त्रिवेणी पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.वि. मसाल
हामी अहिले ग्रामीण पर्यटन कुरा गर्दछौ । ग्रामीण पर्यटनको उद्योग हुनु पर्दछ पनि भन्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षकहरु को बोलिमानै ग्रामीण पर्यटनका कुरा उब्जिने गरेको छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन फरक पाइन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै प्रदेश र जिल्ला भित्रका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा जानकार छैनौ ।600x399xshanibar_RKC_6027.jpg.pagespeed.ic.QMxe9mkHw3

पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । कुनै स्थानबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी भ्रमण गर्दा संस्कृति, रीतिरिवाज, परम्परा, रहन सहन र जीवनशैलीको बारेमा अध्ययन हुन्छ । भ्रमण बाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपालमा ग्रामीण पर्यटनको लागी धार्मीक, प्रकृति र संस्कृतिमा स्थलहरु धेरै छन । अहिले पर्यटकहरु शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहान्छन । शहरमा हुने धुवाँ, धुलो, फोहोर जस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन ।

नजिकको तिर्थ हेला भने जस्तै, हामी नेपाली आफ्नो धर्म, सस्कृती अनुसार धर्मको लागि भारतको विभिन्न प्रान्तमा भएका धार्मीक स्थलमा पुग्ने गर्दछौ । तर आफ्नो देश र प्रदेश भित्रका ऐतिहासिक मठ मन्दिर, नदी र धामको धार्मीक भ्रमण भने हामी गर्दैनौ । भारतका कयौ धार्मीक तिर्थस्थलहरु नेपाल कै हिमाल र पहाड वाट वगेका नदीहरु गंगा, भागिरथी, यमुना जस्ता नदीको किनारमा रहेका छन । विभिन्न नामका ती तिर्थस्थल मा नेपालीहरु पुग्ने गर्दछन । आफ्नो मनोकाक्षा पुरा भयो भनि आत्मा सन्तुष्टि लिने गर्दछन । तर तिनै नेपालीहरु आफ्नो देश भित्रका धार्मीक स्थलमा भ्रमण अवलोकन गर्ने वानी भने छैन ।600x454xshanibar_RKC_6037.jpg.pagespeed.ic.W-YKq5S1g-

धवलागिरी, गण्डकी र वागमती अन्चलको भू–वनोटमा रहेको हिमाल, हिमताल र झरनाहरुले काली, सेती, मादी, मरस्याङदी, चेपे, वुढिगण्डकी र त्रिशुली मिलेर वन्ने नारापणी नदी बनेको छ । चितवन र नवलपरासी जिल्लाको भारतिय सिमा त्रिवेणी पुगे पछि नारायणी नदी भारतिय भूमीमा वग्दछ । कालीनदी को उदगमस्थल दामोदर कुण्ड र मुक्तिनाथ, मनाङ जिल्लाको तिलिचो हिमतालबाट सुरु भएको मरस्याङदी, गोरखा र लमजुङ जिल्लाको सिमामा रहेको दुध पोखरी वाट सुरु भएको चेपे, गोरखा र धादीङ जिल्लाको हिमशिखर बाट उत्पन्न भएको वुढीगंगा र रसुवा जिल्लामा पर्ने गोसाईकुण्डको पानीवाट सुरुहुने त्रिशुली नदीहरुको पानीलाई धार्मीकरुपले पवित्र मानीन्छ । यी नदी नै देवघाट हुदै नवलपरासी जिल्लाको त्रिवेणी पुग्दछ । त्रिवेणी सम्म पुग्दा नारायणी नदीमा कयौ घाटहरु पर्दछन । धार्मीक आस्थाका कारण सवै घाट महत्वपूर्ण मानीएपनि त्रिवेणी धामलाई विशेष महत्वका साथ लिने गरिन्छ ।

चितवन जिल्लाको माडी उपत्यका जस्लाई रिउ उपत्यका पनि भन्ने गरिन्छ । यो उपत्यकाको अधिकांश भूभाग निकुञ्जमा पर्दछ । माडी उपत्यकाको उत्तरमा चुरे श्रृखला र दक्षिणमा सोमेश्वर पर्वत पर्दछ । यहि क्षेत्रबाट बाट बग्दै आउने सोना अर्थात स्वर्णभद्रा, पूर्णभद्रा अर्थात तमसा र नारायणी नदीको संगमस्थल हो त्रिवेणी धाम । नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको सगंम स्थलको रुपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि विशेष गरी माघे औंशीमा स्नान गर्ने तिर्थयात्री लाखौको सख्यामा हुने गर्दछ । यो स्थल अहिले मुलुकको नयाँ संरचना अनुसार प्रदेश नं. ४ मा पर्दछ । साविक त्रिवेणी सुस्ताको ६ र ७ अहिले विनयी मा मिलाएर विनयी त्रिवेणी गाउँपालिका भएको छ । यो गाउँपालिका त्रिवेणी देखि माथीको पुरै महाभारतको बस्ती दाउन्ने देवीको धार्मीकस्थल समेत पर्दछ । भारतिय सिमा भएर यो ४ नं. प्रदेशले चिनको नाका कोरला सम्म जोडिएको पनि छ ।54889165

त्रिवेणीमा आदिकवि वाल्मीकि आश्रम, गजेन्द्र र गोहीको युद्धमा भक्तवत्सल नारायणले गजेन्द्रलाई रक्षा गरेको गजेन्द्रमोक्ष धाम लगायतका अनेकौँ महत्वपूर्ण तीर्थस्थल रहेको छ । त्रिवेणी धाम नेपाल र भारतको सीमानामा पर्दछ । त्रिवेणीमा नेपाल र भारत दुवैतर्फका धार्मीक आस्थाका मानिसहरु पुग्ने गर्दछन । त्रिवेणी धामलाई हरिहर क्षेत्र पनि भनिन्छ । यस स्थानमा स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको संगम रहेकाले यस स्थानलाई त्रिवेणी भनिएको हो । यी नदीलाई सोना, पञ्चा र नारायणी नदी पनि भनिने गरिन्छ । त्रिवेणी क्षेत्र त्रिकुट पर्वतको बिच भागमा अवस्थित छ । यी त्रिकुट पर्वत मध्ये एउटा पर्वत स्वर्णस्वरुप, अर्को पर्वत ताम्रस्वरुप र अर्को लोह्यस्वरुपको मानिन्छ । त्यसैले स्वर्णस्वरुप पर्वतको काखबाट बहने नदीलाई स्वर्णभद्रा, ताम्रस्वरुप पर्वतको काखबाट बहने नदीलाई पूर्णभद्रा वा तमसा र लोह्यस्वरुप पर्वतको काखबाट बहने नदीलाई कृष्ण गण्डकी अथवा नारायणी नदी मानिन्छ ।

त्रिवेणी धामको बारेमा वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि वर्णन गरेको पाइन्छ । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय छन् । यो स्थान प्राकृतिक रुपमा सुन्दर र धार्मिक रुपमा महत्वपूर्ण स्थल मानिन्छ । त्रिवेणीमा स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरु सम्पन्न गर्ने गरिन्छ ।Gandak-Dam

त्रिवेणी धामको भ्रमण पछि नारायणी नदी ढुङगाबाट चितवनको क्षेत्रमा प्रवेश गरेपछि राममायण कालिन ग्रन्थसंग मिल्ने वाल्मिकी आश्रममा पुग्न सकिन्छ । वाल्मीकि आश्रम त्रिवेणी क्षेत्रको महत्वपूर्ण स्थल हो । यो आश्रम त्रिवेणीबाट लगभग ४ किलोमिटर पूर्व दक्षिणतर्फ भारतको सीमा नजिकै चितवन जिल्लामा पर्दछ । नारायणी नदी ढुङगा बाट तरेपछि जगंलको बाटो भएर वाल्मिकी आश्रम पुग्न सकिन्छ । वाल्मिकी आश्रममा पौराणिक राममायणसंग जोडिएको मिल्दा जुल्दा प्राचिन अवशेषहरु देख्न पाइन्छ । वाल्मिकी आश्रममा त्रेतायुगको कथा प्रशगं जोडिएको छ । रत्नाकरले ब्रह्मज्ञान प्राप्त गरेर महर्षि वाल्मिकी बनेका थिए । वाल्मिकी क्षेत्रसँग सीता र लव–कुशको प्रसग समेत जोडिएको छ । नारायणी नदीको काखमा चितवन निकुञ्ज भित्र रहेका वन्यजन्तु र ऐतिहासिक धार्मिक महत्वका कारण वाल्मिकी आश्रम आफैँमा रमणिय छ ।

वाल्मिकी आश्रम आसपासमा धेरै पौराणिक कुरा पाइन्छन् । अमृत कुवा, लवकुशले घोडा बाँधेको खम्बा छ । सीताले प्रयोग गरेको सिलौटो छ । त्यहा पुग्नेमानिसहरुले सिलौटो पिसेको फोटो समेत खिच्ने गर्दछन । नजिकै वाल्मिकीको समाधिस्थल छ । लवकुशको जन्मस्थल, शिक्षादीक्षा दिएको ठाउँ, उनीहरुले खेलेको स्थान र आकर्षक विष्णु चक्र पनि छ । वाल्मिकीले रामायण यहीँ बसेर लेखेको भनाइ छ । अठासी हजार ऋषिले हवन गरेको कुण्ड पनि देख्न सकिन्छ । वाल्मिकी आश्रममा पुगेकी सीताले लवकुशलाई त्यहि क्षेत्रमा जन्म दिएकी थिइन् । उनीहरुको शिक्षा दीक्षा समेत त्यसै क्षेत्रमा भएको थियो । सोही ठाउँबाट सीता पातल भासिएको भन्ने भनाइ समेत छ ।india-nepal-up-border-600x360

साना सवारी साधन भएका मानिस वाल्मिकी आश्रम जान भारतको भूमिबाट जान सजिलो हुन्छ । त्रिवेणी क्षेत्रको दशगजाबाट १० किलो मिटर भारतीय भूमिको यात्रापछि वाल्मिकी आश्रम पुगिन्छ । भारतिय भूमीको बाटो जादा गण्डक ब्यारेजको (पुल) तर्नु पर्दछ । पुलपारि भारतको बिहार चम्पारन जिल्लाको भैसालोटन पर्दछ । भैसालोटनबाट वाल्मिकी आश्रम १० किलो मिटर उत्तर पूर्वमा पर्दछ । वाल्मिकी आश्रम स्थल भौगोलिक रुपमा चितवनको राष्ट्रिय निकुञ्जभित्र चुरे पहाडको दक्षिण नेपाल–भारत सीमानामा पर्दछ ।

त्रिवेणी धाम पुग्दा भारतले निर्माण गरेको भैसालोटनको गण्डक नहरको पुल पनि हेर्न सकिन्छ । त्रिवेणीको एकै स्थानबाट धार्मीक, सास्कृतीक, पुरातात्विक महत्वको विषयमा अध्यन गर्न सकिन्छ । अध्यनशिल ग्रामीण पर्यटनहरुको लागि यो स्थान महत्वपूर्ण मानीन्छ । त्रिवेणीमा धार्मीक गतिविधि मात्र होइन गण्डक वाधले वनाएको तालले त्रिवेणी पुग्ने ग्रामीण पर्यटक अथवा धार्मीक आस्थाका मानिसहरुलाई आनन्द दिलाउछ । त्रिवेणीमा नारायणी नदीको स्नान, शिवालय मन्दिर को दर्शन र त्यहा रहेका अन्य देवी देवताको मन्दिरको दर्शन गर्नुको साथै गण्डक नहरले वनाएको नारायणी नदीको तालमा ढुङगाबाट अर्को आनन्द लिन सकिन्छ ।xc93d012113fb5284b794409512622949_L.jpg.pagespeed.ic.t2kkcHA71-

वाल्मिकी आश्रम वाहेक त्रिवेणी पुग्दा हेर्नपर्ने अर्को तिर्थस्थल हो भारतको भैसालोटन तर्फको जटाशंङकर मन्दिर । जटाशङकर मन्दिरको दर्शन गरेपछि नरदेवी र लवकुश घाट हुदै नेपाल कै भूमीमा रहेको गढीमाई, शिवपुर, केउलानीमाई, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर हुदै त्रिवेणीको सुरुमा दर्शन गरेको शिवालयको मन्दिरमा पुगे पछि धार्मीक यात्रा समाप्त हुन्छ । त्रिवेणीधामका यी सवै स्थलहरु भ्रमण गर्दा १५ किलोमिटरको यात्रा गर्नु पर्दछ । त्यसैले यो यात्रालाई पन्चकोशि यात्रा पनि भनिन्छ । त्रिवेणीधाममा अन्य वेला भन्दा माघे सक्रान्तीको वेला यात्रुहरुको भिड हुने गर्दछ । चितवनको देवघाट र पाल्पा, गुल्मी र स्याङजाको संगम स्थल रिडी को दर्शन गरेपछि त्रिवेणी जानु पर्दछ भन्ने धार्मीक मान्यता रहेको छ । त्यसैले माघेसक्रान्तीको वेला त्रिवेणीधाममा जाने मानीसहरु को सख्या पनि धेरै हुन्छ ।

आजभोली त्रिवेणी धार्मीक दृष्टिकोणले मात्र नभएर वुटवल, भैरहवा र भारतका विभिन्नस्थान बाट पिकनिकमा समेत विद्यार्थी एवं अन्य पेशाका मानिसहरु जाने गर्दछन । पिकनिक मा जाने मानीसहरु त्रिवेणीका ताजा माच्छा अनि अन्य परिकार लिएर ढुङगाको सयरमा आनन्दलिदै खान रुचाउछन । जसले गर्दा त्रिवेणी जाने मानीसहरुको सख्या दिनप्रतिदिन बढदै गएको छ । नेपालका हिमनदीहरु मध्य नारायणी नदी ऐतिहासिक धार्मीक ग्रन्थसंग जोडिएको छ । नारायणी नदीमा मिसिने काली, सेती, मरस्याङ्दी र त्रिशुली जस्ता नदीहरुको शीरमा धार्मीकस्थल हुनाले पनि यो नदी अन्य नदी भन्दा पवित्र मानीन्छ । कालीनदीको शीर दामोदरकुण्ड, मुक्तिनाथ र त्रिशुली नदीको उदगम स्थल गोसाईकुण्ड मात्र होइन नारायणी नदीको सहायक नदी जती छन ती नदीहरुमा सयौ स्थानमा पवित्र घाट र शिवालयका मन्दिरहरु छन । देवघाट, गोसाईकुण्ड, मुक्तिनाथ जस्ता धार्मीकस्थल नेपालको मात्र नभएर छिमेकी मुलुकका हिन्दु एवं वौद्ध मार्गीहरुको आस्थाको केन्द्र विन्दु बनेको छ । नारायणी नदी को पानी भारतको भूमीमा पुगेपछि पनि पवित्र गंगाको नामले प्रख्यात छ । जसको कारण त्रिवेणीमा वर्षेनी लाखौको सख्यामा भारतीय नागरिकहरु पनि दर्शन र भ्रमण गर्नको लागी आउने गर्दछन ।som5

त्रिवेणी भ्रमण अवलोकन केवल धार्मीक र पर्यटकिय रुपले मात्र नभएर राजनैतिक रुपले पनि उत्तिकै महत्व मानीन्छ । राजनैतिक प्रति चासो राख्ने व्यक्तिहरुको लागी भारतले निर्माण गरेको गण्डक नहरको वाधको बारेमा स्थलगत अध्यन गर्न सकिन्छ । टि.भी.,रेडियो र पत्रपत्रिका वाट नवलपरासी जिल्लाको सुस्ता सिमाको वारेमा जानकारी पाएका मानीसहरुलाई स्थलगत अध्यन, अवलोकन गर्न सकिन्छ । राजमार्ग दाया वाया को मात्र नवलपरासी जिल्ला देखेका मानीसहरुले तराईको ग्रामीण वस्ति र गाउवासीको समस्या अनि सिमा क्षेत्रको समस्या वुझन समेत पनि त्रिवेणीको भ्रमणले अवसर दिन्छ । धार्मीक दृष्टिकोणले त्रिवेणीको भ्रमण जति राभ्रो मानिन्छ, त्यो भन्दा सिमाको वारेमा अध्यन गर्ने जो कोहि नेपालीहरुको लागी महत्वपूर्ण यात्रा त्रिवेणीको यात्राले दिने गर्दछ ।

अहिले त्रिवेणी–अरुङखोला नारायणी नदीको तिरै तिर मोटर मार्ग निर्माणाधिन अवस्थामा छ । यसको दुरी करिव २५ कि.मी रहेको छ । यो मार्ग पुरा भयो भने नारायणघाट तिरबाट त्रिवेणी जानको लागी छोटो दुरी पर्दछ । वुटवल देखि ४५ किलो मिटर र नारायणघाट देखि ७० किलो मिटर को विचमा पर्ने वर्दघाट वजारवाट त्रिवेणीधाम २८ किलो मिटरको दूरीमा पर्दछ । पश्चिम नेपालका मानिसहरु भैरहवा–परासी भएर पनि त्रिवेणी जान सकिन्छ । भैरहवा–परासी १७ कि.मि र परासी–चौपट्टा १४ कि.मिं यात्रा गरेपछि बर्दघाट त्रिवेणी पुग्ने सडक भेटिन्छ ।

मिती ः– २०७४ जेष्ठ ८ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *