विकासको लागि ग्रामीण पर्यटन

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानवब58e9e97aa3450स्ती बनाउने मञ्जुश्री नेपालमा पहिलो पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर नेपालको बर्तमान पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो ।

संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरुको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले त्यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले आफ्नो देशका प्रमुख शहरहरु जोडने रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरु रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरुको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।

राणाकालिन समय नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु 220px-Edmund_Hillary_&_Sherpa_Tenzingल्याउन अनुमति पाए । त्यसपछि फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । उनि पहिलो अन्नपूर्ण हिमाल आरोहणी थिए । त्यसपछि नेपालमा पर्यटकहरु आउने र हिमाल आरोहण गर्नेहरुको सख्या प्रत्येक बर्ष बृद्धि हुदै गएको छ । अहिले नेपालमा आउने धेरै पर्यटकको रोजाई पदमार्गमा यात्रा गर्नेमा पर्दछ । पदमार्गले पर्यटकहरुलाई हिमाल हेर्ने मात्र नभएर सांस्कृतिक, जैविक, खानेकुरा र प्राकृतिक विविधता हेर्ने र जान्ने अवसर पनि हुन्छ । छोटो पदमार्गको दूरीमा धेरै अनुभव पाइने पदमार्ग नेपालमा मात्रै छ । यहाँका प्राय पहाडी पदमार्गमा संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज पर्छन । अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र म्याग्दी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लामा पर्दछ ।
नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता एवम् नेपालीहरुको अतिथिलाई सत्कार गर्ने व्यवहारले ग्रामीण पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने धेरै सम्भावनाहरु रहेको छ । नेपालमा पर्यटकलाई आकर्षित गर्ने भौगोलिक अवस्था, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक, पुरातात्विक सम्पदा, हिमाली श्रृंखला महाभारत पहाड, पहाडी ग्रामीण बस्ती तराईका मैदानी उर्वर फाँटहरु, तालतलैया, नदीहरु, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय नि23559810_736169896581461_5444330562712482507_nकृञ्जहरु रहेका छन् । पहाडी क्षेत्रमा पदयात्रा नदीहरुमा रोमाञ्चक जलयात्रा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु पर्यटकहरुलाई आकर्षित गर्ने क्षेत्र हुन् ।
पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । ग्रामीण पर्यटनको क्षेत्रमा प्रशस्त अवसर रत्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौतीको क्षेत्र पनि हो । हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो ग्रामीण पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । बाह्य चुनौतीसँग प्रतिस्पर्धा गर्ने ल्याकत हामीले राख्न सकेका छैनौँ । त्यस्तै ग्रामीण पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम त झनै भएका छैनन् । ग्रामीण, होमस्टे, धार्मिक, पदयात्रा र पर्वतारोहण आदिजस्ता पर्यटन क्षेत्र र पर्यटकले हाम्रो पर्यटनको विकास विस्तारै बामे सर्दै गरेको छ ।

बिकास भनेको परिवर्तन हो । अहिले बिकासले गर्दा शहर देखि गाउँसम्म बिभिन्न किसिमका भौतीक निर्माणका परिवर्तन भएका छन । सडक, पानी र बिजुली पुगेका गाउँहरुमा ग्रामीण पर्यटन बिकासका नयाँ आयामहरु थपिदै गएका छन । पछिल्लो चरण नेपालमा ग्रामीण बिकासको लागी होमस्टेको माध्यमबाट पर्यटनको प्रर्बद्धन गर्नेक्रम बढदो छ । प्रत्येक जिल्लामा ग्रामीण पर्यटनको विकास गर्नु पर्दछ भन्ने भावना फैलिएको छ । सुरुमा स्याङजाबाट सुरु भएको पर्यटनको लागि होमस्टे अहिले पर्यटकहरु पुग्ने बिभिन्न जिल्लाहरुले ग्रामीण पर्यटनको विकासको लागि गाउँमा होमस्टे सन्चालनमा ल्याएका छन ।images

होमस्टे सन्चालन गर्न त्यती सजिलो भने छैन । धेरै जिल्लामा स्थान र जनजातीहरुको नामसंग जोडिएर होमस्टे सन्चालनमा आउन थालेपछि सरकारले होमस्टे संचालन गर्नका लागी कार्यविधि २०६७ ल्याएको छ । नेपाल सरकार पर्यटन तथा नागरिक उडयन मन्त्रालयले ल्याएको कार्यविधि ऐनले होमस्टे सन्चालन गर्नको लागी के–के प्रावधान पु¥याउनु पर्दछ भन्ने कुरा बुझाइ दिएको छ । तर हामीकहा सरकारले जारी गरेको कार्यविधि ऐनलाई वेवास्ता गर्दै कतिपय गाउँहरुमा होमस्टे संन्चालनमा आएका छन । मलुकभर होमस्टेको सख्या कति छ ? त्यसको तथ्याकं राज्य संग पनि छैन । ग्रामीण क्षेत्रमा सन्चालनमा आएका कतिपय होमस्टेहरुले पर्यटकहरुलाई होमस्टेको सुविधा भन्दा पनि होटल सन्चालन गरेका छन ।
होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । त्यसको साथै होमस्टे संचालन गरी ग्रामिण क्षेत्रका जनताहरुलाई पर्यटन सेवामा सहभागि गराउने पनि यसको लक्ष्य हो । Myagdi-10जुन कारणले गर्दा ग्रामीण समुदायको आयस्रोत बृद्धि भै जीवनस्तर वृद्धि हुदै जानु हो । होमस्टे संचालन गरी पर्यटकहरुलाई ग्रामीण जनजीवनका संस्कृतिका वारेमा जानकारी दिन पनि हो । यो मात्र होइन होमस्टेले आवास सुविधा मात्र नभै पर्यटकहरुलाई रितिरिवाज, कला संस्कृति र रहन सहनको बारेमा जानकारी दिन र पर्यटकहरु संग लिन पनि सकिन्छ । होमस्टे सन्चालन भएका गाउँमा पुग्ने पर्यटकहरुलाई आफ्नो क्षेत्रमा जंगल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको कार्यक्रमको व्यवस्था गर्न पर्दछ ।

ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । ग्रामीण पर्यटकहरुले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन ।jyamrumkot-myagdi

नेपालमा सर्ब प्रथम आजभन्दा १९ बर्ष अगाडी स्याङजा जिल्लाको सिरुबारी बाट शुरु भएको समुदायमा आधारित ग्रामीण पर्यटन नेपालकै पहिलो नमुना पर्यटकीय गाउँको रुपमा विकास भएको छ । स्याङजा सदरमुकामबाट दक्षिणतर्फ सिद्धार्थ राजमार्गको बायाटारीबाट पश्चिमतर्फको कच्ची सडकबाट करिब २० किलोमिटरको यात्रापछि पुगिने गाउँ सिर्सेकोटको मैदान नमुना ग्रामीण पर्यटकीय गुरुङ गाउँ हो । गुरुङको बाहुल्यता रहेको सिरुवारी गाउँ पर्यटकीय गाउँ बनेपछि आमा समूहको सक्रियतामा स्थानीयवासीले सिरुवारी घुम्न आउने ग्रामीण तथा बाह्य पर्यटकहरुलाई बाजागाजा र फूलमालासहित स्वागत गर्ने प्रचलन रहेको छ । उनीहरुले होमस्टे मार्फत पर्यटकलाई सुविधा दिंदै आएका छन । पाहुनालाई गाउँमा समूह समूहमा विभाजन गरेर राख्ने गर्दछन । पर्यटकलाई पारिवारिक वातावरणमा राख्ने परम्पराको विकास गरेका छन । यतिखेर ग्रामीण पर्यटनको क्षेत्रमा स्याङजाको दरौ सिरुबारी, तनहू को बन्दीपुर र लमजुङको घलेगाउँ जस्ता क्षेत्र राम्रा उदाहरण भएका छन ।

स्याङजाको सिरुवारीबाट ग्रामीण बिकासको लागि सुरु भएको होमस्टे अहिले धेरै जिल्लामा होमस्टे सन्चालनमा आउन थालेका छन । आजभोली शहर बजार गाउँघर, टोल छिमेक जहा भएपनि ग्रामीण बिकासका कुरा उठने बित्तीकै पर्यटनका कुराहरु उठने गर्दछन । ग्रामीण पर्यटनको बिकास गर्नु पर्दछ । पर्यटनको बिकासले नै आर्थिक विकास हुन्छ ।download बिकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष आर्थीक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । यस्ता बिकासका कुराले गाउँघरमा चर्चा पाउन थालेको छ ।

यतिवेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । अब संघीय संरचना कार्यान्वयनमा आउन थालेको छ । सबै राजनीतिक दलले चुनाव अगाडि सार्वजनिक गरेका घोषणापत्रमा पर्यटनबाटै समृद्धि ल्याउन गाउँघरमा पर्यटनको गन्तव्यको विकास गर्न पूर्वाधार निर्माण गर्नु पर्दछ भनेका थिए । अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि पर्यटनलाई विविधीकरण गर्दै संघीय संरचनामा बिकास गर्ने तयारी गरिरहेको छ । तर कुरा राम्रा उठने गरेपनि ब्यवहारमा भने ती उब्जेका कुरालाई उतार्न भने अब हुने ग्रामीण पर्यटनको बिकास हेर्नु पर्ने हुन्छ ।

ग्रामीण क्षेत्रमा पर्यटक पुग्ने गाउँको अवस्था हेर्ने हो भने गाउँमा रहेका प्रकृतिक र ऐतिहासिक सम्पदा, बिभिन्न धार्मीक मठ मन्दिर, ताल तलैयाहरुको संरक्षण हुन सकेको छैन । गाउँमा पुग्ने मोटर माटो बिग्रिएको छ होला ? त्यसलाई मर्मत संभारका योजना ल्याउन सकेका छैनौ । पुर्खाले खनेका घोरेटा र गोरेटा बाटोको झन के अवस्था होला ? तिनै बाटोको किनारमा रहेका बर र पिपलका बोट थियो र …? भन्ने कथा बनेको होला ? गाउँमा नयाँ मानिस पुग्यो भने शौचक्रिया गर्न चिरा र ढिक खोज्न पर्ने होला ? पर्यटकहरु यात्राको क्रममा अब त गाउँ आयो होला भन्ने बित्तीकै बाटोघाटोमा छरिएका फोहरले दुर्घन्ध पारेको होला ? अनि यस्तो गाउँठाउमा ग्रामीण पर्यटकहरु जान्छन ?Myagdi-3

गाउँमा पर्यटनको बिकास गर्न पर्यटकहरुलाई देखाउन खोजेको स्थलको संरक्षण र गाउँघरको सरसफाई गर्न जरुरी छ । ग्रामीण पर्यटन विकासको कुरा गर्दा पर्यटनको पूर्वाधारलाई विचार गर्नुपर्दछ । पर्यटनको क्षेत्रमा गाउँघरमा जे जति पूर्वाधार बनेका छन, ती सबै ब्यवस्थित हुन सकेका छैनन् । गाउँमा पर्यटकहरुलाई भित्राउन धेरै किसिमका पूर्वाधार हुनु पर्दछ । गाउँमा पुग्न भरपर्दा यातायातका साधन, बस्नको लागि होटल, लजको सुबिधा, गाउँघरको सरसफाइ स्वच्छ वातावरण र पर्यटकहरुलाई सुरक्षित छौ भन्ने महसुस दिलाउन सक्नु पर्दछ । त्यसैगरी गाउँमा पुग्ने पर्यटकहरुका लागि सूचना केन्द्र, मनोरञ्जनस्थल, बैंक, स्वास्थ्य चौकी समेत हुनु पर्दछ ।

आजभोली कतिपय गाउँ र पहाडका वस्तीमा पदयात्रा वा अन्य माध्यामद्वारा पर्यटकहरु जाने गर्दछन । गाउँमा पुग्दा पर्यटकहरुलाई बस्ने वास र खाने कुराको अभाव हुने गरेको छ । पर्यटकहरुले आवस्यक खानाहरु शहर बजारवाट नै क्याटरिङ्ग गरेर पनि यात्रामा जाने पर्यटकहरु भेटिन्छन । यस्तो अवस्थामा स्थानीयहरुले पर्यटनको लाभ प्राप्त गर्न सक्दैनन् । जबसम्म स्थानीयहरुले पर्यटनको लाभ प्राप्त गर्न सक्दैनन ती क्षेत्रहरुमा पर्यटकहरु गएको कुनै अर्थ हुदैन । धेरै जिल्लामा ग्रामीण पर्यटनको कुरा उठाएपनि ब्यबस्थित भने धेरै ठाउमा हुन सकेको छैन । सामाdeukhuri-view-3न्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यवसायिक रुपमा सञ्चालन गर्न स्थानिय तह, स्थानीय संघ÷सस्था, समाजसेवी सबै लाग्नु पर्दछ । ग्रामीण पर्यटन विकासका लागि ऐतिहासिक,सांस्कृतिक, धार्मिक र प्राकृतिक सबै सम्पदाहरु उत्तिकै महत्वका विषय हुन्छन । हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्न सकेमा मात्र पनि ग्रामीण पर्यटनको बिकासको लागी सजिलो बातावरण बन्दछ ।
गाउमाँ पर्यटनको विकास हुनका लागि विकासको पूर्वाधार हुनुपर्दछ । गाउँमा प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले पर्यटकको गन्तव्यस्थलको रुपमा रहेको हुन्छ । पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन अवधारणामा मात्र सीमित रहेको छ । ग्रामीण क्षेत्रमा भएका पर्यटकियस्थलको पहिचान हुन सकेको छैन । अब दिगो ग्रामीण पर्यटन कहिलेसम्म भन्ने बारेमा बहस हुनु जरुरी देखिन्छ । तर ग्रामीण पर्यटन बिकासको काम गर्न त्यति सजिलो छैन । पर्यटक अभाव र असुविधा हुने ठाउँमा जान मन गर्दैनन । यसको लागि आवास, यातायात र खानेकुरा त मूलभूत रुपमा नभै नहुने कुरा भए । वास्तवमा ग्रामीण क्षेत्रमा हुने पर्यटन लामो समयको लागि हुदैन तर छोटै अवधिको भएपनि यसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन ल्याउछ ।

ग्रामीण पर्यटन विकासमा होमस्टेले ठूलो सहयोग पु¥याउछ । गाउँघरको सरसफाई निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय निकायहरुले यी विषयमा चासो राख्नु पर्दछ ।

मिती ः– २०७४ पौष ३० गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *