श्रीकृष्णको उपदेश नै श्रीमदभगवत गीता

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसंग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जातिहरु रहेका छन । परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातीहरुमा आ–आफ्नो विशेषता जोडिएको छ । देशभरका विभिन्न नगर, सहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरुको लेखाजोखा गर्न कठिन छ । प्रत्येक नगर तथा गाउँहरुमा बर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व र जात्रा मेला भइ रहेका हुन्छन् ।
indexहाम्रो चाडपर्वको बारेमा अध्ययन गर्ने हो भने, काठमाडौं उपत्यकामा गठाःमुगः अर्थात घण्टाकर्ण चतुर्दशीदेखि प्रत्येक बर्षको चाडबाड सुरु हुने गर्दछ । तर हामीहरुले मान्दै आएको चाडपर्व उपत्यका बाहिर असार १५ मा दही चिउरा खाने पर्वबाट सुरु भएको हुन्छ । असार १५ अर्थात दही चिउरा खाने पर्वको पन्ध्र दिनमा साउने सङ्क्रान्ति आइपुग्छ । साउने सङ्क्रान्ति कुनै विशिष्ट धार्मिक आयाम नभए पनि अधिकांश नेपालीहरुले मीठो मसिनो खाएर लुतो फाल्ने सांस्कृतिक पर्व मानिन्छ । त्यसपछि साउनको १५ लाई खीर खाने दिनका रुपमा लिने गरिन्छ । प्रायः साउनमा पर्दछ गठाःमुगः र नागपञ्चमी । शिव भक्तहरुका निम्ति साउन महिनाको सोमबारहरु पर्वकै रुपमा पूजाआजा गर्ने गरिन्छ ।
2प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्व पर्दछ । प्राचीन अभिलेखहरुको आधारमा द्वापार युगमा देवकी तथा वासुदेवका आठौं सन्तानको रुपमा कृष्णको जन्म भएको थियो । मामा कंशले कारागारमा बन्दी बनाएको अवस्थामा माता देवकी तथा पिता वासुदेवको पुत्रको रुपमा जन्मिएका श्रीकृष्ण बन्दी आमा बुवाभन्दा टाढा गोकुल वृन्दावनमा यसोदा माताको रेखदेखमा हुर्केर ठूलो भएपछि मथुरा आई आफ्ना दुष्टमामा कंशको संहार गरी अन्याय, अत्याचार, अधर्म र दानवी प्रवृतिको अन्त्य गरी मानव जातीको कल्याण गरेको स्मृतिमा श्रीकृष्ण जन्माष्टमी पर्वको रुपमा मनाउने गरिएको हो ।
श्रीकृष्ण जन्माष्टमीको दिन विभिन्न कृष्ण मन्दिरहरुमा श्रद्धालु हिनु धर्मावलम्बीहरुको भीड अर्थात मेला लाग्ने र भगवान श्रीकृष्णको पूजा–आराधना, भजन, कृर्तन गर्नुका साथै महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । विशेष गरी घरमा कृष्णका तस्वीरहरु टांगी, झिलिमिलि बत्ति बालेर रातभर नांचगान, कृष्ण भजन कृर्तन गर्ने परम्पराको सस्कृति रहेको छ । भने भोलिपल्ट भगवान श्रीकृष्णको रथयात्रा गरी समापन गरिन्छ । यसो गरेमा भगवान श्रीकृष्ण प्रसन्न भएर मनोवान्चित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । श्रीकृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिर र उपत्यका बाहिर पनि बिभिन्न स्थानमा कृष्णको जन्माष्टमी पर्वको विशेष मेला लाग्ने गर्दछ । कृष्णको जन्माष्टमीको ब्रत बस्नाले घरमा लक्ष्मी स्थिर हुने, पाप काटिने सवै कार्य सिद्ध हुने सुख शान्ती हुने मान्यता छ ।
imagesश्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेणेता भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले बोलीचालीमा श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीलाई गोकुलष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती समेतले पनि सम्बोधन गर्ने गरिन्छ । श्रीकृष्णले मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी र वासुदेवलाई कारागारमुक्त गरिदिनु भएको थियो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । यसै कारण गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै विचित्रलीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसगंका कारण यो महिना प्रेमोत्सव अर्थात झुलोत्सवका रुपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीय जगतको प्रेम दिवस हो र प्रणय दिवसका नाममा नेपाल–भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो । यसै प्रसगंमा श्रीकृष्णले श्रीमदभगवत् गीतामा भनेका छन, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । अर्थात जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ, त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानवरुप धारण गरेर धरतीमा जन्म लिनेछु । श्रीकृष्णको यही कर्मको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ ।
महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयुगमा पापीहरुको अन्त्य गरेका थिए । महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरुकी माता गान्धारीले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसै गरी तिम्रो कुलको पनि आपसमा लडेर नास होस भन्ने श्राप दिएकी थिइन् । महाभारतको कथा अनुसार गान्धारीको श्राप र ऋषि दुर्वासा प्रति स्वयं कृष्णका पुत्र साम्बले गरेको दुव्र्ययवहार स्वरुप १२० वर्षको उमेरमा श्रीकृष्णको देहान्त भएको कृष्ण चरित्रमा उल्लेख गरिएको छ । शास्त्रको इतिहासमा जोडिएको द्वापरयुगको घटना र अहिले सुन्दा कथा जस्तै लाग्ने कृष्ण चरित्रका धेरै कुराहरु अहिले आएर हाम्रो धर्म र सस्कृति संग जोडिएको छ । जुन कारणले श्रीकृष्ण जन्माष्टमीको दिन पर्वको रुपमा मनाउदै आएका छौ ।
श्रीकृष्णको बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभुले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका पाइन्छ । स्वर्गद्वारी श्रीकृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध मानिन्छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने पनि भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे जस्ता सम्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं.नारायण प्रसाद पोखरेलको पनि ठूलो योगदान रहेको छ । पछिल्लो समय भागवत कथा महायज्ञमा पनि श्रीकृष्ण लोकप्रिय बनेका छन ।
कृष्णको जीवनमा दम्भ, अहंकार र अनिर्णयताको सानो गन्ध कहीं पाइदैन । पाण्डवहरु सधै. अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । अर्जुनले लक्ष्यवोध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षेत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रुपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त बmुभाइ दिएका थिए । कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउंमा पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेका जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफल संग टाढा रहेको पाइन्छ । श्रीकृष्णलाई गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः.नै अवतरित हुन सक्छ ।
श्रीमदभागवत गीता हिन्दू धर्मको पवित्र ग्रन्थहरु मध्य एक हो । यो हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । भगवदगीता आज भन्दा करिव पाचँ हजार बर्ष पहिले अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ । यसमा १८ अध्याय छन भने सात सय पद्यात्मक संस्कृतश्लोक छन् । गीतामा अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ । जसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार चर्चा भएकोछ । यो ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्माको निरुपण गरिएको छ ।

19198402_2033021870260759_1647743086_n
मिती ः– २०७४ साउन २९ गते दाङ सन्दर्भःश्रीकृष्ण जन्माष्टमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *