दसै सांस्कृतिक पर्व हो

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
दसैं मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरुका भिन्नभिन्न दृष्टिकोणहरु छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रुपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् । यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि दसैंको रुप लिएको हुनुपर्छ ।1

हामी नेपाली प्रकृति प्रेमी हौ । नेपालका विविध जातजातिका किसानको चाडका रुपमा प्रचलित दसैलाई हिन्दु धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाएर सामन्ती संस्कार एवम् चाडको रुप दिएको हुनुपर्छ । कृषिप्रधान क्षेत्रका जनताले विश्रामको आवश्यकता अनुभव गरेर यसको चलन चलाएका हुन् भन्ने तर्क धार्मिक र सामन्ती तर्कभन्दा धेरै गहन र दरिलो तर्क हो । यो नितान्त वर्ष दिनको कामकाज र खेतीपाती सकेर थकाइ मार्ने किसानको आवश्यकताबाट विकसित चाड हो । शासक वर्गले यस चाडलाई पछि रुपान्तरित गरेर आफ्नो स्वार्थअनुकूल धार्मिक रुप दिने प्रयत्न गरेपछि मात्र सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा दसैंको उत्पत्ति भएको हो भन्ने दृष्टिकोण विकसित गरिएको हो । यसमा शासक वर्गको वर्गीय स्वार्थ र चालबाजी नै प्रतिविम्बित भएको छ । त्यसलाई हटाएर हेर्दा यो विशुद्ध लोकसंस्कृतिसित सम्बन्धित चाड हो ।

दसैंका नौ दिनमा वा दुर्गाका पूजासामग्रीका रुपमा धानका बोट, उखु, अदुवा र जमरा आदि प्रयोगमा आउँछ । दसैंमा घटस्थापनाका दिन जौ र मकैका बीउ छर्ने, नौ दिनसम्म एक वर्षदेखि क्रमशः नौ वर्षसम्मका केटीहरुको पूजा गर्ने, दसौं दिन उमारिएका जमरा लगाउने र मान्यजनबाट आशीर्वादस्वरुप दहीमा मुछेर चामलको टीका लगाउने र दही, केरा र चिउरा मुछेर खाने जुन परम्परा दसैंमा चलिआएको छ, त्यसले सम्बन्धित उत्सव वा चाडका रुपमै स्थापित गर्छ । पछि, शासक वर्गले यसमा काटमार गर्ने चलन थपेको हुनुपर्छ । यसरी विविध जातजातिका किसानको चाडका रुपमा प्रचलित लोकपरम्परालाई हिन्दु धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाएर सामन्ती संस्कार एवम् चाडको रुप दिएको हुनुपर्छ ।20161011_101539

चाहे जुनसुकै कारणले दसैको चाड मनाउदै आएपनि हामी नेपालीहरुले मान्ने चाडमध्ये प्रमुख चाडपर्वको रुपमा दसै पर्व पर्दछ । विशेष गरेर हिन्दुधर्म मान्नेहरुले यो पर्वलाई धर्म संस्कृति र परंपराको रुपमा मनाउदै आएका छन् । दसै पर्व नजिकै आएको हुँदा यस लेखमा दसैको बारेमा चर्चा गरिएको छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको दसै केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घाेंडा चढे भनेर आफू धुरी चढ्ने पबृत्ति पनि बढ्दै गएको छ । जसले गर्दा दसै पर्व उल्लास र उमंगको चाड हुन सकेको छैन । जुन कारणले गर्दा दसै दशा भएर आउने र जाने गरेको छ । दसै पर्वलाई सांस्कृतिक महत्वको चाडका रुपमा मनाएको पाइन्न । दसैको गरिमा बृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउनु पर्नेमा त्यसो हुन सकेको छैन । दसैलाई घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियो भने मात्रै दसै पर्व साच्चिकै दसै बन्न सक्छ । अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरुमा छाएको महगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका बाबजुद पनि दसैलाई आफ्नो हैसियत अनुसार मनाउने तर्फ सबैले सोच्नु पर्दछ ।images

दसै पर्वमा नेपालीको ऐतिहासिक सस्कृती र धर्म जोडिएको पनि छ । हाम्रो शास्त्रमा उल्लेख भए अनुसार दसैपर्वको प्रशंग राम र रावणको युद्धमा जोडिएको छ । राम र रावणको लडाइमा रामले रावणलाई युद्धमा मारेपछि विजयको खुशियालीमा यो पर्वको सुरुवात भएको धार्मीक कथन छ । घटस्थापना देखिनै हिन्दूहरुले विभिन्न शक्ति पिठहरुमा दुर्गा सप्त शनि, चण्डि र भगवतिको स्त्रोत पाठ गरी दसै पर्वको सुरुवात हुने गर्दछ । विशेष गरी दसै पर्वमा विभिन्न शक्तिपिठ र दुर्गा भवानीको आराधना गरिन्छ । परम्परागत दसै पर्वमा खड्ग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्र यानको प्रादूर्भाव भएदेखिनै भएको हो भन्ने तर्क एकथरि विद्धानहरुको छ । तर इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत ४४४ अर्थात आजभन्दा ६९० बर्ष पहिले तुलाजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दसैको पर्ब सुरु भएको भन्ने पनि छ । देवि पुरान धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्य युगमा देवासुर सग्राम भएदेखि नै दसै पर्व मनाउन थालिएको कुरा र्र्धािर्मक मान्यता पनि रहेको छ ।

चाहे जे जसरी पर्वको सुरुवात भएपनि परम्परागत मनाउदै आएको दसैपर्व आज पनि हिन्दू समाजमा उत्तीकै लोकप्रिय चाडकारुपमा मनाउदै आइएको छ । असत्यमाथि सत्यको विजय उत्सव मानि सुरु भएको दसै पर्व पछिल्ला दिनमा देविलाई वली दिनुपर्दछ भन्ने मान्यता लिई दसै पर्वमा लाखांै पशुपंछिहरुलाई शक्तिपिठ मानिएका देविदेवताको मन्दिर र दसै घरमासमेत वली दिने गरीन्छ । पौराणिक शास्त्र अनुसार नेपालमा शक्तिपिठहरु ५१ रहेका छन तर आजभोली ५२ शक्तिपिठ हुन भन्ने कुराहरु पनि आउने गरेको छ । जे होस पौराणिक शास्त्रले सतिदेवीको अंग पतन भएको स्थानलाई शक्तिपिठ मानिदै आएको छ । तर मानव समाजको विकास र नेपालमा भुरे–टाकुरे राजाहरुको पालामा बिभिन्न अवसरमा स्थापना गरिएका देवीको मन्दिरहरु पनि कतिपय जिल्लामा शक्तिपिठकै रुपमा मान्दै आएको पाइन्छ । ती सबै शक्तिपिठमा दसै पर्वको अबसरमा पुजाआजा र पशुपक्षिहरुको वली दिने गरिन्छ । शक्तिकी देवीलाई वली नदिदा खुशि हुन्नन भन्ने मान्यताको विकास भएको छ । तर वास्तवमा दसैपर्व मनाउनेहरुले वली शब्दको भावपूर्ण अर्थ नबुझेको आभास पैदा हुन्छ । वलीशब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारुपि–मोह वोकारुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरुले बलि भनेपछि पशुहरुलाई काटेर वली दिने गरिन्छ । यसको बारेमा दसै पर्व मनाउनेहरुले सोच्न जरुरी छ ।20161011_093411

महिसासुर र चण्ड, मुण्ड दैत्यहरुलाई दुर्गा भवानीदेवीले नास गरेको तथा मर्यादा पुरुषत्वम रामले रावणमाथि विजयप्राप्त गरेको सन्दर्भसग जोडेर मनाउने दसै बलीप्रथाको सबैभन्दा ठूलो ताण्डवनृत्य मञ्चन गरिने समय हो । असुर शक्तिमाथि सुर शक्तिको विजयको प्रतीकात्मक अर्थबोध गर्न दसैमा निधारभरि रातो अक्षता र कानमा झप्प परेको पहेलो जमरा लाउनुअघि घरआगनदेखि मन्दिर, शक्तिपीठ, कोतका परिसरमा रगतको खोलो बग्ने गरी पशुपन्छीको बलि चढाउछौं । हामी सांस्कृतिक निरन्तरताका नाममा हिंसात्मक प्रथाको प्रचलन ल्याएका छौ । तर विडम्बना हामीले कहिल्यै आफूभित्रको महिसासुर प्रवृत्ति हत्या गर्न अठोट गरेनौं । बरु महिसासुर बधको सुखानुभूतिले पग्लिन अबोध, निरिह, निरुपाय र निर्दोश प्रार्णीको निर्मम हत्या गरिरहयौं, गरिरहेका छौ । रागा, बोका, भेंडा, हास र कुखुराको पञ्चबलिले सिन्चिएको पत्थरको मूर्तिबाट महिसासुर प्रवृत्तिका असुरतत्वहरु नास हुन्छन भन्ने मान्यतामा हामी यो गर्दै आएका छौ ।Dashain206811

हाम्रो चाडबाड धामिर्क बिश्वास, सांस्कृतिक बैभव र संस्कारको निरन्तरताका लागि हुन । त्यसो त जुनसुकै चाडबाड अपनत्व र पहिचानसंग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन । चाडबाडको सम्वन्ध र निरन्तरता प्रति सबैको चासो हुनु पर्छ पनि । तर निरीह रागा, निख्खर कालो बोका, कागे भेडा, नीलटाउके हास र रातो भाले कदापी असुर हुन सक्दैनन । जसका कारण तिनीहरुलाई पत्थरका देवताअघि पछार्नु परोस । ती अबोध जनवार माथि हुने निर्मम व्यवहार र निर्दयी बध चाडबाल, मेला, उत्सव र महोत्सवको पावनताका बेला मञ्चन गरिने पासविकताको पराकाष्ठा हो भन्दा अनउपयुक्त नहोला ! पुशुवली दिने परम्परा कहिलेदेखि बस्यो भन्ने ऐतिहासिक अभिलेख छैन । तर हिन्दु धर्मशास्त्रको गहिरो ज्ञान भएका विज्ञहरुको बुझाइमा बली भनेको नैवेद वली मात्रै हो । वेदमा विद्यावारिधि गर्नुभएका स्व .डा.स्वामी प्रपन्नाचार्यले पनि बलि भनेको नैवेद अर्पण गर्ने मात्रै भन्दै आउनुभएको थियो । तर हामीकहा त बलीप्रथालाई स्थापित गराउन यसलाई धार्मिक लेपन लगाउने गरिन्छ । सबैभन्दा ठूलो परिमाणमा बलि दिइने शक्तिरुपा दुर्गाको नाममा वली दिने वा चढाउने कुनै हिंसंक संस्कार मूल वेदबाट निर्देशित छैन, न त चण्डीमा पनि कही कतै दुर्गा भवानीलाई बलिसग जोडेर व्याख्या गरिएको छैन । दुर्गा त एउटा मिसनका लागि लक्ष्मी, सरस्वती र पार्वतीको एकीकृत शक्ति रुप मात्र थिइन । भन्ने कुरा धर्म शास्त्रका विद्यानहरुले बताउछन ।

पछिल्लो समयमा अहिले वली प्रस्थाको विरोधका आवाजहरु प्नि आउने गरेका छन । पशुहरुको वली नदिएर दसै पर्व मनाउनेहरुको सख्यापनि दिनप्रतिदिन बढदै गएको छ । यो प्रथाको बारेमा अहिले समाजमा बहसको विषय बनेको छ । शास्त्रमा उल्लेख भए अनुसार भगवान रामले यसै दिन रावणको वध गरेकाथिए । यसलाई असत्य माथि सत्यको विजयको रुपपमा हिन्दुहरुले विजया दशमीको पर्व मनाउने प्रचलन रहदै आएको छ । प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे भन्ने भनाइ रहेको छ । यस दिन ठाउ–ठाउमा मेलाहरु लाग्ने गर्दछ । अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइने पर्व हो । दसै पर्वले दश प्रकारका पापहरु काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसाको अन्त्य गर्नु पनि हो ।1470319759gadimai-mela

बली प्रथाको बारेमा अध्ययन गर्दा नेपालमा भुरे टाकुरे शासकहरुकै पालामा लडाइँ लड्दा होस वा विजय प्राप्त गर्दा होस देवीकै शक्तिले जीत भएको मानेर कोट, मौला, हतियार र देवीको मूर्तिमा बली चढाउने परम्पराको थालनी भएको थियो । शाह वंशको इतिहास हेर्ने हो भने लमजुङका घले राजालाई अपदस्त गराएर यशोब्रह्म शाहलाई लमजुङको राजा बनाउँदा वि.सं. १५५० मा कालिकाको मन्दिर बनाई राँगा, बोका, भेंडा, कुखुरा, हाँस, परेवा गरी १९ वटा पशुपंक्षीको बली चढाएर राजाले देवीसंग शक्ति मागेको इतिहास छ । शाह राजाहरुले पछिका दिनमा पनि ठाउँ–ठाउँमा देवी देवताका मन्दिर बनाउन लगाएर राज्यकै तर्फबाट पूजाआजा चलाउदै आएका थिए । अहिले समाजमा अहिंसावादीहरुले पशुबलीको बिरोध गर्दै आए पनि राज्यले समेत यो बली प्रथालाई रोक्नेतर्फ लागेको छैन । दसै पर्वमा बली प्रथा रोक्नुको सट्टा झन मौलाउदै गएको कुरा बली प्रथा बिरोधीहरु बताउँछन् । धर्मको नाममा बली दिनेहरुलाई चेतना दिनेहरुको संख्या र संघ÷संस्था बढ््न थालेकाछन् । हालसम्म औपचारिकरुपले पशुबली निषेध अभियान नेपाल, कृष्ण प्रणामी युवा परिषद, एनिमल वेलफेयर सोसाइटी लगायतका पशु अधिकारकर्मीका संस्था बलीको बिरोधमा लागेका छन् ।

दसैँ नेपालीले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्व धार्मिकभन्दा पनि बढी सांस्कृतिक र सामाजिक पर्वको रुपमा लिने गरिन्छ । यसैले शक्तिको पूजा नगर्ने समुदायले पनि दसैँलाई उत्तिकै उत्साहका साथ मनाउँछन् । नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरुको बहुमत छ । उनीहरु दसैँमा शक्तिकी प्रतीक देवीको आराधना गर्छन् । विजया दशमीमा असत्यमाथि सत्यको जित भएको स्मरण गर्दै मनाउनेहरु बाहेक अरु समुदायले पारिवारिक पुनर्मिलनको पर्व मानेर मनाउँछन् । भारतका हिन्दु धर्मावलम्बीहरुले पनि विजया दशमीलाई दसहरा पर्वका रुपमा मनाउँछन् तर नेपाली र भारतीयहरुको परम्परामा निकै भिन्नता छ । नेपालका विभिन्न समुदायको सांस्कृतिक र सामाजिक विशेषताको सम्मिश्रणसमेत भएकाले दसैँ नेपाली समाजको साझा पर्व हुनपुगेको छ ।dashain-boka-nepalaaja

मुलुक धर्मनिरपेक्ष भइसके पनि दसैंको महत्वमा कुनै कमी आएको छैन । दसैंलाई कुनै धर्म र समुदायविशेषका नाउँमा सीमित गर्न खोजिए पनि आमसर्वसाधारण यो मान्न तयार छैनन् । दसैंमा दिइने राष्ट्रिय बिदा र रोजगारहरुले पाउने अतिरिक्त भत्ताका कारण पनि यसको प्रतीक्षा हरेक नेपालीले गरिरहेको हुन्छ । दसैं आर्थिक रुपले पनि निकै महत्वपूर्ण पर्व हो । व्यवसायीहरुका अनुसार वर्षभरि हुने कुल व्यापारको तुलनामा दसैंअघिको १ महिनाको व्यापार झन्डै बराबर हुन्छ । मानिसहरुले वर्षभरि कमाएको सम्पत्तिमध्ये खर्च गर्ने अवसर पनि दसैं नै भएकाले आर्थिक गतिविधि निकै बढी हुन्छ । यसर्थ बजार गुलजार हुने र मानिसको मुड पनि फुर्सदिलो हुने भएकाले यो बेलामा महत्वपूर्ण काम कमै हुन्छन् । दसैंमा आधुनिकता केही मात्रामा भित्रिए पनि यसको मूल मर्म भनेको परिवारका सबै भेला हुने र ठूलाको आशीर्वाद लिने भएकाले यो संस्कृति युगौंयुगसम्म जीवितै राख्नु जरुरी छ ।

हामी नेपाली सस्कृतीका धनी छौ । सानो देशमा १२५ जातीहरु रहेका छौ । सानो देशमा १२५ जातीहरु रहेका छौ । पछिल्लो तथ्याक अनुसार नेपालमा हिन्दु धर्म मान्नेहरुको सख्या ८१.३४% रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दसै पर्वलाई हिन्दु बाहेक बौद्ध, किरात, यस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थाबान भएका समुदायहरले पनि दसैपर्वलाई महत्व दिने गरेको पाइन्छ । हाम्रा हरेक सस्कृती र पर्वहरु आर्थीक पक्षमा जोडिएको हुन्छ । आर्थीक हैसियत भएका बर्ग र बिपन्न बर्ग समेत हाम्रै समाजमा रहेका छौ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने बर्गले पनि ऋणधन जुटाएर यस्ता सास्कृतीपर्वहरु मनाउदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासेखी र आडम्बरयुक्त दसैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्दै जान्नु पर्दछ । अव पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने बिपन्न बर्गका मानिसहरुको अबस्था झनै दयनिय हुनजान्छ ।2

दसैँका सुन्दर पक्षसँगै केही नकरात्मक पक्ष पनि छन, जुन समाजमा देखिन्छ । दसैँलाई सास्कृतिक पर्वका रुपमा लिनु पर्दछ । पछिल्लो समयमा दसै पर्वमा बिशेष गरी युवा समुदायले मापसेलाई बडता महत्व दिएको पाइन्छ । ठाउँठाउँमा झगडाका समाचारहरु पनि दसैको बेला सुन्नमा आउने गर्दछ । घाँटी हेरेर हाँड निल्नु पर्छ भन्ने उखानको बर्खिलापमा गएर देखासेखीमा दसैँ पर्व मनाउँदा निक्कै सामाजिक समस्याहरु देखा पर्ने गर्छन । जहाँ दसैँको ऋण तिर्न नसकेर बिदेशिनु पर्ने, र खेतवारी बेचेर साउको ऋण तिर्न पर्ने अवस्था पनि समाजमानै देखिने गरेको छ । तर पनि दसै पर्वमा सामाजिक रुपमा सकरात्मक पक्षमा पनि छन । बर्षौदेखि टाढिएर वसेका परिवारजनको एक साथ भेट हुने, सुख दुखको साटफेर हुने अर्थमा दसैँ पर्वको आफ्नै महत्व छ ।

यो २०७४ सालको विजया दशमीले सबैलाई खर्चिलो नबनाई आफ्नो सस्कृतीलाई बचाउदै दसै पर्व मनाउन सिकाओस, सबैको घर आगनमा सुख, शान्ति, समृद्धि र ज्ञानको ज्योति बलिरहुन साथै नया नेपालमा उत्तोरोत्तर प्रगति, मेलमिलाप र सुशान कायम होस् भनि हार्दिक मगंलमय शुभकामना छ ।

मितिः – २०७४ साल असोज ५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *