छिल्लीकोट पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
दाङ उपत्यकाको उत्तरी क्षेत्रका महाभारत पर्वतको श्रृखंला आजभोली पर्यटनको गन्तब्य बन्दै गएका छन । भुरे टाकुरे राजाहरुले निर्माण गरेका दरवार, युद्धका हातहतियार भण्डार गर्ने कोत, कोटमा बनेका मन्दिर अहिले पर्यटकिय स्थल भएका छन । तुलसीपुर उप महानगरपालिका–१९ महाभारत श्रृखँलामा रहेको छिलीकोट राजनैतिक, सास्कृती र धार्मीक हिसावले पर्यटकहरु को लागी महत्वपूर्ण गन्तब्य हो ।
imagesछिल्लीकोट जान तुलसीपुर–घोराही सडक खण्डको बिजौरीबाट स्यालापानी हुदै पैदल ३ घन्टाको यात्रा पुग्न सकिन्छ । छिल्लीकोट पुग्नलाई उकालो बाटोको यात्रा गर्नु परे पनि हरियाली र प्राकृतिक दृष्य विभिन्न जीवजन्तुहरुको आवाज सुन्दै छिल्लीकोट पुगेको पर्यटकहरुलाई थाहानै हुदैन । तर आजभोली दुधरास–सक्राम हुदै छिल्लीकोट पुग्नको लागी करि १४ कि.मी. मोटर मार्ग समेत छ । तर सिमेन्ट उद्योगले आफ्नो प्रयोजनको लागी निर्माण गरेको यो मोटर मार्ग बर्षामा भने बन्द जस्तै हुन्छ । छिल्लीकोट पुगिसकेपछि हरिया वन सम्पदा, उकाली ओराली, खहरे खोला छिल्लीकोटको भन्दा पनि अग्ला तीनवटा पहाडका चुचुरा देख्ना साथ पर्यटक रमाउछ । छिल्लीकोटको पैयाँटाकुराबाट दाङ उपत्यका हेर्ने र क्यामारामा देखिएका दृष्यहरु कैदगर्ने पर्यटक धेरै हुन्छन । छिल्लीकोट जंगलको बीचमा सदावाहर चिसो र रमणीय वातावरण, ध्वनि, वायु प्रदूषणबाट मुक्त रहेको छ ।
दाङ जिल्लाको महाभारत पर्वतमा ऐतिहासिक महत्वका दर्जनौ indexकोट भए पनि छिल्लीकोटको छुट्टै महत्व रहेको छ । छिल्लीकोट ऐतिहासिक धार्मीक स्थल पनि हो । यो कोटमा ऐतिहासिक कालिकादेवी र सिद्धपिठ मालिकादेवी को मन्दिर पनि छ । जुम्लाका चलवंशिय राजाले १५ औं शताव्दीमा दाङका राजा दंगिशरणलाई पराजय गरी राज्य सन्चालन गर्दा छिल्लीकोटमा दरवार बनेको थियो । छिल्लीकोटमा राज्य गर्ने प्रथम राजा मेघनाथ शाह थिए । राजा बस्ने कोट भएको हुदा छिल्लीकोटलाई त्यतिवेला प्रगन्ना छिल्ली पनि भन्ने गरिएको थियो । यो कोटको नामपनि चल्ल शव्द बाट अपभ्रंश हुदै छिल्ली भएर पछि कोटको नामनै छिल्लीकोट रहन गएको हो । मल्लागिरिको काखमा रहेको सतिदेवीको बायाँ कुम पतन भएको पौराणिक कथा पनि छिल्लीकोटसंग जोडिएको छ । सिद्धपीठको रुपमा परिचित मालिका देवीको मन्दिर सँग जोडिएका कालिका मन्दिर, गणेशथान, गुप्तेश्वरी गुफा समेतको अवलोकन पर्यटकहरुले गर्न पाउछन । छिल्लीकोट महाभारत श्रृखंला सामुन्द्रिक सतह बाट एक हजार सातसय ५६ मिटर को उचाईमा पर्दछ । यो उचाई मालिका र कालिका दुबै मन्दिर परिसरमा समान रहेको छ ।
IMG_9095छिल्लीकोट पूरै खुला वातावरणमा तीनवटा चुचुराहरु रहेका छन् । सबैभन्दा अग्लो चुचुरो पैयाँटाकुरामा हो भने दोस्रो मालिका चुचुरो हो र तेस्रो कालिका चुचुरो रहेको छ । यी चुचुराहरुबाट अधिकाशं दाङ उपत्यका र भारतीय सिमाका केहि भाग अवलोकन गर्न सकिन्छ । उत्तर तिर पर्ने रोल्पा जिल्लाको सुन्दर हरियाली पहाड, खोला, सिस्ने हिमालसमेत छिल्लीकोटबाट देख्न पाउदा पर्यटकहरु रमाउछन । छिल्लीकोट घना वनजंगलसँग जोडिएको हुनाले जैविक विविधताले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । छिल्लीकोटमा सुगन्धकोकिला पाइन्छ जुन त्यहाका बासिन्दालाई आयस्रोत भएको छ । त्यसैगरी टिमुर, चोथ्रा, ओखर, दालचिनी, अर्जुन, तिजु, चिउरी, लालीगुरास, सल्लालगायतका जडीबुटीहरु छिल्लीकोटमा पाइन्छन् ।
छिल्लीकोटमा कालिकादेवीको नित्य पुजा–आजा चलाउन सस्कृत विश्व विद्यालयले पुजारीको व्यवस्था गरिदिएको छ । विशेष गरी दशैको नवदुर्गामा कालिकादेवीको दर्शन गर्ने, आफ्नो भाकल चढाउने र मनोकांक्षा पुरागर्ने धार्मीक पर्यटकहरुको भिड लाग्ने गर्दछ । छिल्लीकोट वरपर रहेका मगर, दलित र अन्य जातीहरुको सस्कृती र उनिहरु विच रहदै आएको ऐतिहासिक प्रचलनले पनि छिललीकोट पुग्ने पर्यटकलाई थप अध्ययन सामाग्री बन्न सक्छ । धार्मीक आस्थाका पर्यटकहरुका लागि कालिका र मालिकादेवीको आजा–पुजा र त्यहा हुने नित्यपुजाको वैदिकमन्त्र र शंखध्वनीले आध्यात्मीक चिन्तकहरुलाई थप प्रेरणा मिल्दछ ।IMG_9094
छिल्लीकोटलाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न गुरु योजना निमार्ण गरिएको छ । गुरुयोजनमा ऐतिहासिक सग्रांहालय, भ्युटावर, खानेपानी, मन्दिर परिसर क्षेत्रको कम्पाउण्ड, स्वागतद्धार र मन्दिर एवं गुफाजाने बाटोको समेत मर्मत कार्यको योजना बनेको छ । अहिले विजौरी–बासगढी–स्यालापानी हुदै भुल्के– छिल्लीकोट कालिकाको मन्दिर भएर रोल्पाको डुब्रिङ जोडने मोटर मार्गको सर्भे भएको छ । सडक निर्माण भयो भने विजौरी छिल्लीकोट मात्र १२ किलो मिटरको दुरीमा पर्ने छ । छिल्लीकोटमा आजभोली खानेपानीको दुख छैन । रोल्पाको रुम्टीगढी गाउँपालिकाको रिठे मुहान बाट ४.५ कि.मी.बाट ल्याएको पानीलाई पैयाँटाकुरामा टंकी निर्माण गरी गाउँ र कालिका, मालिका मन्दिरमा समेत खानेपानीको प्रवन्ध गरिएको छ ।
छिल्लीकोट चल्लवंशिय राजा मेघनाथ शाहकै पाला देखि छिल्लीकोटको महत्व वढेको हो । उनले राज्य गर्दा जाडोको समयमा छिल्लीकोट पहाडको फेदी वासगढीमा बस्ने र गर्मीको समयमा छिल्लीकोटमा बस्ने गर्दथिए । भुल्के सामुदायिक वन, सिद्धधारी सामुदायिक वन र राष्ट्रिय वनको विचमा रहेको ऐतिहासिक छिल्लीकोट कुल १० विघा क्षेत्रफल भित्र यसको पुरातात्वीक वस्तुहरु रहेका छन । मालिका, कालिकाको मन्दिर, राजदरवारको भग्नावेश आकृती, पोख्रेल परिवारको वंशले लगाएको कोटीहोमको लागी तयार गरिएको यज्ञकुण्ड र पुराना ईटाका टुक्राहरु अहिलेपनि त्यहा पुग्ने पर्यटकहरुले देख्न सक्दछन । ऐतिहासिक बस्तुहरु मध्य पुरानो तोपको अवशेष र राजारानी बस्ने गरेको ढुङगाको कूर्चि पनि छिल्लिकोटमा रहेका छ ।
20170511_052311छिल्लीकोटका प्रथम राजा मेघनाथ शाह चतुर दुरदर्शि थिए । उनले राजकाज चलाउदा उचित सल्लाह लिन र गुरु पुरेतको रुपमा प्युठानको दाखाकोट बाट पण्डित विद्याधर पोख्रेललाई ल्याएका थिए । विद्याधर तान्त्रीक विद्या हासिल गरेका थिए । उनको काम बाट राजा खुशि भएर राजाले दाङ देउखुरीमा धेरै मौजा पोख्रेल परिवारलाई विर्तादान समेत गरेका थिए । जुन दानको जमिनबाट पछि विजौरीका पोख्रेलहरुले सस्कृत विश्व विद्यालयलाई १८ सयविघा जमिन दान गरेका थिए । छिल्लीकोटमा नेपाल एकिकरण हुनुभन्दा अगाडी वि.स. १८४७ सम्म चल्लवंशिय राजाका वंश विरभद्र शाहले शासन गरेका थिए । छिल्लीकोटका उनि सातौ राजा र अन्तीम राजापनि भएको मानिन्छ । छिल्लीकोट राजाहरुको शासनकालमा मानवबस्ती को बिकास भएको थियो । छिल्लीकोट वरपर रहेका पैयाकोट, चुचुर्के, डोटेलडाडा, जलठाटी, तल्लोको र स्यालापानीका गाउँहरुमा घना बस्ती रहेको थियो । दाङको उपत्यकामा औलो लाग्ने र औलो रोगबाट बच्नको लागि विजौरी, मानपुर, दुधरास, सक्राम र आसपासका घर परिवारहरु गर्मीको महिनामा डाँडाकाडाका ठाउमा बस्तीसार्ने प्रचलन थियो । जस्लाई कोट लाग्ने भन्ने गरिन्थो ।
छिल्लीकोटमा दुर्लभ वनस्पति सुगन्धकोकिला पाइन्छ । सुगन्धकोकिलाको बारेमा धेरै पर्यटकहरुलाई थाहा हुदैन । यो वनष्पति सिक्किम, भुटान, भारतको मणिपुर र खासी अर्थात आसामको पहाडमा पाइन्छ । नेपालमा भने दाङको छिल्लीकोट र रोल्पा जिल्लाको केहि भूगोलमा सुगन्धकोकिला पाइन्छ । सुगन्धकोकिला सदावहार रुख हो । सुगन्धकोकिलाको फल, बोक्राबाट सुगन्धित तेल निकाली अत्तर बनाउनमा प्रयोग गरिन्छ । तेल निकालेर बाँकी रहेको छोक्रालाई सिन्केधुप बनाउन प्रयोग गरिन्छ । सुगन्धकोकिलाको सुगन्धित तेलमा मिथायल सिनामेट र सिनियोल भन्ने रसायन पाइन्छ । यो वनस्पतिको फुल फागुन र फल कार्तिक देखि पौष महिनामा पाक्छ ।IMG_9092
छिल्लीकोट जाने पर्यटकलाई झट्ट सुन्दा आश्चर्य लाग्ने कुरा हो गिद्ध रेष्टुरेन्ट । पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुन थालेपछि संरक्षणका लागि जटायु रेष्टुरेन्ट स्थापना भएको छ । गिद्धको लागी रेष्टुरेन्ट भने पछि छिल्लीकोट पुग्ने पर्यटकहरु गिद्ध रेष्टुरेन्ट हेर्न खोज्दछन । छिल्लीकोटको फेदी अर्थात स्यालापानीमा गिद्धका लागि जटायु रेष्टुरेन्ट बृद्ध पशु आश्रम रहेको छ । सक्रामबाट १० मिनेट पैदल यात्रामा पुगिने जटायु रेष्टुरेन्ट २ बिघा जमिन भित्र रहेको छ । गिद्ध लोप हुँदै जान थालेपछि जोगाउनका लागि रेष्टुरेन्टको व्यवस्था गर्न थालिएको हो । रेष्टुरेन्ट खोलेर गिद्धका लागि खानाको व्यवस्था गरेपछि प्रकृतिको कुचीकार मानिने गिद्ध अहिले छिल्लीकोट वरपरका जंगलमा पाइन थालेका छन् । दाङ जिल्लामा यतिखेर गिद्धको ४८ वटा गुडहरु भेटिएका छन । रेष्टुरेन्टमा गिद्धका लागि खानयोग्य मृत पशुको मासु रहेको हुन्छ । गिद्धका लागि खोलिएको जटायु रेष्टुरेन्टको नजिकै वृद्ध गाई पालिन्छ । उनीहरु मरेपछि छाला काडेर फालिन्छ । गिद्धका लागि खानयोग्य यही मासु नै रेष्टुरेन्टको विशेषता हो ।
छिल्लीकोट पुगेपछि धेरै पर्यटक जंगल सफारी, दुर्लभ चरा, जंगली जनावरको अध्यन अवलोकन गर्न रुचाउछन । यसको लागी छिल्लीकोट महत्वपुर्ण स्थल मानिन्छ । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । छिल्लीकोट पुगेपछि पर्यटकहरुलाई हाइकिङ गर्ने स्थलहरु धेरै छन । छिल्लीकोटबाट हाइकिङ गर्दै रोल्पाको डुब्रिङ रिचे–बिश्रामथली जंगलको बाटो हुदै भलार भन्ने गाउँमा पुगिन्छ । भलार गाउँबाट पूर्व तर्फ लागे पछि दाङको महाभारत श्रृखंलामा रहेको गुरौ भन्ने गााउँमा पुगिन्छ । गुरौगाउँ प्रकृतिले सजिएको सुन्दर मनोरम स्थल हो । गुरौगाउँ तल्ले र उपल्लो दुई भागमा बिभाजन छ । माथिल्लो गुरौ गाउँबाट दाङ उपत्यकामा सूर्यको पहिलो किरण भित्रिएको सुनौलो दृष्य हेर्न सकिन्छ । तर यो दृष्य हेर्नको लागी पर्यटकहरु गुरौ गाउँमा नै बास बस्दा राम्रो हुन्छ ।
घोराही उप महानगरपालिका –१२ मा पर्ने महाभारत श्रृखलाको IMG_9072गुरौ गाउँ पुग्न छिल्लीकोट नगएर पनि जान सकिन्छ । घोराही–तुलसीपुर सडक खण्डको खैराबाट हापुर बयिया हुदै नारेवाङ अथवा घोराही देखि सिधै नारेवाङ पुगेर पनि हाइकिङ यात्रामा गुरौगाउँ पुग्न सकिन्छ । नारेवाङबाट खुमकोट अथवा वनको उकालो बाटोमा हाइकिङ गर्दा २ घन्टाको समय लाग्दछ । खुमकोट घोराही र तुलसीपुर उप महानगरपालिकाको सिमा पनि हो । हाइकिङ यात्रामा बाटोमा मगर, दलित र केहि अन्य जातीका बस्तीहरु भेटिन्छन । गुरौ गाउँबाट माराकोट हुदै मौलाकोटको समेत अध्यन अवलोकन गर्न सकिन्छ । मौलाकोट घोराहीको ऐतिहासीक स्थल हो । मौलाकोटमा ऐतिहासिक राजा करमकोटेको दरवार भएको स्थान पनि हो । मौलाकोटमा बराह बाजेको मन्दिर समेत रहेको छ । यहाबाट घोराही र दाङ उपत्यकाको धेरै भूभाग अवलोकन गर्न सकिन्छ ।
छिल्लीकोटबाट गुरौ र मौलाकोटसम्म हाइकिङको यात्रामा करिवन २५ देखि ३० कि.मी.को यात्रा हुन्छ । हाइकिङमा जाने पर्यटकहरुले कम्तीमा चार दिनको समय यात्रालाई छुट्टाउनु पर्दछ । आफुलाई यात्रामा आवस्यक पर्ने खाद्यबस्तु र सामान्य औषधी पनि यात्राको समयमा साथमानै राख्नु पर्दछ । परमपरागतका गोरेटा बाटोको यात्रा गर्नु पर्दा छिल्लीकोटबाट हाइकिङमा निस्किएपछि बिचमा अर्थात गुरौगाउँमा बास बस्दा राम्रो हुनछ । यात्रामा गाउँघरको सस्कृति, भेषभुसा, बोलीचालीले शहर बजारमा हुर्केका पर्यटकहरुको लागी नयाँ बिषय बन्दछ । बाटामा पर्यटकहरुको लागी कुनै होटल लजको सुबिधा नभएपनि गाउँमा भने पेइङ गेष्टको रुपमा बास बस्न र खाना भने पाइन्छ । गाउँको जैविक कृषि प्रणालीबाट उत्पादन भएका कमै, कोदो र गहूको परिकार स्थानीय तरुल, घुइया अर्थात पिडालु, आलुको स्वादनै पहाडी धरातलमा भिन्न हुन्छ । अझ मिठो मान्नेहरुको लागी मकैको आटो र घुइयाको पातको गाभा संग खादा त त्यसको स्वाद छुट्टै मजा आउछ ।
शहर बजारको व्यस्त जीवनशैलीको तनावबाट ‘रिफ्रेस’ हुन चाहने पर्यटकहरुलाई हाइकिङ अर्थात पैदल यात्रा राम्रो हुन्छ । हाइकिङमा नयाँ ठाँउको अध्यन साथै वनस्पति, जीवजन्तु र ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीबारे धेरै कुरा पर्यटकहरुले जानकारी लिन सक्दछन । अर्को तफ विशेष गरी उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ । लामो समय हिडदा शरीरबाट पसिना निकाल्न र रक्तसञ्चारमा समेत सहयोग पुग्छ ।
मिति– २०७४ भाद्र २६ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *