पर्यटकको हब बन्दैछ रिहार धाम

19198402_2033021870260759_1647743086_nके.बी.मसाल
अहिले चियाँ होटल जाउ पर्यटन कुरा ! सभा गोष्ठी र सेमिनार जाउ पर्यटनकै कुरा ! अर्को तर्फ स्थानिय तहका योजना तर्जुमाको छलफको बिषयनै पर्यटन हुने गर्दछ । maghi4-900x640पर्यटन क्षेत्रको विकासको लागि यसलाई राम्रो मान्नु पर्दछ । तर हामी कहा भएका धेरै पर्यटकियस्थलहरु मा पर्यटनको विकासको लागि पुर्वाधारनै छैन । अबको पर्यटनको विकास इतिहासले मात्र हुदैन । पर्यटनको विकास गर्न भौतिक पुर्वाधारहरु आवस्यक पर्दछ ।

दाङको लमही नगरपालिकाले रिहार धाममा पर्यटनको विकास गर्न गुरु योजना बनाएको छ । द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको स्थल रिहार धाममा अब सुन्दर पार्क, भ्यु–टावर र पर्यटकहरुलाई सुविधा दिन रिसोर्ट समेत बन्ने भएको । अहिले सम्मको रिहार धामको विकास गुरुयोजना नहुदा वालुवामा पानी हाले झै भएको थियो । धामको विकास गर्न कति रकम खर्च भयो ? त्यसको लेखा जोखा पनि थिएन । बनेका संरचनाहरुले पनि मर्मत संभार खोजेका छन् । यो गुरु योजनाले पुर्वाधार निर्माण गरी अब रिहार धाम पर्यटकहरुको रोजाइमा पर्दछ भन्ने आशा गर्न सकिन्छ । नगरपालिकाले जुन योजना रिहार धामलाई ल्याएको छ पर्यटन विकासको लागि यो राम्रो कुरा हो ।

लमही नगरपालिका–९ मा पर्ने रिहार धाममा बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन । देउखुरी रिहार धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । downloadप्राकृतिक सौन्दर्यतामा सजिएको रिहारमा द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दुुध चढाउने गरेको धार्मीक विस्वास छ । राजमार्गको दाया बायामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकहरुले बगारबाबाको पुजा गर्दछन । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुने तीर्थाटनका पर्यटकहरुको विस्वास छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अघिल्लो दिनदेखि एक हप्तासम्म रिहार धाममा मेला समेत लाग्ने गर्दछ । मेलामा तप्त कुण्डमा नुहाउनेहरु को भिड हुने गर्दछ । सूर्य र तप्त दुई कुण्डमा स्नान गरेर बगारबाबासँग आशिर्बाद लिन हजारौको सख्यामा भारतीय तीर्थाटनका पर्यटकहरु आउने गर्दछन ।

रिहारलाई यदुवंशी अर्थात यादवहरुले  आफ्नो पुर्खाको  उदगमस्थल मान्दै आएका छन । जुन कारणले बगारबाबा क्षे त्र यदुवंशीहरुको  सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन । अर्काे तर्फ रिहारमा थारु जातीहरुको पनि सस्कृति जोडिएको छ । थारु जातीहरुले रिहार क्षेत्रमा परापुर्व काल देखिनै गाई चराउने, गोठ राख्ने र बगारबावालाई पुजा आजा गर्दै आएका छन । रिहार धाम यादव र थारु जाती दुबैको धरोहर हो । तर पनि आजभोली सबै तीर्थाटन पर्यटकहरको लागि आस्थाको गन्तब्य बनेको छ । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको  बीचमा घोडीको  विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको  किम्बदन्ती पनि छ  । 20160116_134933तर यो कुरा अध्यनको बिषय बन्न सक्दछ । रिहार धाममा यादव समाज सेवा संघले नेपालकै  सबै भन्दा ठूलो  राधा कृष्णको  मन्दिर, सत्संग भवन, धर्मशाला भएको छ । लमही बजार देखी २५ किलोमीटर पश्चिम र कोहलपुर देखी ९० किलामीटर पुर्बमा रिहार धाम पर्दछ ।

बगारबाबाको मन्दिर राजमार्गदेखी उत्तरमा पर्दछ । कसैले बगारबाबाको मन्दिर बिबाह पनि गर्ने गर्दछन । तप्त कुण्ड बगारबाबा मन्दिर देखी उत्तर पूर्वमा पर्दछ । यो तातो पानीको कुण्ड अर्थात पोखरी हो । यसको पानी हिउदमा पनि तातो हुन्छ । यस पोखरीमा नुहाएमा छाला सम्बन्धी रोग लगायत अन्य रोग निको हुने बिश्वास गर्दछन । रिहार धाम पुग्ने पर्यटकहरुलाई अको घुमघाम गर्ने स्थल रिहार धाम देखि करिव २ किलोमिटर दक्षिण पश्चिममा मानव निर्मीत सिउरेनी ढोरेनी ताल छ । राप्ती नदी किनारमा रहेको सिमसार क्षेत्रलाई गाउँले ताल बनाई त्यसको पानी सिचाइको लागि प्रयोगमा ल्याएका छन । ताल वरपर अन्य २ वटा साना ताल पनि रहेको छ । करिव दश बिगाहा क्षेत्रफलमा फैलिएको सिउरेनी तालमा गोहीको समेत वाससथान हुन थालेको छ । सिमसार क्षेत्र भएकाले तालमा दुर्लभ चरा चराचुरङ्गी पनि देख्न सकिन्छ । तालको चारैतिर घना जंगल छ । तालबाट बाह्रै महिना पानी बगिरहने भएकोले पानी पिउन जंगली जनावर पनि आउने गर्दछन । १४ फुट गहिराई रहेको सो तालको पानीले केउरेनी गाउँका किसानहरुले बेमौसमी तरकारी उत्पादन गर्ने गरेका छन ।20120101_062013

रिहार धाम पुग्ने पर्यटकहरुलाई अर्को घुमघाम गर्ने स्थल हो भिम बाध । रिहारबाट केहि किलोमिटर पश्चिम लागेपछि जलकुण्डि भन्ने ठाउमा पुगिन्छ । जलकुण्डिबाट पैदल १५ मिनेट दक्षिण यात्रा गरेपछि भिम बाध पुगिन्छ । भिमबाध ऐतिहासिक मानिन्छ । पाचँपाण्डहरु धारापानी हुदै स्वर्गद्वारी जाने क्रममा राप्ती नदीमा त्यहि ठाउबाट तरेका थिए । त्यहि ठाउमा भारतले सिचाईको लागि बाध बनाउन लागेकोले ठाउको नाम भिम बाध राखिएको हो । बाध निर्माण हुदै गर्दा २०१५ सालमा राजा महेन्द्र जिल्लाको भ्रमण गर्ने क्रममा देउखुरी उपत्यकाको नर्तीमा आएका थिए । दाङका वुद्धिजीवीहरुले राजा समक्ष भिम बाधको विरोध गरेपछि बाधको निर्माण कार्य रोकिएको हो । इतिहास संग सरोकार गख्ने पर्यटकहरुलाई भिम बाधको घुमघामले थप अध्यनको बिषय बन्छ ।

रिहार धाम वरपर गाउँहरुमा कृषि पर्यटकीयस्थलको विकास गर्न जरुरी छ । दाङ देउखुरी कुनै बेला तोरीको लागि प्रख्यात थियो । तोरी खेतीका लागि यहाको हावापानी पनि अनुकूल छ । तोरी मात्र होइन धान, गहु, मकै पनि राम्रोसग उत्पादन हुन्छ । यसका साथै पशुपालन खासगरी परम्परागतरुपमा गरिदै आएको भैंसीपालन, मौरीपालनको र आधुनिकरुपले गर्न सकिने माछा पालनको प्रशस्त सम्भावना रहेको छ । रिहार धाम वरपर कृषिको लागि पकेट एरिया मानिएको मैने गाउँ, सिउरेनी, अमिलिया, जुटपानी, रिहारडेरा, पैटे लगायतका गाउँहरु छन । गाउँमा कृषि–पर्यटनको विकासले पर्यटनको क्षेत्र विस्तार हुन्छ । कृषिको उत्पादनले पर्यटक आकर्षण भै गाउँमा पुग्ने पर्यटकको सख्या बढछ ।rihar-dang2-1

रिहार धामको पर्यटन क्षेत्रको विकास गर्न गाउँमा अर्गानिक कृषि ब्यवसाय गर्नु पर्दछ । जुन कारणले रिहार पुग्ने पर्यटकहरुलाई गाउँमा पुग्ने वातावरण बनछ । गाउँमा पर्यटकहरुले वाली नालीको अवलोकन गर्न सकुन र त्यहा बाट उत्पादन भएका कृषिजन्य बस्तुहरु खरिद गर्न सकुन । नेपालीको जीवनशैली अहिले दिन प्रतिदिन फेरिएको छ । फुर्सदको समयमा होस वा बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भएको छ । स्कुल, कलेजले समेत आफ्ना विद्यार्थीहरुलाई शैक्षिक भ्रमणका कार्यक्रम राखेका हुन्छन् । सरकारी, गैह्रसरकारी सघं संस्थाका कर्मचारी विविध कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशनजस्तै बनेको छ । पर्यटनको क्षेत्रमा जुन सकारात्मक पक्ष पनि हो ।

अब रिहार धाममा पुग्ने जुनसुकै पर्यटकहरुलाई गाउँगाउँका र बस्तीबस्तीमा पु¥याउन सक्नुपर्छ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहर बजारका मानिसहरुलाई एक दिनका लागि भएपनि हलो, कुटो, कोदालो समाएर रमाउने वातावरण तयार पारिनु पर्छ । पर्यटकहरलाई आफ्ना वालबच्चासँगै गाउँ र वस्तिमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउने वातावरण दिनु पर्दछ । गाउँमा पुग्ने पर्यटकले कृषकसँगै प्रत्यक्ष रुपमा कृषि संम्वन्धी कुराकानीले धेरै ज्ञान आदान प्रदान हुने गर्दछ । गाउँमा पुग्ने एक जना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडि भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही, नौनी उत्पादन गरेको देख्दा सबै पर्यटक खुशि हुन्छन । अवको पर्यटन विकासमा यी कुराहरु पनि जोडिनु पर्दछ ।download (1)

अबको पर्यटन भनेको जती पुर्वाधारको विकास गर्न सकियो त्यतीनै पर्यटकको सख्या बढदै जाने हो । राजमार्गमा रहेको नवलपरासीको चौधरी गाउँमा हेर्नुस त श्वास्वत धाममा आजभोली कति तीर्थाटनका पर्यटकहरु पुग्दछन ! किनकी त्यहा पर्यटकहरुलाई आवस्यक सबै किसिमका पुर्वाधार बनेको छ । अर्को तर्फ दाङकै धारापानीलाई लिदा पनि हुन्छ । पर्यटन जस्तो अति संवेदन विषयलाई सस्तो प्रचारमात्र गरेर हुदैन । पर्यटकहरुलाई यात्रा गर्ने स्थानमा सुरक्षाको अनुभुति हुनु पर्दछ । स्वास्थ्य केन्द्र र सञ्चारको सुविधा हुनु पर्दछ । बस्ने वास र खाने कुराहरु सहज रुपमा पाइने होटल लजको सुविधा पनि रिहारमा धाममा हुनु पर्दछ ।

दाङ जिल्लामा प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि हामीले त्यसलाई नचिन्दा र चिनेर पनि पुर्वाधारको बिकास गर्न नसक्दा पर्यटन प्रर्वद्धनमा पछाडी परेको छ । ऐतिहासिक, धार्मीक र प्राकृतिक पर्यटकिय सम्पदाको उचित संरक्षण तथा सम्बर्दन हुन सकेको छैन । यी कुराहरुको समयमै पहिचान भई त्यसको समुचित प्रयोग गर्न सकेको भए अहिले सम्म दाङ देउखुरी क्षेत्रमा पर्यटनको बिकासले गतिलिन सक्दथियो । दाङ देउखुरीमा पर्यटकियस्थल भनेको ऐतिहासिकस्थल कोट, किल्ला, मठ मन्दिर, ताल, पोखरी र जैविक विविधता नै हो । त्यसमा पनि धेरै पर्यटकिय स्थलहरु धार्मीक क्षेत्रमा जोडिएका छन ।riharmela

पर्यटकहरुलाई थप रोमाञ्च र समय बिताउन त्यस्ता धार्मी पर्यटकिय स्थलहरु मा फन पार्कको आवस्यकता हुन्छ । रिहार धाममा पनि अब फन पार्कको अवधारण, ल्याउन पर्दछ । रिहार धाममा प्रशस्त जमिन छ । अर्को तर्फ रिहार धाम पूर्व–पश्चिम राजमार्गमा जोडिएको छ । दैनिक हजारौ मानिसहरु यात्रा गर्दछन । यात्राको क्रममा रिहार धाम पस्ने, धामको तीर्थाटन गर्ने, फन पार्क घुम्नको लागि आकर्षक स्थल बन्दछ । फन पार्कमा ठूलो तलाउ निर्माण गर्नु पर्दछ । जस्ले गर्दा फन पार्कमा पुग्ने पर्यटक अथवा अन्य मानिसहरुले पनि बोटिङको सुविधा लिन सकोस । फन पार्कको प्रमुख विशेषता सुन्दर तलाउ बन्न सकोस । फन पार्कमा स्लाइड, स्विमिङ, वाटर फल लगायतका गतिविधि पनि देख्न सकुन । अर्को तर्फ पार्कमा चिडिया घर पनि निर्माण गरियोस । रेन्जर परम्परागत रोटे पिङजस्तै खेल फ्रिज वे घुमाउरो पिङ, कोलम्बस अर्थात चाका–चुली खेलले वालवालिका रमाउन सकुन । फन पार्कमा स्विमिङपुलको पनि व्यवस्था होस । पार्कभित्रै थ्रीडी थिएटर र रेस्टुरेन्ट पनि राखियोस । जुन कारणले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पार्कले आकर्षण गर्न सकोस ।

पर्यटनको विकास गर्न रिहार धाम वरपरका गाउँमा होमस्टे पनि सन्चालन गर्न पर्दछ । यादव र थारु जातीहरुको इतिहास जोडिएको धाम भएको हुदा होमस्टे पनि यीनै समुदायबाट सन्चालन गर्न सके राम्रो हुन्छ । अहिले पर्यटक होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि मान्दछन् । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो ।

resize जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने गर्दछ । गाउँमा स्वरोजगारका अवसरले आम्दानीका अवसरहरु वृद्धिहुदै जान्छ ।

ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्न आजभोली पदमार्गले पनि गाउँको विकास हुने गरेको छ । रिहार धाम देखि ग्रामीण क्षेत्रमा पर्यटकहरुलाई पदमार्गमा भ्रमण गराउन सकिन्छ । त्यसको लागि कुन कुन गाउँमा पर्यटकहरुलाई भ्रमण गराउने हो ? पर्यटकहरुका लागि बाटो बनाइदिनु पर्दछ । पदमार्गमा विश्राम स्थल चियाँ नास्ताका होटल भने बन्नु पर्दछ । पदमार्गको पुर्वाधार भयो भने शहर बजारका पर्यटकहरु गाउँघरको वातावरणमा पदयात्रामा जान रुचाउछन् । पदमार्ग भएका गाउँको वातावरण परिवर्तन हुदै जान्छ । गाउँमा रहने मानिसहरुले पर्यटकहरुबाट धेरै कुरा सिक्न सक्दछन । अबको रिहार धामको पर्यटन विकासमा पदमार्ग निर्माण गर्नु पर्दछ ।

रिहार धामामा पुग्ने तीर्थाटनका पर्यटकहरुले केहि न केहि रिहार धामको चिनो स्वरुप बस्तुहरु घर लैजान चाहन्छन । रिहार धाम क्षेत्रलाई तीर्थाटन अथवा अन्य पर्यटनको बिकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ । जुन शिपले आय आर्जन गर्न सकोस, उत्पादन भएका बस्तुले रिहार धामलाई चिनाउन सकोस । उनिहरुले उत्पादन गरेका बस्तुहरु रिहार धाममा पुग्ने तीर्थाटन पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ रिहार धाम र गाउँमा पर्यटनको बिकास । यस तर्फको सोच पनि स्थानिय तहले बनाउन जरुरी छ ।

मिती ः– २०७५ भाद्र १९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *