छाब्दी बराह पुग्नै पर्ने ठाउँ

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
अहिले प्रत्येक जिल्लामा पर्यटनको विकासको बारेमा चर्चा परिचर्चा हुने गर्दछ । जिल्लाको विकास नै पर्यटनसंग जोडिएका योजना बनेका छन् । पर्यटन व्यबसायलाई जोडेर पर्यटन महोत्सब गराएका छन् । तर पनि धेरै जिल्लामा पर्यटन व्यबसायलाई चाहिने आवश्यक पूर्वाधार भने पुरा गरेको पाइन्न । 14322565_1811090395844705_8275210514465685130_nबाह्य अथवा आन्तरिक पर्यटकहरु पुग्नको लागि सडक यातायातदेखि खान बस्नको लागि होटलको समेत असुबिधा हुने गरेको छ । तर प्रदेश नम्वर ४ को तनहुँ जिल्लाको छाब्दी बराह आजभोलि तिर्थाटन पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।

वेदव्यासको जन्मभूमि छाब्दी बराह नजिकै दमौलीमा सेती र मादी नदी पारि मानुङ पहाडको फेदीमा परासर ऋषिको आश्रम र गुफा छ भने नदीकै किनारमा व्यास गुफा पनि रहेको छ । व्यास गुफाबाट व्यास ऋषिले १८ पुराण र उप–पुराणको ब्रह्र सुत्र लेख्नु भएको मानिन्छ । ब्यास ऋषिले नै वेदलाई लिपिवद्ध गरी चार भागमा बिभाजन गरेका थिए । छाब्दी बराहको इतिहास शिवजी र परासर ऋषिसंग जोडिएको छ । छाब्दी बराहको उत्पत्तिको किम्बदन्ती अनुसार परापूर्वकालमा एकजना माझीले मादी र सेतीनदीको संगमस्थल व्यासगुफा नजिकै माछा मार्न लागेका थिए । माच्छा मार्ने क्रममा गर्भधारण गरेको माछा जालमा पर्न गयो । माछाको पेट चिरेर हेर्दा अत्यन्त सुन्दर बालिका फेला परिन् । माच्छा मार्नेमाझी निसन्तान थियो । माच्छाको पेटबाट निस्किएकी बालिकालाई लालनपालन गर्दै आफ्नो काम समेत सिकाउँदै गयो । माझीसंग सधै डुङगामा हिडदा वालिकाले डुङगा चलाउन पनि जानी सकेकी थिइन । 22519352_1553106524753025_9060849338110350549_n

एकदिन बालिकाले डुङगा चलाउने बेला परासर ऋषि भेटिए । सुन्दरी बालिकाले डुङगा चलाएको देख्दा परासर ऋषिलाई यौन उन्माद चढयो । उनले यौन प्रस्ताव राखे । बालिकाले दिउँसो उज्यालो भएको बेला यस्तो काम गर्न हुदैन भन्दै आफू माछाबाट जन्मिएको र शरीरमा समेत माछाको गन्ध आउने सबै कुरा बताइन् । तर ऋषिले यौन तृष्णा मेटाउन उतिखेरै कुहिरो उत्पन्न गराए । माछाको गन्ध मेटाउन अत्तर समेत श्रृजना गरे । यसरी डुङगामा गर्भवती मत्स्यकन्याले व्यास ऋषिको जन्म दिइन् । जुन कारणले मत्स्यागन्धाको रुपमा छाब्दी बराहलाई मान्ने गरिएकोछ । छाब्दी अहिले तनहु जिल्लाको व्यास नगरपालिकामा १४ मा पर्दछ ।

आज भन्दा तीनसय बर्ष अगाडि सम्म छाब्दी बराहको पहिचान हुन सकेको थिएन । वि.स.ं१८०० जेष्ठ महिनाको ८ गते साँझ कन्याको भेषभुषामा छाब्दी गाउँको जहरसिंह आलेको घरमा गएर बास मागिन् । आलेले कन्यालाई भने –बास दिन सक्छु तर म गरिव छु घरमा खाने कुरा केहि छैन भने । कन्याले ती आलेको कुरा सुनेपछि आफ्नो परिचय दिदै भनिन् म देवीको अवतार हु । म छाब्दीको जलकुण्डमा बस्ने गर्दछु । अब देखि मेरो पूजाआजा आलेको सन्तानले चलाउनु भन्दै ती कन्या अलप भइन् । त्यपछि जहरसिंह आलेले छाब्दप्मा पूज ागर्न थाले । अहिलेसम्म पनि उनै आले मगरका सन्तानले पुजारीको काम गर्दै आएका छन् । तनहुँ जिल्ला मगर जातिको थलो पनि हो । मगर भाषामा पानीको माछालाई डिस्या भनिन्छ । पानीभित्रको माछालाई पूजा गरिने भएकोले तिर्थाटनको नाम पनि छाब्दी रहन गएको छ । वराह मगरजातीको मुख्य देवता हुन । तर छाब्दी वराह तिर्थाटनको लागी सबै जातीहरु पुग्ने गर्दछन ।22528078_1553106508086360_9164645426819649288_n

छाब्दी जान यतिखेर धेरै ठाउँबाट मोटर मार्ग जोडिएको छ । सदरमुकाम दमौलीको बुुल्दीखोलाको पुलबाट ७ कि.मि.को यात्रा गर्नु पर्दछ । पृर्थी राजमार्गको छिर्केनी बाट पनि छाब्दी जान सकिन्छ । छिर्केनी बाट छाब्दी जादा बाटोमा पर्ने वेलघारी, कर्लुङ गाउँ वरपरबाट तनहू जिल्लाको ऐतिहासिक तनहूसुर, मैवल, वरभन्ज्याङ गाउँहरु र धेरै हिमालको समेत अवलोकन गर्न सकिन्छ । छिर्केनीबाट छाब्दी करिव ८ कि.मीको दुरी पर्दछ । बन्दीपुर घुमेर छाब्दी आउने पर्यटकहरुले आजभोली बन्दीपुरबाट छोटो मार्गमा छाब्दी पुग्न सक्दछन । बन्दीपुरबाट बरटार, सेराटार, रामकोट, कुलुङ वरभन्जयाङ रराशिभन्ज्याङ भएर पनि छाब्दी पुग्न सक्दछन । यो बाटो बन्दीपुरबाट छाब्दी पुग्नको लागी १३ करिव १३ कि.मी पर्दछ ।

छाब्दी बराह आजभोलि तिर्थाटन स्थलको रुपले मात्र नभएर पर्यटकीय दृष्टिकोणले पनि विकास हुन थालेको छ । आफूले मागेको बर बराहले पु¥याइदिने विश्वासमा भाकल गरी बोका, कुखुरा, हाँस र परेवाको बलि दिने मानिसको भीड पनि दैनिक रुपमा बढदो छ । यातायातको सुविधाकै कारण केही वर्षयता छाब्दीमा पिकनिक जानेहरुको पनि उतिकै भीड हुने गर्दछ । मुिग्लन, आबु खैरेनी, डुभ्रे, दमौलीका मात्र होइन पिकनिकका लागि पोखरा स्याङजाबाट समेत संघ÷संस्थाका मानिसहरु र विद्यार्थी समेत छाब्दीमा पुग्ने गर्दछन् । छाब्दी खोलाको वातावरण स्वच्छ छ । हराभरा जंगल, चराचुरुङीको आवाज, छाब्दी खोलाको पहरामा टाँसिएको छाब्दी बराहको मन्दिर त्यहाँको शान्त वातावरणले जो कोहीलाई पनि छाब्दी बराह पुगेपछि आनन्दको महसुस हुन्छ ।20160405_110345

तनहुँमा पर्यटकीय सम्भावना बोकेका थुप्रै ठाउँ छन । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य ‘पहाडकी रानी’ नामले चिनिने बन्दीपुर हो । बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो । पश्चिम नेपालको अपी, शैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङलगायत सयौं चुचुराहरु बन्दीपुरबाट देख्न सकिन्छ । नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घरहरु बन्दीपुरको प्रमुख आकर्षण हो । अठारौं शताब्दीमा निर्मित खडकदेवी मन्दिर, विन्ध्यवासिनी, थानीदेवी, महालक्ष्मी,तीनधारा महादेव, रानीवन, प्याराग्लाइडिङ, केशवटार हुँदै दमौलीसम्म माउन्टेन बाइकका लागि पनि बन्दीपुर प्रसिद्ध छ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरको मुख्य आकर्षण हो । १ हजार ३० मिटर अग्लो डाँडामा रहेको बन्दीपुरको सुन्दरता हेर्न धेरै पर्यटक पुग्ने गर्दछन । पर्यटक बढन थालेपछि बन्दीपुरमा होटल तथा रेस्टुराँले आफ्नो क्षमता बढाएका छन् । बन्दीपुर पुग्ने पर्यटकलाई हावापानी, संस्कृति र रीतिरिवाजले फरक अनुभूती दिन्छ ।20160405_110816

तनहूको सदरमुकाम बन्दीपुरबाट २०२५ सालमा दमौलीमा सारिएको हो । अहिले दमौली क्षेत्रमा धेरै विभिन्न जातजातिको बसोबास गर्दछन । तर पनि दमौलीमा दरै र बोटे आदिवासीको रुपमा परिचित छन् । दरै जातिका हस्तकला छत्री, ढकिया, गुदको गुन्द्री एवं माछा मार्ने ढडिया पर्यटकहरुले चिनो स्वरुप लिने गरेका छन । छाब्दी पुग्ने पर्यटकले आफ्नो भ्रमण समय लम्याउन चाहे तनहुँसुर–भानु जन्मस्थल चुँदी पनि पुग्न सकिन्छ । तनहुँसुर बाइसे–चौबिसे राजाको पालामा अन्तिम सेन वंशी राज्यको रुपमा समेत परिचित छ । तनहुँसुरमा रहेका पुराना दरबार, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखानाका अवशेषहरु त्यहा पुग्ने पर्यटकको लागी मुख्य आकर्षणका केन्द्र हुन् । तनहुँसुर ऐतिहासिक, धार्मिक, पुरातात्विक, राजनीतिक, सांस्कृतिक तथा जैविक विविधताको केन्द्रविन्दु पनि हो । तनहँुसुरमा होमस्टेको समेत ब्यवस्था छ । चुँदी रम्घा आदीकवी भानुभक्तको जन्मस्थल हो । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रुपबाट प्रस्तुत गर्न सकेका थिएनन् । भानुभक्तले रामायणलाई नेपाली भाषा लेखिदिए । Chabdi_baraha_8

छाब्दी, बन्दीपुर र तनहूका ऐतिहासिक कोट मात्र होइन समय बचत भए साहसी पर्यटकहरुको लागी दमौली–चितवन जलविहार गर्न समेत सकिन्छ । दमौलीबाट कोइदिमघाट, खहरे, साराङघाट, प्युघर, गाईघाट हुँदै चितवनसम्मको दुई दिने सेतीमादी जलविहार कार्यक्रम पर्यटकको लागी प्याकेजको रुपमा रहेको छ । दमौलीबाट चितवनसम्मको ३२ किमी जलविहार गर्दा नदी किनारमा रहेका बिभिन्न गाउँ र बस्तीहरुको अध्ययन समेत गर्न सकिन्छ । अहिले दमौलबिाट सेती नदकिो तिरैतिर मुग्लीन–नारायणघाट सडक खण्डमा पर्ने घुमौनेघाट सम्म मोटर मार्ग बनेको छ । जलविहार गर्न नचाहने पर्यटकहरुको लागी दमौलीबाट गुदीफच्याङ, केशवटार, सुकौराफाट, धरमपानी, सारङघाट भएर पनि घुमौने निस्किएर नारायणघाट अथवा काठमाण्डौ तर्फ जान सकिन्छ । यो सडक ३७ किलो मिटको दुरी पर्दछ । यसलाई अहिले बैकल्पीक मार्गको रुपमा निर्माण गर्न घुमौनेमा पक्की पुलको योजना बनेको छ ।

जल सम्पदाको धनि तनहू जिल्लाको मध्य भागमा मादी र सेती नदी बगेको छ । भने लमजुङ जिल्ला संग सिमा वनेर वगेको किस्ती र पाउदी खोलाले तनहूलाई सिचाई गर्नमा सहयो पु¥याएको छ । नदी किनारका टार, बेसी, र पहाडी बस्तीमा सजिएका ग्रामीण बस्ती तनहू जिल्लामा रहेको छ । पृथ्र्वी राजमार्गको मुग्लीङ देखि चोरकाटे सम्मको करिव ७२ कि.मि.को सडक तनहू जिल्लाको मध्यभाग भएर निर्माण भएको छ । Chabdi_baraha_7त्यसै गरी डूभ्रे–वेसिशहरको सडकले पनि तनहू जिल्लालाई यातायातको सुविधा दिएको छ । यो वाहेक आजभोली तनहू जिल्लामा धेरै भूभागमा ग्रामीण सडक निर्माण भएका छन । सडक विकास सगै ग्रामीण क्षेत्रमा वजार विस्तार भएको छ । नदी र खोलाका किनारमा रहेका उर्वर खेतियोग्य फाँटहरुमा चुँदी, कलेस्ती, छाब्दी, बुल्दी, स्याम्घा, सुखौरा, ढार, साराङघाट आदि हुन् । तनहुँ जिल्लामा तरेली परेका हरियाली पहाड, सेती, मादी, काली, र मस्र्याङदी जस्ता हिमनदी ती नदीका सहायक नदी, खेतियोग्य जमिन, र विभिन्न जनजातिहरुको बस्ती तनहुँ पुग्ने पर्यटकहरुले अध्यन अवलोकन गर्न सक्दछन ।

तनहुँ जिल्ला तिर्थाटन स्थलको रुपमा धनी छ । ऐतिहासिक कोट र कालीनदी, सेतीनदी किनारमा रहेका देवघाट, केलादीघाट जस्ता धार्मिक स्थलले पनि पर्यटनको संख्यामा बढाएको छ । तनहुँ जिल्लामा पुग्ने धार्मिक एवं अन्य पर्यटकहरुलाई केही वर्ष अगाडिबाट पदयात्रा स्थलको पहिचान गरी पर्यटनहरुलाई सजिलो बनाएको छ । छाब्दी बराहको यात्रापछि दमौलीबाट घाँसीकुवाँ, तनहँुसुर, मिर्लुङकोट, कुन्छा हँुदै अन्नपूर्ण बेसक्याम्प जाने एउटा मार्ग तोकिएको छ । त्यसैगरी पृथ्वी राजमार्गमा पर्ने दुलेगौडाबाट ढोरफिर्दी, फिरफिरे हँुदै स्याङजा जिल्लाको प्रख्यात पर्यटकीय गाउँ सिरुवारीसम्म जाने रुटको तय पनि जिल्लाले बनाएको छ । दमौलीबाट सेती नदी तरेर मानुङकोट हँुदै काली गण्डकी पार गरी नवलपरासी जिल्लाको वुलिङटार, डेडगाउँ हँदै कावासोती निस्कने पनि पर्यटकहरुको लागि रुट बनेको छ । प्रकृति प्रेमीहरुको लागि बन्दीपुरबाट झारगाउँ, हिलेखर्क, छिम्केश्वरी लेक भएर आबुखैरेनी सम्मको यात्रा पनि गर्न सकिने छ ।Chabdi_baraha_5

तनहुँमा छाब्दी बराह बाहेक अर्को प्रख्यात बराह ढोर बराह हो । यो बराहको मन्दिरमा जान खैरेनीटार भएर जान पर्दछ । धार्मिक दृष्टिकोणले खेरेनीटार नजिकै ऐतिहासिक भिमाद बजार पर्दछ । पौराणिक कालमा भिमले सेतीनदीमा बाँध बाँधेको हुनाले त्यस स्थानको नाम पनि भिमाद राखिएको हो । भिमादबाट रिसिङ घिरिङ गजरकोट हँुदै पाल्पा जिल्लाको र पर्यटकहरु तानसेन पुग्न सक्दछन् । त्यसैगरी छाब्दी बराह पुगेर तनहुँ जिल्लाको उत्तरी भेगका रमणीय गाउँ, कोट र मठ मन्दिर अवलोकन गर्न पनि सकिन्छ । छाब्दीबाट क्यामिन, मिर्लुङकोट, पुलिमराङग, सोतिपसल, सिसाघाट, थप्रेक हँुदै खाल्टे खोलाबाट देउराली उकालीको पुरानो पैदल यात्राको बाटो पोखरा पनि जान सकिन्छ ।

तनहू जिल्लाका यात्रा गर्दा खानाबस्नको लागी कुनै समस्या हुदैन । सवारी साधन चल्ने गाउँठाउमा होटलहरु खुलेका छन । यातायात खर्च बाहेक दैनिक एक हजार रुपयाले भ्रमण गर्न सकिनछ ।

मिती ः– २०७३ कार्तिक १७ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *