इतिहासमा लुकेको पर्यटन मकवानपुरगढी

के.वि.मसाल19198402_2033021870260759_1647743086_n
नेपालीहरुमा घुमफिरगर्ने रुचि बिकास हुन थालेको छ । आजभोली पर्यटनको बिट फराकिलो हुदै गएको छ । पर्यटनहरु हिमाल, ताल र मठ मन्दिरमा मात्र पुग्दछन भन्ने बुझाइलाई अब भने ऐतिहासिक कुरा खोज कार्य गर्ने पर्यटकहरु कोत, गढी र इतिहास जोडिएका सम्पदामा समेत पुग्न थालेका छन । पर्यटन विकासको लागि यो खुशिको कुरा हो ।800x538_1546080968

प्रदेश नम्वर ३ को मकवानपुर आफैमा इतिहासको पाना हो । मल्लकालिन राजाहरुको पाला देखिनै भारत एवं तराइको भू–भागबाट काठमाण्डौ उपत्यका जाने मुख्यद्धारको रुपमा रहेको मकवानपुर । राणकालीन अवस्थामा शिकार खेल्ने जंगल देखि लिएर देश विदेशको यात्रामा हिडने भूगोल मकवानपुर । रोपवे देखि लिएर सडक यातायातको सुरुवात गर्ने भूगोल पनि मकवानपुर नै मानिन्छ । मकवानपुरगढी करीब १३५ रोपनीमा फैलिएको क्षेत्रफल र संरचनाले नेपालमा भएका गढीहरु मध्ये सबैभन्दा ठूलो र फरक इतिहास बोकेको गढी हो । मकवानपुर कुनै बेला राजधानीको प्रवेशद्धार र राहदानी जारी गर्ने स्थानका रुपमा समेत परिचित थियो । मकवानपुरको ऐतिहासिक महत्वको बारेमा चर्चानै गरेर सकिन्न । पहाडी भाग र भित्री मधेशको दुई उपत्यकाबाट बनेको मकवानपुरको भूगोल पर्यटकहरुले स्थलगत भ्रमण गर्ने हो भने बल्ल मकवानपुरको महत्वको बारेमा जान्न सकिन्छ ।

नेपाल एकीकरणको महत्वपूर्ण योगदान गरेको मकवानपुरगढीमा अब गाउँपालिकाले संग्राहलय निर्माण गर्ने भएको छ । हेटौंडा नजिकैको मकवानपुरगढीलाई पर्खालले घेरिएको छ । त्यसको बीचमा दरबार र गढीका भग्नावशेष छन् । प्रवेशद्वारको भित्र वंश गोपालको मन्दिर छ । अहिले मकवानपुरगढी पर्यटकको गन्तब्य बनेको छ । मकवानपुरगढीमा अहिले पर्यटकको चाप बढन थालेको छ । बिदाका दिन हेटौँडाबजारबाट रिफ्रेस हुन आन्तरिक पर्यटकहरुको भीडभाडको दृश्यले कुनै मेलाको झल्को दिन्छ ।Bhutandevi_4

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले घोषणा गरेको मुलुकका सय पर्यटकीयस्थल मध्येमा मकवानपुरगढी पनि पर्दछ । मकवानपुरगढीकोे प्रवेशद्वारले चीनको ग्रेटवालको झल्को दिन्छ । पर्यटकलाई प्रवेशद्वारमा उभिएर फोटो र सेल्फी खिच्न पालो पाउननै हम्मेहम्मे पर्दछ । सडक कालोपत्रे र सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपछि मकवानपुरगढी घुमघाम गर्न जाने पर्यटकको सख्या बढन थालेको छ ।

इतिहासमा चासो राख्ने पर्यटकहरु मकवानपुरगढी पुग्ने बित्तीकै डायरी, कलम र क्यामेरा झोलाबाट निकाल्दै कलम चलाउन थाल्दछन । पाल्पाली राजा मणिमुकुन्द सेनले आफ्नो विशाल राज्यलाई चार भागमा विभाजन गर्दा उनका कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर परेको थियो । मकवानपुरको राजकाजका क्रममा मकवानपुरगढीको निर्माण १७५० सालतिर राजा तुला सेनले गरेका थिए । सेनवंशी राजाहरुको अन्त्यसमेत मकवानपुरगढीबाट भएको थियो । यो गढी समुद्रको सतहबाट करिब तीन हजार ६ सय फिट उचाइमा महाभारत पर्वतको दक्षिणतर्फ फैलिएको छ । मकवानपुरगढीमा मुख्य रुपमा दुईवटा गढी छुट्टाछुट्टै छन । राजदरबार रहेको ठूलो गढीलाई मूल गढी भनिन्छ । त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढी सानो गढीको नामले परिचित छ । rasuwa3मूल गढीको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ । पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खालवरपर १० फिट गहिरो खाडलले गढीलाई थप सुरक्षा प्रदान गरेको छ । पूर्व–पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ ।

मकवानपुरगढी ऐतिहासिकस्थल भएकाले गाउँपालिकाको नाम पनि मकवानपुरगढी राखिएको छ । मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा पर्दछ । मकवानपुरगढीमा त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरुपमा बनाइएको खाल्डो देख्दा पर्यटक अचम्म मान्दछन । सेन राजाहरु को समयमा ऐनकानुन मिच्नेलाई गहिरो खाडलमा हालेर यातना दिने र अपराध हेरी कसैलाई मार्ने समेत गरेको पाइन्छ । गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनको लागि अझैपनि धेरै कुरा भेटिन्छ । मकवानपुरगढीमा पुराना दरबारसहित विभिन्न संरचना भग्नावशेषका रुपमा देख्न पाइन्छ । मकवानपुरगढीमा दरबार, विजय पार्क, सानो गढी र ढुङ्गेगढी, विजय स्मारक लगायत ऐतिहासिक स्थल रहेका छन । मकवानपुरगढीको दक्षिणपूर्वमा सेनवंशीय राजासंग नाम जोडिएको जमिन रानीसेराको नामले परिचित छ । मकवानपुरे सेन राजा अत्यन्तै धनी शासकका रुपमा समेत परिचित थिए । सेनवंशीय शासनकालमा गाडिएको सुनैसुनको ढुकुटी अहिले पनि मकवानपुरगढीमा रहेको विश्वास गरिन्छ ।maxresdefault (1)

नेपाल एकीकरण पूर्व मकवानपुर सेनवंशी राजाहरुको अधीनमा थियो । मकवानपुरगढी तिनै सेन राजाहरुको राजधानी थियो । गढी नजिकै पर्ने चिसापानीगढी अग्रेजसंगको युद्धमा सेना तैनाथ गरी युद्ध गरेको स्थान हो । आधुनिक नेपालका निर्माता पृथ्वीनारयाण शाहको सुसराली मकवानपुरगढी, सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक जुगे दरबार र दरबारक्षेत्र अहिले पनि वीरगाथा सम्झाउने इतिहास पर्यटकहरुका लागि अध्यनको बिषय बन्दछ । इतिहास अनुसार वि.सं.१७९४ मा तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनसंग राजा पृथ्वीनारायण शाहले विवाह गरेका थिए । त्यस बेला मकवानपुर शक्तिशाली राज्यका रुपमा परिचित थियो । पृथ्वीनारायण शाहले विवाह गरेका २५ बर्षपछि अर्थात वि.सं. १८१९ साल भदौ ९ गते गोर्खाली सेनाले मकवानपुरलाई आफ्नो अधिनमा लिएको थियो । मकवानपुरगढी सेन वंशका राजाले १३ औँ शताब्दीको शुरुतिर यहाँ शासन गरेका थिए । सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका दश पुस्ताले करीब ३०० वर्षसम्म मकवानपुरगढीमा शासन गरेका थिए ।

इतिहास खोतल्ने हो भने एक समय मकवानपुर स्वतन्त्र राज्य थियो । त्यसको राजधानी मकवानपुरगढी । त्यहाँ इसं १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । 800x538_1548331449पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा बने । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् । उनलाई नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहले पराजित गरेका । आफ्ना सेना धमाधम मारिन थालेपछि राजा दिग्बन्धन आत्तिए । उनी भागेर हरिहरपुर गढीतर्फ लागे । गोर्खाली फौजले हरिहरपुर गढी पनि आक्रमण गरी जित्यो । मकवानपुरगढी मकवानपुरको मात्र नभएर नेपालकै ऐतिहासिक महत्वको धरोहर हो । इतिहासले के देखाउछ भने मकवानपुरगढीबाट नेपाली सेनाको इतिहास सुरु भएको छ ।

सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँ हारेपछि बंगालका नवाब मिर कासिम अलीसँग सहयोग माग्न गएका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर मकवानपुरगढीमा विसं १८१९ माघ १० गते आक्रमण गरेका थिए । मकवानपुरगढीमा रहेको नन्दु शाह नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग मिर कासिमका सेना पराजित भएका थिए  । गुरगिन खाँको नेतृत्वमा आएको फौज होचो ठाउँ शिखरकटेरीतर्फ लागेको देखेर गोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाई बन्दुक ताकेर माघ ९ गते रातिदेखि १० गतेसम्म सत्रुपक्षसँग लडेका थिए । मुगल सैनिकका १७ सय फौज हताहत भए । गोर्खाली सेनाको मनोबल उच्च भयो र बाँकीलाई लखेटदै सिमाना कटाए । imagesआज भन्दा २५६ बर्ष पहिले विदेशी सेनालाई हराएको खुशीयालीको स्मरणमा विजया उत्सव प्रत्येक माघ १० गते मकवानपुरगढी हुने गर्दछ । गोर्खाली फौजले मिर कासिमको फौजलाई पराजित गरेपछि उनीहरुबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले औपचारिक सैनिक संगठन निर्माण गरेका थिए । त्यो युद्धमा प्रयोग भएका केही हतियारहरु सेनासँग छ । गढी क्षेत्रमा मुकुन्द सेनकी रानीले रानी चौतारो बनाउन लगाएकी थिइन् । रानीले बनाएको चौतारो अझै पनि देख्न सकिन्छ  । गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गरेका थिए ।
आजभोली धेरै पर्यटक रमणीय प्राकृतिक वातवरण भएको ऐतिहासिक मकवानपुरगढी घुमघाम गर्न जान रुचाउछन । मकवानपुरगढी वरपर फलफूल र कृषिको लागि पर्याप्त उर्वर भूमि रहेको छ । मकवानपुरगढी थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन । पर्यटकहरुले आफ्नो भ्रमणको समय बढाउन सके मकवानपुरगढी बाहेक मकवानपुरका गाउँ र बस्तीको भ्रमण गर्ने हो भने धेरै कुराको अध्यन हुन्छ । शहीद स्मारक, सिम भन्ज्याङ र वरपरका पहाडी श्रृखलाका डाडाकाडामा पाइने लालीगुरास र सुनगाभाका प्राकृतिक संग्राहालयहरुले पर्यटकहरुलाई थप जिज्ञासा र अध्यन गराउछ । अशोक सभ्राट नेपालको भ्रमणमा आउदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जातिको बस्ती पनि पर्यटकले अवलोकन गर्न सक्दछन । चन्द्रगिरीको डाडाको काखमा रहेको चित्लाङमा होमस्टे र पेईङ गेष्ट अवधारण्ाँमा पर्यटनहरुलाई सेवादिन थालेका छन । चित्लाङ मल्लकालीन इतिहास बोकेको ऐतिहासिक स्थलपनि हो । राणकालीन समयमा चित्लाङ हुदै मकवानपुरगढी भएर भिमफेदी आवत जावत गर्ने प्रमुख मार्ग पनि थियो ।maxresdefaultमकवानपुरगढी पुग्ने पर्यटकहरु कुलेखानीको मानव निर्मीत इन्द्र सरोवर जलाशय पुग्नै पर्ने हुन्छ । कुलेखानी पालुङ उपत्यकामा निर्माण गरिएको जलाशय मानव निर्मीत जलाशय हो । इन्द्र सरोवर कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न र घुमघाम गर्न आजभोली आन्तरिक पर्यटक मात्र होइन बाह्य पर्यटकहरु समेत जान थालेका छन । नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्र सरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरबाट निस्कन्छ कुलेखानी जलविद्युत् । प्रकृतिले बनाएका जलाशय र तालहरु बाहेक अहिले सम्म यति ठूलो ताल नेपालमा मान्छेले बनाउन सकेका छैनन् । जलविद्युत आयोजनाका लागि निर्मित इन्द्र सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ । विद्युत आयोजनाले विजुलीमात्रै दिँदैन, पर्यटकीय एवं प्राकृतिक सौन्दर्यलाई पनि यति सुन्दर बनाउँदो रहेछ भन्ने कुरा इन्द्र सरोवरमा पुगेपछि देख्न पाइन्छ ।
इन्द्र सरोवर जलाशय कुनै ठूला नदीको पानीलाई डयाम बनाएर जलाशय भएको भने होइन । पालुङ उपत्यकामा बग्ने दामनबाट उदगम हुने पालुङ खोला, पाखेलबाट बग्दै आउने महालक्ष्मी खोला, टिस्टुङबाट बग्दै आउने तसर खोला र अन्य साना भलरना एवं खोल्साका पानीलाई डयाम निर्माण गरी जलाशय भएको हो । विशेष गरी यो जलाशयमा आकाशे पानीलाई जम्मा गर्ने भएकोले जलाशयको नाम इन्द्र सरोवर रहन गएको हो ।

dsjfgk'/u9L  dsjfgk'/u9L ufpFkflnsf–@ l:yt P]ltxfl;s dsjfgk'/u9Ldf ko{6sx? . g]kfn PsLs/0fsf] Oltxf;;Fu hf]l8Psf] o; u9LnfO{ ;/sf/n] ko{6sLo uGtJosf] ;"rLdf ;dfj]z u/]kl5 oxfF ko{6ssf] rfk a9g yfn]sf] 5 . t:jL/ M k|sfz clwsf/L, x]6f}+8f, /f;;

जलाशयमा पानी जम्मा गर्न १ सय १४ मिटर अग्लो र १० मिटर चौडा रक फिल अर्थात ढुंगा र माटो मिश्रित बाँधको डयाम निर्माण भएको छ । इन्द्र सरोवर ७ किलोमिटर लामो र औसतमा करिब २ किलोमिटर चौडामा ताल बनेको छ । इन्द्र सरोवर घुमघाम गर्न पहिलो पटक पुग्ने जुनसुकै पर्यटक विशाल ताल हेर्दैमा दंग पर्दछ । तालको पूर्वी भेकमा बाँधिएको विशाल बाध, पश्चिमतिर जलमग्न फैलिएको पानी, सुविधा सम्पन्न रिसोर्ट, होटल र रेस्टुरेन्टहरुले धेरै पर्यटकहरुलाई पर्खिरहेका जस्ता देखिन्छन । इन्द्र सरोवर तालको किनारमा होटल र रेस्टुरेन्टहरुले माछाका परिकार बनाएर राख्दछन । इन्द्र सरोवर वरपर होटल र लजहरु रहेकाले खान बस्नको कुनै असुविधा छैन ।
अहिले पर्यटनको क्षेत्र विस्तार भएको छ । प्राकृतिक सौन्दर्य हेर्ने, समुद्रको किनारमा रमाउने, जलमा शिकार गर्ने, जगलमा अनेक जीव जनावरको प्राकृतिक बसोबास र बसाइ हेर्ने, मानव निर्मित स्मरणीय र दर्शनीय स्थलहरुप्रति श्रद्धा व्यक्त गर्ने, इतिहासबारे जानकारी लिने, सांस्कृतिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने, तीर्थाटन गर्ने पर्यटनका क्षेत्र विकसित भएका छन् । जीवन र जगतलाई चिन्ने बुझ्ने सबै भन्दा राम्रो उपाय घुमघाम अर्थात पर्यटन हो । घुमघाम वा भ्रमण गर्नु मनोरंजन लिनु मात्र होइन । भ्रमणबाट धेरै किसिमका ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाईन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र सम्भावनाहरुको पहिचान, भ्रमणबाटै लिन सकिन्छ । त्यसैले भ्रमणलाई खुल्ला विश्व बिद्यालय पनि भन्ने गरिन्छ ।

कसरी पुग्ने
हेटौंडाको बुद्धचोकबाट चौघोडा–चुच्चेखोला हुदै १७ कि.मी.को दुरी पार गरेपछि मकवानपुरगढी पुग्न सकिन्छ । हेटौंडाबाट हिँडेर जाँदा ४ घन्टा र बसमा ४५ मिनेट समय लाग्दछ । हेटौडा पुगेपछि गुम्बाडाँडामा ढुंगैढुंगाको मूर्ति र बगैंचा पनि पुग्दा राम्रो हुन्छ । हेटौंडा बजारमा रहेको सहिद स्मारक, कुस्माण्ड सरोवर लगायत सम्पदा घुम्न लायक छन् । दुई दिन छुट्टाए सबैतिर घुम्न सकिन्छ ।

मिति ः – २०७५ माघ १२ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *