अग्लो अर्थात चार हजार पाचँसय फिटको उचाईमा रहेको छ । यो स्थल ऐतिहासिक र प्राकृतिक हिसावले महत्वपुर्ण स्थल हो । जुन स्थलबाट पाल्पाली सेन वंशीय राजाहरुले राज्य संन्चालन गरेका थिए । अहिले त्यहा दरवारका भग्नावशेषहरु र दरवार वरपर अन्य घरहरुको पनि अवशेषहरु देख्न सकिन्छ । दरवारको सुरक्षाको लागि निर्माण गरिएका गढीका भग्नावशेषहरु रहेका छन । सेन राजाहरुले निर्माण गरेका कोटघर नजिक मौला र पोखरी अहिले सम्म रहेको छ । यहाबाट पाल्पा, स्याङजा मात्र नभएर तनहू जिल्लाका धेरै ग्रामीण बस्तीहरु देख्न सकिन्छ ।rimigha-palpa

पार्कदेखि २० मिनेट हाइकिङमा बाकुमगढी पुग्न सकिन्छ । बाकुमगढी ताहूँदेखि ४ किमी पूर्व हेक्लाङको सिमानामा पर्दछ । भौगोलिक हिसावले बाकुमगढी भिरालो डाडाँको टाकुरामा रहेको छ । सामरिक हिसावले बाकुमगढी महत्वपुर्ण स्थल हो । बाकुमगढी सेन वंशीय राजाहरुको पालामा सुरक्षाका लागि निर्माण भएको पाल्पा राज्यको पुर्व तर्फको किल्ला हो । जुन किल्ला अर्थात गढीका डुङगाका पर्खालमा बिचबिचमा कोठा बनाई हतियार राख्ने भण्डार बनाइएको थियो । बाकुमगढी किल्लाको नजिकै सुरुङ पनि रहेको छ । यसै स्थलमा वि.स.१८४० मा नेपाल एकिकरणको अभियानमा गोरखाली फौजको नेतृत्व अमरसिंह थापा र अभिमान सिंह बस्नेतले गरेका थिए ।

ताहूँ देखि ७ किमी उत्तर पश्चिममा रिमिघा लेक पर्दछ । पाल्पाको दोस्रो अग्लो लेक मानिने रिमिघा लेक परापुर्वकाल देखिनै धार्मीक तपोभूमी हो । रिमिघा लेकमा जोगी गुफा, देश हेर्ने ढुङगा, टुँडिखेल, विशाल चउर, इनार, भुरे राजाले बनाएका घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवीको मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिकस्थल समेत रहेका छन् । रिमिघा लेकबाट हिमाल, पहाड र तराई क्षेत्रको धेरै भूभाग अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ रहेको माछापुच्छ्रे धवलागिरी, अन्नपूर्ण हिमश्रृखला, पहाडी अग्ला डाँडाका बिचमा रहेका सुन्दर मानवस्ती र बिचमा कालिगण्डकी नागवेली आकारमा बग्दै गरेको र नदीको वारीपारी स्याङजाको चापाकोट र पाल्पाको रामपुर, तनहूको अत्रौलीटार, गडेउलीटार र नवलपरासीको बुलिङटार मिलेर बनेको विशाल उपत्यका समेतको अवलोकन ग्रामीण पर्यटकहरुले गर्न सक्दछन । रिमिघा लेकमा प्रत्येक नयाँ वर्षका अवसरमा हुँगी, ताहुँ, हुमिन, गेझा, हेक्लाङ, वीरकोट, जल्पा,फोक्सिङकोट, पिपलडाँडालगायत विभिन्न क्षेत्रबाट पिकनिक र घुमफिर गर्न ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन । रिमीघा लेकको टाकुरामा ठूला मैदानी भाग र इनार समेत रहेको छ । अर्को तर्फ रिमीघा लेक पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । यो लेकमा ऋषिमुनीहरुले तपस्या गरेको थिए ।47345241_1758574524253723_3717268480718798848_n
ताहुँ देखि ३ किमी उत्तर पुर्वमा पर्यटकहरुको लागि अनौठो लाग्ने कराउने पहाड छ । यो पहाडको. नजिकै गएर बोल्दा आफुले जे बोल्यो जस्ताको तस्तै प्रतिध्वनीको आवाज सुनिन्छ । यो पहाडको नजिकै उटको आकारको घारे पहाड रहेको छ । जुन पहाड हेर्दा पर्यटकहरु रमाउने गर्दछन ।

ताहूँ वरपर छरियर रहेको ग्रामीण पर्यटकियस्थल जोडनको लागि बाटो, विश्रामस्थल, दृष्यावलोकन गर्नको लागि टावर निर्माण भएका छन । रम्भादेवी जादा ताहूँ वरपर रहेका जल्पादेवी, हात्तीलेक ताहूँ बजारको भिमसेन मन्दिर, बसाह, सति ढुङगा, भाङमाता देवी जस्ता ऐतिहासिक धार्मीकस्थलमा पुग्न सकिन्छ । मगर संस्कृति र सभ्यता अध्यन गर्न सकिने पुर्वी पाल्पाको ताहूँ वरपर वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे, बिरकोट, देवीनगर, जल्पा, फोक्सीङकोट, बहादुरकोट, भिरबास जस्ता गाउँहरु मगरजातीहरुको बसोवास भएका गाउँहरु पर्दछन ।

मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएका छन । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र पाल्पा जिल्लाका मगरहरुले काइके बोल्ने गर्दछन । गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भन्ने गरिन्छ । बाह्र मगरातका मगरहरुको मुख्य थर थापा, राना र आले हो । अठार मगरातका मगरहरुको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा, रोका र घर्तीको बसोबास छ । मगर जातीका तीन थरि भाषा भएपनि मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन । ती तीन थरिका भाषामा मगर ढुट, मगर खाम र मगर काइके हुन् । मगरहरु आफ्नै संस्कृतिमा रमाउने गर्दछन भने दसै, तिहार, माघेसंक्रान्ति, चण्डीपूर्णिमा जस्ता पर्वहरु पनि मनाउने गर्दछन ।20180521_121852

हामी अहिले ग्रामीण पर्यटन निकै चर्चा गर्दछौँ । नयाँ ठाउँ र गाउँका बारेमा कुरा गर्दा ग्रामीण पर्यटनस्थलका धेरै कुराहरु जोड्ने गर्दछौँ । गाउँदेखि शहरसम्म सबै नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षकहरुको बोलिमानै ग्रामीण पर्यटनका कुरा झुण्डिएको हुन्छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन ओझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकि हामीमध्ये धेरैजना आफ्नै देश भित्रका गाउँठाउँका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा अनविज्ञ भएका हुन्छौँ । नजिकको तिर्थ हेला भने जस्तै धार्मिक मठ मन्दिर एवं प्राकृति र ऐतिहासिकस्थल भ्रमण गर्न परे अन्य स्थानको खोजि गर्दछौँ ।

ग्रामीण क्षेत्रको भ्रमणले महत्वपूर्ण स्थलहरुको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । भ्रमणबाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । ग्रामीण पर्यटनको लागि हिमाल, नदिहरु, पहाड, तालतलैया, झरनाहरु, बनजंगल, धार्मिक मठमन्दिहरु दृश्यावलोकन गर्न सकिने धेरै स्थलहरु रहेका हुन्छन् । ग्रामीण पर्यटकीयस्थलहरुमा पुग्नको लागि सडक यातायातको अभाव छ । यातायातका साधन गुड्ने सडक पनि सुरक्षित छैनन् । निर्माण गरिएका अधिकांश सडकहरु कच्ची छन । पैदल यात्रामा भ्रमणमा निस्कने ग्रामीण पर्यटकहरुलाई खानेबस्ने होटलको असुबिधा छ । कतिपय गाउँठाउँमा पुग्ने ग्रामीण पर्यटकहरुको लागि सुरक्षा नै छैन । ग्रामीण पर्यटनको विकासको लागि यी सबै कुराहरुको पहिला विकास हुन जरुरी छ ।

मिती ः– २०७५ पौष ११ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *