ल्होसार पर्व पर्यटनका लागि मनोरञ्जन

19198402_2033021870260759_1647743086_n

 

के.वि.मसाल

राणा कालिन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए । बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा पर्यटक भित्रिन शुरु भयो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । उनि पहिलो अन्नपूर्ण हिमाल आरोहणी थिए । त्यसपछि नेपालमा पर्यटकहरु आउने र हिमाल आरोहण गर्नेहरुको सख्या प्रत्येक बर्ष बृद्धि हुदै गएको छ ।

नेपाल आउने धेरै पर्यटकको रोजाईमा अन्नपुर्ण पदमार्गमा यात्रा गर्नेमा पर्दछ । यो क्षेत्रमा पर्यटकहरुलाई हिमाल हेर्ने मात्र नभएर सांस्कृतिक, जैविक खानेकुरा र प्राकृतिक विविधता हेर्ने र जान्ने अवसर पनि हुन्छ । राउण्ड अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी हुन्छन .अन्नपूर्ण संरक्षण क्षेत्र म्याग्aswerwerrदी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लामा पर्दछ । दर्जनाँै हिमशृखला, हिमाली क्षेत्रका ग्रामीण बस्ती, तिब्बती कला संस्कृति, बिशेष गरी गुरुङ जातीको सस्कृति र चाडपर्वको अध्ययन गर्न पर्यटकहरु रुचाउछन ।

पदमार्गमा माछापुच्छ्रे र अन्नपूर्ण, धौलागिरी हिमाल आँखाले नजिकैबाट देखिने सेता हिमाल, हिउँ पग्लिएपछिको पहाड, विभिन्न स्थानमा निर्माण गरिएका पुरातात्विक अभिलेख, गुम्बा अनि स्तुपाहरुले पर्यटकहरुको मनलाई लोभ्याउछ । अन्नपूर्ण पदयात्रा मार्गमा प्रदेश नम्वर ४ मा पर्ने लमजुङ र कास्की जिल्लाका दर्जनौ गाउँहरुमा होमस्टे सन्चालनमा आएका छन । लमजुङ जिल्लामा घलेगाउँ, झुजुङ, भुलभुले, काउलेपानी, खासुरबेसी, सिउरुङ, राईनासकोट लगायतका गुरुङगाउँहरुमा होमस्टे सन्चालनमा आएका छन । यतिखेर अर्थात १५ पुषको समय गुरुङ जातिको नयाँ वर्ष ल्होसार पर्दछ । गुरुङ सस्कृतिको ल्होसार पर्वमा रमाउन धेरै पर्यटकहरु लमजुङ र कास्की जिल्लामा सन्चालनमा आएका होमस्टेमा बसेका छन ।

गुरुङ सस्कृतिको बारेमा अध्यन नगरेका नेपालीहरुलाई त गुरुङ सस्कृति बुझन गारो छ । त्यसमा बिदेशि पर्यटकहरुलाई ! तर पनि विदेशि पर्यटक जिज्ञासु हुन्छन । उनिहरु आफ्ना गाइड अर्थात दोभाषे मार्फत गुरुङ सस्कृतिको ल्होसार पर्वको बारेमा जान्न खोज्दछन । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ एकसय पच्चीस जातिहरु मध्ये एकसय तेइस जातिहरुले आफ्नो भाषा बोल्ने गर्दछन् । तमु अर्थात गुरुङ जातीको आफ्नै भाषा छ । यो बर्ष तमु ल्होसार कुकुर वर्ग (खि(ल्हो) मा पर्दछ । तमु ल्होसार गुरुङ जातिको महान पर्व हो । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको पात्रोमा नयाँ सम्वत शुरु भएको सकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ । तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाहा पाउन सकिन्छ । शास्त्र अनुसार मुसा वर्ग (च्यु(ल्हो), गाई वर्ग (ल्वोँ(ल्हो), बाघ वर्ग (तो(ल्हो), बिरालो वर्ग (हि(ल्हो), गिद्द वर्ग (मुप्री(ल्हो), सर्प वर्ग (सप्री(ल्हो), घोडा वर्ग (त(ल्हो),भेंडा वर्ग (ल्हु(ल्हो), बादर वर्ग (प्र(ल्हो), चरा वर्ग (च्हया(ल्हो), कुकुर वर्ग (खि(ल्हो) र मृग वर्ग (फो(ल्हो) पर्दछ ।

नेपालमा गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरु नेपालको पूर्वी पहाडका धेरै जिल्लामा समेत बसोवास गर्दछन । नेपालमा मात्र होइन गुरुङ जाती थोरै सख्यामा सिक्किम र भुटानमा समेत बसोवास गरेको पाइन्छ । केही इतिहासविदहरुका अनुसार, गुरुङहरु हान जातिबाट उत्पत्ति भएको 220px-Tamu_Lhosarर मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरु मङगोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरु मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि बिकास भएको मानिन्छ । लमजुङ जिल्लामा एउटा गाउपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथार को शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । त्यहि कारणले पनि गुरुङ सस्कृतिको बारेमा अध्यन गर्न पर्यटकहरु यहि क्षेत्रमा पुग्दछन ।

गुरुङ जातिको उद्गमस्थल मानिएको जिल्लाहरुमा ल्होसारको रमझम रमाइलो हुन्छ । त्यसैले लमजुङ जिल्लामा धेरै पर्यटकहरु पुग्ने गर्दछन । पुस १५ को दिन गुरुङ समुदायले ल्होसार मनाउने भएपनि गाउँगाउँमा पहिले नै ल्होसारको रमझम सुरु भएको हुन्छ । गुरुङ समुदायको १२ वटा वर्गचक्रमध्ये यो वर्ष चरा वर्ग (च्हया(ल्हो) लाई बिदा गरेर कुकुर वर्ग अर्थात (खि(ल्हो)को स्वागत गरेका छन । यही वर्गचक्र फेरिएको अवसरमा गुरुङ समुदायले ल्होसार मनाउने गर्दछन । ल्होसार पर्व तीन प्रकारका छन । तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्हाोसार ।212541_orig तोला ल्होसार मुलत गुरुङ जातिले मनाउने गर्छन । ल्होसार पर्व अघिल्लो साँझदेखि नै मनाउन सुरु गरिन्छ । गुरुङ जातीको प्रचलन अनुसार साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । यो रमाइलो क्षणमा केटाकेटी युवाँ र वयस्कहरु सबै सहभागिता रहेका हुन्छन । ल्होसारको दिन बिहानदेखिनै ढोग,भेट, आशीर्वाद आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । यो बेला पर्यटकहरु रमाउने मात्र होइन उनिहरको क्यामेराले फोटो खिच्न समेत भ्याइ नभ्याइ हुन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । तमुहरुको यो सस्कृतिले पर्यटकहरु अनौठो मान्दै रमाउछन । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएउने गुरुङ सस्कृतिको प्रचलन हुन्छ । ल्होसारको दिन गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी,मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरुषहरुले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । ल्होसार पर्वमा सोरठी स्थानीय भाषामा चुडका भनेर प्रचलित कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरु संग रमाइलो गर्छन् । कतिपय पर्यटक गुरुङ जातीकै भेष भुषामा सजियर नाचगानमा समेत सरिक हुन्छन ।

ल्होसार पर्वको समय2083358867Gurung.jpgमा आर्थिक, भौतिक र पर्यटकीय विकासका लागि आयस्रोत जुटाउने उद्देश्यले महोत्सवको समेत आयोजना गर्ने गाउँहरु पनि हुन्छन । पर्यटक पाहुना हुन उनिहरुलाई सेवा सत्कार गर्नु पर्दछ भन्ने मान्यता सबैले लिएका हुन्छन । ल्होसार पर्वको लागी विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झण्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्डयाइने प्रचलन हुन्छ । तमु भाषामा लेखियको यो भाषाले छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु । जाँसाजे । हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन ! आज तमु ल्होसार हो भन्ने अर्थ दिन्छ । पे म्ह्स्या, छ्या म्हमु, छया म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमु यसको अर्थ शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने मान्यता गुरुङ सस्कृतिले लिएको पाइन्छ ।

नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जगंल अथवा सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ’ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जगंलको रुखमा बाँध्ने चलन छ । ल्होसार पर्वको पहिलो दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ । भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा गर्ने चलन छ ।31122015085003TAMU_LHOSAR_RALLY_38-copy-1000x0

ल्होसारको बेला गुरुङ बस्तीहरुमा पुग्ने कतिपय पर्यटक तमु अर्थात गुरुङ जातीहरुको सस्कृति अध्यन गर्न समेत पुग्ने गरेका छन । गुरुङ जातीहरुले मनाउने ल्होसार बाहेक अन्य पर्वहरु पनि हुन्छन । तमु गुरुङ जातिको मुख्य छ वटा पर्वहरु मध्ये ल्होसार अर्थात नयाँ वर्ष प्रमुख पर्व हो । यो बाहेक गुरुङ जातिहरुले मा ङी दिना सात कन्याहरुको उत्पत्ति एवं पारिवारिक सम्बन्ध कायम रहेको दिन । मे त्हले ल्हिपा, धन बिद्या पर्व । फु ता सो दिना, विधान सभा अर्थात गुरुङगहरुको विधान दिवस पर्व । खे कु त्हे, नौ महागुरुहरुको उत्पत्ति दिवस अर्थात गुरु पूजा दिन । कहोला सोथर च्यूपा, नयाँ राज्य स्थापना दिवस जस्ता पर्वहरु पर्दछन् । यी पर्वहरु मध्ये कतिपय प्रायः लोप हुन लागेको अवस्थामा पुगिसकेका छन् भने कतिपय पर्वहरुलाई महत्व मान्न छाडेका छन ।

ल्होसार पर्व जनजातीहरुको सास्कृतिक पर्व हो । अर्थात आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको चाड नै ल्होसार हो । नयाँ वर्षका रुपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । गुरुङले पुस १५ गते तोला ल्होसारका रुपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने प्रचलन हुन्छ ।download

हिमालको काखमा रहेका अधिकाशं तमु अर्थात गुरुङ जातीको बस्ती प्रकृतिको सौन्दार्यले सिंगारिएको अति रमणीय स्थानमा रहेको छ । गुरुङहरुको घना बस्ती भएको लमजुङको पर्यटकिय गाउँ घलेगाउँमा तमु गुरुङ संग्रहालय पनि संचालनमा छ । ल्होसारको समयमा घलेगाउँ पुग्ने पर्यटकहरुलाई सग्रहालयले थप अध्यन गराउछ । संग्रहालयमा गुरुङहरुको लोपान्मुख आवस्था तथा हालमा पनि चलनमा भएको साथै परम्परागत वास्तुकला तथा कलात्मक साधनहरु काठ, चोया, ढुङ्गा, माटो तथा धातुको भाँडाकुँडाहरु, हातहातियार, गहनाहरु तथा पोशाकहरु, घरेलु उद्योगहरुमा प्रयोग हुने साधनहरु, ऊन, पुवा अर्थात अल्लोको धागोबाट बनेका सामानहरु अवलोकन गर्न सकिन्छ ।

ल्होसार पर्व जति नजिक आउदैछ । गुरुङ गाउँहरुमा सरसफाई, सडकको मर्मत संभार,पदयात्राीको लागी बनेका बाटोको सुधार हुन थालेको छ । पर्यटकहरुलाई इच्छा अनुसार नाचगान देखाइन्छ । होमस्टे सन्चालन भएका गाउँहरुमा घाँटु, सोराठी जस्ता गुरुङ सस्कृति पनि पर्यटकहरुले हेर्न पाउछन । पर्यटकहरुलाई स्थानिय चामलको भात, ढिडो तरकारी, कुखुराको सुप, इच्छा अनुसार अन्य आर्गनिक खानाहरु खुवाइन्छ । प्राय गरी चिटिक्क परेको ढुंगा र टिनले छाएको गुरुङ जातीको घर भित्र भेडाको कम्बलमा अगेनोको छेउमा बसेर गुरुङ संस्कृतिमा आधारित चरेसको थालमा खाना नारेपा (कोदोको रक्सी) इच्छा अनुसार खान पाउदा पर्यटकहरु अचम्म मान्दछन ।ghandruk1

यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको संस्कृतविद प्रा.डा. जगमान गुरुङ बताउनुहुन्छ । राम्रो लगाउने र मीठो खाने यो वौद्ध धर्मको सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङगापुर, मङगोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा पनि मनाइन्छ । यो पर्वमा नौ किसिमका विभिन्न चीज गेडागुडीहरु हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खाने प्रचलन छ । ल्होसारमा विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल र मासुको परिकार बनेको हुन्छ । छ्याङ, तोङबा अनि कोदोको रक्सी पनि ल्होसार पर्वमा खाने गर्दछन ।

मितिः– २०७४ पौष १० गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *