डिग्रे तिर्थाटन पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
हामी नेपालीहरु प्रकृतिका धनी छौ । हाम्रो पर्यटन पनि धेरै प्रकृति तिर्थाटनसंग जोडिएको छ । प्रकृतिमानै हामीले भन्दै आएका कोट, ऐतिहासिकस्थल, मठ मन्दिर र हामी पुग्ने तिर्थाटनका स्थलहरु छन । आजभोली धेरै ग्रामीण पर्यटकहरु तिर्थाटनको खोजीमा हुन्छन । सुलभ यातायात र खानाबस्नको लागी होटलको सुबिधा भएका स्थलहरुमा टाढा–टाढाका पर्यटकहरु पनि तिर्थाटनकै लागी आफ्नो भ्रमण तय गर्दछन ।14112016054306rukum-1000x0

रुकुम जिल्ला अहिले दुई भागमा बिभाजन भएको छ । पुर्वी रुकुमको तीन गाउँपालिका छुट्टै जिल्ला भएर त्यसको सदरमुकाम रुकुमकोटमा भएको छ । यो क्षेत्र प्रदेश नम्वर ५ मा पर्दछ । रुकुमको पश्चिम भूगोल प्रदेश नम्वर ६ मा पर्दछ भने यसको सदरमुकाम मुसिकोटनै छ । ४४ वर्षअघि १२ वर्षसम्म रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटमा नै थियो । भौगोलिक, ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले रमणीय रुकुमकोट ५२ पोखरी र ५३ टाकुरीको नामले चिनिने छुट्टै महत्वको पहिचान थियो । तर २०३० सालमा रुकुमकोटबाट मुसिकोट खलंगामा रुकुमको सदरमुकाम सारिएको थियो । रुकुम ताल, तलैया, दह, कुण्ड, पोखरीबाट पहिचान भएको जिल्ला हो । जिल्ला बिभाजन भएपछि धेरै ताल र पोखरी पूर्वी रुकुमको भूगोलमा परेको छ । तिर्थाटनमा रुकुम डिग्रे पुग्ने पर्यटकहरु आफ्नो भ्रमणको समय लभ्याउन चाहे धेरै स्थानमा पुग्न सक्दछन ।

प्रदेश नम्वर ६ रुकुम जिल्लाको मुसिकोट नगरपालिका–५ थर्पुमा डिग्रे साईकुमारी भगवतीको मन्दिर रहेको छ । यो मन्दिर रुकुम जिल्लाको प्रसिद्ध धार्मिक प्रतिष्ठान मानिन्छ । प्रत्येक वर्ष प्रबोधनि अर्थात हरीबोधनी, तुलसीको विवाह गर्ने एकादशीबाट सुरुभई पुर्णिमाको दिन सम्म लाग्ने डिग्रे साईकुमारी भगवतीको मेलाले स्कुम मात्र होइन अन्य जिल्लाका तिर्थाटनमा निस्कने पर्यटकहरुलाई डिग्रे मेलाले आकर्षित गर्ने गरेको छ । 14112016054306Rukum3-1000x0मेलामा स्थानीय कला सस्कृतिको लोकदोहोरी, सामुहिक लोक नृत्य, एकल नृत्य जस्ता आफ्नै सस्कृतिमा रमाउदै लोक सस्कृति झल्कने खालका झाकी, लोकबाजा र भजनले तिर्थाटनमा पुग्ने पर्यटकहरुलाई मनोरञ्जन दिलाएको हुन्छ । डिग्रे साईकुमारी भगवती मन्दिरको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वास पनि गरिन्छ ।

डिग्रे साईकुमारी मन्दिरमा बली चढाउने प्रथा पनि छ । एकादशि र पुर्णिमाको दिनमा भने बली दिइदैन र पुर्णिमाको दिनमा सखाल अर्थात साखगाउँको नाँच नाचेपछि मात्र मेला समापन हुने गर्दछ । यो नाचलाई वीरताको प्रतिक पनि मानिन्छ । डिग्रेको मेलामा हातमा ठूला ठूला लाठी नचाउँदै सयाँै युवा तथा वृद्ध एकै साथ दौडिँदै आएपछि भागदौड मचिन्छ । केही समय भागाभाग भएपनि ति लाठी बोकेका मानिसले कसैलाई केही नगरी आफू आफूहरुमा लाठीले हानाहान गर्छन् ।21686025_10213162383206068_1957983067164855908_n त्यस पछि भने दर्शक नजिकै झुम्मिएर मज्जाले लाठी कुटाकुट नृत्यको मज्जा लिन्छन् । हातमा ठूलो लाठी बोकेका युवा कहिले डिग्रे मन्दिर परिक्रमा गर्छन् त कहिले मेलामा आएका मानिसको भिडमा लाठी नचाउँदै कुटाकुट गर्छन् । उनीहरुको टाउकोमा ठूला ठूला लाठीको चोटहरु वर्षाइन्छ । डिग्रेको मेला नहेरेका मानिसहरुलाई लाग्छ दुई थरि युवाबिच घमासान युद्ध भैरहेको छ ।

त्यसको पछि वृद्ध मादल लगायतका बाजाहरु बजाउँदै अगाडी बढिरहेका हुन्छन् । तर यो सबै दृश्यहरु कुनै लडाइँ तथा झगडा नभएर पुण्य प्राप्तीको लागि रुकुमको डिग्रे साइकुमारी मन्दिरमा साख गाउँका बासिन्दाले प्रर्दशन गर्ने लाठी कुटाकुट नृत्य हो । झण्डै एक घण्टा सम्म युवाबिच लाठी हानाहान हुन्छ तर त्यो अवधिमा कसैलाई पनि कुनै चोटपटक लाग्दैन । प्रत्येक वर्ष साख गाउँको सकाल नृत्यले तिर्थाटनमा पुग्ने पर्यटकहरुलाई रोमाञ्च बनाई दिन्छ । साखगाउँका मानिसहरुले गाई प्राप्त गर्नकोलागि नाच देखाएको प्रशंग पनि यो नाचसंग जोडिएको छ । यो नाँचमा आउने मानिसहरुमा छुट्टै पहिरन, फुर्तीलो अनुहार र बान्की परेका युवाहरु रहेका हुन्छन । दमाह, झयाली, टेम्कु लगाएत पन्चेवाजाको धुनमा हातमा लट्ठी र जंगलमा पाईने झयाउ जस्ता वनष्पतीको साजसज्जामा आएका साखंगाउँका मानिसहरु मन्दिर अगाडी चौरमा आएपछि मेलाको रौनकनै अर्कै हुन्छ । मन्दिर अगाडी नाचँको गर्रा छुटेपछि मेलामा गएका सबै तिर्थाटनका पर्यटकहरुको ध्यान नाचमा पुग्ने गर्दछ ।

रुकुम जिल्ला नेपाल एकिकरण हुनुभन्दा अघि भुरे–टाकुरे राजाहरुले तिन सय वर्ष सम्म राज्य चलाएका थिए । इतिहासमा मलय वर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाइन्छ । Rukumत्यतिबेला रुकुम राज्यमा आठहजार घरघुरी भएको इतिहास छ । त्यसपछि बाइसे राजाहरुमा गजनीबम, जलालबम, जसबम, हुदै जयतबमहरुले राज्य गरेका थिए । दरबारको झै झगडा र भाईहरुको विच झगडा हुन थालेपछि जयतबमका छोराहरुका पालामा रुकुम राज्य रुकुमकोट, मुसीकोट, बाफिकोट, आठबिसकोट, गोतामकोट र जाहारीकोटमा बिभाजन हुन पुगेको थियो । एकिकरण पछि वि.स. २०१८ सालमा नेपाललाई चौध अञ्चल पचहत्तर जिल्लाको प्रसासनिक स्वरुप बिभाजन गर्ने क्रममा रुकुम जिल्लाको नामाकरण भएको हो ।

डिग्रे साईकुमारी भगवतीको मन्दिर यिनै बाईसे राज्य संचालन गर्ने बेला शाह राजाले स्थापना गरेको हुदा भगबतीको नाम पनि साई राखिएको भन्ने जन विश्वास छ । शाह राजाहरुले डिग्रे साईकुमारी भगबतीलाई शक्तिपिठको रुपमा मान्ने हुदा मन्दिरमा बलि प्रथा सुरुदेखिनै चल्दै आएको हो । मन्दिर भित्र साईकुमारीको ढुङगाको प्रतिमा, गणेश, शिव, पार्वतीको प्रतिमा राखिउको छ भने मन्दिर परिसरमा सिद्धबाबा मन्दिर, सत्यनारायण मन्दिर, धर्मशाला र खप्तड बाबाको मन्दिर समेत निर्माण गरिएको छ । डिग्रे साईभगवती मन्दिरमा हालसम्म ऐतिहासीक कुनै पुराना ताम्रपत्रहरु भेटिदैन । lukla-airportतर मन्दिरमा चढाएको एक घण्टमा बि.स. १६४२ मा कालिबहादुरले चढाएको भन्ने उल्लेख छ । यो घण्टको सम्वतलाई आधार मान्ने हो भने साई भगवतीको इतिहास सोहौ्र, सत्रौँ शताब्दिबाट सुरु भएको मान्न सकिन्छ । ६ सय बर्ष पहिलेबाट यहाँ पुजापाठ गर्न सुरु गरिएको भएपनि २०३६ सालबाट क्रमश तिर्थाटनको लागी पर्यटकहरु डिग्रे पुग्ने गर्दन । डिग्रेमा साईकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती रहेको छ । मन्दिर नजिकै रहेको पानीको धारामा मानिसको सख्या बढेसँगै धाराको पानी बढने विश्वास छ ।

डिग्रे साईकुमारी मन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रामा पुगीने जन्तिबस्ने ढुङगाबाट स्यार्फु तालको पुर्णआकार, पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटको सम्पूर्ण दृश्य, सिस्नेहिमाल, पुथा हिमाल लगाएतका दर्जनौ प्रकृतिक मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी दक्षिण पट्टी रहेको सल्यान जिल्लाको कुमाक लेक र रोल्पा जिल्लाका अनगिन्ती पहाडका श्रृखला जन्तिबस्ने ढुङगाको एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । पहाडहरुको विचमा रहेको जन्तिबस्ने ढुङगाको उचाईमा आजभोली स्काई फोनको टावर र सानो भेरीएफएमले समेत आफ्नो टावर बनाएको छ । जिल्लाकै ऐतिहासीक महत्व बोकेको जन्तिबस्ने ढुङगामा बाईसे राजाहरुले लडाईको समयमा दुश्मनको अवलोकन र आफ्नो सुरक्षाको लागि पनि यहि स्थल वरपर सुरक्षीत थलो बनाएका थिए । फिस्टेल नेपाल प्याराग्लाईडिङ प्रालिले गत बर्ष रुकुमको ३ ठाउँमा प्याराग्लाईडिङको सफल परिक्षण गरेको थियो ।21761743_10213162383406073_8732810476420915030_n रुकुम मुसिकोट नगरपालिकाको जन्तीवस्ने लेक, रुकुमकोटको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा प्याराग्लाईडिङ सफल परिक्षण भएको थियो । जन्तीबस्ने लेकबाट प्याराग्लाईडिङ उडान मुसिकोटको सल्ले विमानस्थलमा अवतरण गरिएको थियो । साहसिक पर्यटनहरुको लागी जन्तीबस्ने ढुङगा प्याराग्लाईडिङ उडान भर्ने स्थल पनि हुने भएको छ ।

डिग्रे मात्र होइन धार्मिक एवम ऐतिहासीक महत्व बोकेका स्यालापाखाको वराहा मन्दिर नाथीगाड, आठबिसकोट, पिपलको कुनाखेत जस्ता स्थानमा पनि मेला लाग्ने गर्दछ । ओढार, ऐतिहासिक राजाहरुको दरवारका भगनावशेष, झुलावाङको तामाको पैसा काटने ऐतिहासिक टक्सार, कोलको विरगुम गाउँको तामा खानी, पोखराको तातोपानी, सानोभेरीले पनि तिर्थाटनका पर्यटकहरुलाई नयाँ अनुभुत दिलाउन अहिले पूर्वी–पश्चिम दुई भागमा बिभाजन भएको रुकुम जिल्लाले सक्दछ । यो बाहेक ठूलो भेरी सानो भेरीको मिलन स्थल रिम्ना आठबिसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका साखको ठूलीदह, सानीदह तकसेराको मनोरम वस्ती, उत्तरगङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनि रहेको छ रुकुमको प्राकृतीक सम्पदा । हिमाली गाउँ अथवा खाममगर जातीहरुको बस्तीमा पुग्ने तिर्थाटनका पर्यटकहरु पूर्वी रुकुम पुगेपछि ढोरपाटन जान रुचाउछन ।1

अहिले रुकुम शान्त छ । १० वर्षे सशस्त्र द्वन्दको उदगम थलोको रुपमा पहिचान भएको रुकुम भित्र प्रकृतिको अनुपम उपहारका सम्पदा रहेको छ । दश वर्षे जनयुद्धको उदगम स्थल मानिने रुकुम जिल्ला विकास निमार्णमा जुटेको छ । जिल्लामा भएका ऐतिहासिक, सास्कृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्भावना रहेको स्थानको पहिचान गरी पछिल्लो समय ग्रामीण पर्यटन क्षेत्रको विकास हुन थालेको छ । रुकुम देखि सल्यान हुदै दाङ सँग जोडने सडक कालोपत्रे भएको छ । पश्चिम रुकुुमको चौरजहारी देखि बागलुङ जिल्लासँगको सिमाना काक्रीको इरनेटा सम्म १३४ किलोमिटर मध्य पहाडि लोकमार्ग कच्ची सडक सन्चालनमा आएको छ । रुकुममा चौरजहारी र मुसिकोट गरी दुई वटा विमान स्थल पनि कालोपत्रे भई सकेको छ । अहिले पश्चिम रुकुमका मुसिकोट, चौरजहारी, आठबिसकोट नगरपालिका र बाँफिकोट, त्रिवेणी, सानी भेरी गाउँपालिका सबैमा धुले सडक निर्माण भएका छन । भने पूर्वी रुकुमका पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा पनि मध्य पहाडी लोक मार्गले धेरै ठाउमा कच्ची भएपनि सडक यातायातले सुविधा दिएको छ ।

मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ ठाँउ घुमफिर गर्न मनलाग्छ । घुमफिरमा खाना पनि पाएसम्म नयाँ स्वाद र परिकार खोज्ने कसैको मन हुनछ । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । रुकुमको डिग्रे साईकुमारी भगवतीको तिर्थाटनमा जाने पर्यटकहरुले हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती सबैको अध्ययन र अवलोकन गर्न सक्दछन । यी जैविक र भौगोलिक विविधता रुकुमको भ्रमणमा पाउन सकिन्छ ।digre_YYgqzzdvOU डिग्रे साईकुमारी भगवती मन्दिर वरपरको वातावरण जैविक विविधताले सिंगारेको छ । हराभरा डिग्रे थर्पुको डाँडा आकर्षक हुनुमा जैविक विविधता र रुख बिरुवा छन । जैविक र भौगोलिक सुन्दरताले समग्र रुकुम धनि छ । पूर्वी रुकुममा सिस्ने हिमाल, पुथा हिमाल, हिउँचुली, सामझाङ हिउँचुली, चित्रेपाटन हिमाल पर्दछन । एकै दिनमा चार रंग फेरिने स्यार्फु ताल, कमल दह, छिर्पीदह, आँखीदह, सुपेदह, मेलचौर दह लगायतका दहहरु समेत रुकुममा छन ।

नाथिगार, कुनाखेत, स्यानीपिपल जस्ता परम्परागत जात्रा तथा मेलाहरु र सिंगारु, मयुर, टप्पा, खाम मगरहरुको भुम्या पर्व, बलपुजा, लहरे, ख्यालीनाच र रुकुमेलीको संस्कृतिले नयाँ पर्यटकहरुलाई मनै छुने गराउछ । उत्तरगंगाको नामले परिचित सानोभेरी नदीको नागवेली स्वरुप हेर्दै रुकुमका सवै प्राकृतिक सम्पदाको भ्रमण गर्दा रुकुम पुग्ने प्रकृति प्रेमी पर्यटकहरुलाई थप अध्ययनको विषय बन्दछ । विगतमा माओवादीले शसस्त्र युद्धमा निशाना बनाएका आठविशकोट लगायतका विभिन्न प्रहरीचौकीहरु, सरकारी कार्यालय, सुरुगंहरु, द्धन्दकालमा जलाईएको खारा गाउँ नमुनावस्ती, मेलगैरी लगायतका गाउँ ठाँउहरु अनुसञ्धान र सोधकर्ताहरुका लागी उपयोगी हुन सक्दछ ।

index
रुकुमको मुसिकोट काठमाण्डौ लगायत अन्य सहरी क्षेत्रबाट दाङ तुलसीपुर सल्यान हुदै सडक सञ्जालले जोडिएको छ । दाङको तुलसीपुरबाट सल्यान श्रीनगर हुदै मुसिकोट सम्म १६२ किमीको दुरी पर्दछ । मुसीकोट डिग्रे साईकुमारी मन्दिर मुसिकोट खलंगाको मठ भन्ने स्थान बाट १ घन्टाको उकालो पैदल यात्रा वा करिव तीन किलो मिटरको दुरीमा जीप र मोटर साईकलबाट पनि पुग्न सकिन्छ । तपाइ रुकुम जानु भएको छ ? वा जाने सोचमा हुनुहुन्छ ? अथवा रुकुमको बारेमा केहि थाहा छैन ? रुकुम जानु भयो भने एक पटक डिग्रे साईभगवतीको मन्दिरमा पुग्नुहोस ! त्यसको आनन्द गएपछि मात्र थाहा पाउनु हुनेछ ।

मितिः – २०७४ असोज २३ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *