मनाङ जिल्ला पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
सुन्दा पनि अचम्म लाग्ने ! पानी छ माछा छैन र धानखेती पनि हुदैन भन्दा ! नेपालको दुर्गम हिमाली जिल्ला मध्य प्रदेश नाम्वर ४ मा पर्ने मनाङ जिल्लामा प्रशस्त पानी भएर पनि माछा र धानखेती हुदैन । मनाङ जिल्लामा हिमाली क्षेत्रमा बस्ने भोटे, गुरुङ घले, लामा र तिनै जातीसंग मिल्ने भेषभुषा र भाषा बोल्ने दलित वाहेक अन्य जातीको बसोबास पनि छैन । तर अहिले ब्यापार र अन्य कारणले गर्दा केहि जातीहरुले मनाङलाई कर्म थलोको रुपमा लिन थालेका छन ।1

पश्चिमी भेगमा दामोदर हिमाल पूर्व भेगमा मनास्लु र दक्षिण तिर लमजुङ हिमाल एंव अन्नपूर्ण हिमाल उत्तरमा स्वसासित तिब्बत क्षेत्र र पेरी र चिन हिमालको बिचमा मनाङ जिल्ला रहेको छ । हिमालको बिचमा रहेको जिल्ला भएर मनाङलाई हिमालपारीको जिल्ला भनेर पनि चिनिने गरिन्छ । कुल क्षेत्रफल २ हजार २४६ वर्ग किलो मिटर भएको मनाङमा जम्मा ४ गाउँपालिका रहेको छ । पर्यटकहरुको लागी दृष्याबलोकन गर्ने मनाङ गुम्वा, भ्राका गुम्वा, केरापगोम धार्जे,मिलेरेपा गुम्वा, याक खर्क र घले राजाको दरवार नेस्याङ गाउँपालिका क्षेत्रमा पर्दछ । पर्यटकहरु मनाङ जिल्लाबाट पैदल यात्राको थोराङपास र मेसाकान्तापासको पहाड नेस्याङको टंकि र खाङसार क्षेत्रमा पर्दछ ।
दुर्गम मनाङ जिल्लाको पनि अति दुर्गम र कम जनसख्या भएको गाउँपालिका नारफू हो । मनाङ जिल्लाकै ऐतिहासिक मानिने टसीलाकाङ गुम्वा, सम्डुलिङ गुम्वा, गुरु साङमो गुफा समेत नारफूमा रहेको छ । भने नारमा काङलापास रहेको छ । मनाङ जिल्लाको तल्लो भागलाई सुगम मानिन्छ । ती गाउँमा ताचैवगरछाप, थोचे, धारापानी नाचे, घेराङ र तालगाउँ पर्दछन । यसै क्षेत्रमा मनास्लु ताल र नमोपास समेत पर्दछ । थोचेमा थोचे गुम्वा र तिब्बत जानको लागी लार्केपास को बाटो समेत पर्दछ । तिल्चे थोचे–लार्केपास सडकको ३८ कि.मि. मोटरमार्ग निर्माणाधिन अवस्थामा छ । 8f6cabae6faf29738c561187dabd54b1

प्राकृतीक रुपले मनाङ रमणिय जिल्ला छ । हिमाल पारीको जिल्ला चारैतिर हिम श्रृखंला, अग्ला पहाड, नदी र खोला, पहाडको विचमा अग्ला मनमोहक झरना, सल्ला र धुपीको जंगल, बौद्धमार्गीहरुको सस्कृति मनाङ जिल्लामा पाइन्छ । मस्र्याङदी नदीको उदगम स्थल, नेस्याङ गाउँपालिका खाङसार क्षेत्रमा विश्वको अग्लो स्थानको तिलिचो ताल पर्दछ । त्यसै गरी नेस्याङ गाउँपालिकामा गंगापूर्ण ताल, केचो ताल समेत रहेको छ । भने नारफू गाउँपालिकामा छोकर्ण ताल रहेको छ ।

मस्र्याङदी नदीको सहायक खोलाहरुमा दुध खोला, नारखोला, फूखोला, थोराङ खोला, सब्जे खोला, माडाखोला र डोनाखोला रहेका छन । तर खोला छ, ताल छ तर मनाङ जिल्लामा माछा हुदैन । नदी र खोला किनार र ताल जस्तो समस्थल जमिनमा पनि धानको खेती हुदैन । पन्चायती काल देखि कृषि अनुसन्धान केन्द्रलाई यो अनुसन्धानको विषय बन्दै आएको छ । वि.स. २०३२÷३३ मा धानखेतीको लागी मनाङ जिल्लाको तिमाङलेख, कुन्चोक गाउँ, सदरमुकाम चामेको कोतो,माडाका जमिनमा परीक्षण गर्दा पनि कृषि अनुसन्धान केन्द्र नार्क सफल हुन सकेन । कृषीको लागी यो अहिले पनि अनुसन्धानको विषय भएको छ ।15171063_10155448268349692_3075191491379232342_n

नेपाल एकिकरण हुनु भन्दा पहिले मनाङ लमजुङकै भूगोलमा थियो । सन १७८१ मा रण बहादुर शाहको पालामा मनाङ पनि नेपाल राज्यमा बिलय भएको हो । लमजुङ जिल्ला संग जोडिएको अन्नपूर्ण र लमजुङ हिमाल पारीको भूगोलमा रहेको मनाङ जिल्ला उपल्लो, बिचको र तल्लो गरी सस्कृती भेषभुषा र अन्य रहन सहन पनि फरक रहेको छ । तिब्बती भाषामा म्हनाङ शब्द बाट अपभ्रशं भएर जिल्लाको नाम पनि मनाङ रहन गएको पाइन्छ । जसको अर्थ तिब्बती भाषामा म्ह को अर्थ सहायता र नाङको अर्थ देउ भन्ने हो । नामको अर्थ जस्तै मनाङ जिल्लामा सबै खाद्यान्न, लत्ताकपडा र अन्य सबै बस्तुहरु छिमेकि जिल्लाबाट लैजान पर्ने हुन्छ । चारैतिरबाट हिमालले घेरेको मनाङ जाने नाका अर्थात बाटोहरु गोरखा जिल्लाको सामागाँउ हुदै लार्केवाट थोचे हुदै पनि जान सकिन्छ । तर यो बाटो मनाङ पुग्नको लागी लामो मानिन्छ । कास्की जिल्लाको सिक्लेस गाँउको जंगलहुदै मनाङको तिमाङ लेक भएर पनि मनाङ जान सकिन्छ । तर यो बाटो हिउ परेको बेलामा जान सकिन्न । मुस्ताङ जिल्लाको मुक्तिनाथ हुदै थोराङपास भएर पनि मनाङ पुग्न सकिन्छ । तर यो पनि बर्षायाममा मात्र संम्वभ छ । हिउ परेको बेलामा बाटो बन्द हुन्छ । तिव्बत बाट आउने नार–फूबाट नाका रहेको छ । यो नाका पनि हिउ परेको बेलामा बन्द हुन्छ । यो नाका चलन चल्तीको पनि छैन । सबै भन्दा सुगम बाटो भनेको लमजुङको बेसिशहर हुदै मस्र्याङदीको तिर–तिरै को बाटो सुगम छ । 19959293_1708634439160132_4356350293667276602_n

अहिले लमजुङ–मनाङ मोटर मार्ग पनि यहि बाटोमा बनेको छ । वेसिशहर देखि मनाङको सदरमकाम चामे सम्मको दुरी ६५ किलो मिटर रहेको छ । धान खेती नहुने मनाङ जिल्लामा आलु, गहू, करु, जौ र तल्लो मनाङका केहि गाउमा मकै खेती पनि हुन्छ । तर उत्पादनले कसैलाई पनि खान भने पुग्दैन । मनाङमा कुल खेतीयोग्य जमिन २ हजार १५३ हेक्टर रहेको छ । उच्च हिमाल, उच्च पहाड र मध्य पहाड गरी तिन भागमा विभाजन भएको जिल्लाको भू–बनोटमा हिमश्रृखंला, चट्टान तथा पिर पहरा रहेको छ । अग्ला पहाड हिमालको फेदीका घासे मैदान र अन्य बन जंगलले ढाकेको क्षेत्रमा बहुमुल्य जडीबुटीको पाइन्छ । मनाङ जिल्लाको पनि दुर्गम मानिने नार र फू क्षेत्रको हिमालको फेदीका घासे मैदान, भिर पहरा र चरिचरणका क्षेत्रमा बहु–मुल्य जडीबुटी यारचागुम्वा, पाँचऔले, जटामसी, शिलाजीत, जिम्वु, सिबाकथ्रोन, कुटकी, निरमसि, तिक्का, सुगन्धवाला, पदमचाल, चिराइतो, गुच्छेच्याउ, कुरीलो जस्ता वहुमुल्य जडीबुटी प्राकृतीक रुपले उत्पादन हुने गर्दछ । तल्लो मनाङ थोचे, बगरछाप, ताचे, नाचे, वडारगाँउ, धारापानी, ताल र घेराङ गाउँका मानिसहरु कृषि र पशुपालन ब्यवसायमा पनि लागेका छन । तल्लो मनाङमा गुरुङ र घलेको बसोबास धेरै छ । himpat-manang-3

मनाङ तिब्बतको सस्कृती सग मिल्ने जनजीबन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्वा, हिमाली जनजीवन र स्वतन्त्र परिबेशमा रहेको भूमी हो । राजा महेन्द्रले ०१७ साल पछि नेपाललाई १४ अन्चल र ७५ जिल्लामा विभाजन गर्ने समयमा मनाङ गण्डकी अन्चलको एउटा जिल्ला बन्यो । तर सरकारले मनाङ जिल्लाको सदरमुकाम मनाङको भूगोलमा राख्न सकेन । कारण थियो मनाङेहरुले नेपालको सरकारलाई नमान्नाको कारण । त्यतिवेला सम्म मनाङ बौद्ध भिक्षुहरुले आफनो राजाको रुपमा दलाई लामालाई मान्ने गरेका थिए । त्यसैले त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाडामा राखियो । बाहुनडाडा मनाङ जाने मार्गमा पर्दछ । मनाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने पन्च नेताहरु पनि लमजुङ जिल्लाबाट मनोनिल हुन थाले । मनाङ बासीहरुलाई यो भूमी नेपाल हो, तपाईहरु नेपाली हुनुहुन्छ, त्यसैले अव तपाईहरुले नेपाल सरकारको ऐन नियम पालना गर्नु पर्दछ भन्ने कुरा सिकाउनु प¥यो । लामो समयपछि तल्लो भेगका मनाङ बासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोचेमा लमजुङको बाहुनडाडा बाट सारिएको थियो । यी सबैकुरा अहिलेको पुस्तालाई कथा बनेको छ । himpat-manang-4

सदरमुकाम थोचेमा रहेपनि उपल्लो मनाङेहरुले पूर्णरुपले सरकारलाई समर्थन गरेनन् । पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङेहरुलाई तेस्रो मुलुकमा विना भंसार ब्यापार गर्नदिने ब्यवस्था मिलाएपछि थोचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो । महेन्द्रको हुकुम प्रमाणितको आदेशमा विना भंसार तेस्रो मुलुकसंगको ब्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए । मनाङको पनि अति दुर्गम मानिने नार र फू गाउः र तल्लो मनाङका बासिन्दा त्यो सुबिधाबाट बन्चित भएका थिए । जसको परिणाम अहिले मनाङमा दुईखाले जनजीबन देखिन्छ । उपल्लो मनाङबासीहरु आर्थीकरुपले सम्पन्न छन । अधिकाशंको घर काठमाण्डौ र पोखरामा बनाएका छन । ठूला ब्यापारी भएका छन । तर अन्य भू–भाग अर्थात तल्लोभेगका मनाङबासिको अबस्था भने सामान्यनै रहेको छ ।

नेपालमा बढदै गएको पर्यटन ब्यवसाय र व्यापारले गर्दा अहिले मनाङ जिल्लामा अवस्था बदलिएको छ । दैनिक हजारौको सख्यामा पर्यटकहरु लमजुङको बेसिशहर हुदै पैदल यात्रामा मनाङका हिमश्रृखंलाको दृष्यावलोकन गर्दै थोराङपास भएर मुस्ताङ जिल्लाको मुक्तिनाथ भएर पोखरा जानेको सख्या बढदै छ । पर्यटकहरु यात्रा गर्ने प्रमुख मार्ग ताल, धारापानी, सदरमुकाम चामे, एरपोर्ट हुम्डे, मनाङ गाँउ, ढुकुरपोखरी, पिसाङ, थोराङ र तिलिचो बेस क्याम्पमा पर्यटकहरुको लागी होटलहरु सन्चालनमा आएका छन । पर्यटकहरुलाई बासबस्न ठूला साना होटल खुलेका छन । गाउँ,गाउँमा साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छ ।IMG_9638-01102017041131-1000x0

अहिले मनाङ जिल्लालाई चार स्थानीय तहमा बिभाजन गरिएको छ । चामे गाउँपालिका, नासोङ गाउँपालिका, नेस्याङ गाउँपालिका र नारफु गाउँपालिका नाम भएको छ । मनाङ जिल्लाको उपल्लो मनाङका साबिक गाविस खाङसार, घ्यारु, ङावल, टंकी, मनाङ, पिसाङ र भ्राका समेत गरी अहिले नयाँ नेस्याङ गाउँपालिका भएको हो । नेस्याङको अर्थ हुन्छ उपल्लो । मनाङबासीले बोल्ने गुरुङ भाषामा सातगाउँ । सातवटा गाउँ मिलेर बनेको गाउँपालिका भएर गाउँको नामनै नेस्याङ राखिएको हो । मनाङ जिल्लाको सदरमुकाम चामेमा छ । चामे गाउँपालिका हो । चामेको अर्थ स्थानीय बोल्ने भाषामा चा भनेको पुल र मे भनेको पारी हो । यहा बिचमा मस्र्याङदी नदी बगेको छ । त्यहि नदीमा पुल पनि छ र पुल वारी पारी चामे बजार रहेको छ ।

मनाङ जिल्लाको अर्को गाउँपालिका नशोङ राखिएको छ । ताचैबगरछाप, थोचे, धारापानी गाबिस मिलाएर नशोङ गाउँपालिका बनाइएको हो । नशोङको अर्थ हुन्छ तीन गाउँ । यो तिब्बती भाषाको अर्थ हो । तीनवटा गाउँ मिलाएर बनाइएको गाउँपालिका भएकोले नशोङ नाम राखिएको छ । नार र फु पहिला दुइ गाविस थिए । नारको राजाले शिकार खेल्न जाँदा नाउर भेटेकोले नार नाउँ रहेको हो । गुङ भाषामा फु नाँस अर्थात फुँ गाउँ कुखुराको अण्डाको आकारको गोलो परेको जमिनको बनावट भएको हुदा ठाउँको नाम फु भन्ने गरिएको हो । अहिले दुबै गाउँ नारफु गाउँपालिका भएको छ ।IMG_9868-01102017041151-1000x0

नेस्याङ उपत्यकामा बस्ने मानिसहरुलाई नेस्याङपा पनि भनिन्छ । नेस्याङपाहरुमा अगुवाको रुपमा सामाजिक नेतृत्व गर्न मिथेवा प्रथा रहेको छ । मिथेवालाई गाउँको अगुवाको रुपमा मान्ने गरिन्छ । मिथेवा प्रथाले गाउँमा रिती थिती बसाल्ने र मिथेवा प्रथाबाट बनेका नियम उल्लघन गर्नेहरुलाई दण्ड, जरिवाना गर्ने गरिन्छ । नेस्याङ गाउँपालिका क्षेत्रका छोरीको विवाह अन्य क्षेत्रका केटासँग भए पनि माइतमा नै बस्दछन् । छोरी केटाको घर नजानेर केटाहरुनै ससुरालीमा आएर बस्ने प्रचलन छ । ससुरालीमा बसेका ज्वाइँलाई नेस्याङमा ‘माक्पा’ भनिन्छ । नेस्याङमा माक्पा बनेर आउने पनि धेरै छन् ।

मनाङको यात्रा सहज छैन । बेसिशहर–चोमेको सडकमार्ग जोखिमपूर्ण यात्रा गर्नु पर्छन् । मनाङमा हुम्डे एयरपोर्ट छ तर, सञ्चालनमा छैन । मोटर मार्ग एउटै ढुंगा जस्तो पहाड खोपेर भीरबाट निर्मा भएको छ । मनाङको यात्रा साहसिकहरु को लागि अनौठो अनुभव दिलाउने हुन्छ । मनाङमा हेर्ने हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हो । दन्त लहरझैं फैलिएका हिमाल । स्थानीय रहनसहन । नागवेली आकारमा बग्ने मस्र्याङदी नदीको सुसाई । चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरुका साथी हुन् ।tilicho-lake
मनाङमा थोराङपास चढन पर्यटक विशेष रुची राख्छन् । यहाँ पुगेपछि पर्यटक प्रकृति देखेर खुसीका आँसु झार्छन् । थोराङ भञ्ज्याङ चढन सफल भएकोमा साथीभाइसँग खुसी साटासाट गर्छन । थोराङ फेदीमा ब्लु शीप अर्थात जंगली भेडा हेर्न पाइन्छ । नार र फूमा कस्तुरी र नाउर भेटिन्छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ । हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दंग पर्छन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरु प्रकृतिमा हराउँछन् । मनाङमा अनेकन खालका पर्यटकहरु पुग्दछन । पर्यटकहरुले जीवन र प्रकृतिलाई बुझ्छन् र फर्कन्छन् । मनाङलाई धेरै पर्यटकले प्रकृति, जनजीवन र रहनसहनलाई शोध र अनुसन्धानको विषय बनाएका छन् ।

पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि लमजुङको बेंसीसहरसम्म ४२ किमी कालोपत्रे सडक छ । बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे ६५ किमी र चामेदेखि नेस्याङको खाङसार ३१ किमी दूरी छ । डुम्रेदेखि बेंसीशहर सवा घण्टा बसको यात्रामा पुगिन्छ । बेंसीशहर देखि चामे सात घण्टा र चामेदेखि नेस्याङ उपत्यका अर्थात मनाङ जीपमा दुई घण्टा यात्रा गर्नु पर्दछ । मनाङगाउँ देखि खाङसार आधा घण्टामै पुग्न सकिन्छ । मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तब्य हो भने खाङसार चर्चित हिमताल तिलिचो ताल जाने बाटो हो । बाटोमा खाना खाने र बस्न सामान्य र सुबिधा जनक होटल पनि सन्चालनमा छन् ।

मितिः – २०७४ असोज २९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *