सिद्धरत्ननाथ पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
हामी अहिले पर्यटनको बिकास हुनु पर्दछ भन्दछौ । पर्यटनका धेरै कुराहरु गर्ने गर्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षकहरुको बोलिमानै पर्यटनका कुरा झुण्डिएको हुन्छ ।ratan तर ब्यबहारमा भने पर्यटनको क्षेत्र ओझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै गाउँ ठाउका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा अनविज्ञ छौ । नजिकको तिर्थ हेला भने जस्तै धार्मीक मठ मन्दिर एवं प्राकृतिक र ऐतिहासिक स्थल भ्रमण गर्न आफ्नो ठाउँ भन्दा पनि अन्य भूगोलको खोजीमा रहन्छौ ।

पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेशका महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । भ्रमणबाट नै ऐतिहासिक पुरातात्विक एवं तिर्थाटन स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । दाङमा पर्यटकहरुको लागी भ्रमण गर्ने धेरै स्थलहरु भएपनि ती सबैस्थानको पहिचान समेत गर्न नसकेको अवस्था छ । अर्कोतिर पहिचान भएका स्थलको बारेमा पनि प्रचारप्रसारको अभाव रहेको छ । धेरै ठाउँमा भ्रमणको लागी यातायात र खानबस्नको लागी पनि समस्या रहेको छ ।

एशिया कै ठूलो मानिएको दाङ उपत्यका चुरे श्रृखंला र महाभारत पहाडले घेरेको छ । पूर्व पश्चिम ९२ कि.मि. र उत्तर दक्षिण ७२ कि.मि भित्र रहेको दाङ जिल्ला20160613_074959मा दुई ठूला उपत्यका रहेको छ । अहिलेसम्मको अध्ययन अनुसार दाङ उपत्यकाको इतिहास १३५० वर्षको सेरोफेरोमा रहेको छ । जसको प्रमाण स्वरुप चौघेराको सिद्धरत्ननाथको मन्दिरसंग दाङको इतिहास जोडिएको छ । घोराही उपमहानगरपालिका १७ चौघेराको सिद्धरत्ननाथको मन्दिर ऐतिहासिक मन्दिर हो । गोरखनाथ बाबाको दिक्षा प्राप्त र सिद्धि प्राप्त गरिसके पछि रत्ननाथले सिद्ध पात्र लिएर देश बिदेशको भ्रमण गरेका थिए । भ्रमणको क्रममा रत्ननाथले पेशावर, कावुल कन्धार सम्म पुगेको भनाइ पनि छ । भ्रमणमा रत्ननाथको योग सिद्धिबाट प्रभावित भै त्यहाका बादशाहले आफुले धारण गर्ने पीर उपाधी प्रदान गरेका थिए । जसको कारण आज सम्म पनि श्रीगोरक्षसिद्धरत्ननाथ मठका मठाधिसलाई पीर भनिन्छ ।

चौघेराको सिद्धरत्ननाथको मन्दिर आज भन्दा १२६५ बर्ष अगाडी अर्थात वि.सं.८०९ सालमा राजा रत्ननाथद्वारा स्थापना गरिएको हो । मन्दिरको मूल भवनमा गोरक्षनाथको चरण पादुका एवं अमृतमय पात्र देवता र कालभैरवको मूर्ति, नवदुर्गाको मूर्ति, गोरक्षानाथको मूर्ति, पीर फेर्ने दलैजा, प्रभातनाथ योगीद्वारा कोरिएका विभिन्न धार्मिक एवं राजा रजौटाहरुका चित्रालय रहेको छ । पाँच बिगाहाको मन्दिर परिसरमा पाटेश्वरी मन्दिर, धुनी मन्दिर, गोरक्षनाथ मन्दिर, दलिचा, रत्नेश्वर महादेव, वैजनाथ, कालभैरवथान, यज्ञमण्डव, धर्मशाला, चित्रकलाकक्ष, गौशाला रहेका छन । मन्दिर परिसरमा ऐतिहासिक इनार अर्थात पानी खाने कुवा रहेको छ । जुन कुवाको बनौट, फैलाबट र गहिराई दाङमा अन्य कतै देख्न सकिन्न । जुन कारणले आजभोली चौघेरा मन्दिर तिर्थाटन पर्यटकहरुको लागी गन्तब्य बनेको छ ।

मन्दिरमा फागुन कृष्ण विजया एकादशिका दिन ठूलो समारोहबिच पीर स्थापना अर्थात पीर फेर्ने अर्थात नयाँ पीरको ब्यवस्था गर्ने गरिन्छ । यसै दिनलाई पीरफेर्ने अर्थात फिरफिरे मेला पनि भनिन्छ । यो बाहेक बिजया दशमी, दीपावली, माघेसक्रान्तीमा बिशेष पुजा हुन्छ । त्यसैगरी हरिशयनी एकादशी,हरिवोधिनी एकादशी, शिवरात्री, घटस्थापना, महासप्तमीमा नाथ सम्प्रदायका बालकहरुको उपदेश कर्म, र मृत ब्यक्तिप्रति चिरशान्तीको लागी शंखढाल अर्थात तर्पण गर्ने प्रचलन छ । दाङको जलौरा, दक्षिण अम्राई, उत्तर अम्राई, दुबीचौरा, देउखुरीको लमही र रतनपुरमा समेत गरी मन्दिरको गुठी मौजा १ हजार २५० बिघा रहेको थियो । जसमा धेरै जमिन रैकरमा परिणत भै सकेको छ । यतिखेर मन्दिर संग दुई सय पचास बिगाहा मात्र जमिन रहेको छ ।

20160613_074208
घोराहीबाट करिव १२ किलोमिटर उत्तर–पूर्वमा सवारीकोट रहेको छ । सवारीकोट गर्मीको समयमा राजा रत्ननाथले आफ्नो राजकाज चलाउने स्थल हो । ऐतिहासिक, पर्यटकीय, धार्मिक, सांस्कृतिक र भौगोलिक बनावटका कारण सवारीकोट अहिले पनि महत्वपूर्ण स्थल मानिन्छ । सवारीकोटको खुला चौरबाट दाङ उपत्यका र मनमोहक पहाडी बस्ती हेर्न सकिन्छ । विशेषगरी सवारीकोटमा मगर समुदायको सांस्कृतिक विशेषता, स्थानीय गोरखनाथ मनकामना मन्दिर र भर्खरै सम्भाव्यता अध्ययन सफल भएको प्याराग्लाईडिङका कारण सवारीकोट पर्यटकीय क्षेत्रका रुपमा विकास हँुदै गएको छ । सवारीकोटमा केहि वर्ष पहिलेदेखि सुरु भएको नमूूना मगर ग्रामका कारण पछिल्लो समय सवारीकोटमा पर्यटकहरुको आवागमन बढेको छ । मनोरम दृश्य, उचित हावापानी, भौगोलिक दृश्यावलोकनका लागि सवारीकोट पर्यटकहरु पुग्ने गर्दछन । सवारीकोटमा रातमा बास बस्ने, खाने, मगर समुदायको भाषासंस्कृति हेर्ने व्यवस्थासहितको होमस्टे सञ्चालन गरिएको छ ।

चौघेरा रत्ननाथ मन्दिरमा सात्वीक विशुद्ध तान्त्रीक पूजा पद्धतीद्वारा अनुष्ठान हुदै अएको पूजा पद्धती अन्य मठ–मन्दिरमा विरलै देख्न पाईन्छ । यसरी सिद्ध भएका पात्रदेवतालाई प्रत्येक वर्ष होलीपर्वको पन्ध्र दिनपछि भारतको गोण्डा जिल्लाको तुलसीपुरमा रहेको पाटेश्वरी मन्दिरमा साधुहरुले सवारी चलाउने प्रचलन छ । पाचदिन सम्म पाटेश्वरी मा पुजा अर्चना भएपछि पुन दाङ चौघेरामा फिर्ता सवारी गराउने कार्यले निरन्तरता पाउदै आएको छ । मानव वस्तीको विकास सगै दाङको सम्वन्ध भारतको तुलसीपुर, वलरामपुर संग भयो । सिद्धरत्ननाथको पाटनदेवीको मेलामा रथयात्रा गर्ने प्रचलन पनि सुरुदेखिनै रहेको हो । त्यस समयका दाङ घोराही चौघेरा देखि सिद्धरत्ननाथको रथ लिएर साधुहरु पैदल यात्रामा जादा बाटोमा पर्ने चुरे श्रृखंलाको चौपट्टामा साधुहरु विश्राम लिने,आफ्नो अराध्यदेव गोरखनाथ एवं रत्ननाथको आरधना र स्मरण गर्ने परम्परा रहेको थियो ।20160613_080625

सिद्धरत्ननाथको रथ यात्रामा जादा विश्राम लिने स्थल चुरे श्रृखंला चौपट्टाको मन्दिर विष्णु नाथ योगीले निर्माण गरेका हुन । उनलाई कानपुरे पनि भन्ने गरिन्थो । हाभ्रो परम्परा अनुसार यात्राको क्रममा पहाड, द्यौराली, नदी जस्ता सम्पदालाई शक्तिको रुपमा फुलपाती चढाउने स्थानमा चौपट्टा पनि पर्दथियो । पैदल यात्रीको बाटो पर्नेहुदा त्यहि फुलपाती चढाउने स्थललाई मन्दिर निमार्ण भएको हो । यो मन्दिरलाई महा मृत्युन्जय गुरु गोरखनाथ मन्दिर भनिन्छ । सिद्धरत्ननाथको रथयात्राको समयमा वाजागाजाका साथ चौपट्टामा साधुहरु पुग्दा त्यसवेला वनमा भएका वन्यजन्तु र चराचुरुङगी समेत रमाउने र सवारीकोट देखि रथयात्रामा पुतलीहरु पनि समूह–समूहको भिडमा उडेर चौपट्टासम्म पुग्ने गर्दथिए । देउखुरी उपत्यकाबाट खोलानाला, चुरे पहाडको तरेलीडाडा पार गरेर चौपट्टा आई पुग्दा दाङ उपत्यकाले स्वागत गरेको अनुभूती हुने, कुनै वेला चौपट्टाले सवैको सेवा,सत्कार पु¥याउने गर्दथियो । सडक यातायातको राभ्रो प्रवन्ध नहुदा सम्म चौपट्टामा स्यानो वजार थियो । भारत लगायत कोइलावास र देउखुरी आउने जाने पैदल यात्रीहरुले चौपट्टा भरिएको हुन्थो । अहिले ती सवैकुरा एकादेशको.कथा भएको छ ।

चौपट्टाको महा मृत्युन्जय गोरखनाथ मन्दिर निर्माता विष्णु नाथ योगीले मन्दिर वरपरका जंगलमा फलफुलको वगैचा पनि वनाउनु भएको थियो । त्यस वगैचामा रोपिएका आप,लिचि र अन्य फलफुलका विरुवा भारतको वलरामपुरका राजाहरुको20160613_080603 वगैचाबाट ल्याइएका थिए । करिव १० विघा जमिनको क्षेत्रफलमा लगाइएको मन्दिरको वगैचा अहिले संरक्षणको अभावमा वेवारिसे जस्तो भएको छ । ऐतिहासिक मठ मन्दिर जुनसुकै समयमा निर्माण भएका किन नहोस त्यसको संरक्षण दिने काम राज्यको हो । तर हामीकहां राज्यले संरक्षण दिनुको सट्टा मठ मन्दिर र गुठीका जमिन भोट वैकको रुपमा प्रयोग भएको छ । चुरे र महाभारत पहाडको बिचमा रहेको दाङ उपत्यकाको महत्व चुरे र त्यस क्षेत्रमा भएका प्राकृतीक अथवा मानव निर्मित सम्पदाको संरक्षण हुन सकेको छैन । पर्यटन बिकासको लागी ऐतिहासिक मन्दिरको संरक्षण हुन जरुरी छ ।

चौघेरा मन्दिरको बिकासको लागी योगी नरहरिनाथकोनाम पनि जोडिएको छ । योगी नरहरिनाथको जन्म यतिखेर प्रदेश नम्वर ६ मा रहेको जुम्लामा विक्रम सम्वत १९७१ फागुन १७ गते भएको थियो । पछि जिल्ला बिभाजन हुनेक्रममा अहिले उहाँको जन्मस्थल कालीकोट जिल्लामा पर्दछ । योगी नरहरी नाथको बाल्यकालको नाम बलवीर कृष्ण थापा थियो । धर्मबाट नै विश्वशान्ति र कल्याण हुन्छ भन्ने उद्देश्य लिएका योगीले नेपालको धेरै स्थानमा कोटीहोम लगाउनु भयो । संस्कृतका ज्ञाता योगीले जस्ले वेदको अध्ययन गर्दछ त्यो नै ब्रहामण हो भनेर गैर ब्राहमणहरुलाई वेदका ऋचा पढाउदै जनै समेत राखि दिनु भयो । योगीले सञ्चालन गर्नु भएको १२९ स्थानको कोटीहोमको प्रभावबाट सडक, पाटी पौवा, विद्यालय जस्ता मानवता संग जोडिएका धेरै स्थल निर्माण भयो ।

संस्कृत भाषलाई देश व्यापी गराउनु पर्दछ संस्कृत शिक्षाले नै मानवलाई धर्म र कर्मवीर बनाउछ, संस्कृत शिक्षाले नै हिन्दुहरुको दर्शन वेद र उपनिवेशको अध्ययन गराउदछ भन्ने उद्देश्य लिएर दाङ्गमा संस्कृत विश्व विद्यालयको स्थापना गराउन पनि योगी नरहरीको ठूलो भूमिका रहेको थियो । योगीले कोटीहोम मात्र होइन उनले १६ स्थानमा मन्दिर निर्माण गरेका छन् । दाङ जिल्लामा मात्र चौघेरा, घोराही एवं तुलसीपुर उपमहानगरपलिका र रिहारमा समेत गरी तिन स्थानमा कोटीहोम लगाएका थिए । उनले कोटीहोम लगाउदा निर्माण भएका भौतिक संरचना भत्किने अवस्थामा पुगेका छन । योगी आजीवन ब्रहमचारी विद्यार्थी र पदयात्रीको रुपले पहिचान भएका योगीको ८३ वर्षको उमेरमा वि.स.२०५९ फागुन १३ मा देहान्त भएको थियो ।20160613_074429

पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । पर्यटनको क्षेत्रमा धेरै अवसरहरु छन् । तर यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । पर्यटनको लागी नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । पर्यटन उद्योगको विकास र विस्तारले मुलुकको आर्थिक विकास हुन जान्छ । हाम्रो पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ ।
प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने अब काठमाडौं, लुम्बिनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरुलाई दाङ जिल्लामा भएका पर्यटकिय स्थलहरुमा भ्रमण गराउन सकिन्छ । जसबाट उनीहरुको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । पर्यटकहरु जिल्लामा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गती लिन्छ । त्यसैले सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुनसुकै कामले भ्रमण गरेपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै आर्थिक उन्नतीमा समेत सहयोग पुग्ने हुन्छ ।

प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सख्या बढाउने’ को अवधारणालाई अभियानकै रुपमा लैजान जरुरी छ ।

मिति –२०७४ मार्ग १६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *