चाड पर्व र सस्कृतिमा पर्यटक रमाउछन्
के.वी.मसाल
नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुदै गएको छ । पर्यटननै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ । पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाड पर्व र सस्कृतिमा रमाउन थालेका छन । नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसंग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुमा पर्यटकहरु रमाउछन ।
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरुलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको अनुमतिसँगै संस्थागत रुपमा नेपालमा विदेशी पर्यटक भित्रिन शुरु भएको हो ।
हवाई यातायातको सुविधाले गर्दा अहिले पर्यटकहरु लण्डनमा ब्रेकफास्ट खाएर न्युयोर्कमा खाना खान भ्याउछ । अर्को दिनमा भ्रमणकै लागि नेपाल आउन सक्दछ । नेपालमा पर्यटकहरु बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, सांस्कृतिक रितिरिवाज, चालचलन, भेषभुषा, जस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले पर्यटकहरु आउने गरेका छन । नेपाल प्राकृतिक र सस्कृतिले धनि छ । नेपाल प्राकृतिक रुपले मात्र होइन, मानव निर्मित सम्पदाबाट पनि धनि छ । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भु आदि धार्मीक सम्पदा पर्यटनका क्षेत्र हुन् । त्यतिमात्र कहाँ हो र, विश्व सम्पदा सुचीमा नपरेका धेरै पर्यटकीय स्थलहरु छन । जसलाइ हामीले बाह्य पर्यटकहरुलाई चिनाउन सकेका छैनौ ।
पर्यटकहरुले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरु रुचीपूर्वक अवलोकन गर्ने गरेका छन् । विशेष गरी काठमाण्डौमा पशुपति आर्यघाटमा खुला रुपमा शव जलाएको दृष्य उनीहरुलाई अनौठो लाग्छ । त्यसै गरी मनाङ मुस्ताङ जिल्लामा पदयात्रामा जाने पर्यटकहरुलाई मानिसको लासलाई काटेर गिद्धलाई खुवाएको देख्दा पर्यटकहरु अचम्म हुन्छन । ती क्षेत्रमा तिब्बती मुलका मानिसहरुले लामाको जोखान अनुसार केहि मानिसको लासलाई काटेर गिद्धलाई खुवाउने सस्कार रहेको छ । नेपालमा आउने पर्यटकहरु नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या धेरै रहेको छ ।
पर्यटकहरुले नेपालीले मनाउने हरेक चाडवाडलाई विशेष चासोका साथ हेर्ने गर्दछन । हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरु नेपाल आउने पनि गर्दछन । चाडपर्व पर्यटन भनेको एक किसिमले होमस्टे नै हो । दसैँका लागि प्याकेज बनाएर पर्यटकहरु नेपाल आउन थालेका छन । पर्यटकहरु दुर्गा पूजा, नवमी र दशमीमा हुने पुजामा रमाइलो मानेर हेर्दछन । कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्छन् । तिहारमा देउसीभैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरु हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदी बहिनी बनाएका छन् । होलीको रंगमा रमाउने, पन्ध्र अषाढको दिन कृषकहरुसंग खेतमा गएर हिलो खेल्ने पर्यटकहरुको सख्या पनि कमि छैन । हामलिे मान्दै आएका चाडपर्व र संस्कृति सबै पर्यटकहरु का लागि आकर्षण हुन थालेका छन । काठमाण्डौ उपत्यकामा मनाइने इन्द्र जात्रा, विस्केट जात्रा, घोडे जात्रा, गाई जात्रा र लाखे नाचमा समेत पर्यटकहरु रमाउछन ।
नेपालमा मौलिक चाडपर्वहरु वर्षैभरि मनाइन्छन् । विदेशी पर्यटकहरुका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विदेशी पर्यटकको यही चासो र रुचीलाई ध्यानमा राखेर केही पर्यटन व्यवसायीले चाडपर्वको समयमा प्याकेज बनाएर पर्यटकहरु भित्राउन थालेका छन । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ । तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पुजा गर्ने ऐतिहासिक पर्व हो । प्रत्येक बर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । तीजको अवसरमा नेपाली पोसाक लगाएर महिला पर्यटकहरु नाचगान गर्न रुचाउँछन् । नेपाली महिलाले तिजमा गरगहना र रातो साडीमा नाचगान गर्दा महिला पर्यटकहरुले पनि त्यही अनुकरण गर्ने गरेको पाइन्छ । नेपाल घुमघाम गर्न आएका महिला पर्यटकहरुले पनि तीज पर्वमा सारी चोलो लगाएर मन्दिर पुग्ने गर्दछन ।
गुरुङ सस्कृतिको बारेमा अध्यन नगरेका नेपालीहरुलाई त गुरुङ सस्कृति बुझन गारो छ । त्यसमा बिदेशि पर्यटकहरुलाई ! तर पनि विदेशि पर्यटक जिज्ञासु हुन्छन । उनिहरु आफ्ना गाइड अर्थात दोभाषे मार्फत गुरुङ सस्कृतिको ल्होसार पर्वको बारेमा जान्न खोज्दछन । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ एकसय पच्चीस जातिहरु मध्ये एकसय तेइस जातिहरुले आफ्नो भाषा बोल्ने गर्दछन् । तमु अर्थात गुरुङ जातीको आफ्नै भाषा छ । तमु ल्होसार गुरुङ जातिको महान पर्व हो । ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको पात्रोमा नयाँ सम्वत शुरु भएको सकेत गर्दछ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ । तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाहा पाउन सकिन्छ । शास्त्र अनुसार मुसा वर्ग (च्यु(ल्हो), गाई वर्ग (ल्वोँ(ल्हो), बाघ वर्ग (तो(ल्हो), बिरालो वर्ग (हि(ल्हो), गिद्द वर्ग (मुप्री(ल्हो), सर्प वर्ग (सप्री(ल्हो), घोडा वर्ग (त(ल्हो),भेंडा वर्ग (ल्हु(ल्हो), बादर वर्ग (प्र(ल्हो), चरा वर्ग (च्हया(ल्हो), कुकुर वर्ग (खि(ल्हो) र मृग वर्ग (फो(ल्हो) पर्दछ ।
नेपालमा गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरु नेपालको पूर्वी पहाडका धेरै जिल्लामा समेत बसोवास गर्दछन । नेपालमा मात्र होइन गुरुङ जाती थोरै सख्यामा सिक्किम र भुटानमा समेत बसोवास गरेको पाइन्छ । केही इतिहासविदहरुका अनुसार, गुरुङहरु हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरु मङगोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरु मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि बिकास भएको मानिन्छ । लमजुङ जिल्लामा एउटा गाउपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथार को शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । त्यहि कारणले पनि गुरुङ सस्कृतिको बारेमा अध्यन गर्न पर्यटकहरु यहि क्षेत्रमा पुग्दछन ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । तमुहरुको यो सस्कृतिले पर्यटकहरु अनौठो मान्दै रमाउछन । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएउने गुरुङ सस्कृतिको प्रचलन हुन्छ । ल्होसारको दिन गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी,मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरुषहरुले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । ल्होसार पर्वमा सोरठी स्थानीय भाषामा चुडका भनेर प्रचलित कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरु संग रमाइलो गर्छन् । कतिपय पर्यटक गुरुङ जातीकै भेष भुषामा सजियर नाचगानमा समेत सरिक हुन्छन ।
ल्होसार पर्वको समयमा आर्थिक, भौतिक र पर्यटकीय विकासका लागि आयस्रोत जुटाउने उद्देश्यले महोत्सवको समेत आयोजना गर्ने गाउँहरु पनि हुन्छन । पर्यटक पाहुना हुन उनिहरुलाई सेवा सत्कार गर्नु पर्दछ भन्ने मान्यता सबैले लिएका हुन्छन । ल्होसार पर्वको लागी विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झण्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्डयाइने प्रचलन हुन्छ । तमु भाषामा लेखियको यो भाषाले छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु । जाँसाजे । हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन ! आज तमु ल्होसार हो भन्ने अर्थ दिन्छ । पे म्ह्स्या, छ्या म्हमु, छया म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमु यसको अर्थ शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने मान्यता गुरुङ सस्कृतिले लिएको पाइन्छ ।
नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जगंल अथवा सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ’ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जगंलको रुखमा बाँध्ने चलन छ । ल्होसार पर्वको पहिलो दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ । भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा गर्ने चलन छ ।
ल्होसारको बेला गुरुङ बस्तीहरुमा पुग्ने कतिपय पर्यटक तमु अर्थात गुरुङ जातीहरुको सस्कृति अध्यन गर्न समेत पुग्ने गरेका छन । गुरुङ जातीहरुले मनाउने ल्होसार बाहेक अन्य पर्वहरु पनि हुन्छन । तमु गुरुङ जातिको मुख्य छ वटा पर्वहरु मध्ये ल्होसार अर्थात नयाँ वर्ष प्रमुख पर्व हो । यो बाहेक गुरुङ जातिहरुले मा ङी दिना सात कन्याहरुको उत्पत्ति एवं पारिवारिक सम्बन्ध कायम रहेको दिन । मे त्हले ल्हिपा, धन बिद्या पर्व । फु ता सो दिना, विधान सभा अर्थात गुरुङगहरुको विधान दिवस पर्व । खे कु त्हे, नौ महागुरुहरुको उत्पत्ति दिवस अर्थात गुरु पूजा दिन । कहोला सोथर च्यूपा, नयाँ राज्य स्थापना दिवस जस्ता पर्वहरु पर्दछन् । यी पर्वहरु मध्ये कतिपय प्रायः लोप हुन लागेको अवस्थामा पुगिसकेका छन् भने कतिपय पर्वहरुलाई महत्व मान्न छाडेका छन ।
ल्होसार पर्व जनजातीहरुको सास्कृतिक पर्व हो । अर्थात आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको चाड नै ल्होसार हो । नयाँ वर्षका रुपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । गुरुङले पुस १५ गते तोला ल्होसारका रुपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने प्रचलन हुन्छ ।
हिमालको काखमा रहेका अधिकाशं तमु अर्थात गुरुङ जातीको बस्ती प्रकृतिको सौन्दर्यले सिंगारिएको अति रमणीय स्थानमा रहेको छ । गुरुङहरुको घना बस्ती भएको लमजुङको पर्यटकिय गाउँ घलेगाउँमा तमु गुरुङ संग्रहालय पनि संचालनमा छ । ल्होसारको समयमा घलेगाउँ पुग्ने पर्यटकहरुलाई सग्रहालयले थप अध्यन गराउछ । संग्रहालयमा गुरुङहरुको लोपान्मुख आवस्था तथा हालमा पनि चलनमा भएको साथै परम्परागत वास्तुकला तथा कलात्मक साधनहरु काठ, चोया, ढुङ्गा, माटो तथा धातुको भाँडाकुँडाहरु, हातहातियार, गहनाहरु तथा पोशाकहरु, घरेलु उद्योगहरुमा प्रयोग हुने साधनहरु, ऊन, पुवा अर्थात अल्लोको धागोबाट बनेका सामानहरु अवलोकन गर्न सकिन्छ ।
ल्होसार पर्व जति नजिक आउदैछ । गुरुङ गाउँहरुमा सरसफाई, सडकको मर्मत संभार,पदयात्राीको लागी बनेका बाटोको सुधार हुन थालेको छ । पर्यटकहरुलाई इच्छा अनुसार नाचगान देखाइन्छ । होमस्टे सन्चालन भएका गाउँहरुमा घाँटु, सोराठी जस्ता गुरुङ सस्कृति पनि पर्यटकहरुले हेर्न पाउछन । पर्यटकहरुलाई स्थानिय चामलको भात, ढिडो तरकारी, कुखुराको सुप, इच्छा अनुसार अन्य आर्गनिक खानाहरु खुवाइन्छ । प्राय गरी चिटिक्क परेको ढुंगा र टिनले छाएको गुरुङ जातीको घर भित्र भेडाको कम्बलमा अगेनोको छेउमा बसेर गुरुङ संस्कृतिमा आधारित चरेसको थालमा खाना नारेपा (कोदोको रक्सी) इच्छा अनुसार खान पाउदा पर्यटकहरु अचम्म मान्दछन ।
मिति ः– २०७५ भाद्र २६ गते दाङ