अक्टुवर क्रान्ति र नेपालको सन्दर्भ

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
अक्टुबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड पछिको लेनिनग्राड सहरमा सशस्त्र क्रान्तिले प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । पुरानो रुसी क्यालेन्डर अनुसार अक्टुबर २५ गते पर्ने भएकाले यसको नाम ‘अक्टुबर क्रान्ति’ रहन गएको हो । रुसी क्यालेन्डर अनुसार अक्टुबर २५ अहिलेको पात्रोमा नोवेम्बर ७ मा पर्दछ । कम्युनिस्टहरुले सैद्धान्तिक गुरुका रुपमा जर्मनीका कार्ल माक्र्स र व्यवहारिक गुरुका रुपमा रुसी नेता भ्लादिमिर लेनिनलाई मान्ने गर्दछन् । नेपालमा पनि कम्युनिस्ट पार्टी नेकपा (एमाले) देखि नेकपा (माओवादी) केन्द्र सम्मले आफूलाई ‘लेनिनवादी’ पार्टी भन्दै आएका छन् ।

रुसको ठूलो नदी भोल्गाको किनारमा रहेको सिम्बीस्र्क सहरमा सन् १८७० अप्रिल २२ मा जन्मिएका भ्लादिमिर इल्यीच उल्यानोव विश्व सर्वहारा वर्गका महान् नेता लेनिन हुन् । लेनिनले आफ्नै नेतृत्वमा सन् १९१७ अक्टुवर २५ तारिखका महान रुसी अक्टुबर क्रान्ति सम्पन्न गरेर सर्वहारावर्गको अघिनायकत्व स्थापित गर्नु भयो । महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले विश्वभरका उत्पीडित र जनसमुदाय तथा कम्युनिस्ट क्रान्तिकारीहरुका लागि ठूलो शिक्षा र प्रेरणाको श्रोत बन्न पुग्यो । त्यस पछि एसिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका लगायतका विश्वका कैंयन देशहरुमा माक्र्सवाद लेनिनवादको पथप्रदर्शकमा एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टीहरु निर्माण भए । index
अक्टुर क्रान्तिले रुसी मजदुरहरुले सम्राट ब्यापारी, मन्त्री र सरकारी कार्यालय विद्रोहमार्फत् कब्जा गरेका थिए । क्रान्तिले रुसी पुँजीपतिहरुको सरकार उखेलेर फालिदिएर त्यसको ठाउँमा मजदुरको सरकार गठन गरेका थिए । नाफामुखी अर्थव्यवस्था तहसनहस पारिदिएका थिए र उत्पादन मुलक कम्पनीहरु मजदुरले नै चलाउन थालेका थिए । त्यही दिनदेखि रुसमा मजदुर शासन सुरु भएको थियो । त्यसपछि सोभियत संघमा बस्नका लागि सबैको घर भयो । फ्याक्ट्रीहरुमा कोही पनि मालिक भएनन् । आज सोभियत संघको त्यो क्रान्तिको बारेमा कम्युनिष्टहरु मा खासै चर्चा परिचर्चा गरेको पाइन्न । अक्टुबर क्रान्तिकै आदर्श स्थापित गर्न भनेर स्थापना भएका कम्युनिस्ट पार्टीहरु समेतले त्यो दिन बिर्सिसकेका छन् भन्दा पनि हुन्छ ।

अक्टुबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमता अनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकता अनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको मुल उद्देश्य हो । कम्युनिष्ट भन्नु नै सर्वहारा वर्गको मुक्तीकोलागि सर्वहारा श्रमजिबी वर्गद्वारा स्थापित राजनीतिक पार्टी हो । यस कारण कम्युनिष्ट पार्टीलाई श्रमजिबी वर्गको राजनीतिक प्रतिनिधि मानिएको छ ।
कम्युनिष्ट पार्टीको मुल मन्त्र श्रमजिवी वर्गलाई पुजिपति र जमिनदारबाट हुने सबै प्रकारका शोषणबाट मुक्त गराउनु हो । शताब्दिऔंदेखि राज्यसत्तामा एकलौटी हैकम जमाउँदै आएको वर्गलाई शान्तिपुर्ण वा सशस्त्र संर्घषद्वारा सत्ताच्युत गरी शोषित वर्गलाई राज्य सत्तामा स्थापित गराउनु हो । श्रमको मूल्य र मान्यता पुनःस्थापित गराउनु हो । कम्युनिष्ट पार्टीको समाजवादी शासनमा नागरिकहरुले योग्यता अनुसार काम, काम अनुसारको दाम र अन्त्यमा आवश्यकता अनुसारको माम पाउँछ । यस्तो आर्थिक सामाजिक स्थितिलाई क्रमशः समाजवाद र साम्यवाद भनिन्छ । साम्यवादी समाजमा शोषक र शोषित दुवै वर्गको अस्तित्व लोप हुन्छ । निजी सम्पति र राज्य सत्ता समेत विलाएर जाने कुरा वैज्ञानिक साम्यबादका प्रवर्तक कार्ल माक्र्स र फ्रेर्डकि एंगेल्सले आफ्ना कृतिहरुमा उल्लेख गरेका छन ।russian-women-rev-1

अक्टुवर क्रान्तिको ३२ बर्षपछि नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको हो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना बि.स.२००६ साल बैसाख १० गते अर्थात लेनिन जन्म जयन्तीको दिन २२ अप्रिल १९४९ का दिन कलकत्तामा भएको थियो । महान नेता क.पुष्पलाल श्रेष्ठ, क.नरबहादुर कर्माचार्य, क.मोतिदेवी (दुर्गादेवी) श्रेष्ठ, क.निरञ्जन गोविन्द बैद्य र क.नारायण बिलास जोशी गरी पाँच जना अग्रजहरु नेपाल कम्यनिष्ट पार्टीका संस्थापक नेता हुनुहुन्छ । सशस्त्र संघर्षको माध्ययमबाट नेपालको अर्धसामन्ति र अर्ध औपनिवेशिक स्थितिमा परिवर्तन ल्याई मुलुकलाई क्रमशः आधुनिक र सम्पन्न नयाँ नेपालमा रुपान्तरण गर्नु नयाँ जनवादी क्रान्ति अर्थात जनताको बहुदलीय जनवाद प्राप्त गर्नु नेकपाको प्रमुख लक्ष्य र उद्देश्य रहेको थियो ।

अहिले नेपालमा रहेका वामपन्थी पार्टीहरु, राजावादी पार्टीहरु, उदारवादी पुुँजीवादी पार्टीहरु, मधेशवादी पार्टीहरु र यसका नेता र कार्यकर्ताबीच वैचारिक रुपमा भिन्नता छुट्याउनै नसकिने भएको छ । कम्युनिष्टहरुको आचरण र व्यवहारमा बुर्जुवा कार्यशैली, चिन्तन र व्यवहार रहेको छ । कार्यकर्ताहरुको जिम्मेवारी तथा नेतृत्व वर्गको दायित्वको कुनै टुंगो छैन । सिद्धान्त र व्यवहारबाट भन्दा नातागोता, कुलकुटुम्बले प्राथमिकता पाएको देखिन्छ । यसो हुनुमा शासक विचारधारा र सत्तामा पुग्ने सुविधाको विचारधाराले शक्तिशाली भूमिका खेल्नु नै विभाजन र विकृतिको मूल कारण बनेका छन् । क्रान्तिको योजना बनाएर जनताबीच जानुभन्दा क्रान्तिकारी गफ गर्ने बुर्जुवा चिन्तन नै हाबी भएको छ ।

नेपालमा वामपन्थी आन्दोलन विस्तारै सुधारवादमा रुपान्तरण हुँदै गएको छ । सुधारहरु क्रान्ति टार्नका लागि गरिँदैन र क्रान्ति पनि सधैँ हिंसात्मक हुन आवश्यक छैन । तर नेपालका कम्युनिष्टहरुले यी सुधार र क्रान्तिबीचको भिन्नतालाई गजाङमजाङ गरिदिएकोले अन्योल उत्पन्न भएको हो । सुधार क्रान्ति टार्न मात्र गरिने दक्षिणपन्थी संशोधनवादको रुपमा लिने र क्रान्ति हतियार वा हिसांत्मक मात्र हुनुपर्छ भन्ने जुन दृष्टिकोण नेपालमा मुखरित भएका छन, यो सैद्धान्तिक कुरा गलत ढंगबाट प्रयोगमा आएको छ । अहिले बामपन्थीहरुले सामना गरेका चुनौतीहरुमा परम्परागत राजनीतिक व्यवहार, आचरण तथा संस्कारहरुले गर्दा भएको हो । को वास्तविक र को नक्कली कम्युनिष्ट हो भन्ने पनि छुट्याउन कठिन भएको छ । नेपालका सबै कम्युनिष्ट पार्टीहरु एउटै मध्यमवर्गीय बुर्जुवाबाट आएको हुँदा उनीहरुको चिन्तन र व्यवहारमा सर्वहारावादीकरण नहुनु नै अहिलेको प्रमुख समस्याको रुपमा रहेको छ ।images

नेपाली जनतामा कम्युनिष्ट पार्टीहरुप्रति बढ्दो जनमत देखिए पनि परिणाममा कम्युनिष्ट पार्टीहरु कमजोर अवस्थामा रहेका छन् । नेपालमा कम्युनिष्ट भनेका माओवादीहरु नै हुन् भन्ने मान्यता जबरजस्त परेको छ । माओवादीले जनयुद्धपछि संविधानसभामा पहिलो स्थान ल्याउन सक्यो तर पछि घटेर तेस्रो स्थानमा पुगेको छ । यसको मूल कारण पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति बढ्दै गयो । नेतृत्वमा भ्रष्टीकरण भयो । इमान्दार नेता कार्यकर्ता निराश भई पाखा लागेका छन् । माओवादीको केही कमजोरी र संसदवादीहरुको अतिवादी सोचले संविधान निर्माणमा अनेक समस्या भोग्नुप¥यो ।

सामाजिक परिवेश कम्युनिष्टहरुले भनेजस्तो नहुँदा, सर्वहारा संस्कृतिको निर्माण गर्न नसक्दा, अनुशासन कायम गर्न नसक्दा पद र प्रतिष्ठाको महत्वाकांक्षाले पार्टीलाई नै तहसनहस पारिदिएको छ । गुटबन्दी, पद र पैसाको लागि मरिमेटने बुर्जुवा प्रवृत्तिले ग्रस्त रहेको छ । कम्युनिष्ट पार्टीहरुबीच कार्यनीति नै छैन । आफ्नै कार्यकर्ताको क्षमताको पहिचान गरी क्षमताअनुसार काम दिइएको छैन । आफू वरिपरि घुम्नेहरुलाई नै कार्यकर्ता ठान्ने प्रवृत्ति रहेको छ । पार्टी हेडक्वार्टर दरबार बनेको छ । कार्यकर्तालाई नेतासँगको पहुँचभन्दा टाढा राखिएको छ । नेताहरु छोटे राजामा परिणत भएका छन् । कार्यकर्तामा समेत द्विविधा उत्पन्न भएको छ ।

नेपालमा कम्युनिष्ट पार्टीले विभिन्न चरण पूरा गरेको छ । यसले कहिले दक्षिणपन्थी, कहिले उग्रवामपन्थी उग्र लाइनलाई समेत अपनाएर अघि बढेको देखिन्छ । २००८ सालमा केआई सिंहको काण्डलाई लिएर समर्थन गरी सशस्त्र विद्रोहको समर्थन गरेकोले पाँच वर्षसम्म भूमिगत हुनु परेको थियो । यो प्रतिबन्धित अवस्थामा कम्युनिष्ट पार्टीले किसान आन्दोलन, विद्यार्थी आन्दोलन, मजदुर आन्दोलन लगायतका विभिन्न आन्दोलन गरेको थियो भने यसबेलादेखि नै नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियताको आन्दोलनलाई चर्काएर कम्युनिष्ट पार्टी मात्र वास्तवमा राष्ट्रवादी शक्ति हुन् भन्ने कुरा स्थापित गर्न सकेको थियो । सशस्त्र विद्रोहलाई समर्थन गरी प्रतिबन्धित हुनु परेको वामपन्थी उग्रवादी धारबाट एकाएक वि.सं.२०१३ सालमा वैधानिक राजतन्त्रको नेतृत्वलाई स्वीकार गरी प्रतिबन्धबाट खुल्ला भयो । यस कालमा दोस्रो महाधिवेशनमा फोहरा दरबारमा माग गरी दरबारको निकट हुन पुगेकोले तीन धार प्रष्ट रुपमा देखिन पुग्यो । पहिला गणतन्त्रवादी धार, दोस्रोमा राजतन्त्रवादी धार र तेस्रोमा मध्यपन्थी धार देखिएका थिए ।index

कम्युनिष्ट पार्टीले २ वटा पक्षलाई आफ्नो सिद्धान्तको रुपमा अघि सारेको थियो । पहिलो साम्यवादी विचारधाराअन्तर्गत गणतन्त्रवादी र दोस्रोमा राष्ट्रवादी शक्तिको रुपमा राजतन्त्रवादीको रुपमा परिचय बनाउन सकेको थियो । वि.सं. २०१७ सालमा संसदको हत्या गरी पञ्चायती व्यवस्थाको स्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टीको पनि दोस्रो चरण सुरु भएको थियो । यो चरणमा सैद्धान्तिक रुपमा विभाजित भएको कम्युनिष्ट पार्टीमा नै गुट, उपगुट र फुट सुरु भयो । यसका महामन्त्री केशरजंग रायमाझीले राजतन्त्रलाई स्वीकार गरी राजसभाको सदस्य भएर बसे । अर्काे गणतन्त्रवादी समूहको नेतृत्व पुष्पलालले लिन पुगेका थिए र छुट्टै तेस्रो अधिवेशन गरी कम्युनिष्ट पार्टीको समान्तर पार्टीे स्थापना गरे । यस अवस्थामा नेपालमा ३९ वटा भन्दा बढी कम्युनिष्ट घटकहरु बनेका थिए । यसैबेला पूर्वका युवाहरुले वर्ग शत्रु सफाया आन्दोलन भनी झापामा किसान क्रान्तिको सुरुवात समेत गरे । यो आन्दोलनलाई ‘टाउको काटुवा आन्दोलन’को रुपमा समेत चिनिन्छ । यसपछि नै चौमधारले मोहन विक्रम सिंहको नेतृत्वमा नयाँ आन्दोलन सुरु भयो । यी दुवै धार पञ्चायतविरोधी धारका रुपमा रहेका थिए ।

२०४६ मा कांग्रेससँग एकता गरी आन्दोलन गरेर पञ्चायत व्यवस्थालाई समाप्त गरी संवैधानिक राजतन्त्रअन्तर्गतको लोकतान्त्रिक व्यवस्थासमेत सुरु भएको थियो । यो आन्दोलनलाई पुष्पलालको एकीकृत आन्दोेलन सिद्धान्तको विजयको रुपमा समेत लिइन्छ । यसरी गुट फुट एकताको दोस्रो चरण २०४७ सालमा कम्युनिष्ट पार्टीले पार ग¥यो । तर २०४७ साल सम्ममा पनि एक दर्जनभन्दा बढी कम्युनिष्ट घटकहरु रहेका थिए । २०४७ पछि कम्युनिष्ट पार्टीले तेस्रो चरण सुरु ग¥यो । त्यसबेला विभिन्न घटकमा विभाजन भएका पार्टीहरु एकिकृत माक्र्सवादी, लेलिनवादीको (एमाले) जन्म भयो । एमालेले संसदमा दोस्रो ठूलो पार्टीको रुपमा विपक्ष दलको हैसियत प्राप्त ग¥यो । दोस्रो निर्वाचनबाट पहिलो ठूलो पार्टीको रुपमा नेपालमा पहिलो चोटी शासनमा पुगेको थियो । तर त्यसबेला नेपाल कम्युनिष्ट एमालेले सैद्धान्तिक रुपमा युरो कम्युनिज्मको सिद्धान्तलाई स्वीकार गरेर संसदबाट नै समाजवाद ल्याउन सकिन्छ भन्ने मान्यता स्थापित भयो ।
२०४० पछि विभिन्न विभाजन हुन पुगेको मशाल समूहले अन्ततः माओवादी पार्टीको रुपमा विकसित भई दश वर्षे जनयुद्ध गरेको थियो । यो वास्तवमा नववामपन्थी धारको रुपमा चे ग्वभाराको दक्षिण अमेरिकाबाट ग्रहण भएको भएपनि माओको विचारबाट लेस भएको भनी दीर्घकालीन जनयुद्धको सिद्धान्तमा आधारित थियो । यसको लक्ष्य, जनवादी गणतन्त्रको स्थापना गर्ने थियो तर क्रान्तिको उतारचढावमा संसद्वादी सात दलसँग दिल्लीमा बाह्रबुँदे सम्झौता गरी २०६२÷०६३ को संयुक्त जनआन्दोलनमा अवतरित भई ज्ञानेन्द्र शाहको सत्तालाई घुँडा टेकाउन सफल भयो । यसरी जनयुद्धदेखि शान्तिपूर्ण एकीकृत आन्दोलनमा अवतरण भयो ।

यतिबेला पनि कम्युनिष्टहरु विभिन्न धारमा विभाजित भएर होइन, कम्युनिष्ट क्रान्तिकारीहरु बीच एकता भएमा मात्र समाजवादी क्रान्ति गर्न सकिन्छ । खासगरी एउटै सिद्धान्त र उद्देश्य लिएका माओवादीका विभिन्न घटकहरुबीच एकताबद्ध हुनु र आफूमा रहेका भ्रमहरु चिर्नु आवश्यक छ । क्रान्ति मुखले बोलेर मात्र हुँदैन । क्रान्ति भन्ने कुरा निरन्तर अभियान चलाइरहने कुरा हो ।

मिती ः– २०७४ कार्तिक ५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *