तिर्थाटन पर्यटनका लागि वाह्र कुने दह

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
नेपालीहरुको धार्मिक र साँस्कृतिक चाडपर्वहरुमा पर्यटकहरु पनि जोडिने गरेका छन । नेपालमा पछिल्लो समय तिर्थाटनका पर्यटकको संख्या वर्षेनी बढिरहेको छ । पर्यटकको रुचि तिर्थाटनमा हुने गरेको पाइएको छ । त्यसैले ती तिर्थाटन क्षेत्र अहिलेसम्म पनि जीवन्त भइरहेका छन् । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने सास्कृतिक पर्व हो । यो पर्व माघ महिनाको पहिलो दिनमा पर्दछ ।

दा26731585_1382323335212179_1704820642323141620_nङमा माघे संक्रान्तिमा बाह्रकुने दह, रिहार, धारपानी, लरैनासोता,लगायत तिर्थाटन स्थलमा आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन । यो सास्कृतिक पर्व पनि हो । माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ बर्षको रुपमा मान्ने गर्दछन । दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर जिल्लामा माघीको विशेष रौनक हुन्छ । यो समयमा आन्तरिक पर्यटकहरु मेला, उत्सव र पर्वको लागि भ्रमणमा निस्कने गर्दछन । वाह्रकुने दहमा माघे सक्रान्तिमा विशेष गरी ग्रामीण एवं छिमेकी जिल्लाका तिर्थाटन पर्यटकहरु को भिड हुने गर्दछ । माघे सक्रान्तिकै बेला भारतिय पर्यटकहरु तिर्थाटनको लागि देउखुरी उपत्यकाको रिहार, घोराहीको रत्ननाथ मन्दिर, प्युठानको स्वर्गद्वारी तिर्थाटन गरी वाह्रकुने दहमा समेत पुग्ने गर्दछन । घोराही उपमहानगरपालिका–१३ सेवार गाउँमा रहेको वाह्रकुने दह दाङको लागि तिर्थाटन पर्यटकिय स्थलको रुपमा विकास भएको छ । प्रत्येक वर्ष माघे सक्रान्तिको दिनमा तिर्थाटन र मेला लाग्ने वाह्रकुने दहको पुरानो संरचनाको अस्तित्व भने हराउँदै गएको छ ।
वाह्रकुने दहको इतिहास
वाह्रकुनेको लिखित इतिहास भेटिएको छैन । बुढापाकाहरु बाट सर्दै आएको किम्वदन्तीलाई नै इतिहास मान्ने हो भने वाह्रकुने दह प्राकृतिक दह हो । कुनै कालखण्डमा वाह्रकुने दह वरपर गाईवस्तु चराउने घना जंगल रहेको थियो । सल्यान र रोल्पाका किसानहरु हिउँदको समयमा आफ्ना गाईबस्तुहरु लिएर वाह्रकुने वरपरको जंगलमा गोठ राख्ने प्रचलन रहेछ ।26195909_1382324255212087_8399230853680282254_n त्यसबेला बाह्रकुने दह वरपर गोठ ल्याउने ती गोठालाहरु १२ भाई रहेछन । एकदिन राती जेठो गोठालालाई सपना भएछ । सपनामा सेतै फुलेका बृद्व आफ्नो अगाडि उभिएर गोठालालाई भनेछन् । यो स्थान देवताको वासस्थान हो, यहाँ गोठ नराख ! यो ठाउँ जलाशय वन्दैछ ! भनेर सपनामा सजकता बनाए छन । जेठो गोठालाले विहान सपनाको कुरा सबै भाईहरुलाई सुनाएछन् । सपनाको कुराले ११ जनाले गोठ सारेछन् । तर सपना देख्नेले सपनालाई विस्वास नगरी गोठलाई सार्ने काम गरेनछन् । पुसको मसान्तको दिन विनासकारी असिना र पानी आएछ । विनासकारी पानीले गोठ वरपर जलमग्न भएकै कारण वाह्रकुने विशाल दहको रुप भएछ ।
वाह्रकुने दह वरपर क्षेत्रमा सुरु देखि नै मगरजातीको वसोवास स्थल रहेको थियो । मगर जातीहरुले वराह देवतालाई कुल देवता मान्ने हुँदा वाह्रकुने दहमा वराह छन् भन्ने मान्यताले मगरजाती नै पुजारी भएर पुजा चलाउँदै आएको पाइन्छ । वाह्रकुने दहको क्षेत्रफल ७ विघा ७ कठ्ठामा फैलिएको छ । वाह्रकुने दहको पश्चिमतिर ंज्यामीरे दह रहेको छ । दुर्लभ चराहरुको वासस्थान समेत भएको ज्यामीरे दह पनि आजभोली दहमा पुग्ने तिर्थाटनका पर्यटकहरु घुमफिरको लागि पुग्ने गर्दछन । करिव आधा घन्26804752_1382324561878723_5183198123710410439_nटाको दुरीमा रहेको ज्यामीरे दह जैविक विविधता भएको सीमसार क्षेत्र हो । ज्यामीरे दह पर्यटकको लागि वातावरणको दृष्टिले अत्यन्त महत्वर्पूण स्थल मानिन्छ । ज्यामिरे दहलाई टाढाबाट र्हेर्ने हो भने अंग्रेजीको आठ आकारमा देखिन्छ । चारैतिर अग्ला पहाडको बीचमा रहेको ज्यामीरे दहले पर्यटकहरुलाई आकर्षण गराइ दिन्छ । ज्यामीरे दहको वातावरण शान्त, स्वच्छ तथा मनोरम छ । ज्यामिरेको वरिपरि घना जगल रहेको छ । घना तथा हरियो वनमा बसोवास गर्ने रैथाने तथा बसाइसराइ गरी आएका विभिन्न जातका पंक्षीहरुले पर्यटकलाई रोमान्च गराइ दिन्छन ।

वाह्रकुनेका पुराना कुरा अहिले कथा
वाह्रकुने दह वि.स.ं १९९० साल भन्दा अगाडि घना जंगलको वीचमा १२ ओटा प्राकृतिक कुना वनेको सुन्दर दह थियो । ती वाह्रकुनाहरु अहिले पनि देख्न सकिन्छ । ९० सालभन्दा पछि सेवार गाउँ वरपर मानव बस्तीको विकास हुन थाल्यो । मानवबस्ती पछि सिचाईको प्रयोजनमा दहको पानी प्रयोगमा आउन थालेपछि दहमा पानीको सतह सुक्दै जान थालेको हो । वन जंगलको विनास र भूक्षयको कारण दहको वरपर दिनप्रतिदिन दहको स्वरुप वदलिदै अहिलेको अवस्थामा आएको हो । वाह्रकुने दहले आफ्नो स्वरुप फेर्दै आए जस्तै माघेको मेलाको तामझाम पनि दहमा फेरिदै आएको छ । कुनैवेला वाह्रकुने दहको मेलामा जुम्ला, रोल्पा, सल्यान र रुकुम लगायत छिमेकी जिल्लाका तिर्थाटनका पर्यटकहरु को गन्तब्य थियो । त्यो समयमा बाह्रकुने दहमा पहाडी जिल्लामा उत्पादन भएका राडी, पाखी फलफुल समेत वाह्रकुने मेलामा विक्रीको लागि ल्याउने गरिन्थो । झयाउरे, कौडा नृत्य, टप्पा नाच भजन कीर्तनको ध्वनीले, रातभरी बाह्रकुने दह वरपर तिर्थाटन पर्यटनको भिड र विहान दहमा स्नान गर्ने त्यो पुरानो प्रचलन अहिले हराउदै गएको छ ।baharakune-620x330

वाह्रकुने दहका पुराना कुराहरु अहिले कथा जस्तै भएकाछन् । त्यस बेला दहको वजार हेर्न रोजगारीको लागि भारततिर गएका मानिसहरु पनि माघे सक्रान्तीको समय मिलाएर गाउँमा आउने गर्दथिए । कोइलावास र भारतको वलरामपुर, तुलसीपुर देखिका व्यापारी सामान विक्री गर्नको लागि माघे सक्रान्तिको मेलामा दहमा आउने गर्दथिए । पौष मसान्तको रातभर केटाकेटीहरुको गीतले वाह्रकुने दह गुञ्जिरहन्थो । पहाडी जिल्लाका टप्पा, मयुरनाँच, मारुनी नाँच र भ्mयाउरे गीतले मेला हेर्न गएका सबैलाई रात विताएको थाहा नै हुने थिएन । तर अहिले पुरानो प्रचलन सबै हराएको त भन्न मिल्दैन । तर पनि वाह्रकुने दहको पुरानो मेलाको शैली भने बदलिएको छ । तिर्थाटनका पर्यटकहरुको सख्या भने बढदै गएको छ ।

भाकलमा नरिवल
माघे सक्रान्ती मात्र होइन पौष महिनाबाट नै बाह्रकुनेमा तिर्थाटनका पर्यटक भेडा र कुखुराको वली चडाउनेहरुको पनि उतिकै भिडलाग्ने गर्दछ । वाह्रकुनेका वराह देवता मगरजातीको मात्र नभएर अन्य जातीहरुको पनि पुजनीय छन् । वाह्रकुने वराह मन्दिरमा भेडा र कुखुराको मात्र वली चढाउने प्रचलन छ । माघे सक्रान्तीको दिन भाकल चढाउनेहरुको अन्य दिन भन्दा भिड रहन्छ । मन्दिरमा भाकल अथवा अन्यकुनै कारण दिने गरिएको वलीलाई आजभोली बिभिन्न अर्थ र तर्क दिने गरेको पाइन्छ ।download तर हाम्रो शास्त्र अनुसार वली शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! राँगो रुपि–क्रोध, भेडारुपि–मोह वोकारुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने शास्त्रको भाव हो । तर हामीहरुले बलि भनेपछि पशुहरुलाई काटेर वली दिने गरिन्छ । यसको बारेमा वाह्रकुने दहमा भेडाको वलीदिनेहरुले सोच्न जरुरी छ । बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ । नयाँ सोच ,नयाँ विचार र नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकासको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो । रगतको बलिले हैन नरिवल, कुभिण्डो, आदिको बलि दिन सकिन्छ ।

वाह्रकुने संरक्षण र प्रबद्र्धन
वाह्रकुने दह आजभोली पिकनिक स्पोर्ट समेत भएको छ । घोराही आसपासका मात्र होइन दहमा दाङ जिल्लाका अन्य स्थानका मानिसहरु पनि पिकनिकको लागी दहमा जाने गर्दछन । शैक्षीक भ्रमणको लागि पनि सबैको रोजाई बाह्रकुने दह हुने गरेको छ । प्रत्येक वर्ष स्वर्गद्वारी बाबाको दर्शन गर्न आउने तिर्थाटनका भारतिय पर्यटकहरु समेत वाह्रकुने दहमा समेत पुग्ने गरेका छन् । पर्यटकहरुले भ्रमणमा मनोरंजन लिनु मात्र होइन । प्रकृतिबाट धेरै किसिमका कुराहरु सिक्न र जान्न पनि खोज्दछन । पर्यटकहरुले भ्रमणबाटनै प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र संभावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न सक्दछन । त्यसैले होला भ्रमणलाई खुल्ला विश्व बिद्यालय पनि भन्ने गरिन्छ ।mela4

पर्यटनको अधिकारलाई स्थापित गरी नागरिकले घुमफिर तिर्थाटन गर्न विशेष सहुलिएत र सुविधाहरुको ब्यवस्था गर्नु पर्दछ । तबमात्र आन्तरिक पर्यटनको विकास, विस्तार र आर्थिक समृद्धि हुने आशा गर्न सकिन्छ । पर्यटनको विकासलाई ग्रामीण तहसम्म गन्तव्य स्थलको रुपमा विकास गर्न प्राकृतिक साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रबद्र्धन गर्नु पर्दछ । गाउँमा भएका पर्यटकीय क्षेत्रको उचित संरक्षण र नयाँं पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान गर्नु आवश्यक हुन्छ । यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि निजी क्षेत्रसँग सहकार्य बढाउने विविध कार्यक्रमहरु स्थानिय तहले संचालन गर्नु पर्दछ । गाउँघरमा पर्यटकहरु पुगे भने संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको आदान प्रदान हुन्छ । गाउँका ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको प्रचार एवं अध्ययन अनुसन्धानमा सहयोग हुन्छ ।

वाह्रकुने दह वरपर पर्यटकहरुको लागी भ्रमण गर्ने धेरै स्थलहरु भएपनि ती स्थानको पहिचान समेत गर्न नसकेको अवस्था छ । अर्कोतिर पहिचान भएका स्थलको बारेमा पनि प्रचारप्रसार भएको छैन । धेरै ठाउँमा पर्यटकहरु पुग्नको लागि यातायातको पनि समस्या रहेको छ । दाङ जिल्ला एशियाकै दोस्रो ठूलो उपत्यकाको रुपमा चिनिन्छ ।images (1) यही उपत्यकाभित्र विभिन्न धार्मिक स्थल, विभिन्न धर्म, संस्कृति, संस्कार, रितिरिवाज, विभिन्न जैविक विविधता, प्राकृतिक तथा वातावरणीय अवस्थाको बारेमा पर्यटकहरुले अध्ययन गर्न सक्दछन । वाह्रकुने नजिकै मौलाकोट, लाहपे र वुढाकोट गाउँमा मगर बस्ती रहेको छ । मौलाकोट ३ कि.मी.उत्तर डाडामा पर्दछ । वाह्रकुने दहसंग मौलाकोट पनि जोडिएको छ । मौलाकोटको मौलामा वैशाख पूर्णिमाको दिन रोट चढाउने परम्परा रहेको छ । मौलालाई चढाउने रोटी अर्थात रोट पकाउँदा हातले चलाउने र हातले नै झिक्ने चलन छ ।

पर्यटकियस्थलको समुचित विकास र व्यवस्थापन भएको छैन भन्दा पनि हुन्छ । यसको मुल कारण लामो समय सम्म राजनैतिक अन्योल र अस्थिरता भै रहनु पनि हो । अब सबै तहको निर्वाचन भै सकेको छ । अब संघीय संरचना कार्यान्वयनमा आउन थालेको छ । सबै राजनीतिक दलले चुनाव अगाडि सार्वजनिक गरेका घोषणापत्रमा पर्यटनबाटै समृद्धि ल्याउन गाउँघरमा पर्यटनको गन्तव्यको विकास गर्न पूर्वाधार निर्माण गर्नु पर्दछ भनेका थिए । ती कुराहरु अब राजनितीक दलहरुले ब्यवहारमा लागु गर्न पर्दछ । जिल्लामा र स्थानीय तहमा पर्यटन सूचना केन्द्रको व्यवस्था हुनु पर्दछ । गाउँमा पर्यटनको बिकास गर्न प्रकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक पक्षहरु झल्कने पुस्तक, वृत्तचित्र, पोस्टर जस्ता सामाग्रीको उत्पादन र वितरण हुन पर्दछ ।DSC01069

पर्यटन मैत्री शिक्षाको अभावले गर्दा पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । हामी आफै पनि आफ्नै वरपरका गाउँघरमा घुम्न नखोज्नु र घुम्न चाहने मानिसहरुलाई पर्यटक नै नठान्ने प्रवृति पनि छ । यो हुनुको मुख्य कारण पनि पर्यटन शिक्षाको कमि नै हो । पर्यटनबाट लाभ लिनको लागी पर्यटन मैत्री समाज र संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागी हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनु पर्दछ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार, पथ प्रर्दशन, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभेल एजेन्सी संचालन सम्बन्धि ज्ञान दिने हो भने पर्यटनको बिकासमा सहयोग हुन्छ ।

दाङमा धेरै प्राकृतिक सम्प्रदाहरु छन जसलाई पर्यटनसँग जोड्न सकिन्छ । शहर देखि ग्रामीणबस्ती सम्म धार्मिक पर्यटनको लागि पनि उत्तिकै पहिचानका स्थलहरु छन् । बाह्रकुने दहको मेला तिर्थाटन पर्यटन संग जोडिएको छ । त्यसलाई प्रचारप्रसार एवं प्रवद्र्धन गर्नसके बाह्रकुने दहमा धेरै सम्भावनाहरु भेटिन्छ । धर्म, संस्कार आ–आफ्नो हुन्छ । सबैको धर्म, संस्कार वा संस्कृती जान्न र बुझनको लागि बाह्रकुने दह तिर्थाटन पर्यटनको लागि गन्तब्य बनेको छ । बाह्रकुने दहको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्नु पर्दछ । यसलाई प्याकेजको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । वाह्रकुने दह बिकासको लागि अब उपमहानगरपालिका, निजी क्षेत्र र पर्यटन व्यवसायीहरुले ध्यान दिनु पर्दछ ।

मिति ः– २०७४ पौष २६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *