पर्यटकको हब  सिङगा तातोपानी

19198402_2033021870260759_1647743086_nके.बी.मसाल
अन्नपूर्ण पदमार्ग नेपाल आउने पर्यटकहरु लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी हुदै पोखरामा पुगेपछि आफ्नो पदयात्रा सक्दछन् । यो पदमार्ग अन्नपूर्ण हिमाल क्षेत्रमा पर्दछ । Annapurna-Range-Nepal-Himalaya1अन्नपूर्ण पदमार्ग यात्रा गर्दा पर्यटकहरुले अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत धौलागिरी, माछापुच्छ्रे, जूलू पिक, पिसाङ पिक, निलगिरी हिमाल र तिलिचो पिक जस्ता हिमालहरुको दृष्यावलोकन गर्दै यात्रा गर्दछन् । आजभोली विदेशि मात्र होइन अन्नपूर्ण पदमार्गमा स्वदेशी पर्यटकहरु पनि यात्रा गर्दछन । अन्नपूर्ण पदमार्गमा विशेषगरी अष्ट्रेलिया, इजरायल, जर्मनी, फ्रान्स, बेलायत, अमेरिकाका पर्यटकहरुले यात्रा गर्दछन् ।

अन्नपूर्ण पद यात्रा गर्ने पर्यटकहरुलाई आजभोली म्याग्दी जिल्लाको सिङगा र भुरुङ तातोपानी उपचार केन्द्रको गन्तब्य भएको छ । धेरै दिन सम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरीक एसिड, बाथ, ढाड दुख्ने, घुडा दुख्ने, स्किन एलर्जि, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् । वैज्ञानिक आधार त केहि छैन । तर, कतिपय उपचारको प्रयोग मानवीय अनुभवकै आधारमा विश्वास हुने गरेको छ । चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरु को लागि उचित गन्तव्य भएको छ तातोपानी । म्याग्दी जिल्लामा १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिकतातोपानीका मुहान रहेका छन् ।images

मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, झोमसोम हुदै म्याग्दीको भुरुङ तातोपानी आई पुग्ने बित्तीकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाई मेटाउन घण्टौ सम्म कुण्डमा डुबुल्की मारि रहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला,चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता कठिन रोग निको हुने जन विश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउछन । भुरुङ तातोपानी पर्यटकीय स्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केहि पर्यटक शिख घारको उल्लेरीको उकालो चढदै म्याग्दीको घोडेपानीमा रहेको पुनहिल तर्फ जान्छन भने केहि कालिगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम वेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन । अन्नपुर्ण पदयात्रामार्ग अन्र्तगत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकहरुको लागि आकर्षणको केन्द्र विन्दु मानिन्छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम

भुरुङ तातोपानीको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरुले आफूलाई पायक पर्ने मुहानमा नुहाउने गर्दछन । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा पर्ने भएकोले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकहरुले समेत नुहाउने गर्दछन । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तिर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरु पुग्ने गर्दछन ।singa-tatopani-kund

म्याग्दी जिल्लाको पश्चिम उत्तर सिमानामा ढोरपाटन आरक्षण रहेको छ । हुनत ढोरपाटन रुकुम, वाग्लुङ र म्याग्दी जिल्लाको भूगोलमा पर्दछ । तर पनि ढोरपाटनको पूर्वी भाग म्याग्दी जिल्लामा पर्दछ । म्याग्दीको सदरमुकाम वेनीबाट नौ किलोमिटरको दुरीमा ढोरपाटन जाने पदमार्गमा सिङ तातोपानी पर्दछ । वेनी नगरपालिका–४ मा म्यागदी खोला किनारमा रहेको सिङगा तातापानी प्राकृतिक उपचारको लागि प्रख्यात मानिन्छ । म्याग्दी खोला र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मूलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्दछ । सिंङगा तातोपानी, भुरुङ तातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई पर्यटकहरुलाई नुहाउने मात्र नभएर उपचार केन्द्र समेत भएको छ । पर्यटकको अनुभवमा अन्नपूर्ण पद मार्गमा लमजुङको भुलभुले, वाहुनडाडा र मनाङको सदरमुकाम चामेमा पनि नुहाउने तातोपानी भएपनि उपचारको लागि भने म्याग्दीका तातोपानीका कुण्ड मान्ने गरेका छन ।

IMG_0010आजभोली सिङगा तातोपानी प्राकृतिक चिकित्सालयका रुपमा परिचित हुन थालेको छ । तातोपानी कुण्डमा नुहाउन विदेशि पर्यटकहरु मात्र होइन आन्तरिक पर्यटक र प्राकृतिक उपचारको लागि समेत मानिसहरु पुग्ने गरेका छन । तातोपानीको कुण्डमा डुबुल्की मारेपछि हाडजोर्नी र चर्मरोगबाट आराम हुने गर्दछ । प्रकृतीक मुलको ५० डिग्री सेल्सियस तातोपानी कुण्डमा जम्मा गरिएको छ । बिरे नुनको गन्ध आउने कुण्डको पानीमा एक हप्तासम्म नियमित स्नान गरेमा हाड जोर्नी, चर्म, ग्याष्ट्रिक र नशासम्बन्धी रोग निको हुने जनविश्वास रहेको हुनाले मानिसहरु तातोपानी कुण्ड जाने गर्दछन । उपचारको लागि प्राय असोज महिनाको पहिलो सातादेखि मङसिरको दोस्रो सातासम्म तातोपानी कुण्डमा नुहाउने प्रचलन छ । चिसोका कारण मानिसहरुलाई विभिन्न किसिमका रोगहरुले सताउँछ । खासगरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नसा सम्बन्धी रोग, सडकेको, मर्केको र बज्रेको जस्ता रोगहरुले चिसो याममा बढी दःुख दिन्छन् । यी रोगले सताएका बेला तातोपानीको कुण्डमा नुहाउने प्रचलन छ ।

पर्यटकहरुलाई सुविधा दिन तातोपानी कुण्डको नजिकमा तातोपानीका धारा पनि छन् । ती धारामा नुहाउने र पिउनेपानी भर्ने गरिन्छ । तातोपानीको कुण्ड ४१ फिट लम्बाई र २१ फिट चौडाइमा निर्माण गरिएको छ । कुण्डमा ४०० जनाले एकैसाथ नुहाउन सक्दछन । सिङगा तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्रीसेल्सियस सम्म छ भने मूलमा ५४–५७ डिग्रीसेल्सियससम्म रहेको छ । कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुईहप्तासम्म नुहाउने गरिन्छ । तातोपानीमा गन्धकको गन्ध र बीरेनुनको विशेष किसिमको स्वाद आउँदछ । गन्धक आफैमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिंदैन । त्यसकारण तातोपानीकुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना हुँदैन । तर हाइ ब्लड प्रेसर हुने र विविध कारणले रिङटा लाग्नेहरुले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नु पर्दछ ।TatopaniWaterCirclewater_s4n3yr

धवलागिरी र गुर्जा हिमाल आरोहण गर्न आउने पर्वतारोही र ढोरपाटन भ्रमणमा जाने पर्यटकहरुले सिङगा तातोपानी मात्र होइन बाटोमा मुदीको फल्तीखेत तातोपानी कुण्डमा समेत नुहाउन पाउछन् । म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरी गाउँपालिका ३ मुदीको फल्तीखेत बगर भन्ने ठाउँमा म्याग्दी खोलाको किनारमा तातोपानीको कुण्ड छ । पर्यटकहरुकै लागि धौलागिरि गाउँपालिका गुर्जा गाउँमा आमा समूहले तातोपानीको नुहाउने घर निर्माण गरेका छन । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटकहरु गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने गर्दछन । गुर्जा गाउँ म्याग्दीको अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको गाउँ हो । गुर्जा गाउँलाई कसैले जोकको रुपमा टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन पनि भन्ने गर्दछन । गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा रहेको गुर्जा गाउँबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा ८ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । गुर्जा गाउँलाई जीवित मानव संग्रहालय पनि भन्ने गरिन्छ ।

गुर्जा गाउँ पर्यटकलाई मन पर्ने गाउँमा पर्दछ । गुर्जा गाउँमा १ सय ४२ घर परिवारले बसोबास गर्दछन । गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने आँखीझयाल पनि हो  । परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसंख्यक छन्त्याल समुदायको बसोबास गुर्जा गाउँमा पर्यटकहरु पुग्दछन । Rss_Images-768x366गुर्जालाई यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडिबुटी समेत पाइने भएकोले भएकाले गुर्जा गाउँलाई हर्बल हब पनि भन्ने गरिन्छ । गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले एडभेन्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको छ  ।

गुर्जाबाट दलसिंगे खर्क, भुजुंगेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्ग पर्दछ । यो रुटमा यार्सागुम्बा पाइने मुख्य क्षेत्र पर्ने भएकाले पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो  । गुर्जा गाउँ समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाईमा रहेको छ । गुर्जा गाउँ हिउँदका चार महिना बाक्लो हिउँले ढाक्दछ । गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटो रहेका छन । यी सबै बाटामध्ये जुनबाट यात्रा गरे पनि जंगलको बाटो यात्रा गर्नु पर्दछ । गुर्जा गाउँ पुगेपछि पर्यटकहरु ढोरपाटन पुग्ने गर्दछन । ढोरपाटनमा शिकार आरक्षण रहेको छ । धौलागिरी हिम श्रृङखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक बर्ष हजारौ पर्यटकलाई आकर्षण गराएको छ ।

नेपाल भित्र रहेका कुल १५ आरक्षण मध्ये ढोरपाटन आरक्षणको प्राकृतिक बनावट र त्यस भित्र रहेका जैविक विविधता, ३२ जातीका स्तन धारी बन्यजन्तु, १ सय ३० जातिका चराचुरुङगिहरु, १ सय ८५ जातका दुर्लभ बनस्पति तथा नावर, झारल, हिमचितुवा, घोरल, बदेल, भालु, हिमलङगुर बादर, हिमाली कालो भालु, भुक्ने मृग आदी जनावर ढोरपाटनमा पाइन्छ ।dhorpatan ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको प्राकृतीक सुन्दरताको काखमा रहेको छ । ढोरपाटन सामुन्द्रिक सतहबाट २ हजार ८ सय ५० मिटर देखी पाच हजार पाचसमय मिटर सम्मको उचाईमा फैलिएको छ । लालीगुरासको फुलले सजावट हुने चैत्र, बैशाख महिनामा गोवे्रसल्ला, भोजपत्र, ठिङगे्र सल्ला, सिदुर, धुपी सल्ला र देवदारका वनष्पती ढोरापाटनमा पाइन्छ ।

प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु शिकारको रोमाञ्च अनुभुती लिनको लागि पर्यटकहरु ढोरपाटन पुग्दछन । त्यहा पुग्ने विदेशि अथवा स्वदेशि कुनै पनि पर्यटकहरुलाई त्यहाको प्राकृतिक र सांस्कृतिक सजावटले मनमुग्ध बनाउछ । ढोरपाटनमा अहिलेसम्मको तथ्याङक अनुसार विदेशि पर्यटकहरुमा अमेरिकी, फ्रान्सेलि, स्पेनि, बेलायती र रुसी नागरिकहरु शिकार खेल्न गएका छन । ढोरपाटनमा सरकारले बन्यजन्तुको शिकार खेल्न सशुल्क अनुमति दिने गरेको छ । ढोरपाटनमा शिकार खेल्न विदेशी पर्यटकहरुलाई दुर्लभ मानीने निलो नाउर शिकार खेल्न ८० हजार र नेपाली नागरिकका लागि जनावर हेरी कम्तिमा ५ हजार रुपैया राजश्व तिर्नुपर्दछ ।

ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानीबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट रुकुम जिल्ला प्रबेशगरी टकसेरा, कोल, नाथिगार, माछीमी, सिम्ले हुदै भेरी नदीमा मिल्दछ । ;;अर्को रुद्र तालको पानी वाग्लुङ र गुल्मी जिल्लाको सिमा बन्दै बडीगाडको नामले रुद्रवेणी पुगेर कालिगण्डकीमा मिसिन्छ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनी मैदानी भाग अनि बस्ती र कन्चन पानीका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार पाइन्छ ढोरपाटनमा । यिनै कुराले गर्दा पर्यटकहरु ढोरपाटन रमाउने गर्दछन ।

ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, रुकुम आदी जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन । पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई आकर्षित गराउछ । ढोरपाटन पुग्ने पर्यटकहरुले धेरै प्राकृतिक विविधताको अध्ययन गर्न पाउछन ।

नेपालमा हिमश्रृखलाहरु हरियाली, जैविक विविधता अनि ऐतिहासिक सास्कृतीक सम्पदा हेर्न पर्यटकहरु आउने गर्दछन । हरेक वर्ष नेपालमा हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, तीर्थाटन गर्न पर्यटक आउने गर्दछन । dhorpatan-e1426317443976प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउ जानु पर्दछ । ती ठाउहरुमा सहज यातायातको साधन उपलब्ध हुदैन । खाना बस्नको लागि उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको समेत उचित प्रबन्ध छैन । पर्यटनको विकास गर्न अब सरकारले पर्यटनको विकासमा पुर्वाधारको विकास गर्न जरुरी छ ।

सिङगा, सदरमुकाम बेनी बजारदेखि ९ किलोमिटरको दुरीमा पर्दछ । काडमाठौबाट सिङंगा तातोपानी सम्म २ सय ९७ कि.मी र पोखराबाट ९२ कि.मी.को दूरीमा रहेको छ । म्याग्दीमा सिङगा र भुरुङ, वाहेक दोवा, दाना, घार, शिख, मुदी र दग्नाम गाउँमा पनि तातोपानीका कुण्ड छन ।

मिति ः – २०७५ भाद्र १८ दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *