ढोरपाटन पर्यटनको गन्तब्य

के.वि मसाल

19198402_2033021870260759_1647743086_nढोरपाटन नेपालकै उच्च पहाडी स्थानको ठूलो सिमसार उपत्यका हो । कुनैबेला ढोरपाटनमा तिब्बती शरणार्थीहरुको पुनस्र्थापना केन्द्रनै बन्यो । किन भने, त्यहाँ सन १९५९–१९६१ को बीचमा चिनियाँ लालसेनाद्वारा खेदिएर डोल्पा नाका भई ढोरपाटनमा शरण लिई बसेका तिब्बती शरणार्थीहरु थिए । ती तिब्बती शरणार्थीहरुलाई पुनस्र्थापना गर्न स्वीस सहयोग निकायबाट सञ्चालित स्वीस प्राविधिक सहायता संघ साटाको सहयोग थियो । तिब्बती शरणार्थीहरु ढोरपाटन उपत्यकाको तेरागाउँ र छेन्तुङ गरी दुई ठाउँमा क्याम्प जमाएर बसेका थिए । जहाँ उनीहरुको आवश्यक गास, वास र कपासको व्यवस्थापनको निम्ति साटाको माताहतमा स्वदेशी र स्वीस कर्मचारीको टोली रहेका थिए ।

स्वीस शैलीमा निर्माण भएका त्यसबेलाका घर र गलैचा बुन्ने कारखाना अहिले पनि ढोरपाटनमा देख्न सकिन्छ । स्वीसहरुद्वारा निर्मित पानीघट्ट अहिलेसम्म सञ्चालित छ । स्वीस सहायता संघले यहाँबाट हात झिक्नु र लगत्तै ततकालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्व सुरुभए पछि तिब्बतीहरु आफूलाई असुरक्षित ठानी पोखरा र काठमाडौं बसाइँ सर्न थाले । तिब्ती शरणार्थीहरुले बसाई सार्न थालेपछि उनीहरुले सन्चालन गर्दै आएका व्यापार ,व्यवसाय ठप्प भयो । हाल ढोरपाटनमा कुल शरणार्थीहरुको एक चौथाइ मात्र तिब्बतीहरु बसोबास गर्दछन । ढोरापाटन उपत्यकाको सेरोफेरो बाग्लुङ, म्याग्दि र रुकुम जिल्ला गरी तिन जिल्लाको भुगोलमा फैलिएको छ । ढोरपाटन शिकार आरक्षणले कुल १ हजार ३ सय २५ बर्ग किलोमिटर भुभागको क्षेत्रफल ओगटेको छ । धौलागिरी हिम श्रृङखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक बर्ष हजारौ पर्यटकहरुलाई गन्तब्यको स्थल बनाएको छ । नेपाल भित्र रहेका कुल १५ आरक्षण मध्ये ढोरपाटन आरक्षणको प्राकृतिक बनावट र त्यस भित्र रहेका जैविकविविधता, ३२ जातिका स्तन धारी बन्यजन्तु, १ सय ३० जातिका चराचुरुङगिहरु, १ सय ८५ जातका दुर्लभ बनस्पति तथा नावर, झारल, हिमचितुवा, घोरल, बदेल, भालु, हिमलङगुर बादर, हिमालि कालो भालु, भुक्ने मृग आदि जनावरको बारेमा ढोरपाटन पुगेपछि अध्ययन र अवलोकन गर्न सकिन्छ । OHmxHhg

पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको ढोरपाटन सामुन्द्रिक सतहबाट २ हजार ८ सय ५० मिटर देखि पाच हजार पाचसमय मिटरसम्मको उचाइमा फैलिएको छ । लालि गुरासको फुलले सजावट हुने चैत्र, बैशाख महिनामा गोवे्रसल्ला, भोजपत्र, ठिङगे्र सल्ला, सिदुर र धुपि सल्ला र देवदारका बनस्पतिले ढोरापाटन सजावट भएको छ । प्राकृतिक आनन्द लिन हिमालि भागको दृश्यावलोकन र बन्यजन्तु सिकारको रोमाञ्च अनुभुति लिन चाहनेका लागि ढोरपाटन आनन्दको स्थल मानिन्छ । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । वरीपरी हिमालि दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनि मैदानि भाग अनि बस्ति र कञ्चन पानिका स्वच्छ नदिको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । ढोरपाटनको दक्षिण पट्टी रहेको रुद्र तालको पानि कालिगण्डकिमा मिल्दछ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानिबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट रुकुम जिल्ला प्रबेश गरी टकसेरा, कोल, नाथिगार, माछिने, सिम्ले हुदै भेरी नदिमा मिल्दछ । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गल्मी, पाल्पा, रुकुम आदी जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन् । पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि ग्रामीण पर्यटकहरुलाई मनमोहक बनाउछ ।

dhorpatan hunting reserve in nepalविश्वकर्मा, मगर, नौथर, छन्त्यालजस्ता पिछडिएका नेपाली समुदाय र तिब्बती शरणार्थीको जीवनशैली मात्रै होइन, अलगअलग र सामूहिक सांस्कृतिक गतिविधि पनि ढोरपाटनमा देख्न सकिन्छ । नेपालको महत्वपूर्ण सिमसार क्षेत्र पनि यही छ । उत्तरगंगा जलशाययुक्त सस्तो जलविधुत परियोजना पनि ढोरपाटन निर्माण गर्न सकिन्छ । महत्वपूर्ण जडीवुडीको खानी पनि ढोरपाटन नै हो । अहिले ढोरपाटनमा हवाई मैदान सुचारु हुन लागेको छ । हवाई मैदान भए पनि ०४४ देखि हवाई सेवा बन्द थियो । ढोरपाटन क्षेत्रको पर्यटन विकास र जनजीवनलाई सहज बनाउन केही पूर्वाधारहरु बन्दैछन । चारैतिरबाट ढोरपाटनलाई मोटरबाटोले छुन लागेको छ । म्याग्दीको दरबाङ हुँदै बाग्लुङको जलजला पुग्ने मोटरबाटो निर्माणकार्य भइरहेको छ । जलजला ढोरपाटननजिकैको बस्ती हो । रुकुमको टकसेराबाट पनि ढोरपाटनतर्फ जाने मोटरबाटो निर्माण हुन लागेको छ । त्यसैगरी ढोरपाटननजिकैको अर्को गाउँ निसी हुँदै रुकुम जोडने सडक निर्माण हुन थालेको छ । बाग्लुङ देखि ढोरपाटन पुग्ने मुख्य बाटो बुर्तिबाङ–फल्लेघर निर्माणाधीन सडकपनि धेरै काम भएको छ । भुजीखोलाको किनारैकिनार खनिएको उक्त बाटोले अब करबि चार घन्टाको पैदल दूरी छिचोल्न बाँकी छ । यो बाटो ढोरपाटनको प्रवेशद्वार देउरालीसम्म पु¥याउने योजना छ । यस सडकले बुटवल, पाल्पा, गुल्मी, काठमाडौँ, पोखरा, पर्वत क्षेत्रका स्वदेशी पर्यटकलाई सजिलै ढोरपाटन पु¥याउनेछ ।

ढोरपाटनमा १० अलगअलग बस्तीका १०–१० घर छानेर पर्यटकका लागि बस्न मिल्ने गरी होमस्टे सन्चालन गर्न थालिएको छ । यस योजना अनुसार एक घरमा औसत पाँच पर्यटकलाई बस्न मिल्ने व्यवस्था छ । ढोरपाटनमा पर्यटकको प्रवाह बढाउन नेपाल पर्यटन बोर्डले ट्रेकिङ ट्रेल सञ्चालनका लागि उपयुक्त गन्तव्यका रुपमा सूचीकृत गरेको छ । पर्यटन व्यवसायी, पर्यटन बोर्ड, स्थानीय संघसंस्थाहरुसँगको समन्वयमा ढोरपाटनलाई केन्द्रविन्दु बनाई अन्य पर्यटकीय गन्तव्यसँग जोडने ट्रेकिङ रुटहरु पहिल्याउने काम पनि भइरहेको छ । धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण स्थान रुद्रतालसम्म पुग्नका लागि बोवाङ गाविसको पल्लेघरदेखि अर्को छोटो पदमार्ग निर्माणका लागि पनि स्थानीयस्तरमै प्रयास थालिएको छ । buki

नेपालको एक मात्रै शिकार आरक्ष भएकाले पनि ढोरपाटनले पर्यटकीय सम्भावना बोकेको छ । आरक्षको मुख्य आकर्षण नाउर अर्थात जंगली भेडा हो । पूर्वमा चुरेन हिमालदेखि पश्चिममा कुल्टा भन्ज्याङसम्मको हिमालय शृंखलाको चट्टान भएको क्षेत्रमा नाउरको बासस्थान रहेको छ । यसको सिकारका लागि लाखौँ खर्च गरेर स्वदेशी र विदेशी पर्यटकहरु ढोरपाटन पुग्दछन । ढोरपाटनमा विदेशि पर्यटकहरुमा अमेरीकि, फ्रान्सेलि, स्पेनि, बेलायति र रुसि नागरीकहरु सिकार खेल्न जाने गर्दछन् । काठमान्डौबाट टुइनेटर अथवा हेलिकप्टरको हवाई उडान अथवा काठमान्डौ–वाग्लुङ मोटर मार्ग हुँदै बाग्लुङ जिल्लाको बुर्तिबाङबाट अधिकारी चोक र वोवाङको बाटो हुदै एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ । ढोरपाटनमा बन्यजन्तुको सिकार खेल्न नेपाल सरकारले सशुल्क अनुमति दिने गरेको छ । त्यसबाहेक झारललगायतका मृगको सिकार पनि ढोरपाटनका थप आकर्षण मानिन्छ । ढोरपाटन आरक्ष म्याग्दी, बागलुङ, डोल्पा र रुकुम गरी एक हजार तीनसय २५ वर्गकिमिमा फैलिएको छ । भौगोलिक हिसाबले आरक्षको पूर्व दारेखानी, झाल्के र लामाभन्ज्याङका धुरी पर्दछ । भने पश्चिमतर्फ खरिवाङखोला, कुल्टा भन्ज्याङ र जक्ला भन्ज्याङ, त्यसैगरी दक्षिणपट्टि सुर्तिवाङ र उत्तरगंगा र उत्तरी सिमामा पुथा, चरेन र गुर्जा हिमाल पर्दछ ।

ढोरपाटन उत्तरपट्टिका हिमशृंखला वर्षैभरि हिउँले ढाकिएका हुन्छन । दक्षिणतर्फका केही कम उचाइ भएका भू–भागमा हिउँदमा मात्र हिउँ पर्दछ । आरक्षको धेरै भू–भाग घाँसे मैदान, भीर, पहराले भरिएका छन । बाँकी भू–भाग भीर, खर्क, बुटयान, जंगल एवं खोलाले ओगटेको छ । आंशिक भाग खेतीयोग्य जमिनका रुपमा प्रयोग भएको छ । ढोरपाटनमा मुख्यगरी मगर, थकाली, गुरुङ एवं दलित समुदायहरु बसोबास गर्दछन । आरक्षमा शितोष्ण, लेकाली एवं हिमाली हावापानी पाइन्छ । वर्षातको समय जेठदेखि भदौसम्म लगातार पानी परिरहन्छ भने कात्तिकदेखि बाक्लो तुषारो एवं माघ महिनादेखि लगातार हिउँ पर्दछ । आरक्षणको ठूलो क्षेत्रफल वनले ओगटेको छ । यहाँ अनेकन जातका वनस्पति खोटो सल्ला, गोब्रे सल्ला, धुपी, भोजपत्र, खर्सु्र, गुराँस पाइन्छन । दुर्लभ जडिबुटीको रुपमा प्रयोग हुने यार्सागुम्बा, पाँचऔंले, जटामसी, निरमसी, बाँझ, चिराइतोलगायत जडिबुटीका लागि पनि ढोरपाटन महत्वपूर्ण मानिन्छ । त्यस्तै दुर्लभ एवं संरक्षित पंक्षी सूचीमा परेका डाँफे, मुनाल, हिउँकुखुरा, कोकलास, चिरलगायतका चरादेखि जनावरमा नाउर, घोरल, झारल, सिंह, रेडपान्डा, हिमाली कालो भालु, हरिणलगायतका जनावर अवलोकन ढोरपाटनमा गर्न सकिनछ । ढोरपाटनमा सोखका लागि सिकार गर्नेदेखि अन्तराष्ट्रिय सिकार प्रतियोगिता सम्ममा भाग लिएका सिकारी ढोरपाटन पुग्दछन ।Photo-14

गुल्मी जिल्लाको प्रसिद्ध तीर्थस्थल रुद्रवेनीको मुहान भएकाले रुद्रताल धार्मिक दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ । ढोरपाटन पर्यटनहरुको लागी मात्र नभएर धार्मिक गन्तव्य स्थल पनि हो । आरक्ष कार्यालयबाट एक किलोमिटर दूरीमा देउराली नजिकै उत्तरगंगा र ढोरवराह थान छ । जहाँ ग्रामीण धार्मिक पर्यटकहरुको घुँइचो लाग्छ । वैशाख पूर्णिमा र जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । मेला भर्न बागलुङ, म्याग्दी, रोल्पा, रुकुम, गुल्मी लगायतका जिल्लाबाट हजारौं ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन । मध्यपहाडी लोकमार्ग पनि यसै आरक्ष भएर जाने र ढोरपाटन क्षेत्रमा सरकारले ३ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको अध्ययन गर्न लागेको छ । यसबाहेक छेल्तुङ गुम्बा, एकखुट्टे गुम्बा, पाखाथर गुम्बा, सल्लाथान देवी, मैकोटको कोट, गुर्जाखानीको वराहथान, चिसापानी भण्डारी गाउँको सिमवराह, पुख हिमाल, गुर्जा हिमाल, सिस्ने हिमाल, सुन दह, जालपाताल, रुद्रतालजस्ता अन्य धार्मिक स्थल पनि यहाँका पहिचान हुन । आरक्षको बाटो भएर डोल्पा, हुम्ला, जुम्ला जाने विदेशीको संख्या पनि बढदै जान थालेको छ । गुरिल्लापदमार्गसँग पनि ढोरपाटन जोडिएको छ ।

विकास र राज्यको पहुँचबाट वन्चित विकट ढोरपाटन क्षेत्र विस्तारै विकास र प्रगतितिर उन्मुख हुँदैछ । पैदल यात्रा गरेर पुगिने ढोरपाटनमा अहिले एकै दिनको मोटर यात्रामा पुग्न सकिन्छ । बिकासको पूर्वाधार निर्माणले यसको मुहार फेरिँदै गएको छ । देशकै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रको विकासमा सरकारी, गैरसरकारी र स्थानीयस्तरबाट समेत सक्रियता बढेको छ । भौगोलिक, जैविक विविधता, बहुलसंस्कृति, प्राकृतिक सौन्दर्यता, भूउपयोगिता, हावापानी, वन तथा वनस्पति, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण ढोरपाटनमा विकासमा आशालाग्दा प्रयासको थालनी भएको छ । गरिबी, बेराजगारी, पछौटेपन, अशिक्षाबाट ग्रसित र विकासको प्रक्रियाबाट टाढिएको ढोरपाटनले आफ्नो पहिचान बदल्न लागेको छ । अहिले ढोरपाटन आसपासका सुन्दर बस्तीहरु लघु जलविद्युतले झिलीमिली भएका छन । taksera4-06052017094758

अहिले ढोरपाटन उपत्यकामै मोटर पुगेको छ । नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । उपेक्षामा परेका शैक्षिक संस्थामा सरकारी चासो र दृष्टि पुग्न थालेको छ । सरसफाइको चेतना अभिवृद्धि गरिँदैछ । स्थानीय उद्यमतिर अग्रसर बन्न थालेका छन । सरकारले यस क्षेत्रमा ठूला राष्ट्रिय आयोजना सञ्चालनको तयारी गरेको छ । यीनै प्रयासको जगमा ढोरपाटनको विकासको सम्भावना बढेर गएको छ । यतिखेर विकासले ढोरपाटनवासीको जीवनशैलीमा पनि परिर्वतन ल्याउन थालेको छ । पूर्वाधार पुगेसँगै अग्ला र निर्जन पहाडमुनि फैलिएको ढोरपाटन उपत्यकामा चहलपहल बढेको छ । अध्ययन अनुसन्धान गर्ने टोलीदेखि निजी भ्रमणका लागि ग्रामीण पर्यटकहरु ढोरपाटन पुग्ने गरेका छन । पर्यटनको विकास गर्ने उद्देश्यले सरकारले बि.स.२०४४ सालमा ढोरपाटन सिकार आरक्ष घोषणा गरेपछि यस क्षेत्रको प्रचार प्रसार देशविदेशमा फैलिएको थियो । अहिले ढोरपाटन उपत्यकाको वरिपरि जमिनको भाउ बढन थालेको छ । ढोरपाटनमा दुई हजार ५०० भन्दा बढी मानिसहरुले जग्गा किनेका छन । अहिले प्रतिरोपनी दश लाखमा जग्गाको कारोबार भइरहेको छ ।
रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, सस्कृतीको अध्यन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागी महत्वपूर्ण मानिन्छ । खामबस्ती रुकुम जिल्लाको ऐतिहासिक स्थल पनि मानिन्छ । भाषा, सस्कृती मात्र होइन भू–गर्वविद अर्थात खानी सम्वन्धी रुचिहुने मानिसको लागी रुकुम जिल्लाको भ्रमण लाभदायीक मानिने छ । अहिले रुकुम जिल्लामा सडक विकासका पूर्वाधार धेरै भएका छन । निर्माणाधिन मध्य पहाडि लोकमार्ग र दाङ चुनबाङग रुकुमकोट मोटर समेत बन्न लागेको छ । त्यसैगरी जिल्लाको मुसिकोट, सोलाबाङग बाट रुकुमकोट सम्म र पूर्बतिरको काक्री र लुकुम हुदै तकसेरा सम्म हिउदको समयमा यातायातका साधन सञ्चालनमा आएका छन । जिल्लामा सडक यातायातले सदरमुकाम र आसपासका गाउहरुलाई सुबिधा दिएको छ । जुन कारणले अहिले ग्रामीण पर्यटकहरुलाई सुविधा हुदै गएको छ । रुकुमको दुर्गम मानिने तकसेरा गाउमा समेत सडक यातायात पुगेको छ । तकसेरा बाट ढोरपाटन र हुकाम मैकोट जस्ता प्राकृतीक मनोरम स्थल, हिमश्रृखंला, ताल, हिमाली वन्यजन्तु, खाम मगर जातीको सस्कृती र उनिहरुको ग्रामिण जनजीवन समेत ग्रामीण पर्यटकहरुले अध्ययन भ्रमण गर्न सक्ने भएका छन ।

ac6b61e7082acff9b24e2fe1a2ed18eaरुकुमको ग्रामीण पर्यटनका लागी केही बर्षदेखी थालिएको प्रयासलाई सार्थक रुप दिनका लागीएको छ । दश वर्षे जनयुद्धको उदगम स्थल मानिने रुकुम जिल्ला अहिले विकास निमार्णमा ऐतिहासिक, सास्ँकृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण ग्रामीण पर्यटकीयस्थलको सम्भावना रहेको क्षेत्रको पनि तिव्र गतिले विकास भईरहेको छ । रुकुम जिल्लाई सल्यान र दाङ जिल्ला जोडने १६२ किलोमिटर सडक कालोपत्रे भई सकेको छ भने रुकुुमलाई बागलुङ जिल्ला सँग जोडने १३४ किलोमिटर मध्य पहाडि लोकमार्ग कच्ची सडक भएपनि पनि सञ्चालन ग्रामीण क्षेत्रमा यातायातका साधन सन्चालन भएको छ । ढोरपाटन जानको लागी आफ्नो अनकुल अनुसार रुकुम जिल्ला बाट पनि जान सकिन्छ । पोखरा बाग्लुङ भएर ढोरपाटन जाने मानिसहरुको लागी बाग्लुङ–बुर्तिवाङ मोटर मार्ग प्रयोग गरेर पनि ढोरपाटन जान सकिन्छ ।

हामी नेपालीहरुमा ग्रामीण पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा ग्रामीण पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपालीहरुलाई पर्यटक नै नठान्ने प्रवृति पनि हामीकहा रहेको छ । अर्को तर्फ हाम्रो विद्यालयमा पनि पर्यटनको बारेमा अध्यापन गराउने बानी छैन भन्दा पनि हुन्छ । जसको कारणले हाम्रो ग्रामीण क्षेत्रमा पर्यटन शिक्षाको कमि छ । अब हामीले ग्रामीण पर्यटनबाट लाभ लिनको लागी पर्यटन मैत्री समाज र संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागी बिद्यालय र बिश्वबिद्यालयका हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनु पर्दछ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार, पथ पर्दशन, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभेल एजेन्सी संचालन सम्बन्धि ज्ञान दिने व्यवस्था मिलाउनु पर्छ । नेपालीहरुलाई आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र ग्रामीण पर्यटकहरुलाई पनि बिदेशी पर्यटक सरह सम्मान गर्ने प्रवृतिको विकास गर्न सकियो भने ग्रामीण पर्यटनको बिकास हुन सक्दछ । ग्रामीण पर्यटनको विकास भयो भने ढोरपाटन मात्र होइन, अनय प्राकृतिक सम्पदाको समेत विकास हुदै जाने क्रम बढछ ।

ढोरपाटन चिनाउन, ग्रामीण एवँ बाह्य पर्यटकहरुको आगमन गराउन रुकुम, म्याग्दी र वाग्लुङ जिल्लाका खामजातिहरुको बस्तीमा होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न पर्दछ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ढोरपाटन वरपरका ग्रामीण बस्तीमा परमपरागत रहदै आउको सिपलाई उद्योगमा परिणत गर्दै जानु पर्दछ । जसले गर्दा त्यहा पुग्ने बिदेशि अथवा स्वदेशि ग्रामीण पर्यटकहरुले त्यहा उत्पादन भएका बस्तुहरु किन्न सकुन । स्थानीय बासिन्दाहरुले पनि पर्यटकहरुलाई मायाँको चिनो स्वरुप आफुले उत्पादन गरेको बस्तु दिन सकुन । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय निकायहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामीण पर्यटनको विकास हुन सक्दछ ।dhorpatan-e1426317443976

हामि नेपालि अरुको मात्रा राम्रो लाग्ने । पोशाक, घर, गाउ, शहर आफ्नो भन्दा अरुको राम्रो देखिने बानि परेका हामि । सम्म मैदानि स्थान, मोटर गाडिको सुविधा, ठुला शहर घुम्ने बानि परेका हामि नेपाली । आफ्नै देशका प्राकृतिक मनोरम दृश्यावलोकन गर्न भने पछाडि परेका छौ । समुन्द्र पारका युरोपिएनहरु हाम्रो भुमिमा आएर ढोरपाटन जस्ता दर्जनौ हिमाल र प्रकृतिका आनन्दमा रामाउछन् । यहाको फोटो हाम्रो देशमा लगेर बेच्दछन् । यहाँको प्राकृतिक अध्ययनबाट कितावहरु लेख्दछन् । कयौ संसारमा नपाइने जडिबुटि र बन्यजन्तुका बारेमा अध्ययन गर्दछन् । यी कुराहरु हामीले बुझन जरुरी छ ।

मिती ः– २०७३ कार्तिक २८ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *