देवीकोट ग्रामीण पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
हामी अहिले ग्रामीण पर्यटन उद्योग हुनु पर्दछ भन्दछौ । ग्रामीण पर्यटनका धेरै कुराहरु गर्ने गर्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षकहरुको बोलिमानै ग्रामीण पर्यटनका कुरा झुण्डिएको हुन्छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन आझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै गाउँ ठाउका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा अनविज्ञ छौ भन्दा पनि हुन्छ । नजिकको तिर्थ हेला भने जस्तै धार्मीक मठ मन्दिर एवं प्राकृति र ऐतिहासिक स्थल भ्रमण अर्थात विद्यालयको शैक्षिक भ्रमणको लागी पनि आफ्नो भूगोल भन्दा अन्य स्थानको खोजिमा रहन्छौ ।20170404_131933

देउखुरीको चुरे श्रृखलामा लमही देखि सोरठी, रातामाटा, सितलपुर, बौराह, थरिकोट, देवीकोट, रुपाकोट जस्ता पुराना बस्तीहरु रहेका छन । रुपाकोटबाट उत्तर पूर्वी दिशामा बडडाडा पर्दछ भने दक्षिण पूर्वमा गनाहखोला पर्दछ । राजमार्ग मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा राप्ती गाउँपालिका–९ देबीकोट पुगिन्छ । देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानले परिचित छ । भद्रासी देवी मन्दिरमा पूजा आरधना र प्राकृतीक रमणिय दृष्यावलोकन गर्न आजभोली धेरै मानिसहरु पुग्ने गर्दछन । देवीकोटमा बलेरो जस्ता साना सवारी साधन र मोटरसाईकल चल्न थालेका छन । देवीकोटमा सौर्य खानेपानी आयोजना सञ्चालन गरिएको छ । प्राथमिक विद्यालय धापखोला सहित घोडेवास, छाउनी टोल, भद्रासी देवी मन्दिर, माझटोल, लेवासे गाउँमा खानेपानीको सुबिधा भएको छ । विद्युतको पोल र तार देवीकोट सम्म तानिसकेको छ । तर भित्री गाउँ सम्म विद्युत पु¥याउन भने बाकी छ ।

देवीकोट दाङ जिल्लाको चुरे श्रृखलाको ऐतिहासिक स्थल हो । यस ठाउमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउ छ यस घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अड्डा अदालत, र गोश्वारा कार्यालय समेत रहेको भनाइ पनि छ । मन्दिरको उत्तरतर्फ छाउनटोला भन्ने गाउँ छ । जुन समयमा सेनाको छाउनी रहेकाले अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामकरण भएको हो भन्ने तर्क पनि गरिन्छ । यी कुराहरुको ऐतिहासिक तथ्य केहि नभएपनि केहि भवनका भग्नावशेषहरु भने अध्ययनको लागी देख्न सकिन्छ । 20170404_131752देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सिमा क्षेत्रको भू–भाग समेत हेर्न सकिन्छ ।
राप्ती गाउपालिका भित्र ऐतिहासिक, धार्मीक र सास्कृतीक धरोहरहरु धेरै छन । कतिपय प्रमाकृतीक सम्पदाको अध्ययन गर्ननै बाकी रहेको छ । राप्ती गाउँपालिकालाई ग्रामीण पर्यटनको विकास गर्न गुरुयोजना निर्माण गर्न जरुरी छ । विना गुरुयोजनाको विकास जहिले पनि अधुरो हुन्छ । दाङ जिल्लामा आउने ग्रामीण पर्यटकहरुलाई राप्ती गाउपालिका भित्रका ग्रामीण पर्यटनस्थलमा ल्याउन आवस्यक भौतिक पुर्वाधार तयार हुन जरुरी छ । पर्यटकिय स्थलमा पुग्नको लागि सडक,खानेपानी,स्वास्थ्य र सुरक्षाको उचित प्रवन्ध हुनु पर्दछ । ग्रामीण पर्यटकहरुलाई खानेवस्ने सुविधा जनक होटल अथवा अहिले प्रचलनमा आएको होमस्टे को विकास हुन पर्दछ । यसको लागि गुरुयोजना निर्माण गर्न सकिएमा क्रमिक रुपले राप्ती गाउँपालिकामा ग्रामीण पर्यटनहरुको सख्या बढदै जाने र भोलिको दिनमा ग्रामीण पर्यटकहरु बढदै जानेछ ।deukhuri-view2-1

बिकास भनेको परिवर्तन हो । हिजो जे थियो त्यो आज छैन, आज भएको कुरा भोलि नहुन सक्दछ र भोलिका कुराहरु पनि विस्तारै पर्सीका कुराहरुले विस्थापित गर्दै जान्छ । अहिले बिकासले गर्दा शहर देखि गाउँसम्म बिभिन्न किसिमका भौतीक निर्माणका परिवर्तन भएका छन । सडक, पानी र बिजुली पुगेका गाउँहरुमा बिकासका नयाँ आयामहरु थपिदै गएका छन । पछिल्लो चरण नेपालमा ग्रामीण बिकासको लागी होमस्टेको माध्यमबाट पर्यटनको प्रर्बद्धन गर्नेक्रम बढदो छ । होमस्टे सन्चालन गर्न त्यती सजिलो भने छैन । नेपाल सरकार पर्यटन तथा नागरिक उडयन मन्त्रालयले ल्याएको कार्यविधि ऐनले होमस्टे सन्चालन गर्नको लागी के–के प्रावधान पु¥याउनु पर्दछ भन्ने कुरा बुझाइ दिएको छ । तर हामीकहा सरकारले जारी गरेको कार्यविधि ऐनलाई वेवास्ता गर्दै कतिपय गाउँहरुमा होमस्टे संन्चालनमा आएका छन । त्यस किसिमका होमस्टेहरुले ग्रामीण अथवा वाह्य पर्यटकहरुलाई होमस्टेको सुविधा नभएर होटलको ब्यापार सन्चालन गरेका छन ।

ग्रामीण पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा ग्रामीण पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपालीहरुलाई पर्यटक नै नठान्ने प्रवृति ब्याप्त हुनुको कारण पनि पर्यटन शिक्षाको कमि नै हो । नेपालमा ग्रामीण पर्यटनबाट लाभ लिनको लागी पर्यटन मैत्री समाज र संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागी बिद्यालय र बिश्वबिद्यालयका हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनु पर्दछ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार, पथ पर्दशन, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभेल एजेन्सी संचालन सम्बन्धि ज्ञान दिने व्यवस्था मिलाउनु पर्छ । नेपालीहरुलाई आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र ग्रामीण पर्यटकहरुलाई पनि बिदेशी पर्यटक सरह सम्मान गर्ने प्रवृतिको विकास गर्न सकियो भने ग्रामीण पर्यटनको बिकास हुन सक्दछ ।deukhuri-view1

ग्रामीण एवँ बाह्य पर्यटकहरुको आगमन गराउन हरेक गाउँ र बस्तीमा होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय निकायहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामीण पर्यटनको विकास हुन सक्दछ । पर्यटन व्यवसाय राज्यले सञ्चालन गर्ने होइन । निजीक्षेत्रलाई यस व्यवसायप्रति आकर्षित गरी सहज वातावरण बनाउने दायित्व मात्र राज्यको हो । भएका मठ मन्दिर, ऐतिहासिक सम्पदालाई संरक्षण गरेर त्यस स्थान सम्म पुग्ने सडक, पानी, सञ्चार सुबिधा र सुरक्षा प्रदान दिने काम यस भन्दा अगाडी राज्यको थियो । अब मुलुकको संरचना परिवर्तन भएको छ । प्रत्यक स्थानीय तह नै त्यस ठाउको बिकास निर्माण गर्न आवस्यक योजना तर्जुमा गर्न सक्दछ । कुन ठाउलाई के बनाउने ? यसको बृहत छलफल हुन जरुरी छ । छलफलले निस्कीएको बिकास योजना निर्माण गर्न गुरुयोजना आवस्यक पर्दछ ।deukhuri-view-3

ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकास बाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटन बाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने ग्रामीण अथवा वाह्य पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र भ्रमण गर्न रुचाउछन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । विकसित देशका मात्र होइन आन्तरिक पर्यटकहरु पनि अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । यसलाई राम्रो पक्ष मान्नु पर्दछ ।

हामी अधिकांश नेपालीहरुमा भ्रमण गर्ने बानी छैन र भ्रमण गर्नु फजुल खर्च गर्नु सिवाय केही होइन भन्ने सोचाइ हामी पाइन्छ । भ्रमण एक अध्ययन, अवलोकनको महान् शिक्षा हो । किताबी ज्ञान, ज्ञानमा मात्र सीमित हुन्छ । 20170404_132319तर भ्रमण अवलोकनबाट प्राप्त ज्ञान व्यावहार परिवर्तनमुखी हुने गर्छ । अर्कोतर्फ भ्रमणले मान्छेका नराम्रा संस्कार र संस्कृतिको तुलनात्मक विश्लेषण गराई संस्कार र संस्कृतिको विकास र परिमार्जन गराउने माध्यम पनि बन्दछ ।

मिती ः– २०७४ बैशाग १० गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *