पाण्डवेश्वर तिर्थाटन पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.वि. मसाल
दाङ उपत्यका एशियाकै ठूलो उपत्यका मानिन्छ । प्रदेश नम्वर ५ मा पर्ने यो उपत्यकाले सबै पर्यटकहरुलाई आकर्षण गराएको छ । अहिले तिर्थाटनको यात्रामा निस्कने पर्यटकहरुले लुम्वीनी, दाङको धारापानी र प्युठानको स्वर्गद्वारी एउटै यात्रामा पुरा गर्न थालेका छन । 21462576_351708371916821_5321301170900971433_nपूर्वी नेपालका तिर्थाटनमा निस्कने पर्यटकहरुले लुम्वीनी, धारापानी र स्वर्गद्वारी यात्राको प्याकेज मिलायर यात्रा गर्न थालेका छन । तिर्थाटन पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न सकिन्छ । तिर्थाटनमा धारापानी आउने पर्यटकहरुले दाङ उपत्यका वरीपरि रहेका चुरे र महाभारत श्रृखलाको कोट, प्राकृतिक सम्पदा र ऐतिहासिक स्थलहरुलाई नजिकबाट अवलोकन गर्न सक्दछन ।

घोराही उप महानगरपालिका–५ स्थित रहेको धारापानीको पाण्डवेश्वर मन्दिर पर्यावरणिय, जैविक, ऐतिहासिक तथा पौराणिक कथा र विषयवस्तुका दृष्टिकोणले पनि उतिकै महत्व मानिन्छ । मन्दिर परिसरमा महादेवको मन्दिर, गणेश, हनुमान, राधाकृष्ण, र सूर्यनारायणका मन्दिर, हवनकुण्ड, नन्दीको मूर्ती, भजन कृतन स्थलपनि निर्माण भएको छ । मन्दिरमा परिसरमा आठ हजार एकसय १३ किलो तौलको धातुबाट निर्मीत ५५.५ फिट अर्थात ११.७ मिटर अग्लो त्रिशुल राखिएको छ । यो त्रिशुल एशियाकै ठूलो मानिएको छ । पछिल्लो समय नेपाल सरकार वन विभागले धारापानी मन्दिर क्षेत्रमा पर्ने ४९ विगाहा जमिन धार्मीक वनको विकास गर्न भोकाधिकार दिएको छ । 2अब धारापानीले वनलाई संरक्षण गरी धारा पानीलाई हरियाली वातावरण बनाउनु पर्दछ । अब धारा पानीमा तिर्थाटनमा जाने पर्यटकहरुको लागी आकर्षक पार्क र पोखरी निर्माण गर्न जरुरी छ । जसले गर्दा धारा पानीमा तिर्थाटन पर्यटकहरु मन्दिर वरपरको वातावरणले उनिहरु रमाउन सकुन ।

तिर्थाटन पर्यटकहरुलाई आवासको सुविधा दिन स्व.भुपेन्द्रस्वर श्रेष्ठ र उहाको धर्मपत्नी स्व. बिष्णुदेवी श्रेष्ठको स्मृतीमा घोराही निवासी श्रेष्ठ परिवारहरुले १० कोठाको धर्मशाला निर्माण गरिदिएका छन । जुन धर्मशालामा ३५ बेड र एउटा हल कोठा समेत रहेको छ । टाढाबाट धारापानी पुग्ने तिर्थाटन पर्यटकहरुलाई खाना पकाउन भान्साघर समेत रहेको छ । अहिले धारा पानीमा त्रिशुल आकारमा देखिने गरी १००८ वर पिपलको विरुवा वृक्षारोपण गर्ने अभियान चलेको छ । त्यसै गरी मन्दिर प्रवेश गर्ने गेट भित्र १०८ गौमुखी ढुङगे धारा निर्माण गर्न लागिएको छ । मन्दिर नजिकै तिर्थाटनमा जाने पर्यटकहरुलाई जल चढाउन सुविधा होस भनि घोराहीका प्रभात धिमिरेले ॐ पोखरी निमार्ण गर्न थाल्नु भएको छ । ॐ आकारमा निर्माण हुने तिर्थाटनमा जाने पर्यटकहरुले मन्दिरमा चढाउने पवित्र जलको समेत सुबिधा हुन लागेको छ । 1

सामुन्द्रिक सतहदेखि ६३३ मिटर उचाई र चुरे श्रृखंलाको काखमा रहेको पाण्डवेश्वर शिव मन्दिरले प्राचिन इतिहास मात्र होइन तिर्थाटन पर्यटकको आगमन बढाएको छ । धारापानी वरपर बिचमा बबै नदी र आसपासमा डोलगाउँ, धर्ना, चैनपुर, गुरगै, गुरुवागाउँ, बचाह, बेरगै, बेरुवागाउँको सुन्दर बस्तीहरु रहेका छन । पुरानो इतिहास खोज्ने हो भने सरिकोटमा दाङको माल कार्यालय रहेको थियो । जुन स्थल मन्दिर भन्दा दक्षिण ४०० मिटरको दुरीमा चुरे पहाडको चुचुरोमा पर्दछ । सुनकोटको ऐतिहासिक कालमा निर्माण गरिएको खडकदेवी भगवतीको मन्दिर पनि छ । जुन मन्दिरलाई अहिले मन्दिरका सचिव बिष्णुराम आचार्यले निजी खर्चमा निर्माण गर्न लाग्नु भएको छ । पाण्डवेश्वर मन्दिर परिसरबाट सुनकोट खडकदेवी मन्दिर सम्म पुग्नको लागी हाईकिङ रोड अर्थात पैदल यात्रा गर्न सिढी निर्माण गरिदिने दाताको खोजी भएको छ । कुल ४ हजार ९६३ सिढी निमार्ण गर्न दातहरु जुटन थालेका छन । सुनकोटको खडकदेवी मन्दिरमा ३१ क्युन्टल तौलको घन्ट राख्ने पनि लक्ष्य रहेको छ । यो बाहेक खडकदेवी मन्दिर परिसर सुनकोटमा भ्यु–टावर राख्ने समेत योजना रहेको छ ।

धरापानी तिर्थाटन पर्यटन बिकासको लागी पूर्बाधार बनेको छ ।20161006_133734 तर धारापानीमा तिर्थाटन पर्यटनपुग्न र पर्यटन ब्यबसाय सन्चालन गर्न भने अझै धारापानीमा थप पुर्बाधारको आबस्यक छ । एउटा भनाई छ, पिध तातेपछि, बिड तातेको राम्रो हुन्छ ! तर अहिले धारापानीको बिकासमा पिध तातेको देखिदैन । मुलुकमा पर्यटन बिकासको लागी पर्यटन बोर्ड छ । जिल्लामा पनि पर्यटन समिती गठन भएको छ । घोराही उप महानगरपालिकाले पनि आफ्नो क्षेत्रमा पर्यटकिय स्थलको बिकास गर्न केहि बजेट छुट्टाएको छ । तर तिर्थाटन पर्यटन बिकासको लागी ती निकायले आबस्यक ध्यान भने दिएको देखिदैन । धारापानी पाण्डवेश्वर मन्दिर जिल्ला सदरमुकाम घोराही देखि ९ कि.मि.को दुरीमा पर्दछ । मन्दिर पुग्ने बेला तर्नु पर्ने बवै नदीमा पुल वन्न सकेको छैन । बिगत लामो समय देखि राजनितिक दलहरुको दृष्टिकोण पुग्न नसक्दा जिल्लाको महत्वपूर्ण तिर्थाटन पर्यटकियस्थलमा बर्षाको समयमा पुग्न असजिलो भएको छ । dharapani3मन्दिर परिसरमा भौतिक पूवाधार अझै विस्तार गर्न बाकी भएपनि यसलाई विशेष महत्वका साथ संरक्षण मन्दिरका समिती लागी परेका छन । धारापानी पाण्डवेश्वर मन्दिरको प्रचार प्रसार जती हुन पर्ने थियो त्यो हुन सकेको छैन ।

तिर्थाटन पर्यटनस्थलहरु मठ मन्दिर, प्राकृतिक सम्पदा, वातावरण र ऐतिहासिक स्थल संग जोडिएको हुन्छ । यी स्थलहरु मध्य धेरै स्थान ऋषि मुनीहरु वाट अध्यात्मक चिन्तन र तपस्या गरिएका स्थलहरु मानिन्छन । खासगरी ऋषि मुनीहरुले धार्मीम, आध्यात्मिक, वैदिक, सामाजिक र प्राकृतिक चिन्तन गर्ने गरेको स्थलहरु नै अहिले तिर्थाटन पर्यटन बिकास संग जोडिएका छन । त्यहि क्रमको प्राचिनता जोडिएको छ, पाण्डवेश्वर मन्दिर । द्वापर युगको अन्त्यमा श्रीकृष्ण भगवानले दुष्टहरुको संहार गरी लोकमा धर्मको स्थापना गरेर स्वर्गारोहन भएपछि द्रौपती सहित पाचँ पाण्डपहरु उत्तरापन्थको यात्रामा जाने क्रममा धारापानीमा शिवको अर्चना गरेको जन विस्वास रहेको छ । त्यसपछि पाचँ पाण्डवहरुले स्वर्गद्वारीमा यज्ञ लगाए र स्वर्ग गएको भनाइ पनि छ । यी कारणले पनि धारापानीलाई तिर्थाटन पर्यटनको बिकास गर्न जरुरी छ । तिर्थाटन पर्यटन सम्बन्धी जनचेतना जगाउन सक्ने हो भने धारापानीको विकास र स्थानीय जनतालाई आफ्नै ठाउँमा आफ्नो संस्कृतिको प्रचार प्रसार गरेर नै धारापानी वरपरका मानिसहरु आत्मनिर्भर बन्न सक्दछन ।

धारापानी वरपरका गाउँहरुमा तिर्थाटन पर्यटनको सम्भावाना रहेको छ । पाण्डेबश्वर मन्दिर र प्राकृतिक सम्पदाले गर्दा तिर्थाटन पर्यटनको बिकास गर्न सकिने सम्भावानाहरु रहेका छन । चुरे पहाड विचभागका रहेको पाण्डवेश्वर मन्दिर, धारापानी क्षेत्रलाई अब तिर्थाटन पर्यटनको अबधारणा अनुसार बिकास गर्नु पर्दछ । यो स्थल बाट घोराही वरपरका दर्जनौ वस्तीको अवलोकन गर्न सकिन्छ । साथै उत्तर किनारामा रहेको महाभारत श्रृखलाको दृष्य पनि मन्दिर परिसर वाटनै देख्न सकिन्छ ।maxresdefault मन्दिर भएको चुरेपहाड को सिरमा सुनकोट लेक, त्यसको पश्चिम तिर रहेको सरिकोट प्राचिन ऐतिहासिक स्थल मानीन्छ । सुन्दर प्रकृतिको विचमा रहेको शिव मन्दिरको तल किनारमा वग्ने बबै नदीले झन पाण्डेवश्वर मन्दिरको महत्व बढाएको छ । प्राकृतिक मनोरम वातावरणमा रहेको मन्दिर तिर्थाटन पर्यटकिय स्थलको रुपमा विकास गर्न जरुरी छ ।

तिर्थाटन पर्यटन प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि पर्यटनका सम्भावनाहरु धेरै गाउँमा नै हुन्छ । पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । शहर बजारमा हुने धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । आन्तरिक तिर्थाटन पर्यटकहरुले पनि खासगरी संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । त्यसैले धारापानीलाई ती सबै कुराको बातावरण श्रृजना गरी तिर्थाटन पर्यटनको बिकासमा लैजानु पर्दछ ।

अहिले प्राय धेरै जिल्लामा पर्यटनको कुरा उठाएपनि ब्यबस्थित भने धेरै ठाउमा हुन सकेको छैन । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यवसायिक रुपमा सञ्चालन गर्न अब स्थानीय तह, समाजसेवी सबै लाग्नु पर्दछ । जुनसुकै पर्यटकहरुले आफ्नो आनन्द र मनोरन्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन । indexपर्यटन विकासका निम्ति संस्कृति, तिर्थाटन र प्रकृति यी तीनओटै उत्तिकै महत्वका विषय हुन्छन । हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्न सकेमा मात्र पनि पर्यटनको बिकासको लागी सजिलो बातावरण बन्दछ । पर्यटक जो घरबाट बाहिर छोटो अवधिका लागि यात्रा गर्दछ र उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्ने उद्देश्य लिएको हुन्छ ।

तर पर्यटन बिकासको काम गर्न त्यति सजिलो छैन । जहा व्याप्त अभाव वा असुविधा छ, त्यहा पर्यटकहरु जान मन गर्दैनन । यसको लागि आवास, यातायात र खानेकुरा त मूलभूत रुपमा नभै नहुने कुरा भए । सुविधायुक्त आवास, स्वादिष्ट भोजन, स्वास्थ्य, र सुरक्षा, सञ्चार र यातायातको सुविधा पर्यटनक्षेत्रमा हुनु पर्दछ । त्यसपछि मात्र पर्यटकहरु क्रमिक ती स्थलहरुमा पुग्दछन । वास्तवमा ग्रामीण क्षेत्रमा हुने पर्यटकहरुको भ्रमण लामो समयको लागि हुदैन तर छोटै अवधिको भएपनि यसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन ल्याउछ । ग्रामीण क्षेत्रमा उत्पादन हुने र ढुवानीको कारणले खपत हुन नसकेका खाद्यान्न, सागसब्जी, फलफूल या दुग्ध पदार्थको उपभोगमा बृद्धि हुन्छ । ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने यो एक सरल उपाय हुन्छ । यो बाहेक रोजगारीको अवसर सृजना हुन्छ । पर्यटनको आगमनले ग्रामीण समुदायमा रोजगारीको नयाँ अवसर पनि खुल्छ ।

पर्यटन विकासमा होमस्टेले ठूलो सहयोग पु¥याउछ । गाउँ घरमा विविध जनजाती, भाषाभाषि, धर्म, सस्कृती, परम्परा, रहनसहन, रितिरिवाज र आत्मीय आतिथ्यले सजिएका सुन्दर बस्तिहरु हुन्छन । Surkhet_Villageपाहुनालाई देबतासरह मान्ने र घरमा आएको पाहुनालाई राम्रो सत्कार गरि खान बस्न दिने हाम्रो पुरानो प्रचलन हो । होमस्टेको सञ्चालन सरकारले नभएर स्थानीय समुदायको सक्रियतामा सन्चालन गर्ने हो । यसले ग्रामीण जनताको आर्थिक अवस्थामा सुधार ल्याउन मद्दत गर्दछ । यो अवधारणा अनुसार एउटा घरमा चारवटासम्म कोठामा पर्यटकको बासस्थानको बन्दोबस्ती गर्न सकिन्छ । जसको सञ्चालन घरमालिक आफैले गरी आफ्नै परिवारसँग खानपानको व्यवस्था गर्नुपर्छ । होमस्टे सेवाले ग्रामीण क्षेत्रमा पुग्ने पर्यटकलाई सहज हुन्छ । स्थानीय समुदायको कला, संस्कृति, भेष–भुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा ग्रामीण क्षेत्रबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकन समेत पर्यटकहरुले गर्न सक्दछन ।

हिन्दू धर्म वा सनातन धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआएको छ । हिन्दू धर्मको विशेषता भनेको यस भित्रका बिभिन्न आस्था र विश्वासका श्रोत हुन्। । तर आस्थालाई कहिलेकहि भ्रामक हल्लाले पनि धर्म प्रति आस्था थपिएला । तर त्यसले दिगो विस्वास भने हुदैन । विगतमा धारापानी मन्दिर परिसरमा त्रिशुल स्थापना गर्ने बेला निर्माणको क्रममा साजको रुख ढल्नु र उठनु, वातावरण खल्बलिएपछि निस्किएको सर्पलाई नाग देवता भनेर भ्रामक हल्ला गरिएको थियो । यस्ता भ्रामक हल्लाले पाण्डबेश्वर मन्दिरको दिगो बिकास हुने होइन । Dang Valleyयो मन्दिरको दिगो बिकासको लागी अहिले देखिनै तिर्थाटन पर्यटनको अबधारणलाई अगाडी बढाउन जरुरी छ । मन्दिर परिसरमा सरसफाइ, खानेपानीको उचित प्रबन्ध, पक्की सडक र बबै नदीमा पुलको प्रबन्ध भयो भने धारापानीको बिकास क्रमिक रुपले हुदै जान्छ । यी बिकासले गर्दा तिर्थाटन पर्यटकहरुको सख्या तुलनात्मक रुपमा वृद्धिहुदै जाने र दिगोरुपले बिकास र संरक्षणमा सहयोग पुग्न सक्दछ ।

धारापानीमा पुग्ने तिर्थाटन पर्यटकहरुले केहि न केहि धारापानी मन्दिरको चिनो स्वरुप बस्तुहरु लिन चाहन्छन । धारापानी क्षेत्रलाई तिर्थाटन पर्यटनको बिकास गर्नको लागी स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ । जुन सिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरुले उत्पादन गरेका बस्तुहरु धारापानी पुग्ने तिर्थाटन पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ गाउँमा पर्यटनको बिकास ।

मिती ः– २०७४ असोज २६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *