घोडाघोडी ताल पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
अहिले मानिसहरुमा फुर्सद भयो भने घुमफिर गर्ने बानीपरेको छ । घुमफिरमा निस्कने पर्यटकहरु प्रकृति प्रेमी हुन्छन । प्रकृति प्रेमी भएपनि मानिस स्वभावले नै प्रकृति भित्रको विविधता मन पराँउछ । Ghodaghodi_Talत्यहि कारणले हो, भुपरिवेष्ठित मुलुकका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो नै विविधता भित्रको मानवको स्वभाव । जुन कारणले पर्यटकको घुमफिर पनि यसैमा भर पर्दछ । नेपालमा पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्राकृतीक, वनस्पती, जनावर, चराहरु आदी हेर्न रमाउछन ।

प्रकृति प्रेमी पर्यटकको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा र भ्रमणका क्षेत्रको रहनसहन मात्र होइन प्रकृतिमा हुने जैविक विविधताको समेत अध्ययन हुन्छ । भ्रमण निस्कने पर्यटकको रुचि अनुसार ऐतिहासिक,पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन एवं अनुसन्धान गर्न सक्दछन । पर्यटकको भ्रमणका उद्देश्य फरक भएपनि तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधता अर्थात प्रकृतिसंग रमाउने हो । नेपालमा जुनसुकै भूगोलमा जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । प्राकृतिक स्वरुपले सबै भूगोललाई मिलाएको छ । यीनै कारणले नेपाल जैविक विविधताको पर्यटकको गन्तव्य भएको छ ।

बिश्व रामसार सुचिमा सुचिकृत नेपालको ताल मध्य कैलाली जिल्लाको घोडाघोडि ताल धामिर्क र पर्यटकिय सुन्दर स्थल हो । कैलाली पुग्ने अथवा जिल्ला बाहिरका पर्यटकहरु पुर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्न थाले भने घोडाघोडी नपुग्ने विरलै हुन्छन । नाम मात्र सुनेका पर्यटकहरुको पनि ध्यान यो तालले खिचेको हुन्छ अर्थात पुग्ने उत्सुकता पैदा गरिदिन्छ ।Asigram Temple,Dadeldhura कैलाली जिल्लाको घोडाघोडी ताल जिल्लाको सवैभन्दा ठुलो ताल हो । यो तालको आकार ७ कोणमा फैलिएको छ । घोडाघोडी ताल वनबहेडा र सुखडको विचमा पर्ने जंगलमा पर्दछ । यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणले प्रसिद्ध स्थलको रुपमा लिने गरिन्छ । योगी नरहरी नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरु पत्ता लगाएका थिए । उनले घोडाघोडी ताल महाभारत काल भन्दा पनि पहिले नै पवित्र तिर्थस्थल थियो भन्ने कुरा उल्लेख गरेका छन ।

हामीकहा पर्यटकियस्थल र धार्मीकस्थलका बारेमा यसको इतिहास खोज्दै गयो भने, सपना, विजय उत्सवको किम्बदन्ती जोडिएको पाइन्छ । घोडाघोडी तालको बारेमा पनि यसस्तै प्रशगं जोडिएको छ । यतिखेर घोडाघोडी ताल भएको ठाउँमा प्राचिनकालमा एउटा सुन्दर गाँउ थियो । कुनैदिन रातभर परेको पानीले गाउँलाई तालमा परिणत गरायो । गाउँनै ताल भएपछि त्यस समयका राजाले एक जोडी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन । अनुगमनमा पठाएका घोडाहरु गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले त्यो ठाउँ दैवीशक्ति रहेछ भनि मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।

घोडाघोडी तालको बारेमा अर्को प्रशगंग पनि छ । सत्ययुगको अन्ततिर उछौ श्रावा नामको पाइनदार घोडामाथि तेजस्वी भाई रेवन्तक वैकुण्ठतिर आउँदै गरेको देखेर लक्ष्मी आसक्त भइछन् । 6239953380_76eab631fbविष्णु भगवानले त्यसलाई सहन गर्न नसकेर लक्ष्मीलाई मृत्युलोकमा गएर घोडीको भेषमा विचरण गर्नु भन्दै श्राप दिएछन् । लक्ष्मी घोडीको रुप धारण गरी यही घोडाघोडी वरपर विचरण गर्न थालिन् । केही समय पश्चात विष्णु भगवान लक्ष्मीलाई भेटन घोडाको भेष धारण गरी आए । दुवै यही घोडाघोडी ताल वरपर विचरण गरेको कथा पनि थारु जातीमा रहेको छ ।

करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरु समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । घोडाघोडी ताल तालहरुको माला हो भन्दा पनि हुन्छ । हवाई यात्राबाट घोडाघोडी ताल क्षेत्रलाई हेर्दा यसको आकृति सुन्दर देखिन्छ । तालैतालले बनेको संरक्षित क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुंगीको सुरक्षित शान्त अनुकूल बासस्थान रहेको छ । तालमा हरि हाँस, रैथाने हाँस र धेरै प्रजातिका पाहुना पन्छीहरु तालको आनन्द लिन आउँछन् । साइबेरियादेखि आएका पर्यटक चराहरु सिमसार चर्छन् । सिमसार तालमा पालोपालो पौडी खेलेर आनन्द लिन्छन् । स्थानीय पन्छीसित मैत्री सम्बन्ध कायम गर्छन् । संरक्षित वन क्षेत्रमा ढुक्कसित शयर गर्छन् रमाउँछन् । सिमसार तालको छेउछाउमा ओथारो बस्छन् । नयाँ सन्तानसहित आ–आफ्नै देश फर्किन्छन् ।DSC02744_0

पशुपन्छीहरु दौत्य सम्बन्ध कायम गर्न सिपालु छन् । प्रेम, मित्रता र सदभाव साटछन् । अर्को साल फर्किने वाचा गर्छन् र फर्किन्छन् । जन्मथलो सबैलाई प्यारो हुन्छ । चराहरु पनि आफ्नो पुख्र्यौली थलो भुल्न नसकेर फर्किन्छन् । अर्को वर्ष फेरि अतिथि बनेर आउँछन् । आतिथ्य सत्कारका लागि नेपाली हावा, पानी, सिमसार, माटो नेपालको प्रकृति संसारमा सर्वोच्च स्थानमा छ । घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरुका प्रजाति संरक्षित क्षेत्रमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिका दर्जनौं माछाहरु, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल बनेको रहेछ घोडाघोडी ताल । ताल र सिममसार क्षेत्र वरपर अतिलोपोन्मुख मानिने जंगली धानसमेत पाइन्छ ।

घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरु, ३२ प्रजातिका पुतलीहरु, ११ प्रजातिका गोहीहरु, ७ प्रजाति घ्रसिने जन्तुहरु, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेको अनुसन्धानले बताउँछ । संसारको दुर्लभ र अन्यत्र कतै नभेटिने हरियो टाउके माछा, रातो टाउको भएको कछुवा, तीनधर्के बाघ, पाटेबाघ, विशेष जातिको चितुवा, जंगली धान र स्वच्छ पानीको ताल यसको विशेषता हो । संसारमै निकै बहुमूल्य मानिने सतीसाल, साल, खयर साजको जंगल यसको अर्को विशेषता हो । जैविक अनुसन्धानको महत्वपूर्ण प्रयोगशाला हो घोडाघोडी ताल । अर्को शब्दमा भन्नु पर्दा ठूलो विश्वविद्यालय पनि हो अध्येताका लागि ।Dalla-Home-Stay-Tharu-Dance

यसको अन्तर्राष्ट्रिय महत्व छ । घोडाघोडी ताल संसारकै समृद्ध जैविक संरक्षण क्षेत्र पनि हो । नेपालको दुर्लभ सूचीमा परेको घडियाल गोहीको संरक्षणका लागि तालको मध्यभागतिर गोही प्रजनन केन्द्र निर्माण गरिएको छ । त्यस्तै हिउँदमा आउने फिरन्ते चरा र स्थानीय चराचरुंगीको प्रजनन केन्द्रका लागि तालको छेउछाउको जंगलतिर चरा प्रजनन केन्द्र बनाइएको छ । यहाँको मनोरम क्षेत्रले पर्यटकहरु रमाउने गर्दछन ।

प्रत्येक वर्ष मंसिर महिनाको विवाह पञ्चमीका दिन घोडाघोडी क्षेत्रका चौधरी जातिले तालको छेउमा रहेको घोडाघोडी देवताको पूजा गर्ने गर्दछन् । तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, बंगुर, कुखुरा आदिको बली पनि दिने गरिन्छ । थारु जातिको ल्वाङी पूजा, मोहत्याल पूजा गरेर बाबाको आशीर्वाद लिने गर्दछन । शिवरात्रि, माघेसंक्रान्ति र कृष्ण जन्माष्टमीका दिन घोडाघोडीमा मेला लाग्ने गर्दछ । आदिवासी थारु जाति प्रकृतिको रक्षक र परम मित्र हुन । थारुजातीको प्रकृतिसित जीवित सम्बन्ध रहेको छ । घोडाघोडीमा अर्को धार्मिक महत्वको स्थल सीताकुण्ड ताल क्षेत्र हो । घोडाघोडी तालको जलस्रोतको भण्डार भनेर सीताकुण्डलाई मानिन्छ ।maghi-homestay-10

घोडाघोडी २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको हो । यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद, अनुसन्धानकर्ताका लागि घोडाघोडी मानिन्छ । संरक्षणका साथै प्रचार प्रसार हुन थालेपछि हिउँदमा साइवेरियन चराको अध्ययन गर्न र लोपोन्मुख बिभिन्न जातिका जलचर, स्थलचर तथा जैविक विविधताको दृश्यावलोकन र खोज अध्ययन गर्न विभिन्न मुलुकका अध्ययनकर्ता तथा पर्यटकहरु आजभोली घोडाघोडी ताल पुग्नेगरेका छन । यो बाहेक भारतको नैनिताल, देहरादुन, शुक्लाफाँटा र घोडाघोडी तालसम्म र राजधानी भएर बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न जो कोही विदेशी पर्यटकहरु पनि पुग्ने गर्दछन ।

नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र घोडाघोडी हो । विश्वका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छ । घोडाघोडी ताल संरक्षण र त्यसको विकासका लागि स्थानीय जनताको सक्रियतामा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको गठन भएको छ । अन्तर्राष्ट्रिय महत्व बोकेको घोडाघोडी सांस्कृतिक, धार्मिक र जैविक अध्ययनका हिसाबले अत्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।goda_ghodi_Tal

नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र यो नै हो । घोडाघोडी सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र एक सय ३८ हेक्टर जमिन रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । अर्को महत्वपूर्ण कुरा विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्य केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छ । त्यसैले पनि विश्वका सङटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो ।

पछिल्लो समय घोडाघोडी तालको राजमार्ग नजिक मानिसहरुको बसोबास, बढन थोको छ । जसले गर्दा प्राकृतिक पानीको स्रोतहरु सुक्दै जान थालेको छ । घोडाघोडी तालबाट खेतबारीको सिँचाइको लागि पानिको प्रयोग गर्ने, माछा मार्ने तथा वन्यजीवजन्तुहरुको चोरी शिकारीका कारणले पनि घोडाघोडी तालले आफ्नो सौन्दर्य र विविधतालाई गुमाउ कि भन्ने शंका उत्पन्न हुन थालेको छ । यसले धार्मिक, पर्यटकीय र वातावरणीय क्षेत्रको अस्तित्व गुम्ने खतरा बडेको छ । यसलाई रोक्न अब स्थानीय निकाय लाग्न पर्दछ । index

घोडाघाडी घुमघाम गर्नको लागी पर्यटकहरुलाई कुनै असुबिधा हुदैन । घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु पनि सन्चालनमा छन । गाउँको परिवेशमा हामस्टेमा बस्न चाहने पर्यटकहरु का लागी माघीगाउँमा हामस्टे सन्चालनमा छ । माघीगाउँमा होमस्टे सन्चालनमा आएपछि पर्यटकहरुलाई खान बस्नको सुबिधा भएको छ । पर्यटकहरु गाउँले परिवेशमा घुलमिल गर्छन्न थारु नाच हेर्छन् र स्थानीय संस्कृतिमा रमाउँछन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ । राजमार्गबाट चार किलोमिटर भित्र माघीगाउँ पुगेपछि पर्यटकहरुलाई पाहुनाको रुपमा स्वागत गर्ने प्रचलन छ । घोडाघोडी नगरपालिका ४ मा पर्ने माघी गाउँका १४ वटा घरमा होमस्टे सञ्चालनमा छन । होमस्टेमा पर्यटकहरुलाई थारु समुदायले सस्कृतिका सखिया, लाठी लगायत थारु नाच देखाएउने गर्दछन । होमस्टेमा बस्न प्रतिकोठा १५० रुपैयाँ तिर्नुपर्छ । थारुजातीले घरैमा पकाएको मीठो खाना पाइन्छ । सादा खानाको १३० रुपैयाँ र मासु खानाको १८० रुपैयाँ तिनु पर्दछ ।birds

कैलाली जिल्लाको घोडाघाडी ताल पुन यातायातको दृष्ट्रिकोणले सुविधा मानिन्छ । काठमाण्डौ देखि दैनिक नेपाल एरलाइन्स, बुद्ध, सौर्य र श्रीएरलाइन्सको हवाई सेवा समेत धनगढीमा रहेको छ । कम खर्चमा यात्रा गर्न इच्छुक पर्यटकहरुको लागी जुनसुकै ठाउबाट पनि घोडाघोडी ताल पुग्न सकिन्छ । पश्चिम नेपालको प्रदेश नं ७ मा प्रवेशद्वारका रुपमा रहेको कर्णाली चिसापानी पुल देखि ३७ किलोमिटर र धनगढीबाट ५३ किलो मिटरको दुरीमा घोडाघोडी ताल पर्दछ । पुर्वी नेपालको काठमाण्डौ, पोखरा र विराटनगर क्षेत्रबाट घोडाघोडी घुमघाम गर्न जाने पर्यटकले कम्तीमा एक हप्ताको समय निकाल्न सके राम्रो हुन्छ । यातायात खर्च बाहेक घोडाघोडी ताल घुम्नको लागी दैनिक एक हजार खर्चको आवस्यक पर्दछ ।

मिती ः– २०७४ कार्तिक ११ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *