कास्की जिल्ला भित्रका कुरा

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
प्रदेश नम्वर ४ मा पर्ने कास्की जिल्ला वि.स.२०१८ साल भन्दा पहिले ठूलो भूगोलमा थियो । राणाकालीन समयमा विभाजन गरिएको नेपालको ३५ जिल्लाको प्रशासनिक क्षेत्रमा कास्की पश्चिम ३ नम्वरमा पर्दथियो । त्यस बेला तनहू, लमजुङ र मनाङ जिल्ला समेत कास्की जिल्लामा रहेको थियो । ०१८ सालमा नेपालको प्रशासनिक क्षेत्र १४ अन्चल र ७५ जिल्लामा विभाजन हुदा यस क्षेत्रलाई गण्डकी अन्चल बनाएर पाच जिल्लामा विभाजन गरिएको थियो । प्रकृितको धनी कास्की जिल्ला हिमाल पहाड र तालले आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षण गराइ राखेको छ । मादी देखि मोदी सम्मका हिमाली र पहाडी श्रृखलामा गुरुङ जातीको वाहुल्यता रहेको कास्की रमणियस्थल मानिन्छ । अहिले प्रदेश नम्वर ४ को केन्द्र अर्थात राजधानी समेत रहेको कास्की जिल्लालाई धेरैले पोखरा मात्र भन्ने गर्दछन । कास्कीको पोखरा उपत्यका नेपालको काठमाण्डौ पछिको दोस्रो ठूलो उपत्यका हो । IMG_0251

कास्कीलाई हिमालपारीका मुस्ताङ, मनाङ मात्र नभएर लमजुङ, तनहू, स्याङजा र पर्वत जिल्लाले सिमा बनाएको छ । कास्कीमा अहिले पोखरा र लेखनाथ नगरपालिका समाहित भएर पोखरा लेखनाथ महानगरपालिका भएको छ भने अन्नपूर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिका समेत गरी ४ गाउँ पालिका रहेका छन । पोखरा कास्की जिल्लाको सदरमुकाम पनि हो । पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल कै एक सुन्दर र सफा नगरको रुपमा पहिचान राख्दछ । भिराला पाखाहरुको तल्लो भाग तथा नदी र खोलाहरुको किनारका समथर भाग यस क्षेत्रमा पर्दछन । खासगरी पोखरा उपत्यका बैदाम, बगर देखि कोत्रेखोलासम्म र अन्य मर्दी याम्दी, हर्पन विजयपुर, दोभान र स्याङखुदी खोलाहरुको तल्लो भाग मा फैलिएको छ । त्यस्तै, सुरौदी खोलाको बेसी, मादी नदीको बेसी र मोदी नदीको बेसी जिल्लाका अरु मैदानी भाग हुन । यी क्षेत्रमा प्राय नदीले थुपारेका बलौटो, पागो र तलैया माटो भएको कारण उत्पादनका लागि ज्यादै उर्वर छन । तर पनि कास्की जिल्लाको मैदनी क्षेत्र नदी कटान, जमिन भासीने र बाढीका लागि ज्यादै सम्बेनदशील अवस्थामा रहेको छ । पोखराको उपत्यकामा पहाडका फेदीमा मध्यवर्ती भिराला पाखाबाट आएका पहिरोले पुरिने र जमिन भित्र खोक्रो भएका कारण भासीने क्रम ज्यार्दै जटिल बन्दै गएको छ । fishtail

पोखरा वजारको मध्यभागमा रहेको महेन्द्र पुलको इतिहास लामो छ । यो सेतिनदीको गल्छीमा पहिला माटे पुल थियो । अहिले पक्कीपुल रहेको स्थान तल काठ राखेर त्यसमाथी माटो र अन्य सामाग्री विछाएर बनाएको पुललाई माटे पुल पनि भन्ने गरिन्थो । लामो समय सम्म यसै पुलबाट पोख्रेली मात्र होइन अन्य जिल्लाका मानिसहरुको लागी पनि माटेपुल सेतीनदी तर्नको लागी सहारा बनेको थियो । पोखरा वजारमा रहेका विन्ध्यवासिनी, भद्रकाली, शोभाभगवती, सिद्देश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर र केदारेश्वर मन्दिर जस्ता ऐतिहासिक धार्मीक मठ–मन्दिरहरु कास्की जिल्लाको धरोहर हुन । कास्की जिल्लामा प्रख्यात ८ ओटा ताल रहेका छन । पोखरा बजारको बीचबाट गहिरिएर बगेको सेती नदीको गल्छी, गुफा, मन्दिर, गुम्बा, डाडाकाडा, भिन्दै प्रकारको रहनसहन आदिले यहाका पर्यटकीय तथा सामाजिक, आर्थिक र सास्कृतिक पक्षलाई उजागर गर्दछ । नेपाल भित्रिने जोसुकै पर्यटकहरु पोखरा भ्रमण नगरेसम्म नेपाल यात्रा अधुरो ठान्दछन । यसको मुख्य कारणमा समुद्र सतहबाट ४५० मिटर देखि ८०९१ मिटरसम्मको उचाई र दक्षिण देखि उत्तरको दुरी करिव ५५ किलोमिटरमा अवस्थित यस जिल्लाको भौगोलिक स्वरुपमा पाइने विविधताको सुन्दर प्राकृतीक दृष्य हो ।index

कास्की जिल्लाको नामाकरणका कास्कीको नामाकरणको सन्दर्भमा ऐक्य मत हुन सकेको छैन । अर्थात यस सन्दर्भमा विविध मतहरु अघि सारिएको पाईन्छ । कास्यप ऋषिले कास्कीकोटमा बसी काश्यप संहिता नामक अमूल्य आयर्वेदिक ग्रन्थ रचना गरेका र उनैको नाम अन्तत अपभ्रंश भई कास्यपबाट कास्की नाम रहन गएको हो भन्ने तर्क पनि छ । पहेंलो कपडा लगाउने सन्यासीहरुको बसोबास क्षेत्र हुनाले कमस्यवकी भनिने, प्राकृतिक खनिज स्रोत पुर्ण हुनाले कोषकाष भनिने, कासैकासको टार र पाटन हुनाले काइकी काझो–तामा–धातु मिसाएर एउटा छुट्टै धातु तयार गर्दा कासकुट धातु बन्ने ठाउ हुनाले, कास्कीमा प्रसस्त पाषणवेद भन्ने जडिबुटी पाउने हुनाले कास भन्दा भन्दै कास्की नामाकरण भएका जस्ता आधारहरु मानिएको पाइन्छ । कास्कीकै नामाकरणकै सन्दर्भमा तमु भाषामा कास भन्नाले कछाड खिब भन्नाले लगाउने अर्थात कास खिब (कछाड लगाउनेहरु बस्ने ठाउ) शब्दबाट कास्की नामाकरण हुन गएको कुरा तमु बुद्धिजिवीहरुले राखेका छन । जिल्लाको मध्यभागमा रहेको कास्कीडाडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा पनि प्रचलनमा आउछ । IMG_0252

कास्की आफ्नै किसिमको सांस्कृतिक भौगोलिक पर्यटकीय एवं पर्वावरणीय दृष्टिले पनि रमणिय जिल्ला हो । अन्नपुर्ण तथा माछापुच्छरे जस्ता हिम श्रृखलाहरु फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल–पातले छागो महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक युक्त पोखरा उपत्यका वास्तवमा कास्की जिल्लाको महत्वपूर्ण निधि तथा गहना हो । यसरी तालैताल गुफैगुफा तथा मनोरम हिम श्रृखलाले युक्त उपत्यकाले सुशोभित बन्ने अवसर प्राप्त यो कास्की जिल्ला विविध जात–जाति, भाषा–भाषी, वेषभुषा तथा समग्रमा विविधता र रोचक संस्कार संस्कृतिले पनि त्यत्तिनै विशेषता भएको पाइन्छ । यस जिल्लाका विभिन्न स्थानहरुमा अवस्थित एवं विशेषगरी उपत्यकाभित्र अवस्थित विविध मठमन्दिर गुम्बा, विहार स्तूप आदि पनि कास्की जिल्लाको थप आकर्षणका केन्द्र एवं महत्वपुर्ण स्थल मानिन्छन । यिनै विशेष विशेषता एवं आफ्नै किसिमको पहिचानयुक्त प्राकृतिक तथा सास्कृतिक पहिचान र शुद्ध पर्यावरणीय वातावरणको कारण कास्की जिल्ला विश्वकै पर्यटकहरुका लागि एक महत्वपुर्ण आकर्षणको केन्द्र बन्न पुगेको छ । यसैको प्रतिफल स्वरुप राजधानी पछि पर्यटकीय दृष्टिले कास्कीको पोखरा दोस्रो स्थान ओगटन सफल भएको छ ।6

कास्की शाहवंशीय राजाको हात पर्नु भन्दा पहिले गुरुङहरुको शासन रहेको थियो । गुरुङहरुको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरुको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको हुनु पर्दछ । तर गुरुङहरुको शाह वंशीय शासन जस्तो स्पष्ट रुपमा शासन ब्यवस्थाको रुपरेखा आउन सकेको छैन । प्राचीनकालमा कर्णाली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरुको अधिनमा रहेको अर्थात तिनीहरुको आफ्नो अधिनमा लिएको उल्लेख पाईन्छ । सिद्धनारायण शाहसम्म कास्कीमा ठकुरी शाहवंशको शासन भएको पाइन्छ । शाह वंशकै अधिनमा चौविसे राज्य अन्तरगत पर्ने यो राज्य शाहवंशीय राजा श्री ५ पृथ्वीनारायण शाहद्धारा थालिएको एकीकरण अभियानकै क्रममा वि.सं.१८४२ मा राजेन्द्र लक्ष्मीको नायवीकालमा विशाल नेपालमा विलय भएको थियो ।

पोखरा उपत्यकामा रहेको फेवा तालले आन्तरिक तथा वाह्य पर्यटकहरु माझ लोकप्रीय छ । फेवा गाउको छेउमा रहेकाले यो तालको नाम फेवा ताल नामकरण भएकोमा वैदाम गाउको छेउमा पर्ने हुदा वैदाम ताल पनि भनिने र बीचमा बराही मन्दिर भएकाले यो ताललाई बराह ताल पनि भनिन्छ । यो तालमा माछापुच्छे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।4 कास्की जिल्लाकै सुप्रसिद्ध देवीको नाम हो तालवाराही । तालवाराहीको इतिहास तत्कालिन कास्कीका राजा कुलमण्डन शाहद्धारा यो मन्दिरको स्थापना गरिएको बताइन्छ । वाराहीदेवी पहिले तालको सिरानको वीचमा थुम्कीमा अवस्थित भएको र पछि ताल पुरिदै आएकोले आफू पानीमै रहन रुचाउने भएकोले तत्कालीन कास्कीका राजा कुलमण्डन शाहलाई सपनामा आफूलाई तालको वीचमा स्थापित गराई सेवा गुर्न भनेकाले यिनको मन्दिर तालको वीचमा बनाइएको भनिन्छ । तालवाराहीको शुरुको मन्दिर फेवातालको सिरान अर्थात पामे नजिकै थियो । तालको पानी सुक्दै गएकोले वाराही देवीले तत्कालीन शासकलाई आफ्नो वासस्थान वरिपरि पानी सुक्दै गएकोले पानीको स्रोत अर्थात पानी भएको स्थानमा सारिदिनु भन्ने स्वप्नमा संकेत भएकोले पछि फेवातालको सिरानको थुम्कीबाट यहा अर्थात अहिलेको स्थानमा ल्याई स्थापना गरिएको बताइन्छ । वि.सं. १८६८ सालमा तालवाराहीको नित्य पूजा आजाको लागि गुठीको व्यवस्थाको एक लालमोहर जारी गरिएको छ । कुलमण्डन शाले स्थापना गरेको भन्ने मौखिक आधार वाहेक अन्य कुनै लिखित प्रमाणहरु पाउन सकिएको छैन ।

पोखरा लेखनाथ महा नगरपालिकाको पूर्वी भागमा स्याना ठूला गरी ७ वटा ताल रहेका छन । तालको नाम यस प्रकार रहेको छ । वेगनासताल, रुपा ताल, खाष्टे ताल, दिपाङग ताल, गुदे ताल, न्युरेनि ताल, मैदीताल ।1493035615pokhara वेगनासताल सबैभन्दा ठूलो तालको रुपमा रहेको छ । यस तालको क्षेत्रफल ३.७३ वर्ग कि.मि. ३७३ हेक्टर रहेको छ । वेगनासताल ७.५ देखि १०.६ मिटर गहिराइमा रहेको छ । यहि बाधबाट निकालिएको नहरले महा नगरपालिकाको खुदी फाट र मालमूल फाटमा सिंचाइ सुबिधा हुदैआएको छ । रुपा ताल पोखरा लेखनाथ महा नगरपालिकाको पूर्वी भेगको दोस्रो ठूलो तालको रुपमा रहेको छ । यस तालको अहिलेको क्षेत्रफल १.१५ वर्ग कि.मि. अर्थात ११५ हेक्टर रहेकोछ । तालले ४.५ देखि ६.० मिटरसम्म गहिराइ रहेको छ । खाष्टे ताल पोखरा लेखनाथ महा नगरपालिकाको पूर्वी भेगको तेस्रोे ठूलो तालको रुपमा खाष्टे ताल रहेको छ । यस तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ ।

ऐतिहासिक काल–खण्ड देखिनै कास्की पोखरा ऐतिहासिक स्थल मानिन्छ । सडक यातायात नहुदा पश्चिम नेपालका मानिसहरु काठमाण्डौ जादा पोखरा उपत्यका भएर जाने गर्दथिए । रेडियो नेपालबाट बज्ने गित देउराली उकाली चडेर, विजयपुर खोला तरेर….गितको भावना जस्तै विजयपुर खोला तरेर देउरालीको उकालो ओरालो हुदै पैदल यात्रीहरु मादी नदीको सिसाघाट तरेर काठमाण्डौको यात्रा गर्दथिए । पोखराको सुन्तला प्रख्यात थियो । आज त्यो सबै इतिहास मात्र बनेको छ । कास्की अहिले यातायातको विकास भएको छ । सुनौली–पोखरा राजमार्ग सुरुमा निर्माण भएपछि ०२८ साल देखि काठमाण्डौ–पोखरामा सडक यातायात चल्न थालेको छ । वर्तमान अवस्थामा पोखरालाई केन्द्र मान्ने हो भने वाग्लुङ, मुस्ताङ मात्र होइन कास्की जिल्लाका दुर्गम गाउँमा समेत सडक यातायात सन्चालनमा आएका छन । पोखरामा भएको हवाई मैदानलाई अन्तर्राष्ट्रिय हवाई मैदान निर्माण गर्न कास्की जिल्लाका मानिसहरु लागेका छन । 1

कास्की जिल्ला नेपालमा पर्यटक भित्राउने काठमाण्डौ पछिको जिल्ला मानिन्छ । पोखरा वजार वरपरका धार्मीक एवं ऐतिहासिक स्थल मात्र होइन पर्यटकहरुलाई दुर्गम गाउँ र बस्तीहरु पनि उत्तिकै मनपराउछन । नेपालको च्यारापुजि मानिने कास्कीको लुम्ले डाडाले पनि कास्की जिल्लाको महत्व बढाएको मानिन्छ । पोखरा पुगेपछि अधिकांश पर्यटकहरु कास्कीको घान्द्रुक गाउँ पुग्ने गर्दछन । घान्द्रुक कास्की जिल्लाको गुरुङ जातीहरुको बसोवास भएको गाउँ हो । कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाउ पनि हो । घान्द्रुकमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु मेश्वमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छरे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन । गुरुङ अर्थात तमु सस्कृतीको धनी मानिने घान्द्रुकमा पर्यटकहरुको लागी होमस्टे सन्चालन गरेका छन । कास्का पोखरा वजार नजिकै रहेको अर्को रमणिय स्थल सराङकोट हो । सराङकोटबाट पाराग्लाइडिङ उडान समेत हुने गर्दछ ।

कास्की जिल्लाको कास्कीकोट ऐतिहासिक कोट मानिन्छ । कुलमण्डल शाहको दरवार तथा अन्य भग्नावशेषहरु रहेको कास्कीकोटमा गुप्तकालिका मन्दिर, भुमेस्थान मन्दिर, खडकगाउँकोट र देउराली मन्दिर समेत रहेको छ । imagesयस स्थलबाट थामको गहरा भ्युटावर, ठूलीपोखरी र हिम श्रृखंलाहरको अवलोकन गर्न सकिन्छ । पोखरा उपत्यका मात्र नभएर कास्की जिल्लाको धेरै भूगोल अवलोकन गर्न सकिने पुम्दीकोटको भ्यू प्वाइन्टबाट माछापुच्छे« हिमालको दृष्यावलोकन गर्न सकिन्छ । त्यसैगरी पूर्वी कास्कीको थुम्कीमा रहेको ऐतिहासिक फल्याङकोट दरवार र चण्डीस्थान डाडाबाट कास्की र लमजुङ जिल्लाको सिमा बनेको मादी नदीको तरेली परेको नागवेली आकारको दृष्य र नयाँ कास्की र लमजुङ जिल्लाको धेरै प्राकृतिक डाडाकाडाको समेत दृष्यावलोकन गर्न सकिन्छ । कास्की जिल्ला आन्तरिक एवं वाह्य पर्यटकहरुको लागी अत्यन्त मनमोहक मानिन्छ । वातावरण, इतिहास, प्रकृति भित्रका सम्पदा अध्ययन गर्नेहरुको लागी यो जिल्ला अग्रस्थानमा रहेको छ ।

मिति ः– २०७४ कार्तिक १६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *