गौंमुखी पर्यटनको गन्तब्य

के.बि.मसाल19198402_2033021870260759_1647743086_n
सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्राउने लक्ष राखेको छ । पर्यटकहरुलाई नयाँ गन्तव्यमा पु¥याउन देश भित्र एक सय स्थललाई नयाँ पर्यटकीयस्थल तोकेको छ । प्युठान जिल्लामा स्वर्गद्वारी, रक गार्डेन, ओखरकोट डाडा र झिमरुक समेत एक सय स्थान भित्र परेको छ । जुन कारणले पछिल्ला समय प्युठानमा पर्यटन गतिविधिहरु बढ्न थालेको छ ।46459202_2210992752469601_814497894366183424_n

स्वर्गद्वारी पछि गौमुखी पर्यटनको लागि अर्को गन्तब्य हो । पर्यटनको बिकासको लागि दाङको भालुवाङ, प्यूठानको बाग्दुला हुँदै बाग्लुङको भिमगिठे जोडने सडक निर्माण गर्न संघीय सरकारले २ सय करोडको टेण्डर गरिसकेको छ । ढोरपाटन क्षेत्रसँग जोडिएको गौमुखी, सडक निर्माणसँगै पोखरासँग जोडिने भएकाले गौमुखी पर्यटनको गन्तब्य भएको छ । गौमुखी क्षेत्र प्राचीन कालदेखि नै पवित्र, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान हो । गौमुखी, प्रागऐतिहासिक महत्वको तुषाराको इश्नाको थान र त्यहाँको मेला, लिवाङको दियाल्नाचौर,बाइसे÷चौबिसे राज्यहरुभन्दा पहिलेका भुरेटाकुरे राजाहरुको सदरमुकाम रहेको स्थान हो । यो क्षेत्रमा पुरातात्विक र ऐतिहासिक महत्वको ओखरकोट र बाँदिकोटका बीचमा रहेको कोट तथा प्राकृतिक दृष्टिले ओखरकोट सुन्दर स्थानमा पर्दछ ।

प्युठानमा धार्मीक पर्यटकिय स्थलहरु धेरै रहेका छन । प्युठान जिल्लाको दक्षिण अर्घाखाची संग सिमा रहेको अर्थात झिमरुक र माडी खोलाको संगम स्थल ऐरावती र हंसपुरको ऐतिहासिक स्थल त्यसै गरी कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाक्रिस्थान, विजुलीकोट,वरौलाकोट, जावुने दह, त्रिवेणी जस्ता पर्यटकिय महत्वका स्थलहरु पनि गौमुखी पुग्ने पर्यटकहरुले आफ्नो यात्राको समय बढाउन सके ती स्थलहरुको भ्रमण गर्न सक्ने छन । प्युठान प्राकृतिक सुन्दरता बोकेको जिल्ला हो । हराभरा पहाड हुन वा समथर बेशी, पहाडका टाकुराहरुबाट छङ्छङ गर्दै झर्ने झरना, बेशिका फाँटहरुमा हरियाली सिँचाउदै बग्ने झिमरुक नदीले हराभरा बनाएको समतल फाट देखि लिएर प्राकृतिक रुपमा रहेका ठूलो नागिनी र स्यानी नागिनी लेक र मदाने लेकले गौमुखी पुग्ने पर्यटकहरुलाई थप आकर्षण गन्तब्य हुन ।46492696_2210992289136314_9128322293175418880_n

सांस्कृतिक, पर्यटन तथा जैविक विविधताका लागि उपयुक्त मानिएको मदाने लेकको जंगललाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । सरकारले गुल्मी,बाग्लुङ र प्यूठानसमेत ओगटेको मदानेको १३ हजार ७ सय हेक्टर जंगललाई संरक्षण गरेपछि आजभोली जंगलमा दुर्लभ जनावर र चराहरु समेत देखिन थालेको छ । गौ मुखी संरक्षित वनमा डाफे  मुनाल, हाब्रे , चर ाचुरुङ्गी, घोरल, कस्तुर ी मृग, र ेड पाण्डा, भालुलगायतका वन्यजन्तुहरु को बासस्थान भएको छ । मदाने लेक जानको लागि रुपन्देहीको सालझण्डी, अर्घाखाँचीको मैदान, पाली, वांगला, सन्धिखर्क, अर्घा, बागी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुरकोट दह, वाझकटेरी, सोइरेलेक हुदै पनि पुग्न सकिन्छ ।

मदाने लेकबाट गुल्मी जिल्लाको रेसुङ्गा लेक, थाप्लेको लेक, लुम्पेकको लेक, वामिको लेक, अग्लुङको लेक, पौदिको लेक, रानीबन, सिद्धबाबाको डाँडा जस्ता अग्ला अग्ला पहाडहरु अवलोकन गर्न सकिन्छ । घुमघामको समय लम्वाउन सके पर्यटकहरु मदानेको लेकबाट बागलुङको बुर्तिबाङ, बोबाङहुँदै ढोरपाटन पनि पुग्न सक्दछन । पैदल यात्रामा रमाउने पर्यटकहरुको लागि प्युठानमा अहिले झिमरुक गाउँपालिकाको दिहाल्नाबाट पुजा, रजवारा, अर्घा, गौमुखी हुदै बाग्लुङको ढोरपाटन जाने पदमार्ग निर्माण भएको छ । त्यसैगरी गौमुखीको मुहानबाट गुल्मी जिल्लाको अग्लुङ प्युठानको ओखरकोट, खुङ, नारीकोट, बादीकोट हुदै मच्छी सम्म पनि पर्यटकहरुलाई पदमार्ग बनेको छ । त्यसैगरी स्वर्गद्वारी आउने पर्यटकहरुलाई गौमुखी सम्म जानको लागि पनि स्वर्गद्वारी, बेलवास, जुम्लीकाडा, लिस्ने, माझकोट,झुलेनी, लुक्लुङ, बाहने हुदै दिहाल्ना भएर गौमुखी पदमार्गमा पुग्न सकिन्छ ।46449272_2210992215802988_4984118755970777088_n

पदमार्गमा यात्रा गर्ने पर्यटकहरुले तीनदे खि चार  दिनको  प्याकेज बनाउन पर्दछ । पद यात्रामा मच्छीको  ढाड हुदै  स्नाथान र  दिहाल्नामा रहे का विभिन्न मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ । यात्रामा पहिलो दिन वाग्लीवाङको होमस्टेमा रात बिताउन सकिन्छ । त्यसपछि अकोर्  दिन बिहान  तामाखानी पुग्न सकिन्छ । जुन खानी १ सय वर्षसम्म उत्खनन गर ेर  राजा त्रिभुवनका पालामा रोक लगाइएको  थियो  । तामा खानीको  अवलोकन पछि रजवारामा रहेको  धार्मिकस् थल झाक्रीढुंगा पुगिन्छ । जवाराको  जंगलको  उच्च स् थानमा रहे को  दह, पारिपट्टी कोठीभिरको  दृश्यावलो कन, तिखाचुली लेकको  फे दि हुदै  ले खछहरा होमस्टेमा पुग्न सकिन्छ । त्यसैगर ी अकोर्  दिन बाइस मूलको झरनामा आनन्द लिन सकिन्छ ।

पदमार्गमा फरक भेषभूषा, संस्कृति भएका मगरहरु, जिल्लामा अल्पसंख्यक तर  नेपालको  सांस्कृतिक रुपमा धनी तामाङ, गुरुङ, केही घर  थकाली, दलितहरुको  वस्तीले  फरक–फरक संस्कृति झल्किने  ऐतिहासिक सांस्कृतिक सम्पदाहरुको  अध्ययन अवलोकन गर्न सकिन्छ । यहाको  देवाली, ल्होसार , दशै ं, तिहार  जस्ता पर्वमा घाटु नाच, सोरठी, मारुनी, द्यौसी भैलो , भजन कीर्तनले  पदयात्रामा जाने पर्यटकहरुलाई रमाइलो बनाइ दिन्छ ।47420838_1765290646915444_599715865612517376_n

गौमुखी पुग्ने पर्यटकहरुले पुग्नै पर्ने अर्को स्थान हो ओखरकोट । ओखरकोट वामपन्थी आन्दोलनको इतिहास आदिबारे पुस्तक, लेख, उपन्यास, गीत, खण्डकाव्य, डकुमेन्ट्री, फोटोग्राफी आदि रुचि भएका आन्तरिक पर्यटकहरु को लागि पुग्नै पर्ने स्थान हो । पछिल्लो समय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखरकोटमा ग्रामीण पर्यटनको विकास गर्न थालिएको छ । ओखरकोटमा आन्तरिक पर्यटकहरुको लागि होमस्टे सञ्चालन हुन लागेको छ । अग्ला पहाडी श्रृखला, बान्की परेका पहाडका चुली, माडी झिमरुक र अन्य दर्जनौं खोलाहरु, उब्जाउ धर्मावतीको फाँट, आदिले प्राकृतिक दृष्टिले अत्यन्त रमणिय ओखरकोट बनेको छ । ओखरकोट, बाँदिकोट, नारिकोट, खुङ, अर्खा, रजवारा, पूजा, लिवाङ, तुषारा र बांगेमरोठा ओखरकोट र मच्छि क्षेत्रका सबै गाउँहरुलेग्रामीण पर्यटनको विकासका लागि योजना बनाएका छन ।

ओखरकोट गाउँमा एकातिर नागवेली आकारमा झिमरुक नदी बग्दछ भने गाउँको बीचमा गर्तङ खोला बग्दछ । दुवै नदीहरुका बीचमा रहेको ओखरकोट गाउँ अत्यन्त सुन्दर र रमणिय छ । ओखरकोटको फेंदी मच्छिमा झिमरुक र गर्तङको बीचमा मच्छिको फाँट छ । झिमरुक नदीको पारिपट्टि तुषाराको पिडाल्ने फाँट फैलिएको छ । ओखरकोटको गाउँको माथि अर्थात शिरमा ओखरकोटको कोट छ । त्यो कोट ओखरकोट र बादिकोट गाउँको बिचमा रहेको छ । त्यो ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । त्यहाँ पहिले भूरे टाकुरे राजाहरु बस्ने गरेको इतिहास छ । उनीहरुका दरवार वा सभाकक्षका अवशेषहरु अहिले पनि त्यहाँ पाइन्छन् । तिनीहरुको अनुसन्धान, उत्खनन वा अध्ययन गरेमा जिल्लाको मध्यकालिन इतिहासको अध्ययन गर्न सकिन्छ । ओखरकोटको कोटबाट चारैतिर गोलाकार रुपमा फैलिएका अग्ला पर्वतका शिखरहरु देखिन्छन् । त्यसरी देखिने पर्वतका शिखरहरुमा बाग्लुङ, गुल्मी, अर्घाखाँची, मच्छि क्षेत्रका विभिन्न गाउँहरु पर्दछन । ओखरकोटको कोट ती सबै पर्वत श्रृंखलाका केन्द्रमा बसे जस्तो देखिन्छ ।put

प्युठान जिल्लाको अर्खा, रजवारा र गौमुखीबाट उदगम भएको झिमरुकमा मच्छीकोटबाट बग्दै आउने गर्तुङखोला, र तल स्याउलीवाङ लिया डाम्रीबाट आउने लुङखोला बाटुले भन्ने स्थानमा मिसिए पछि झिमरुकखोलाको नाममा परिवर्तन हुन्छ । त्यस पछि धर्मावती अर्थात झिमरुकको नाम बाट बग्दै आएको खोला मात्र नभएर वाग्दुला नजिक खप्रङ्खखोला, मरन्थाना नजिक चुवेदीखोला र विजुवार नजिक जुम्रीखोला समेत मिसिए पछि विसाल झिमरुक खोला बन्दै विशाल फाटमा सिचाइ पु¥याएको छ । झिमरुककै पानीले चेरनेटामा जलविद्युत समेत उत्पादन भएको छ । भिमरुक खोला किनार दायाँ वायामा धेरै खेतियाग्य उर्वर फाटहरु रहेका छन । मरन्ठाना फाट, वाग्दुला, विजुवार दाखा फाट, चुनाफाट, खैरा फाट, वरौला फाट, अर्गलीफाट, चिसावाङ फाट, रातटारी फाट, गर्तङ फाट आदी रहेका छन ।

रिजाल थर भएकाहरुको कुल पुजाको प्रख्यात मानिने प्युठान जिल्लाको लुङ महत्वपूर्ण धार्मीक स्थल मानिन्छ । प्रत्येक ५ बर्षको मंसिर महिनाको पन्चमी तिथिबाट सुरु भएर अष्ठमीको दिन कुलपुजाको समापन हुने गर्दछ । कुल पुजामा महत्वपूर्ण मानिने लुङ्कको रिजाल बन्धुहरुको कुल पुजामा समावेसी भेला हुने गर्दछ । कुलदेवतालाई आफ्नो समस्याको बारेमा भाकल गर्ने र भाकल पुरा भएपछि कुल पुजाको बर्षमा वोकाको वली चढाउनुको साथै सुन, घिउ, पन्चवाजाको सेट, चौरी गाईको चवर, घन्ट, शंख, ध्वजा जस्ता बस्तुहरु आफ्नो भाकल अनुसार चढाउने प्रचलन छ ।47398169_1765290613582114_7882168030803787776_n

नेवार संप्रदायमा सदरमुकाम खलंगामा घण्टाकर्ण ऋषितर्पणी पूर्णिमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुंदा प्यूठानका अतिरिक्त छिमेकि जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाचमा पुरुसुङगे नाच, मारुनी नाच, माडीखोले नाच र अन्य लोकनृत्यले सबैलाई रमाइलो बनाएको हुन्छ । यसरी विभिन्न धर्म सस्कृतीका जातजाती बसोबास भएको प्यूठान जिल्ला लोक सांस्कृतिको अपार भण्डार रहेको छ । नेवारका अलगै चाड पनि छन । मुसलमानका पनि इस्लाम धर्म अनुसारका चार्डपर्व इद, वकरीद, र रमजान जस्ता पर्व पनि मनाईन्छ ।

प्युठान जिल्लामा ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका ग्रामीण पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्वता रहेको छ । ग्रामीण पर्यटकीय सम्भावना भएका क्षेत्रमा सरकारले लगानी बढाउन नसकेका कारण र सो ठाउँमा पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण ग्रामीण पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।

मिती ः– २०७५ मंसिर २६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *