महमा औषधीको गुण हुन्छ

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
मौरीहरुले विभिन्न प्रजातिका वनस्पतीहरुको फूलमा भएको रसलाई सकंलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरु फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छ । 1जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । तोरी फुल्ने मौसममा तयार भएको मह राम्रो मानिन्छ । जसलाई कात्तिके मह भन्ने गरिन्छ ।

आजभोली कृषकहरुले आधुनिक मौरीपालन गर्न थालेका छन । आधुनिक घार, कृत्रिम आधार चाका, महमदानी र अन्य सामाग्रीको प्रयोग गरेर गरिने मौरीपालनलाई आधुनिक मौरीपालन भनिन्छ । आधुनिक मौरीपालनबाट मह, मैन, कुट,शाहीखुराक, प्रोपोलिस (चोप), मौरी विष र मौरी गोला उत्पादन गरी आयआर्जन गर्न सकिन्छ । मौरीपालनको सख्या बढदै गएपछि मह, मैन, मौरी गोलाको बजार राम्रो भएको छ । स्थानीय देखि अन्तर्राष्ट्रिय बजारसम्म महको माग बढदै गएको छ । गुणस्तरीय मह छिट्टै नासिने बिग्रिने डर नहुनुले पनि यसको बजार सजिलो भएको छ । जुन कारणले मौरीपालनमा कृषकहरुको रुचि बढदै गएको छ । मौरीपालनले यो बाहेक बाहेक परागसेचनबाट हुने कृषिजन्य उत्पादनको बृद्धि, जैविक विविधताको संरक्षण, वातावरणमा सकारात्मक प्रभाव पर्दै गएको छ । मौरीपालक कृषकहरुले जथाभावी विषादी प्रयोग नगर्नु, मौरी चरन संरक्षण र बिस्तार गर्दा हरियाली बढदै गएकोले अप्रत्यक्ष फाइदा पुगेको हुन्छ ।2

वनस्पति तथा फूलले प्रदान गर्ने मिठो रस अर्थात पुष्परस र कुट संकलन गरी त्यसबाट फाइदा लिन पनि मौरीपालन नगरी हुदैन । जुन काम मानिस वा अन्य जनावरले गर्न सक्दैनन् । मौरीले मात्र प्रत्येक फूल वा वनस्पतिमा भएको पुष्परस संकलन गरी मीठो र पोषिलो अमृत समानको खानेकुरा (मह) बनाउँछ । मौरी पालनको लागी सुरुमा धेरै लगानी गर्न पर्दैन । सुरुमा दुई गोला मौरीबाट सुरु गरेर गोला बृद्धि गर्दै लान सकिन्छ । मौरी घार राख्न थोरै ठाउँ भए पुग्ने र मौरी चर्न अन्यत्र जाने हुनाले आफ्नै जग्गा नचाहिने हुँदा आर्थिक दृष्टिकोणले पनि यो ब्यवसाय राम्रो मानिएको छ । अर्को तर्फ श्रम र समय थोरै भए पनि पुग्छ । घरमा बस्ने महिला वा सेवानिवृत्त व्यक्तिले पनि व्यवसाय गर्न सकिन्छ ।

नेपालमा हाल सम्म एपिस सेराना, एपिस मेलिफेरा, एपिस डोरसाटा, एपिस लेबोरियोसा, एपिस फ्लोरिया, एपिस लेबोरियोसा, र एपिस फ्लोरिया जातका मौरीका हुन्छन । मौरीका ६ वोटा खुट्टा, टाउकाको दुईपट्टि हजारौं घनाकार लेन्स भएका कम्पाउण्ड आँखा, टाउकोमाथि ३ वोटा साधारण आँखा, २ जोडी पखेटा, लामो सुंड जस्तै जिब्रो, रस राख्ने छुट्टै थैली, बिबिध प्रकारको थाहा पाउने शरीर, र भालेका १३ भागमा र पोथीका १२ भागमा बाडिएका गन्ध र स्वाद थाहा पाउने १७० वोटा रिसेप्टर जडित २ वोटा एन्टिना, हुन्छन ।Honnavar_beekeeping_farmer यस्ता रिसेप्टरहरु झिंगामा ६२ वोटा र लामखुट्टेमा ७९ वोटा मात्र हुन्छन् । घरपालुवा मौरी अर्थात स्थानीय मौरी, एपिस सेराना अर्थात यसलाई एसियन मौरी पनि भन्दछन् । यो मौरी एक गोलामा करिब २५ देखि ३० हजारको संख्यामा हुन्छन् । यिनीहरु चर्नको लागि बढीमा १ कि.मि .सम्म उडान गर्न सक्दछन् । यसले अध्यारो ठाउमा धेरै चाका बनाई गुड बनाएर बस्ने हुनाले यसलाई घारमा राखी पाल्न सकिन्छ । एक घार मौरीले वार्षिक १५–२० किलो मह उत्पादन गर्न सक्तछ । विकासे मौरी, एपिस मेलिफेरा अर्को शब्दमा यसलाई युरोपेली मौरी पनि भनिन्छ । यो पनि घरपालुवा हो मौरी हो र यसको शरीर सेराना भन्दा ठूलो हुन्छ । यो जातको मौरीको संख्या पनि एक गोलामा ५०–६० हजार हुन्छ । यो मारी ४–५ कि.मि. सम्म चर्नजान सक्दछ र यिनीहरुलाई घना चरन क्षेत्रको आवस्यक पर्दछ । यो मौरीले वार्षिक ६०–८० किलो सम्म मह उत्पादन गर्दछ ।

एपिस डोरसाटा स्थानिय भाषामा यसलाई खागो र कतै सिङगोस पनि भनिन्छ । यो मौरी खुल्ला, उज्यालो ठाउमा बस्न र गुड लगाउन मन पराउने हुनाले घारमा राख्न सकिदैन । तराई र भित्री मधेसका जगंलमा र कहिलेकाही घरका बाहिरी टपमा पनि नाङला जत्रा चाका लगाएर बस्दछन् । घरपालुवा भन्दा ठूलो शरीर हुने यी मौरीका एउटै गोलाले ४० किलो सम्म मह जम्मा गर्दछ ।index त्यसैगरी एपिस लेबोरियोसा (ब्उष्क बिदयचष्यकब ) यो भीर मौरी हो । पहाडका चट्टान, पहराहरुका खुल्ला ठाउमा एउटा गोलाले एउटै ठूला–ठूला चाका लगाई गुड बनाउछन् । बिशेष गरी सिन्धुपाल्चोक तातोपानी, कास्कीको सिक्लेस, सवि, लमजुङको घलेगाउ आदि क्षेत्रमा यो मौरीको बासस्थान रहेको छ । यसले पनि एउटै गोलाबाट ४० किलो भन्दा बढी मह दिन्छ । र एपिस फ्लोरिया स्थानिय बोलिचालीमा कठयौरी भनेर चिनिने यो मौरी झिगा जत्रै हुन्छ र यसको चाका पनि हत्केलो बराबरको हुन्छ । यसले भित्री मधेस, बेसीहरुको झाडी, बुटयानमा यसले एउटा मात्र चाका लगाउछ । यो मौरीको मह बढीमा १ किलो मात्र हुन्छ ।

मौरी एक सामाजिक कीरा हो । मौरीको पूर्ण जीवन चक्र हुन्छ । तिनीहरु फुल, लार्भा, प्यूपा र वयस्क हुन् । यिनीहरुको ३ वर्ग हुन्छ रानू, कर्मी र भाले । यी तीनै वर्गका मौरीहरुको जीवन चक्र चार अवस्थामा विभाजित भएता पनि फुल अवस्था बाहेकका अवस्थामा यिनीहरुको उमेर, अवधि फरक फरक छ । रानूले फुल पार्ने बेलैमा भाले, कर्मी र रानी बनाउनको लागि छुट्टा छुट्टै कोषमा फुल पारेको हुन्छ । छाउरा कक्षको चाकामा रानू कोष, भाले कोष र कर्मी कोष भन्ने हुन्छ । मौरीको फुल सेतो रंगको लाम्चिलो हुन्छ । सेरानाको स्वस्थ्य रानीले एक दिनमा ३००–८०० सम्म फुल पार्दछ ।images रानूले फुल पार्दा रानी बनाउन रानी कोषमा, कर्मी बनाउन कर्मी कोषमा र भाले बनाउन भाले कोषमा फुल पार्दछ । फुल अवस्था सबै वर्गमा ३ दिनको हुन्छ । एपिस मेलिफेरा जातको रानूले प्रति दिन पध्रसय फुल पार्दछ । सबै वर्गको लार्भाको रगं सेतो र घुम्रिएको हुन्छ । रानी र भालेको लार्भा कर्मीको भन्दा ठूलो हुन्छ । रानी र कर्मी बन्ने कुरा यही अवस्थामा ख्वाएको खानामा भर पर्दछ । रानी बनाउनु परेमा लार्भावस्था अवधि भर शाही खुराक खुवाइन्छ । कर्मी मौरी बनाउनको लागि भने २–३ दिन सम्म शाही खुराक ख्वाएर त्यस पछि मधुरोटी (मह र कुटको मिसावट) खुवाउदछन् । लार्भा अवस्था ५ देखि ७ दिन सम्मको हुन्छ । लार्भाको उमेर बढ्दै गए पछि भित्री अगंहरुको विकास हुदै जान्छ । यसै क्रममा पाच पटक काचुली फेर्दछन् ।

प्यूपा अवस्थामा मौरीले खाने चल्ने कुनै काम नगर्ने हुनाले यस अवस्थालाई अचल अवस्था पनि भनिन्छ । यसको शरीरमा भएको बोसोबाटै यस अवस्थामा शक्ति प्राप्त गर्दछ । प्यूपा अवस्था तीन वर्गमा ७ देखि १४ दिन सम्म रहन्छ । यस अवस्थामा पनि उमेर बढ्दै गएपछि विभिन्न बाहिरी अगंहरुको विकास हुदै जान्छ र रंग पनि गाढा हुदै जान्छ । रानी मौरी अरु मौरी भन्दा अली ठूलो, सलक्क परेको, गाढा रंगको हुन्छ । पखेटाले आधा मात्र पेट ढाकेको हुन्छ । रानीको काम फुल पार्नु मात्र हो । भालेको काम रानीसग संभोग मात्र गर्नु हो र कर्मी मौरीले आधा जिन्दगी घार भित्रको काम गर्दछन् भने आधा जिन्दगी पुष्परस, कुट, चोप र पानी ल्याउने कार्य अर्थात् बाहिरको काम गर्दछन् । रानू जन्मेको २÷३ दिनमा न्यानो सफा मौसम पारेर गर्भाधानको लागि बाहिर आकाशमा उडेर भाले सग समागम गर्दछ ।IMG_0309 समागम पछि भाले मर्दछ र रानू घारमा फर्केर ४–५ दिन पछि फुल पार्न थाल्दछ । रानूको पेटमा भालेको विर्य संकलन गर्ने छुट्टै थैली हुन्छ । रानी मौरीले दुई थरी फुल पार्दछे निषेचित र अनिषेचित । अनिषेचित फुलबाट भाले र निषेचित फुलबाट रानू वा कर्मी बन्दछ ।

रानू मौरीको मुख्य काम फुल पार्नु हो भने अर्को काम गोलाका सम्पूर्ण मौरीहरुलाई आवश्यकता अनुसार संचालन गर्नु हो । रानूले आफ्नो शरीरबाट विशेष किसिमको गन्ध निकाल्छ र त्यो गन्धलाई गोलाका सम्पूर्ण मौरीहरुले ग्रहण गर्दछन् । त्यही गन्धका आधारमा मौरीले आफ्नो गोला पत्ता लगाउछन,गोला छुट्टिन्छन र गृह (घर) त्याग गर्दछन् । यो मौरी कर्मी मौरीभन्दा अलि ठूलो, कालो र झुसिलो हुन्छ । भाले मौरीले केही पनि काम गर्दैन र अल्छी हुन्छ । खाना पनि कर्मी मौरीले खुवाउछन् । भाले मौरीको एक मात्र काम कुमारी रानी सग सहवास गरी गर्भाधान गराउनु हो । यिनको संख्या वसन्त र शरद ऋतुमा बढी हुन्छ । कुमारी रानू सग सहवास गरेपछि भाले मौरी मर्छ र बाकी भालेहरुलाई कर्मी मौरीले खाना नदिएर मार्छन् । मौरीको गोलामा मह, कुट संकलन गर्ने, छाउरा हुर्काउने, चाका निर्माण गर्ने, रानी र भालेलाई खुवाउने, घार सफा गर्ने, गोलाको सुरक्षा गर्ने आदि सबै काम कर्मी मौरीले गर्दछन् । यनीहरु आदि उमेरसम्म घारभित्रको र २०–२२ दिन उमेर बितेपछि घार बाहिरको काम गर्दछन् । कर्मी मौरीको उमेर अनुसार कार्य विभाजन हुन्छ ।IMG_9223

महलाई प्राचीन प्राकृतिक मधुर रसको श्रोत र गुणकारी औषधी मानिन्छ । आयुर्वेद अनुसार महलाई मधु भनिन्छ र यसलाई अमृत समान वर्णन गरिएको छ । एक चम्चा मह हरेक दिन सेवन गर्नाले बल, बुद्धि, वीर्य र दीर्घजीवन प्रदान गर्दछ । मौरीले अनेकौं फूलहरुबाट संकलन गरेको रसलाई पाचन, अवशोषणपछि महको निर्माण हुन्छ र फुलमा रहेको गुण महमा प्राप्त हुन्छ । महको स्वाद र फाइदाका कारण जो कोहीलाई मन पर्नु स्वभाविक पनि हो । महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रुपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरुसँग लड्नका लागि पनि त्यतिकै फाइदा जनक छ । तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ ।

मह सेवन गर्न जाने औषधी र अन्यथा हानिकार पनि हुन सक्दछ । मह र अमला चूर्ण (धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि मह औषधी मानिन्छ । हप्तामा दुई–तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र दात पनि स्वस्थ हुने गर्दछ ।

Kffvf] af/Ldf df}/Lsf 3f/ lrtjgsf] ljs6 l;4Lsf] uflj; tLg bf]efg glhs} hªun 5]psf] af/Le/L lrp/Lsf af]6glhs r/fpg /flvPsf df}/Lsf 3f/ . ljs6 r]kfª ufpFdf lrp/L km'n]sf 5g / To;sf nf]edf ls;fg df}/L r/fpg hªun nfu]sf 5g . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/, lrtjg, /f;;
 

नुहाउँदा पनि सकेसम्म निम र मह दुई–तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ । शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने शरीरमा रोगको लक्षणहरुले आक्रमण गर्न पाउँदैनन । महमा बहुगुण हुने भएकोले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुन्छ । चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ ।
दैनिक एक चम्चा मह सेवन गर्नाले शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरुको स्रोतहरु पूर्ति गर्नुको साथै रोगविरुद्ध लडने क्षमता बढदछ । विशेषगरी बालबालिकामा यसको सेवनले फाइदा पुग्छ । बालबालिकाहरुलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरुको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक छ । चिकित्सकहरुको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने,शरीरमा रगतको कमी नहुने, हडडी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।

अमलपित्तको रोगमा फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जान्छ । दमको रोगमा बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान र बेलुका खाने गरेमा दमको रोगीलाई आराम हुन्छ । रुघा, खोकी लागेमा बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ । टंसिल भएमा टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ । शूल भएमा धेरै दीसा लागेमा जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १–१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३–४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा ठीक हुन्छ । IMG_9227

अल्काई भएमा एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ । घाँटी बसेमा एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ । भोक जगाउन भाङको गेडाको धूलोमा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गरेमा भोक जगाउछ । खोकी लागेमा दतिउनको पन्चागंको खरानी एक चम्चामा मह मिसाएर बिहान बेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ । कफ जमेर गाह्रो भएमा फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाटने गरेमा केही दिनमै ठीक हुन्छ । महिलाहरुको मासिक धर्म रोकिएमा बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान र बेलुका खाने गरेका ठिक हुन्छ ।

महमा ८० प्रतिशत चिनी हुन्छ यो चिनी र बजारमा पाइने चिनी भन्दा फरक हुन्छ महमा २० प्रतिशत पानी हुन्छ । १ चम्चा महमा ६४ क्यालोरी पाइन्छ । हावा नछिर्ने गरी बन्द गरेर राखेमा, मह कहिल्यै पनि बिग्रिँदैन । माहुरीले एकचोटीको भ्रमणमा ५० देखि १०० वटा फूलबाट रस चुसेर ल्याउँछ । मह मात्रै यस्तो खाना हो जसमा जीवनलाई बँचाइराख्न चाहिने सबै तत्वहरु इन्जाइम, भिटामिन, खनीज पदार्थ र पानी सबै हुन्छ । महमा पिनोसेम्ब्रिन पाइन्छ । पिनोसेम्ब्रिन एक एण्टिअक्सिडेण्ट हो,जसले मस्तिष्कको कार्यशक्तिलाई बढाउँदछ । साधारणतया मह स्वस्थ हुन्छ, तर कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुले मह खानुहुँदैन किनभने यसले ब्याक्टेरियाको सक्रमण गराउँदछ । महको स्वाद माहुरीले चुसेको फूलमा भर पर्दछ ।IMG_9225 थरीथरीका फूलको रसबाट बनाइएको महलाई पोलिफ्लोरल हनी भनिन्छ । मौरीले टोक्दा छाड्ने मेलिटिन नामक बिषको प्रयोग गर्दा कोषलाई पुरानै स्थितिमा फर्काउन सकिने तथ्यको नजिक पुगेका बैज्ञानिकहरुले बताएका छन । त्यस्तै का अनुसन्धान कर्ताले बाथ रोगले दुखेको ठाउँमा मौरीलाई टोकाउँदा शरीरमा ग्लुकोकोरटिकोइड नामक दुखाइ निको पार्ने हर्मोन बढन गई पीडा कमहुने कुरा पता पगाएका छन ।

एक वर्ष भन्दा मुनीका नवजात शिशुहरुलाई मह खुवान नहुने चिकित्सकहरुको सल्लाह रहेको छ । किनभने यसले शिशुहरुमा बोटुलिजम नामक खतरनाक समस्या ल्याउन सक्दछ । बोटुलिजम एक घातक रोग हो । ब्याक्टेरियाले पैदा गर्ने विषादीको कारणले यो रोग लाग्दछ । महसँग के खाने के नखाने भन्ने थाहा नहुँदा निकै ठूलो दुर्घटनासमेत व्यहोर्नुपर्ने हुन्छ । आयुर्वेदका विज्ञहरु पनि महलाई खान जाने अमृत र नजाने विष हुन्छ भन्छन । मह कहिल्यै पनि घ्युसँग बराबरमात्रामा मिलाएर खानु हुँदैन । चिया र कफीको साथमा मह खानु विष बराबर हुन्छ । महलाई कहिल्यै पनि तताउने वा उमाल्ने गर्नु हुँदैन । महलाई तेल, नौनी घिउसँग मिसाएर खानु हुँदैन । माछा मासुसँग पनि महको प्रयोग गर्नु विषसेवन समान हुन्छ । दिनमा दुई–तीनचम्चाभन्दा बढि महको प्रयोग गर्नुहुँदैन । ज्वरो आएको अवस्थामा मह विषसमान हुन्छ । कसैले विष सेवन गरेको अवस्थामा मह खान दिनुहुँदैन । यसले विषको प्रभावलाई झन बढाउँछ ।

मिती ः– २०७३ मार्ग १० गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *