मौलाकाली र मुकुन्दसेन
के.वि.मसाल
हामी नेपालीहरु तिर्थ गर्न विदेश पुग्दछौ । इतिहास खोज्न प¥यो भने विदेशिले लेखेको किताव खोज्दछौ । आफ्नो देशको हिम श्रृखला वाट निस्कियको हिम नदीमा नुहाउन छिमेकी मित्रराष्ट्र भारतको विभिन्न स्थानमा पुग्दछौ । नजिकको तिर्थ हेला भने झै आफ्नै भूमीमा भएका ऐतिहासिक,धार्मीम सम्पदाको बारेमा अध्यन,अनुसंन्धान र भ्रमण गर्ने अधिकांश नेपालीहरुको बानी छैन । नेपालको हिमनदी मध्य कालीगण्डकी प्रशिद्ध धार्मीक नदी मानीन्छ । मुस्ताङ जिल्लाको हिम श्रृखलामा रहेको दामोदरकुण्ड बाट उदगम भएको कालीगण्डकी हिन्दुहरुको आस्थाको केन्द्र विन्दु मुक्तिनाथ को कागवेनी, रुद्रवेणी, रुरुक्षेत्र, राम्दी, केलादी हुदै देवघाट मा आएर त्रिशुली नदीमा विलय भै नारायणी नदी बन्दछ । संसार कै गहिरो गल्छी वनाएर वग्ने कालीगण्डकीको शालीकग्रामको ठूलो महत्व मानीन्छ । कालीगण्डकीको किनारमा ऋषिहरुको आश्रम र तिर्थस्थल को बारेमा पुराणमा उल्लेख छ । देवघाटधाम प्राचिन समय देखि सप्तगण्डकी को संगमस्थल,पवित्र धार्मीक,र ऐतिहासिक स्थल हो ।
कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम महाभारत पर्वतको विचमा रहेको मौलाकाली धार्मीक पर्यटकिय स्थलको इतिहास मुकुन्दसेन संग जोडिएको छ । देवघाटधाममा मध्यकालिन भग्नावशेषका रुपमा मुकुन्दसेनले बनाएको पन्चदेवल अहिले पनि छ । साथै मणि मुकुन्दसेनको श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेनले देवघाटधाममा १२ वर्ष तपस्या गरेको पनि इतिहास छ । तनहू,चितवन र नवलपरासी जिल्लाको संगम स्थल देवघाट अहिले तपस्वी, साधु, सन्यासी, सन्त महात्मा र कल्पवासीहरुको वासस्थान वनेको छ । देवघाट धार्मीक स्थलले चितवन र तनहू जिल्लाको भूभाग धेरै लिएको छ । आजभोली धार्मीक गतिविधी देवघाटमा मात्र सिमित नभए र नवलपरासी जिल्लाको मौलाकालीमा समेत बढन थालेको छ । मध्यकालिन शासकहरुको इतिहास हेर्दा जो कोहिले पनि आफ्नो राज्य विस्तार गर्न चाहादा रहेछन भन्ने कुरा पाईन्छ । नेपाल एकिकरण हुनुभन्दा पहिले वाईसे,चौविसे राज्य सन्चालन गर्ने राजाहरुको इतिहासले पनि यो कुरालाई देखाएको छ । आफ्नो राज्य विस्तारको लागि मित लगाउने, छोराछोरीको विवाह गरेर नाता सन्वन्ध कायम गर्ने र अनुकुल मिले पछि त्यो राज्य नै लिने । यो निती भूरे–टाकुरे शासकहरुको इतिहास छ । मकवानपुर का राजा मुकुन्दसेन राज्य विस्तार गर्ने क्रममा महाभारत पर्वतको वाटो हुदै देवघाट,मौलाकाली हुदै पाल्पा सम्म पुगेका थिए । मौलाकाली नवलपरासी जिल्लाको गैडाकोट संग मिलेको महाभारत श्रृखलाको जवडाडा मा पर्दछ । 
मुकुन्दसेन धार्मीक स्वभावका थिए । मौलाकालीको स्थापना पनि मुकुन्दसेनले गरेका हुन । मौलो कोतमा वली दिनको लागी राखिएको खम्वा अथवा किलोलाई मौलो भनिन्छ । पाल्पा सम्मको राज्य विस्तारको क्रममा मुकुन्दसेनले त्यस स्थानमा मौलो गाडी काली देवीलाई वली चढाएको हुन सक्ने विस्वास गरिन्छ । नारायणघाटको पुल भन्दा २ किलोमिटर पश्चिम राजमार्ग पार गरेपछि मौलाकाली पुग्ने मार्ग सुरु हुन्छ । समतल गैडाकोटको वस्ति किनारको महाभारत श्रृखलाको फेदी बाट सुरुहुन्छ जवडाडा मौलाकाली को यात्रा । मौलाकालीको मुलद्धार देखि करिव २ किलोमिटर को १ हजार ८ सय ८२ वटा निर्माण गरिएको सिडीको यात्रा पछि पुगिन्छ । मौलाकाली ऐतिहासिक मौलाकाली धार्मीक स्थललाई चारधामको रुपमा विकास गर्न पर्दछ भन्ने मान्यता अनुसार गैडाकोट, नारायणघाट र आसपासका सामजीक, धार्मीक, राजनैतिकदल सवै एकजुट भएका छन । प्रत्यक वर्ष सडक,आवास र मठ मन्दिर निर्माणको कार्यमा मन्दिर व्यवस्थापन समिती लागीपरे को छ । मौलाकाली धार्मीक क्षेत्रलाई वातावरण अनुकुलको प्रभावबाट वचाउन पर्दछ भन्ने मान्यता अनुसार वातावरणविद पनि मौलाकालीको वारेमा चासो देखाउन थालेका छन । वनको हयिाली भएन भने धार्मीक र पर्यटकिय स्थलको महत्व घटन सक्दछ भन्ने मान्यता राख्दै मौलाकालीलाई वातावरणिय स्वरुपमा राख्न पर्दछ भनेर सामुदायिक वनले भएका वोट, विरुवालाई संरक्षण गर्दै आएको छ । अनुकुल वातावरणको कारणले पनि मौलाकालीधाम जादा पैदल यात्राको क्रममा सिडीका खुडकिला पार गरेको पत्तै हुदैन । हरियाली वातावरण, चराचुरुङीको आवाज गैडाकोट र नारायणघाटको घना शहरी बस्ती, नारायणीनदी दाया, वायाका मैदानी भागको दृष्यले मौलाकाली जादा आनन्दको अनुभूती मिल्दछ । 
मौलाकालीजादा सिद्धविनायक, श्रीकृष्ण, र देउराली देवीको समेत दर्शन गर्न सकिन्छ । मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका मूर्ती स्थापना गरिएको छ । वि.स.१९९० साल सम्म मौलाकालीमा पुजागर्ने ठूलो सालको रुख थियो । त्यो रुख अहिले नभए पनि ऐतिहासिक ढुङाको पर्खाल, पुराना खुडा, तरवार जस्ता पुराना हतियार, जिर्ण अवस्थाको मौलोकालीको शिलालाई संरक्षण गरिएको छ । वि.स.२०३८ साल देखि सस्थागत पुजा–आजा नियमित सुरु हुन थालेको मौलाकालीधाम मा २०५३ सालमा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मीक पर्यटकहरुको सख्यामा प्रगती हुन थालेको छ । परापूर्व काल देखिनै महाभारत पर्वतमा जुनठाउमा अहिले मौलाकाली त्यसको वरपर मगर, बोटे, दराई, चेपाङ्, कुमाल र गुरुङ जातीहरुको वसोवास थियो । सेनवंशको विलय पछि पनि मौलाकालीमा जनजातीहरुले विशेष पर्वमा पुजा–आजा चलाउदै आएका थिए । २०१४ सालमा चितवनको जंगल फडानी गरियो । पहाडी जिल्लाका मानीसहरुलाई तराईमा बसोवास गराउने राज्यको अभियानमा गैडाकोटको जंगल पनि फडानी भयो । जंगल खेत वारीमा आवादी भयो । जनसख्या क्रमिक रुपले वृद्धिहुदै गयो । त्यसपछि ऐतिहासिक मौलाकालीको खोजी हुन थालेको हो । अहिले मौलाकालीलाई धार्मीक पर्यटकिय विकास गर्नको लागि धार्मीक सेवा समिती गठन भएको छ । समिती बाटनै मौलाकालीको विकास गर्ने योजना वनेको छ । धार्मीक आस्थाका धर्मवीरहरुको सख्यामा प्रगती भएको छ । विशेष गरी नारायणघाट र गैडाकोट का व्यापारीहरुले मौलाकालीलाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न पर्दछ भन्ने अभियान मा जुटेका छन ।
गैडाकोटको महाभारत श्रृखला धार्मीक दृष्ट्रिकोणले मात्र होइन, ऐतिहासिक खोजको लागि पनि महत्वपूर्ण मानीन्छ । देवघाट देखि त्रिवेणीधाम भारतीय सिमानामा पर्ने भैसालोटन सम्मको नारायणी नदीको करिडोरका विभिन्न नामले प्रख्यात धार्मीक, ऐतिहासिक घाटहरु अध्यात्मीक चिन्तनहरुका लागि अध्यन अनुसंन्धानको लागी स्थल वन्न सक्दछ । मौलाकालीधाम भन्दा पश्चिम भेग नपलपरासी जिल्लाको महाभारत पर्वत मा पर्ने सामुन्द्रिक सतह देखि १९३६ मिटर अग्लो देवचुली १७७५ मिटरको बढचुलीले पनि आजभोली पर्यटकहरु वृद्धि भएको छ । त्यसै गरी नारायणीनदीको करिडोर दृक्ष्यावलोकन गर्ने, डुङावाट गण्डक बाध भैसालोटन सम्मको यात्रा गर्ने पर्यटकहरु पनि वढन थालेको छ । मुकुन्दसेनसंग जोडिएको अर्को धार्मीक स्थल हो दाउन्नेदेवी । मुकुन्दसेनको दुई वटा रानी थिए । पाल्पामा राज्य गर्दा कान्छीरानी सारै विरामी भइन । धेरै किसिमको उपचार गर्दापनि रानीलाई सन्चो भएन । एकदिन मुकुन्दसेनलाई राती निन्द्राको बखत सपना भएछ । तिमिले देवीको मूर्ती स्थापना गरी पुजा गर, रानीलाई सन्चो हुन्छ । सपनामा देखे जस्तै मुकुन्दसेनले अहिले देवीको मन्दिर भएको स्थान दाउन्ने मा देवी स्थापना गरी पुजा गरेको शिला नै अहिलेको दाउन्ने देवी हो । दाउन्नेदेवीलाई पहिला वनदेवी भन्ने गरिन्थो । राजमार्ग वनेपछि त्यो ठाउको नाम सगै देवीको नाम पनि दाउन्ने हुन गएको हो । इतिहासकारलाई नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको महाभारत श्रृखलामा भएका आदीवासी मगर जातीहरुको अध्यन गर्नको लागी पनी यो ठाउ महत्वपूर्ण मानीन्छ । धार्मीक अध्यन कै लागी मौलाकोलीबाट पैदल देवघाट हुदै काली गण्डकी किनारै,किनार नवलपरासी जिल्लाको वुलिङटार हुदै डेडगाउ निस्कीए र राजमार्ग को दलदले भन्ने स्थानमा आउन सकिन्छ । यसको लागी ४ दिनको समय मिलाउनु पर्दछ ।
मिती ः– २०७४ भाद्र ३१ दाङ