मुस्ताङमा अझै मुखिया प्रस्था

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
प्रकृतिले सिगारिएको हिमाल पारीको जिल्ला मुस्ताङमा अझै पनि मुखिया प्रस्था छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ! धेरैलाई अझ मुखिया प्रस्थाको बारेमा पनि थाहा नहुन सक्छ । मुखिया प्रस्था परम्परागत रुपमा चल्दै आएका हो । मुस्ताङ नेपाल भित्रको भुगोलका हिसावले बिकट भएपनि प्राकृति सुन्दरताले भरिएको जिल्ला हो । अहिले यो प्रदेश नं. ४ मा पर्दछ ।

mukhiya-599782a77328f2.90381769हिमालपारीको जिल्ला मुस्ताङ माछपुच्छ्रे हिमाल भन्दा पछाडी धवलागीरी र निलगीरी हिमशिखरको बिचमा छ । हिमालपारी पनि दुई भागमा उपल्लो मुस्ताङ र तल्लो मुस्ताङको भुगोलमा बिभाजन भएको मुस्ताङ जिल्लाको नामाकरण तिव्वती भाषाबाट राखिएको पाइन्छ तिव्वती भाषामा मनको अर्थ औषधी र थाङको अर्थ चौर हुन्छ । मनथाङ हुदै मुस्ताङ भएको हो । नेपालको नक्सामा मुस्ताङ जिल्लाको उत्तरी सिमा टोपीको आकारमा फैलिएको छ र यस भेगलाई लोमान्थाङ भनिन्छ । लोमान्थाङ ३ हजार वर्ष पहिले तिव्वत संगको व्यापारी नाकाको रुपमा बिकाश भएको स्थल हो ।

Yartung_-0002मुस्ताङ जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने हुनाले पानी कम पर्दछ । मुस्ताङको करिब बिच भाग भएर कालीगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा रहेको छ । यसको सदरमुकाम जोमसोम हो । मुस्ताङमा बुद्धधर्म मार्गीहरु थकालीहरु को बसोवास छ । मुस्ताङमा अहिले घरपझोङ, थासाङ, दालोमे, लोमन्थाङ, बाह्रगाउँ र मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेका छन ।
मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा छिरिङ ल्हामो निर्वाचित हुनु भएको छ । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह निर्वाचन सकिएको तीन महिना भयो । तर स्थानीय तह निर्वाचन सकिना साथ मुखियाको निर्वाचन समेत भयो । सदरमुकाम जोमसोममा दुईवटा टोल छन् । सरकारी कार्यालय रहेको टोलमा रामप्रसाद थकाली र एयरपोर्ट टोलमा सुरेन्द्र थकाली मुखिया छानिएका छन् । न्याय–निसाफको नियमन गर्न यहाँ सरकारका वैधानिक अंग जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय छन् । विकास निर्माणको काम गर्न दर्जनौं सरकारी निकाय र गैरसरकारी संस्था छन् । स्थानीयस्तरको बिकास निर्माणको काम गर्न जनप्रतिनिधि समेत भै सकेका छन् । यति हुँदा पनि यहाँ अधिकांश काम भने मुखियाले नै गर्छन् । मुस्ताङका पाँचै गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भै सकेका छन । तर, २५ वडाका करिब ५० गाउँमा ५० जना मुखिया चुनिएका छन् ।

Kagbeni-Upper-Mustangमुस्ताङका हरेक गाउँमा मुखिया प्रथा छ । मुस्ताङभरी अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । भरसक प्रहरी र अदालतमा मुस्ताङी जाँदैनन् । उनीहरुले आफनो समस्या मुखिया कहाँ नै पुगेर टुंगाउँछन । जोमसोम बसपार्क नजिक सामुदायिक भवनमा मुखियाको कार्यालय भनेर राखिएको होर्डिङ बोर्ड छ । जोमसोममा मात्र होइन मुस्ताङ भरी नै मुखियाका कार्यालय छन । गाउँमा मुखिया चुन्ने बिभिन्न तरिका हुन्छन । प्रत्येक बर्ष चिठ्ठा मार्फत मुखिया, सहायक मुखिया, कटवाल, सहायक कटवाल चयन हुन्छन् । गाउँका सबै जनाले जीवनमा एक पटक चार वटा पद मध्ये एक जिम्मेवारी पाउँछन । सबैको पालो सकिए पछि पुनः गाउँभरीका घरमुलीको नाम भाँडोमा राख्ने र क्रमशः चिठ्ठा निकालेर पुनः जिम्मेवारी दिने चक्रिय प्रणाली ब्यवस्था मुखिया चुन्नको लागी बनाइएको हुन्छ । तर यो प्रणाली सबै गाउँमा छैन । अन्य ठाउँमा बंशजका आधारमा, कुनै ठाउँमा पुस्तान्तरण र कुनै ठाउँमा पाको र भलदामी ब्यक्तिलाई मुखिया चुन्ने चलन रहेको छ ।

गाउँमा यसरी चुनिएको मुखिया मार्फत विकासका योजना, बाटो, पुल पुलेसा मात्रै होइन, समग्र स्थानिय अर्थतन्त्र पनि मुखिया मार्फतै हुने गर्दछ । केहि बर्ष अगाडि सम्म मुखिया प्रस्थाकै कारण मुस्ताङ जिल्लामा बाहिरी जिल्लाका मानिसहरुले जमिन समेत किन्न पाउदैनथे । तर आजभोली जोमसोममा केहि घर घडेरी बाहिरी जिल्लाका मानिसहरुले किन्न पाउन थालेका छन । पन्चायती ब्यवस्थामा मुखिया प्रस्थाकै कारण मोटर मार्गको बिरोध भएको थियो । मोटर मार्ग मुखियाहरुले बिरोध गनाृको कारण मुस्ताङ जिल्लामा भएका खच्चडले काम पाउदैन भन्ने थियो । तर अहिले यस्ता धेरै कुरामा भने मुखियाहरुको हैकम चल्न छाडेको छ । तर पनि मुखियाका अनुमति वा स्वीकृति बिना मुस्ताङमा प्रमुख जिल्ला अधिकारी होस वा स्थानिय विकास अधिकारी नै किन नहोस, कुनै काम गर्न सक्दैनन् । मुखियाको अनुमति र स्विकृति पछि मात्रै मुस्ताङका हिमाली भेगमा राज्यका निकाय सक्रिय हुन सक्छन् । सिडिओ होस वा एलडिओ, प्रहरी निरक्षिक होस वा उपरिक्षकलाई भन्दा स्थानियले मुखियालाई बढी इज्जत गर्दछन ।

indexसडक यातायात पुग्नु भन्दा पहिला मुस्ताङमा मुखियाहरु को आफ्नै कानुन र शासन थियो । केन्द्रबाट शासन नहुने, सरकारले खटाएका कर्मचारी उपस्थित नहुने, केन्द्रको कानुन नचल्ने भएको कारणले समाजलाई व्यवस्थित गर्न कुनै न कुनै उपाय त अपनाउनु पर्ने नै थियो । त्यसैले हब्स, लक र रुसोको सामजिक सम्झौताको सिद्धान्त अनुसार समाजमा शान्ति कायम गर्न, समाजलाई व्यवस्थित रुपमा सञ्चालन गर्न मुखिया प्रस्थाको विकास भएको मान्न सकिन्छ । यस प्रणालीमा हरेक गाउँ मुखियाको आदेशमा चल्ने गर्दथियो । त्यो मात्र नभएर मुखियाले अर्को गाउँसँग सम्बन्ध गाँस्न, अन्य गाउँसँगका विवाद समाधानको लागि प्रतिधित्व र सम्झौता गर्नको लागी पनि मुखिया चुन्ने प्रचलन सुरु भएको हुनु पर्दछ । मुस्ताङमा यो प्रस्था परापूर्व कालदेखि चल्दै आएको हो ।

गाउँमा जिमुवाल, द्वारे, मुखिया, पटवारी, चौधरी, गोमस्ता, गोडायत, सुब्बा, पगरी, मजीया, गौरुङ, मिजारजस्ता पद नेपालमा राणाहरुकै पाला देखि थिए । राणाहरकै पाला देखि जमिनको तिरो अर्थात मालपोत उठाउने र जनि संम्वन्धी गाउँमा आइ पर्ने अन्य समस्या समाधान गर्न मुखिया तालुकदार रहने ब्यवस्था थियो । मुखिया तालुकदा पछिल्लो समय जग्गा नापी नहुदाका बखत सम्म बिभिन्न पहाडी जिल्लामा थिए । तर मुस्ताङमा भने मुखियाले जमिनको तिरो मात्र नभएर अन्य समाजमा हुने रितीथिती, बिकास निर्माण र न्यायको क्षेत्रमा समेत काम गरेको पाइन्छ ।

मुस्ताङमा अझैपनि गाउँका साना तिना मुद्दामामिला र विकास निर्माण सम्बन्धी काम सबै मुखियाले गर्दछन् । हिउँद तथा जाडो मौसममा जनावरहरु घरमा तथा गाउँ नजिकको कहा राख्ने ? चैत वैशाख लाग्दा बारीहरुमा आलु, फापर, उवा लागायतका बालिनाली लगाउने कामको निर्णय पनि मुखियाले नै गर्दछन । गाईवस्तुबाट बाली नाली जोगाउन चौँरी, घोडाहरुलाई खर्क तथा गाउँभन्दा माथि रहेका लेकमा लैजाने दिन पनि मुखियालेनै तोक्ने गर्दछन । आफ्नो घरमा पालिएका घरपालुवा बस्तुभाउहरु कहिलेदेखि लेकमा अर्थात खर्कमा लैजाने भन्ने कुराको निर्णय मुखियाको निर्देशनमा भर पर्दछ । मुखियाले बस्तुभाउ गाउँबाट निकाल्न उर्दी गरेपछि अनिवार्य रुपमा बसतुभाउ गाउँबाट तोकेको स्थानमा लैजानु पर्दछ अन्यथा जरिवाना तिर्नु पर्ने हुन्छ । सिंचाइको लागि गाउँले मिलेर कुलो बनाउनु पर्दछ । त्यसको लागि मुखियाले सबै गाउँलेलाई सूचना गर्दछन् । सूचना गर्दा कुनै परिवारबाट श्रमदान गर्न गएन भने जरिवाना तिर्नु पर्दछ । वनजंगल संरक्षण गर्न पनि नियम बनाइएको हुन्छ । यी सबै कुरा समाज संचालन गर्दा मुखिया प्रस्थाको प्रचलन भएको हो ।
मुखिया प्रस्तालाई सम्मान सरकारी पक्षले पनि दिएको पाइन्छ । ऐन कानुनमा नभएको प्रथालाई मान्यता दिँदा राज्यले बनाएका ऐन कानुन ओझेलमा पर्ने सम्भावना रहन्छ । यसलाई मुखिया प्रथाको नकारात्मक पक्षको रुपमा लिन सकिन्छ ।

मिती ः–२०७४ भाद्र १३ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *