दाङ पर्यटनका लागि उत्कृष्ट गन्तब्य

के.बि.मसाल
पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । पर्यटनमा धेरै अवस19198402_2033021870260759_1647743086_nरहरु हुन्छन् । यसको अर्थ पर्यटन क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । समग्रमा भन्नु पर्दा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । दाङमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । तिर्थाटन पर्यटन, ग्रामीण पर्यटन, ऐतिहासिक पर्यटन र प्राकृतिक सम्पदाका कैयौँ अवलोकन गर्नेस्थलहरु छन । तर हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । पर्यटनको लागी नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।

नेपालको प्रदेश नम्वर ५ प्रकृतिको धनी छ । तराई, पहाड र हिमाली 16602968_1825365164403988_6285277800258271796_nभूबनोटकै कारण पनि यो प्रदेश चर्चित भएको छ । त्यसमाथि सुन्दर भूबनोटका कारण दाङलाई सुन्दर भूमिको राजधानी पनि भन्न सकिन्छ । त्यसै कारण यतिखेर दाङ पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट विकास हुन्छ भन्ने कुरामा आशावादी छौं । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः जिल्ला प्रदेश र मुलुकको आर्थिक विकास हुन जान्छ । हाम्रो पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । अब पर्यटन उद्योगमा केन्द्रिय, प्रदेश र स्थानीय निकायले लगानी गर्ने योजना बन्नु पर्दछ ।

प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने अब दाङमा काठमाडौं, लुम्बिनी वा पोखरा आएका पर्यटकहरुलाई दाङमा ल्याउन सकिन्छ । जिल्लामा भित्रियका पर्यटकहरु को बसाइ लम्वाउन सकिन्छ । ठूलो संख्यामा पर्यटकहरु जिल्लामा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ । परिणाम स्वरुप पर्यटन क्षेत्रले दाङलाई रोजगारको साथसाथै आय आर्जनमा समेत राम्रो प्रतिफल दिने देखिन्छ । पर्यटनबाट मानिसहरुलाई रोजगारी पनि प्राप्त हुन्छ । जुन कारणले जनताको जीवन स्तरमा पनि सुधार आउछ ।

जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतीलो मार्ग प्राप्त गर्छ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवासुविधाहरुमा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै आर्थिक उन्नतीमा समेत सहयोग पुग्दछ । त्यसैले अर्थतन्त्रलाई पनि सुधार ल्याउनको लागि सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।20160613_080625

समग्र रुपमा पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा दाङमा आउने पर्यटकको सख्यामा कमि देखिएको छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा अब केन्द्रिय सरकार र स्थानीय तहले लगानी बढाउन पर्दछ । पर्यटकको क्षेत्रमा सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ । अहिले सम्म पर्यटन क्षेत्रको विकासमा लगानी नै भएको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा दाङमा आउने पर्यटकको सख्यालाई नियाल्ने हो भने खासै प्रगती हुन सकेको छैन ।

प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सख्या बढाउने’ को अवधारणालाई अब दाङ जिल्लाका सबै स्थानीय तहले रणनीतिक अभियानकै रुपमा लैजान पर्दछ । बन्द रहेको हवाई सेवाको सन्चालनमा ल्याउन पर्दछ । हामीले पर्यटनको विकास भन्दा अहिले सम्म धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरु र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरुलाई नै महत्व दिने गरिएको छ । तर पर्यटन क्षेत्रको विकासमा एउटा अर्को पक्ष पनि छ, त्यो हो ग्रामीण पर्यटन । यो पक्षलाई विकास गर्न प्रयत्न गरियो भने त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने छ । अर्को शब्दमा त्यसले पर्यटनको विकासमा गुणात्मक फडको नै ल्याउने छ ।
पर्यटक भन्नाले देशभित्र वा बाहिरबाट आउने मानिसहरूलाई नै बुझ्नु पर्दछ । तर त्यससित जोडिएको अर्को आन्तरिक पक्ष पनि छ । त्यो हो –ग्रामीण विकास । ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ । एकातिर, ग्रामीण विकास नभइकन ग्रामीण पर्यटनको विकास हुन सक्दैन । अर्कोतिर, पर्यटनले ग्रामीण विकासमा मद्दत पु¥याउँछ । त्यसरी पर्यटनसित Chamere-Gufaजोडिएपछि गाउँहरुको विकासको सम्भावना बढेर जान्छ । त्यसको अर्थ यो पनि हुन्छ, नेपालमा ग्रामीण पर्यटनको विकास हुनु भनेको गाउँहरुको पनि विकास हुँनु हो । त्यो अवस्थामा शहरहरुमा केन्द्रित रहेको विकास गाउँहरुमा विस्तार हुनेछ ।

होमस्टेको अवधारणले ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरुलाई बसोबासलगायत स्थानीय कलासंस्कृति, रीतिरिवाज तथा परम्परा र रहन सहनको उत्कृष्ठ अनुभव हासिल गर्न समेत सहज हुन्छ । त्यस्तै पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण क्षेत्रमा पु¥याउन, ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागी गराउन, स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न होमस्टेले धेरै सहयोग पुग्दछ । तर यसको लागी गाउँमा पर्यटन पु¥याउन पहिला पर्यटन विकासको पुर्वाधार भने हुनु पर्दछ । गाउँमा होमस्टे सन्चालनमा ल्याएर मात्र हुदैन । गाउँको सरसफाई, गाउँसम्म पुग्ने सडक, स्वास्थ्य केन्द्र, सञ्चारको सुबिधा र पर्यटकहरुलाई सुरक्षाको अनुभुती दिलाउन सक्नु पर्दछ ।

नेपालको पहिलो पर्यटन गाउँ हो सिरुबारी । स्याङजा जिल्ला पञ्चमुलको गुरुङ बस्तीलाई सिरुबारी भनिन्छ । सिरुवारीमा पर्यटकहरुको लागी होमस्टे सुविधा छ । नेपालमा होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाटनै भएको हो । सिरुवारीमा ०४८ सालदेखि पूर्वाधार विकासको सुरुवात भएर ०५४ असोजमा सिरुबारीलाई पर्यटन गाउँ घोषणा गरिएको हो । यतिखेर सिरुवारीमा दैनिक सयौको सख्यामा पर्यटकहरु पुग्ने गर्दछन । गुरुङ जीवनशैली र संस्कृति एवं हिमाली सौन्दर्यमा सिरुबारीका पर्यटकहरु रमाउछन । अहिले सिरुवारीको सिको धेरै जिल्लामा पुगेको छ । पर्यटनको विकासमा हामस्टे सफल भएको छ ।21730908_352585518495773_419352839671724120_n

दाङमा पर्यटनको विकास गर्न होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र साधनमा प्राथमिकता दिनुपर्दछ । होमस्टे सन्चालनमा आएका गाउँलाई पुन सन्चालनमा ल्याउनु पर्दछ । दाङ सुरक्षित, शान्त र सुन्दर जिल्ला हो भन्ने सन्देश दिन पर्दछ । दाङ जिल्लामा रहेका पर्यटकीय गन्तव्यस्थलमा भौतिक पूर्वाधार निर्माण हुन पर्दछ । निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि सन्चालनमा ल्याउन जरुरी छ । धारपानी पाण्डवेश्वरको मन्दिर अहिले यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । विश्वको सबैभन्दा अग्लो त्रिशुल स्थापना गरेर हिन्दू तिर्थाटन पर्यटकहरुलाई धारापानी आकर्षित गर्ने स्थल भएको छ ।

जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर पुर्वाधार बनाउन सके दाङलाई पर्यटन हवको रुपमा विकास गर्ने सम्भावनाहरु धेरै छन । प्रत्येक बर्ष देउखुरीको सतवरियास्थित रिहारमा लाखौ छिमेकी मुलुक भारतबाट तिर्थाटन पर्यटकहरु आउने गरेका छन् । दाङको बाटो भएर भारतीय पर्यटकहरु छिमेकी जिल्ला प्य्ुठानमा रहेको स्वर्गद्वारी आश्रममा जाने गरेका छन् । रिहार आउने र दाङ भएर स्वर्गद्वारी जाने पर्यटकहरुलाई हामीले तिर्थाटनका पर्यटकहरुको भ्रमणलाई कम्तिमा एक दिन लम्बाएर दाङमै बसाल्ने वातावरण तयार गर्न सके मात्र होटल व्यवसायमा उल्लेख्य सुधार आउने छ । दाङमा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउने प्रशस्त संभावनाहरु छन् । विशेषत यहा आउने पर्यटकहरु धार्मिक आस्थाका कारण आउने गरेका पाइन्छ । हामीले उनीहरुलाई थप मनोरञ्जनका लागि लगानी गर्न सके पर्यटकको संख्या बढाउन सकिन्छ ।Dang Valley

दाङको पर्यटन प्रवद्र्धनका लागि हामीले यहाका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार तथा प्रवद्र्धन गरेर मात्र पुग्दैन । कम्तिमा लुम्बिनी आउने पर्यटकलाई दाङको बाटो हुदै स्वर्गद्वारीसम्म पु¥याउन सक्ने हो भने यसको प्रत्यक्ष लाभ दाङले लिनसक्छ । लुम्बिनी–धारपानी–स्वर्गद्वारी हुदै पुन दाङ फर्किन सक्ने वातावरण तयार गर्नुपर्छ । साथै जिल्लामा रहेका बाह्रकुने ताल, गणेशपुर पार्क, मुलकोटको चमेरे गुफा, ऐतिहासिक छिल्लीकोट, थर्कोट, सवारीकोट, बगलाचुली जस्ता सम्पदाको उचित प्रवद्र्धन गर्न सकेमा आन्तरिक पर्यटकहरुको संख्या बढन सक्नेछ । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार आवश्यक भए पनि पर्यटकहरु गन्तव्यस्थलमा जाने भौतिक पूर्वाधार र त्यहाँ अवलोकन गर्ने वस्तु नहुदासम्म त्यसको सार्थकता रहदैन ।

दाङमा पर्यटकीय क्षेत्रको विकास गर्न पर्यटन गुरुयोजना बनाउनुपर्छ । गुरुयोजनाको आधारमा प्राथमिकता अनुसार जिल्ला भित्र रहेका मठ मन्दिर, ताल तलैया र प्राकृति सम्पदाको संरक्षण गर्नु पर्दछ । घोराहीमा रहेको गोरक्षसिद्धरत्ननाथको मन्दिर, अम्विकेश्वरी मन्दिर, हापुरक नारेवाङको गढीटाकुरा भगवतीको मन्दिर, बाह्रकुेने दह, ज्यामिरे दह, लरैना ताल, रामपुरको चरिङे दह, नम छुः बौद्धगुम्वा पाण्डवेश्वर महादेव धाम धारापानी, स्युजाको बागेश्वरी मन्दिर, गढीलेकलाई पर्यटकहरु रम्न सक्ने वातावरण निर्माण गर्नु पर्दछ । तुलसीपुर क्षेत्रमा रहेका चमेरे गुफा, छिल्लीकोट, थर्कोट, राजाकोट, गौरीताल, राप्ती शान्ती उद्यान, त्रिसिद्धेश्वरी मन्दिर, सुकौराको ऐतिहासिक स्थल, पुरन्धाराको झरना, देउखुरी उपत्यकामा रहेका बाघनाथ बाबा जंगलकुटी, देवीकोटको भद्राक्षीदेवी मन्दिर, लमहीको जखेरा ताल जस्ता पर्यटकिय क्षेत्रमा लगानी गर्दै जान सके दाङ पर्यटन प्रवद्र्धनका लागी उत्कृष्ट गन्तब्य बन्दछ । देउखुरीको चुरे श्रृखलामा लमही देखि सोरठी, रातामाटा, सितलपुर, बौराह, थरिकोट, देवीकोट, रुपाकोट जस्ता पुराना बस्तीहरु रहेका छन । ती गाउँहरु पर्यटकहरुको लागी अध्यन अनुसंन्धान गर्नलाई महत्वपुर्ण स्थल मानिन्छ । अर्को तर्फ दाङका आदीवासी थारुजातीको सस्कृति भित्र रहेको कठ्घोरी नाच, झुमरा नाच, फरसहिया नाच, बर्का नाच, सख्या पैयाँ नाचलाई समेत पर्यटनको विकासको लागी संरक्षण गर्न जरुरी छ ।park

पर्यटकहरुलाई आकर्षित गर्नका लागि हामीले आफ्नो आनीबानी र उनीहरुप्रतिको व्यवहार परिवर्तन गर्नुपर्छ । अहिले पनि छिमेकी मुलुक भारतबाट आउने पर्यटकहरुलाई हेयको व्यवहार गर्ने प्रचलन छन् । अहिले स्वर्गद्वारी र रिहार आउने भारतीय पर्यटकहरुले आफ्नो खानपिनको बन्दोबस्त उतैबाट गर्छन् । उनीहरुमध्ये धेरैजसो पैदल यात्रामार्फत स्वर्गद्वारी जाने गरेका छन् । पैदल यात्रामार्फत स्वर्गद्वारी जाने पर्यटकहरुलाई बीचमा विभिन्न स्थानमा धर्मशालाको निर्माण गर्न सकिन्छ । घोराहीमा पनि त्यस्ता खाले धर्मशालाहरु खोल्न सकेमा कम पैसा खर्च गर्न सक्ने पर्यटकहरुले केही न केही रकम खर्च गर्न सक्छन् । जिल्लामा रहेका थुप्रै पर्यटकीय गन्तव्यस्थलहरुमा पर्यटकहरुलाई पु¥याउन सकिन्छ । मानिसले परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँडने इच्छा हरपल बोकिरहेको हुन्छ मानिसले ।

जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । त्यसको लागी भ्रमण अत्यन्तै महत्वपूर्ण हुन्छ । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँडदा पनि छुट्टै आनन्द आउँदछ । भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरु तयार गर्नका लगि समय दिनु पर्दछ । यसरी तयार गरिएका टिपोटहरुबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ ।park2

दाङ अहिले प्रदेश नम्वर ५ मा पर्दछ । दाङ एशियाकै दोस्रो ठूलो उपत्यका पनि हो । नयाँ संरचना अनुसार दाङमा अहिले तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिका भएको छ । सात गाउँपालिकामा बंगलाचुली, दंगीशरण, गढवा, राजपुर, राप्ती, शान्तिनगर र बबई गाउँपालिका भएको छ । पर्यटनको बिकास गर्नको लागी स्थानिय बासिन्दाहरुमा कला सस्कृति र शिपको बिकास हुन जरुरी छ । जुन सिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरुले उत्पादन गरेका बस्तुहरु पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ दाङमा पर्यटनको बिकास ।

मिती ः–२०७४ पौष ६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *