दैलेखको दुल्लु ! पर्यटक पुग्नै पर्ने ठाउ

19198402_2033021870260759_1647743086_nके.बी.मसाल
सडक यातायात विस्तार सगै पर्यटनको क्षेत्र फराकिलो हुदै गएको छ । आजभोली केहि आन्तरिक पर्यटकहरु नेपालको बिभिन्न जिल्लाको भ्रमण गर्न रुचाउछन । download-1भ्रमणमा शैक्षिक, आर्थिक, सामाजिक, धार्मिक, पर्यावरणीय, ऐतिहासिक, कृषि, स्वास्थ्य, वन र प्राकृतिक सम्पदाको अध्यनअवलोकन गर्न सकिन्छ । पर्यटनमा पढेर भन्दा पनि आँफैले देखेर बुझेर धेरै ज्ञान लिन सकिन्छ । त्यसै कारण पर्यटनलाई खुल्ला विश्वविद्यालय पनि भन्ने गरिन्छ ।

कर्णाली प्रदेशको दैलेख प्राकृतिक सौन्दर्यका हिसाबले जति धनी छ । दैलेख घुमफिर गर्ने पर्यटकहरुले धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले धेरैअध्यन गर्न सक्दछन् । दैलेख धर्म, इतिहास र संस्कृतिको त्रिवेणी हो । भौगोलिक रुपमा विकट भएपनि दैलेख धार्मिक र सांस्कृति सम्पदाको खानी हो । नेपालमा सबैभन्दा बढी कलात्मक देवल पनि दैलेखमै रहेको छ । दैलेखलाई देवलहरुको जिल्लाका रुपमा पनि चिनिन्छ । देवलहरुमा बौद्ध र हिन्दू धर्मलाई समान रुपमा लिइएको छ । जसले हामी बीचकै धार्मीक सहिष्णुता पनि झल्काएको छ ।

दैलेखमा प्राचीन समयमा युद्ध जितिसकेपछि स्थापित स्तम्भ तथा वीरखम्बाहरु पनि रहेका छन् । यहाँ पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भहरु आजभोली पर्यटकहरुको लागि अध्यन अवलोकन स्थ लबनेका छन । दैलेखको छामगाड खोला र लोहोरे खोलाको सगमस्थल चुप्रा सबैभन्दा आकर्षक भौगोलिक स्थल रहेको छ । खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेखको दुल्लुक्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला हेर्नको लागि पर्यटकहरु पुग्नै पर्ने स्थान मानिन्छ ।10

दैलेख पुगेपछि दुल्लु पुगेन भने भ्रमणनै अधुरो जस्तो हुन्छ । दुल्लु क्षेत्र राणा प्रधानमन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउ भनेर पनि चिनिन्छ । दुल्लु पुगेपछि पर्यटकहरुले शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका सम्पदामा अखण्ड दीपहरु बलेको देख्छन पर्यटकहरुको क्यामेरा बलेको ज्वाला तर्फ तेर्सिन्छ । कसैले यसलाई दैवी शक्तिको चमत्कार मान्छन् । कसैले बलेका ज्वालालाई प्राकृतिक ग्यास रहेको पनि भन्ने गर्दछन । तीर्थाटन पर्यटनको हिसावले शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोशी तीर्थस्थलका रुपले प्रख्यात मानिन्छन । पञ्चकोशी तीर्थस्थलमध्ये अहिले शीरस्थान र नाभिस्थानमा अखण्ड रुपमा ज्वाला बलिरहेको छ । शिरस्थान मन्दिर शिरस्थान खोलाको नजिकै पर्दछ । श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर घुम्ने क्रममा सतीदेवीको शिर पतन भएकाले यस स्थानलाई शिरस्थान भनेर पुज्न थालिएको जनविश्वास छ । यस क्षेत्रमा ज्वालाघर, कालभैरवकालसैनी, बटुकभैरव, शिव लिंग, धर्मशाला रहेका छन् । ज्वालाघरमा निरन्तर बलीरहने ज्वालालाई भगवानको रुपमा पुजा गरिन्छ । यो ज्वालालाई बडीज्वाला भन्ने गरिन्छ ।200px-Vindrasainiजुम्लाको चन्दननाथ र बाजुराको बडीमालिकाको मन्दिरमा रहेको अखण्ड दीप निभेमा यहाँको ज्वालाको आगो लगेर अखण्डदीप जलाउने परम्परा हजारौँ वर्षदेखि चलिआएको छ । शिरस्थानको दायाँतर्फ शिरस्थान र नाभिस्थान खोलाको दोभान नजिकै काली ज्वाला रहेको छ । विगतमा यो स्थानमा पानीमा समेत ज्वाला बल्ने गरेको थियो । हाल मन्दिर निर्माण गरिएका कारण मन्दिर भित्र यत्रतत्र ज्वाला बल्ने गर्दछ । शिरस्थान मन्दिर परिसर पुग्नलाई सदरमुकाम दैलेखबाट दुई घण्टाको पैदल हिँड्नुपर्छ । सवारीसाधनबाट जाँदा तथा आधा घण्टा लाग्छ । नाभिस्थान मन्दिर खोला नजिकै छ । श्रीस्वस्थानी व्रत कथाअनुसार यहाँ सतीदेवीको नाभि पतन भएकाले यस स्थानलाई नाभिस्थान भनेर पुजा गरिन्छ । शिरस्थान जस्तै यहाँ पनि दुईवटा ज्वाला छन् । जसलाई ब्रहमज्वाला र ईन्द्रज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा भैरव मन्दिर, शिव मन्दिर, मन्साथ मन्दिर र समीको रुख छ । एक सय वर्षभन्दा पनि जेठो समीको रुख नाभिस्थानको आकर्षण मध्य एक हो ।

पादुका क्षेत्रमा केही दशकअघिसम्म अनवरत रुपमा ज्वाला बल्ने गर्दथियो । पादुका खोलामा बाढी आएर बगाएपछि ज्वाला बलेको छैन । पादुका क्षेत्रमा मन्दिर छैन भने मूर्तिहरु खुल्ला रुपमा छन् । मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनाराण, गणेश, मच्छेन्द्रनाथ, शिव लिंग लगायतका मूर्तिहरु रहेका छन् ।22467672_10212520092509019_2940743112600058251_o जेठ महिनाको पहिलो मंगलबार र दशैंमा भैरव मन्दिरमा बलिसहित पूजा गर्ने र श्रावण पूर्णिमामा शिवजीलाई खीर चढाउने प्रचलन छ । दशैंको घटस्थापनादेखि दशमीसम्म अखण्ड धुनी बाल्ने माघ पूर्णिमाका दिनमा लिंगो फेर्ने तथा शिवरात्रिको दिनमा बिशेष पूजाआजा गर्ने चलन छ । पादुकामा रहेको अशोकचल्ल कालिका सउना कार्की र कक्र्यानीको देवल दैलेखमा भएका अभिलेखहरु मध्य सबैभन्दा पुरानो अभिलेख मानिन्छ ।

दैलेखको भुर्तीमा रहेका २२ वटा देवललाई विश्व सम्पदा सूचीमा राखिएको छ । भूर्तिमा रहेका देवलहरु ६ फिट देखि १५ फिट सम्म उचाईका शिखरशैलीमा २२ वटा देवलहरु रहेका छन् । सुरुमा २५ वटा देवलहरु रहेतापनि हाल ३ वटा देवलहरुको अस्तित्व समाप्त भएतका छन । जुम्लाका मल्ल साम्राज्यकाल अर्थात पन्धौ सताब्दीतिर खस राजाहरुबाट देवलहरु निर्माण भएको पाइन्छ । यसैलाई द्वापरकालमा पंञ्चपाण्डपहरुद्वारा देवलहरुको निर्माण भएको हो भन्ने तर्क पनि गरिन्छ । देवलहरुमा रहेका ढुङगाहरुमा कलात्मक आकृति कुदिएका छन् । यस्तै रावतकोटमा रहेको पञ्चदेवलहरु दैलेख बजारमा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवँरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरु पर्यटकहरु को लागि अध्यन अनुसंन्धानका बिषय बन्दछ ।IMG_1526-300x225

कालिकोट र दैलेखको सिमानामा पर्ने महावु दैलेखको सबै भन्दा अग्लो स्थान हो । समुन्द्री सतहदेखि करिव ४१६८ मिटरको उचाईमा महावु पर्दछ । महावुमा ढुङगाबाट उत्पति भएको शिवलिङ्ग रहेको छ । जसको दर्शनको लागि प्रत्येक वर्ष साउन महिनामा तीर्थाटनको लागि पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । हिउँदको समयमा महावुमा हिउँ पर्ने भएकाले हिउमा खेल्न पर्यटकहरु पुग्ने गर्दछन । महावु प्राकृतिक भ्यु–टावर मान्दा पनि हुन्छ । यहाबाट दैलेखका विभिन्न गाउँ बस्ती र कालिकोटका केही भागहरुको अवलोकन पनि गर्न सकिन्छ । महावु धामको चारैतिर अग्लाअग्ला लेकहरु विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवजीको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान निकै सुन्दर देखिन्छ । महावु सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र तीर्थाटन पर्यटनहरुको आर्कषण गन्तब्य हो । दैलेख पुग्ने पर्यटक भ्रमणको लागि महावुमा पुग्नै पर्ने हुन्छ ।

दैलेख भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय मानिन्छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थाटन स्थल र नागवेली आकारमा बग्ने नदीहरु, प्राकृतिक मनोरम दृश्यहरुले सिगार दिएको दैलेख पर्यटन लागि उपयुक्त जिल्ला मानिन्छ । दैलेखमा एउटै पहाडमा सल्लो र सालका बोट पाइन्छ । स्याऊ देखि लिएर आँपसम्म फल्ने दैलेख जिल्लाको हावापानी राम्रो मानिन्छ । अर्को तयर्m नेपालमा रहेका आर्यहरुको उदगम क्षेत्र जुम्लाको सिजा हो । Madhyapahadi-nhतर आर्यहरुको थरगोत्रलाई हेर्दा अधिकाशं थर भएका आर्यजातीहरुको उदगम क्षेत्र दैलेख भएको पाइन्छ । जस अनुसार दैलेखको दुल्लूबाट दुलाल, बासीबाट बस्याल, बडबाट बराल (बडाल), लम्जीबाट लम्जेल, नेपाबाट नेपाल, लामीछानीबाट, लामिछाने लयाटीबाट लुईटेल, भुर्तीबाट भुर्तेल, दवडाबाट दवाडी,पराजुलबाट पराजुली, दहबाट दाहाल, कटटीबाट कटटेल, रिजुबाट रिजाल, हुमेगाउबाट हुमागाई, लम्सुबाट लम्साल थरको उदगम भएको मानिन्छ । आफ्नो पुर्खाको उदगमस्थलको भ्रमणको लागि पनि आजभोली धेरै पर्यटकहरु दैलेख पुग्ने गरेका छन ।

दैलेखमा सडक विकासको क्रममा धेरै गाउँ ठाउमा मोटर मार्ग पुगेको छ । पर्यटकहरुलाई हिउदको समयमा घुमघाम गर्न यातायातका साधन प्रयोग गर्न सकिन्छ । दैलेखलाई मध्यपहाडी लोक मार्गले ७२ किलोमिटर सडक सुविधा दिएको छ । मध्यपहाडी लोक मार्ग निर्माण सगै ठाउ ठाउमा ग्रामीण बजार बिस्तार भएको छ । पूर्वमा जाजरकोट संग सिमा भएको कट्टी जगनाथ अर्थात घेराउमोड देखि पश्चिममा सिमा भएको अछामको राकम कर्णाली सम्म बेष्टडा, लोहरे, दैलेख बजार, भिरखेत, दुल्लु,, पादुका, जम्वुकाध, साततला, सिघौडी, राटामाटा बजार र राकम कर्णालीमा पुराना बजार बिस्तार र नयाँ ठाउमा बजार खुल्ने क्रम बढदै छ । अहिले रुकुमको चौर जहारीबाट नै हिउदका मोटरसाईकल अथवा जिपबाट समेत दैलैख जिल्ला भ्रमण गर्न सकिन्छ । भने इच्छुक पर्यटकहरुले राकम कर्णालीबाट अछाम जिल्ला समेत प्रवेश गर्न सकिन्छ । पर्यटकहरुले मध्यपहाडी लोक मार्गमा दर्जनौ मठ, मन्दिर र देवलहरुको अवलोकन र अध्यन गर्न समेत सक्दछन । पर्यटकहरुलाई खान बस्न कुनै असुविधा हुदैन । ग्रामीण बजारमा रहेका होटलमा आग्र्रानीक बस्तुहरु खान पाईन्छ ।th

दैलेखको भ्रमणले पंचदेवलका असंख्य देवलहरु, दुल्लु, रावतकोटका देवलहरु, दैलेख बजार, डांडी माड़ी, दुल्लु र सयौं शिला स्तम्भले जीवित इतिहासको अध्यन गराउछ । दुल्लु राज्य रहँदा सम्म जसपाउ थापा काजीका रुपमा रहेका थिए । खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु आएका बेला काजी थापाले विसं १८७६ मा पौवा निर्माण गरेका थिए । पञ्चकोशी क्षेत्रको दर्शनका लागि दैलेख आउने अधिकांश पर्यटक अहिले दुल्लुसम्म अनिवार्य पुग्ने गरेका छन् । दुल्लु र दैलेखका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका वस्तुहरु संरक्षणका लागि पौवाघरमा साँस्कृतिक संग्रहालय निर्माण गरिएको छ । संग्रहालयमा नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख र मूर्तअमूर्त सम्पदा, विभिन्न पुराना गरगहना, ऐतिहासिक र सांस्कृतिक कुरा झल्कने सामानहरु राखिएको छ । सग्राहलयमा ढुंगाको कचौरा, कटुसको पात बनाइइएको नीलो मसीबाट लेखिएको सामग्री, तत्कालीन राजाले प्रयोग गर्ने तरबार, पुराना बाजा र गहना राखिएको छ । दैलेखको पूरानो बजारमा ऐतिहासिक युद्ध कालको रुपमा चिनिने दैलेख गढी रहेको छ । यो गढी बहादुर शाहको पालामा नेपाल एकिकरणको अभियानमा वि.सं.१८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेका थिए । गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढी भित्रबाट दैलेख जिल्ला हेर्नको लागि १३ वटा प्वालहरु बनाईएका छन् । द्वन्दकालमा सैनिक ब्यारेको रुपमा रहेको यो गढी अहिले नेपाल प्रहरीको सुरक्षामा रहेको छ ।800px-Dailekh_Gate_1

दैलेखमा प्राकृतिक रुपमा रहेका झरना, ताल र खोलाहरुले वातावरणलाई स्वच्छ बनाइ राखेको छ । जुन वातावरणले दैलेख भ्रमणमा रहने पर्यटकहरु आनन्द मान्दछन । प्राकृतिक रुपमा रहेको मदानताल, नाके गुफा, रामगाड, भुतगाड, लोहोरे खोला, छामगाड खोला, पादुका खोला, दवारी झरना, खरिगैरा झरना, लाकुरी झरना, कुशापानी झरना, खुनगाड खोला, कानेगाड खोला र कर्णाली नदी दैलेखको जल–सम्पदाहरु हुन । जिल्लाको पश्चिमी सिमा बन्दै बगेको कर्णाली दैलेख जाने पर्यटकहरुका लागि थप आकर्षणको गन्तब्य पनि हो । दैलेखको सावर (छाला) राणाहरुकै पालादेखि प्रख्यात भएको हो । राणाहरु दैलेखको सावरको जुत्ता लगाउन चाहन्थे । अहिले पनि दैलेख पुग्ने पर्यटकहरुले सावरको जुत्ता खोज्दछन ।

दैलेखको नाम !

दैलेखको नाम दैलेख कसरी रहन गयो ? यसको पनि विभिन्न किंवदन्तीहरु छन । दधिचि नाम गरेका ऋषिले यस क्षेत्रमा तपस्या गरी बसेकाले थिए । तपरुया स्थललाई दधिचि लेक भन्न थालियो । त्यहि दधिचि नाम अपभ्रंश हुदै दैलेख रहन गएको भन्ने पनि छ ।image1 अर्काे जनश्रुती अनुसार पौराणिक कालमा यो क्षेत्र देवताहरुको बासस्थान थियो । देवलोकबाट दैलेख हुन पुगेको हो भन्ने भनाई पनि छ । यसैगरी अर्काे प्राचिन समयमा दैलेखमा ठूलो बनक्षेत्र भएको र यहाँका लेकहरुमा गाई भैंसी पाल्ने गरेका थिए । लेकहरुमा दूध दही पाइने हुनाले यसको नाम दहिलेक भएको र अपभ्रंश हुदै दैलेख रहन गएको हो भन्ने तर्क पनि छ ।

कसरी जाने !

सुर्खेत सदरमुकाम देखि वसको यात्राबाट दुई घण्टामा दैलखेको रानिमत्ता गुराँसे लेखमा पुगिन्छ । गुराँसे लेखबाट चारैतिर देखिने लेकहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । गुराँसे बजारमा खानवस्नको लािग राम्रो ब्यवस्था छ । त्यहाँबाट दुई घण्टाको वसको यात्रा पछि दैलेखको सदरमुकाम दैलेख बजार पुगिन्छ । सुर्खेतदेखि दैलेख बजार सम्मको सडक कालोपत्रे गरिएको छ । दैलेखमा पर्यटकहरुलाई खान वस्न्को लागि कुनै असुविधा छैन । दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पर्दछ भने कोहलपुरबाट १५० किलोमिटर र सुर्खेतबाट ६५ किलोमिटर पर्दछ ।

मिति ः– २०७५ भाद्र २५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *