लुम्विनी–ढोरपाटन पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके बि मसाल
चोभारको गल्छी काटेर काठमाडौंलाई मानवबस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर नेपालको बर्तमान पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको आरोहणपछि विकसित भएको हो ।dhorpatan

राजकीय भ्रमण बाहेक बि।स।२००८ सम्म कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । बि।स।२०१२ मा रुसी पर्यटक बोरिस सिसानेबिचले नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको यो अनुमतिसँगै नेपालमा विदेशी पर्यटक आउन थालेका हुन । पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । भ्रमण बाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपालमा पर्यटकहरुको लागी भ्रमण गर्ने धेरै स्थलहरु छन । ती सबैस्थानको पहिचान समेत हुन सकेको छैन । अर्कातिर पहिचान भएका स्थलको बारेमा पनि प्रचार प्रसारको अभाव छ ।

नेपालमा आउने पर्यटकहरु मध्य धेरै लुम्विनी आउने गर्दछन । लुम्विनीको भ्रमण पछि उनिहरुको गन्तब्य पोखरा र ढोरपाटन पनि हुने गर्दछ । ac6b61e7082acff9b24e2fe1a2ed18eaलुम्विनी आएको पर्यटकहरुलाई अहिले ढोरपाटन जान पोखरा नपुगेर पनि ढोरपाटन जान सकिन्छ । रुपन्देहीको सालझण्डी बजारदेखि पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र बाग्लुङको बुर्तिवाङ हुदै ढोरपाटन पुग्न सकिन्छ । सालझण्डी देखि ढोरपाटन सम्म कुल १९३ कि।मी।यात्रामा पर्यटकहरुले फरक सस्कृति, स्वच्छ हावापानीको मनोरम वातावरण, सडकको यात्राबाट समेत धेरै हिमालको दृष्यावलोकन गर्न पाउछन ।

पर्यटनको लागी सफा र अनुकूल वातावरण हुनु पर्दछ । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको आनन्दमा पर्यटकहरु रमाउछन । असोज महिनाबाट नेपालमा पर्यटकीय मौसम शुरु हुन्छ । कतिपय आन्तरिक पर्यटक दसै, तिहार र छठलगायत चाडपर्वमा घुम्न मन पराउछन । असोज–मार्ग महिना घुम्नको लागी सफा र अनुकूल वातावरण हुन्छ । पर्यटकहरुले सुन्दर तालतलैया, पहाड, खोलानाला, संस्कृति, वनजगंल, जीवजन्तु, चराचुरुङ्गी आदि प्राकृतिक सौन्दर्य हेर्न रुचाउछन । विश्वका विभिन्न मुलुकबाट बर्सेनि हजारौं पर्यटक नेपाल आउँछन । बिदेशिहरुलाई यहाँको सुन्दर वातावरण, स्वच्छ हावा–पानी तथा नेपाली संस्कार र सभ्यताले मोहित तुल्याउँछ । त्यसैले उनीहरु यहाँ आएर प्राकृतिक सौन्दर्यको रसास्वादन गर्छन । यो समयमा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यो सिजनमा अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट पर्यटक आउने गर्दछन । यतिखेर चाडपर्व भएकाले विदेशी रहेका धेरै नेपाली स्वेदश फर्किरहेका छन् ।dhorpatan-e1426317443976

सडक गर्दा लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरु पनि ढोरपाटनमा घुम्न पाउने भएका छन् । मुलुकको एकमात्र हिमाली शिकार आरक्षण ढोरपाटन सम्म सालझण्डी ढोरपाटन सडक सन्चालन भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिक स्थलमा रमाउदै ढोरपाटन शिकार आरक्षण सम्म पुग्न सक्ने भएका छन । पर्यटकले तराई, पहाड र हिमाली क्षेत्रको यात्राको आनन्द एकै दिन लिन सक्दछन । यात्रामा यो मार्गमा पर्यटकहरुले रुपन्देहीमा ५, पाल्पामा १७, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङमा ५८ किमी यात्रामा ढोरपाटन पुग्न सक्दछन । सालझण्डीबाट सुरु हुने यात्रामा अर्घाखाँचीको मैदान, पाली, वाङला, सन्धिखर्क, अर्घा, बाँगी, हंशपुर, प्यूूठानको सौतामारे, गुल्मीको पुरकोटदह, सिर्सेनी, मदानेको लेख, बाग्लुङको बुर्तिबाङ, बोबाङ गाउँहरुको अध्यन अवलोकन गर्न सक्दछन ।

सालझण्डी–ढोरपाटन सडकले आजभोली अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल जान–आउन पनि सजिलो भएको छ । सन्धिखर्क–गोरुसिङे सडकभन्दा यो सडक २३ किमी छोटो भएको छ । पोखराथोक, पटौटी पणेना, धातिवाङ, मैदान, पाली अडगुरी र खिदिमका बासिन्दा घर आँगनबाट सडक बनेकोमा खुसी भएका छन् । यो सडकले अहिले अर्घाखाँची र गुल्मी जिल्लाका विकट ग्रामीण क्षेत्रहरुसमेत बजारीकरण बन्दै गएका छन् । घनाजङल र बस्ती नै नभएका खर्कहरुमा समेत अहिले मानव बस्ती भएका छन । बिभिन्न जिल्लाहरुबाट ग्रामीण पर्यटकहरु पुग्न थालेका छन । सडक निर्माणसँगै पर्यटकहरुको आगमनले अहिले सन्धिखर्क, रतनमारे, निगाली देउराली, रुपन्देहीको सालझण्डी, गुल्मीको पुर्कोट दह, अर्खवाङ, बाग्लुङो राजकुट, देविस्थान लगायतका ग्रामीण क्षेत्रमा उत्पादन भएका बस्तुहरु बिक्री हुन थालेका छन ।4

सालझण्डी–ढोरपाटन भ्रमणमा निस्कने पर्यटकले कम्तीमा दश दिनको भ्रमणको समय निकाल्न सके राम्रो हुन्छ । आफ्नो सवारी साधन हुने पर्यटकले अर्घाखाची जिल्लामा पर्ने ऐतिहासिक र तिर्थाटन पर्यटकिय स्थलहरु भ्रमण गर्न सकिन्छ । अर्घाखाचीमा ऐतिहासिक, धार्मिक, पुरातत्ववीक, पर्यटकिय स्थलहरु पाणिनी तपोभुमी, सुपादेउराली, शिद्धेश्वर शिवालय अर्घादरबार, खाँचीदरबार, १०८ पञ्चायन मन्दिर, शान्तिबगैंचा, डमरुदह ठाडा, नरसिंहस्थान, मथुरावेसी, बल्कोट पौवा, छत्रदेव मन्दिर, रानीगुफा ,बाणगंगा, सितापुर ,मालारानी मन्दिर ,मनचिन्ते पानी, सेङलेक दह, दुर्वावेश्वर गुफा जस्ता सम्पदा पर्दछन ।

अर्घाखाचीको सदरमुकाम सन्धिखर्क चारैतर्फ पहाड र बिचमा बागि खोला, खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरुको सौन्दर्यले पर्यटकहरुलाई रमणिय बनाउछ । साविक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङला गाउँ विकास समितिहरु समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो । वि।सं। २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिए पछि सन्धिखर्कको बिकास भएको हो । अर्घा र खान्चीका चौबिसे राज्यका भुरटाकुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यसको नाम सन्धिखर्क रहन गएको मानिन्छ ।1

सन्धिखर्कबाट ११ कि।मीको दुरीमा रहेको छ मथुराबेसी । मथुरा बेसी ऐतिहासिक स्थल मानिन्छ । जंगबहादुरका बाबु बालनरसिंह कुँवर दैलेखमा जागिर थिए । श्रीमती गर्भवती भएको अवस्थामा नेपाल अर्थात काठमाण्डौ पठाएका रहेछन । दैलेखबाट उनी अर्घाखाँचीको मथुरामा आइपुग्दा प्रवस पिडामा परिछन् । जंगबहादुरको जन्म वि।सं। १८७४ मथुराबेसी पौवा भन्दा लगभग दुइ किलोमिटर दुरीमा केरुङा र वाङलाको सिमाना नजिक चौपारीमा भएको थियो । बालक जंगबहादुरलाई पौवा रहेको स्थानमा लगिएको र त्यहिँ उनको न्वारान गरिएको थियो । जंगबहादुर राणा प्रधानमन्त्री बनेपछि आफ्ना जेठान शहन सिंह कर्नेललाई अर्घाखाचीको मथुराबेसीमा पठाइ आमाको सम्झनामा बीसखुट्टे दरबार निर्माण गराए हुन । बल्कोटमा पौवा निर्माण गर्न लगाएका हुन ।

सन्धिखर्कबाट २५ कि।मीको यात्रामा प्युठान र अर्घाखाचीको सिमाना हंसपुरमा पुगिन्छ । हंसपुरबाट ५ किमीको यात्रामा सौतामारे पुगिन्छ । अर्घाखाँची, गुल्मी र पूर्वी प्यूठानको तल्लो क्षेत्र बांगेमरोटको क्षेत्र पर्दछ । तीन जिल्लाको संगमस्थल सानीपोखरीमा ग्रामीण बजार बिस्तार भएको छ । समुद्री सतहदेखि झन्डै १ हजार ७ सय मिटर उचाइको सौतामारेबाट बिहानीपख धौलागिरी, माछापुच्छ्रेलगायत हिमशृंखला देख्न सकिन्छ । सौतामारे गाउँमा पर्यटकहरुलाई खाना बस्नको लागी होटलहरुको पनि सुबिधा छ । तीन दिनको सुत्केरीले सौतालाई मारेपछि गाउँको नाम सौतामारे रहन गएको हो । सौतालाई मारेर गाडेको ढुंगालाई संरक्षण गरेर राखेका छन् ।11219024_1523520977939997_5555824583462879982_n

यात्रामा गुल्मी जिल्लाको मदानेमा पुर्कोट दह पर्दछ । पुर्कोट दह गुल्मी, प्यूठान र अर्घाखाचीको संगम स्थल हो । कंके देउरालीको काखमा रहेको पुर्कोट दहबाट धेरै हिम श्रृखलाहरु देख्न सकिन्छ । प्रकृतिको सुन्दरता भरिपुर्ण यो ठाउँले पर्यटकहरुलाई मनै लोभ्याई दिन्छ । रमणिय हिम श्रृखला, पहाडि डाडाँकाडा र ग्रामीण बस्तीहरुको अवलोकन गर्दै गुल्मी र बाग्लुङको सिमानामा पर्ने देविस्थान पुगिन्छ । अर्खावाङ गुल्मीको रमणिय गाउँ हो । अर्खावाङको ठूलीचौरमा दसैको समयमा ऐतिहासिक सराँय नाच नाच्ने गरिन्छ । तर सरायँ हेर्न भने दसैको बलामा पुग्न पर्दछ । सालझण्डी–ढोरपाटन मार्ग र मध्यपहाडी लोकमार्ग बुर्तिवाङको सेराफाटमा जोडिन्छ । बुर्तिवाङ बाग्लुङको पुरानो बजार हो । पाँचथरको चियोभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुंगिने मध्यपहाडी लोकमार्गले ढोरपाटनको बुर्तिवाङ हुदै रुकुम र बाग्लुङको सिमाना पाथीहाल्ने अर्थात इरनेटा पुग्दछ । बुर्तिवाङ बजारमा पर्यटकहरुलाई बस्न खानको लागी होटल, लजहरुको सुबिधा छ ।

ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । वरीपरी हिमालि दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनि मैदानि भाग अनि बस्ति र कञ्चन पानिका स्वच्छ नदिको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । ढोरपाटनको दक्षिण पट्टी रहेको रुद्र तालको पानि बडिगाढ खोलाको नामले कालीगण्डकिमा मिसिन्छ ।11046874_1003296776395447_5202934466303513753_n ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानिबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट रुकुम जिल्ला प्रबेश गरी टकसेरा, कोल, नाथिगार, माछिीे, सिम्ले हुदै भेरी नदिमा मिल्दछ । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गल्मी, पाल्पा, रुकुम आदी जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन् । पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई आकर्षण गराउछ ।

बुर्तिवाङबाट बोवाङ अधिकारीचोक हुदै ढोरपाटन पुग्न सकिन्छ । रुकुम, म्याग्दी र बाग्लुङ जिल्लाको १ हजार ३२५ बर्ग किलोमिटरमा ढोरपाटन फैलिएको छ । ढोरपाटनमा बिदेशि पर्यटकहरुको लागी शुल्क तिरेर जंगली जनावर नाउर र झारलको शिकार गर्न पाइन्छ । हिउँदमा हिउँले ढाकिने ढोरपाटनको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरु देख्न पाइन्छ । ढोपाटन समुन्द्री सतहबाट २ हजार ८५० मिटर देखि ५ हजार ५०० मिटर उचाईमा रहेको छ । ढोरपाटनमा १ सय ८५ थरीका दुर्लभ वनस्पति पाइन्छ भने यहाँ उच्च पहाडी सिमसार क्षेत्र पनि पर्दछ । ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङी, नाउर, झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर, रेड पाण्डा, कस्तुरी मृग लगायतका जंगली जनावर र डाँफे, मुनाल लगायतका पंक्षीहरु ढोरपाटनमा पाइन्छ ।604e95641c4979076580056dc9d1598c

चारैतिर पहाडले घेरिएको, बीचमा समथर मैदान, मैदानको बीचमा सदाबहार बग्ने उत्तरगंगा नदी हिमाली उपत्यका, वैशाख जेष्ठमा पनि चिसो मौसम ढोरपाटनमा भै रहन्छ । बीचमा ठूलो समथरभूमी जसको दक्षिणी क्षेत्रबाट उत्तर गंगा उत्तर फर्किएर बगेको छ । अहिले ढोरपाटन क्षेत्रका साढे तीन दशकदेखि बन्द विमानस्थल पुन सञ्चालन हुन लागेको छ । ढोरपाटनलाई नै आफ्नो सुख र समृद्धिको मियो ठानेका यस क्षेत्रका बासिन्दाले पर्यटनको माध्यमबाट आफ्नो जीवन फेरिने आशा लिएका छन । हवाई मैदान सुचारु हुने त छँदै छ, ढोरपाटन क्षेत्रको पर्यटन विकास र जनजीवनलाई सहज बनाउन केही पूर्वाधारहरु बन्न लागेको छ । चारतिरबाट ढोरपाटन जोडन मोटर मार्ग निर्माण हुन लागेको छ । म्याग्दीको दरबाङ हुँदै बाग्लुङको जलजला पुग्ने मोटर मार्ग निर्माण कार्य भइरहेको छ । जलजला ढोरपाटन नजिकैको बस्ती हो । रुकुमको टकसेराबाट पनि ढोरपाटन पुग्ने मोटर मार्ग निर्माण भइरहेको छ । ढोरपाटन नजिकैको अर्को गाउँ निसी हुँदै रुकुम जोडने सडकले पनि ढोरपाटनको चहपहल बढेको छ ।

पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गरी नेपाललाई विश्वकै प्रमुख गन्तव्य स्थलको रुपमा विकास गर्न प्राकृतिक साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रबद्र्धन गर्नु पर्दछ ।62951_154508471239433_151262034897410_399448_3400957_n भएका पर्यटकीय क्षेत्रको उचित संरक्षण र नयां पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान गरिनु अहिलेको आवश्यक छ । यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि निजी क्षेत्रसँग सहकार्य बढाउने विविध कार्यक्रमहरु राज्यले संचालन गर्नु पर्दछ ।

ढोरपाटन जान रुपन्देहीको सालझण्डी बाट अर्घाखाँची, प्यूठानको सौतामारे, गुल्मीको पुर्कोटदह, सिर्सेनी, बाग्लुङको बुर्तिवाङ हुँदै ढोरपाटन पुग्न १३ घण्टा लाग्छ । सालझण्डीबाट ढोरपाटनसम्मको दुरी १९३ किलोमिटर मात्रै छ । बाग्लुङको बुर्तिबाङबाट ढोरपाटनका लागि जीपहरु चल्ने गर्छन् । यो सडकबाट यात्रा गर्दा साना सवारी साधन बलेरो, स्कारपियो टाटासुमो जस्ता सबारी साधन भए राम्रो हुन्छ । मोटरसाइकलमा यात्रा गर्न रुचाउनेको लागी झनै राम्रो हुन्छ ।

ढोरपाटन पुगेपछि यात्राको समय लम्वाउन चाहने पर्यटकहरुलाई बुर्तिवाङबाट रुकुमको यात्रा पनि गर्न सकिन्छ । बुर्तिवाङदेखि ९० कि।मीको यात्रामा रुकुमकोट पुगिन्छ । रुकुमकोट सम्म बुर्तिवाङ देखि ६ घन्टाको यात्रामा पुगिन्छ । रुकुम र बाग्लुङको सिमाना पाथीहाल्ने अर्थात इरनेटाबाट सुरुहुन्छ रुकुम जिल्लाको यात्रा । इरनेटाबाट पन्चासे, रिपुगा, लुकुम, काक्री, सैफुतुङ, सिसुवाघारी, अर्थात रतुवामारे, धौलापैरा हुदै रुकुमकोट सम्म ४५ किलो मिटरको दुरी पर्दछ । यो भूगोल रुकुमको आजभोली भूमे र सिस्ने गाउँपालिकामा पर्दछ ।Jange-bdr रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, सस्कृतीको अध्यन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागी महत्वपूर्ण मानिन्छ । खामबस्ती रुकुम जिल्लाको ऐतिहासिक स्थल पनि मानिन्छ ।

यो यात्रामा आजभोली जाने पर्यटकहरुले जाडोमा लगाउने कपडाहरुको बन्दोबस्ती गर्न जरुरी छ । यातायात खर्च बाहेक दैनिक १०००।– भए खानाको लागी पुग्दछ । सालझण्डी देखि ढोरपाटन हुदै रुकुमकोट सम्मको यात्रा गर्ने हो भने कम्तीमा १० दिनको समय निकाल्न जरुरी छ ।

मिती ः–२०७४ कार्तिक ९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *