प्रदेश नम्वर पाचँ भित्रका कुरा

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । पाल्पाको तानसेन नेपालकै सन्दर्भमा पुरानो नगरपालिका हो । पाल्पा जिल्ला सेनवंशका दशौ पुस्ताका राजा चन्द्रसेनका छोरा रुद्रसेनले वि.स. १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए । राजा मुकुन्दसेनको पालामा पाल्पा राज्यलाई विस्तारगरी पूर्वको धनकुटा सम्म पु¥याएका थिए । झण्डै ४९८ बर्षसम्म शासन गरेका सेनवंशका पछिल्ला राजा पृथ्र्वीपाल सेनको पालामा वहादुर शाह र भिमसेन थापाको रणनैतिक चलाखिले गर्दा पाल्पा राज्य वि.स.१८६१ मा नेपाल राज्यमा विलय भएको थियो ।
पाल्पाको नाम मगाेंलियन शव्दबाट बनेको हो भन्नेकुरा किम्वदन्ती रहेको छ । मगाेंलियन शव्द वाल्वा को अर्थ सिप,कला र कालिगढ हुन्छ । त्यहि शव्दबाट अपभ्रशं हुदै पाल्पा भएको हो भन्ने अनुमान छ । पाल्पा जिल्लाको भूगोल रमणिय मानिन्छ । पाल्पा राणाहरुको पालामा प्रधानमन्त्रीको रोल खोशिएकाहरुको शरणस्थल थियो । पाल्पामा रामपुर र तानसेन नगरपालिका रहेको छ भने निस्दी, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ, बगनासकाली, रिब्दिकोट र रैनादेवी छहरा गाउँपालिका रहेका छन ।
1480584227provience-no-five-826x495०१८ साल भन्दा अगाडी कपिलवस्तु जिल्ला ठूलो जिल्ला थियो । अहिले भएका नवलपरासी, रुपन्देही र कपिलवस्तुको सबै भू–भाग एउटै जिल्लामा रहेको थियो । राणा सरकारहरुको पालामा तौलिहवाको गौडा ठूलो प्रशासनिक क्षेत्र मानिने थियो । ०१८ साल पछि यी क्षेत्र ३ जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुमा विभाजन भएको हो । यो जिल्ला रुपन्देही, अर्घाखाची, दाङ र दक्षिण तर्फ पुरै भारतिय भूमीको सिमामा रहेको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा हो । तौलिहवा ऐतिहासिक स्थल पनि हो । प्राचिनकालमा ऋषि कपिलद्धारा प्रतिपादित प्रकृती आधारित दर्शनको जन्मभूमी भएका कारणले शाक्यगणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो । कपिलवस्तु जिल्लालाई पूरातात्विक संग्रहालय पनि भनिन्छ । कपिलवस्तुमा कपिलवस्तु, बुद्धभूमि, शिवराज, महाराजगन्ज, कृष्णनगर र वाणगंगा नगरपालिका रहेका छन भने मायादेवी, यशोधरा, शुद्धोधन र विजयनगर गाउँपालिका छन ।
गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा परिचित रुपन्देही जिल्ला पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ । राणाहरुको पालामा रुपन्देही जिल्लाको सदरमुकाम बेथरीमा रहेको थियो । वि.सं.१९९१ मा बेथरी गाउँबाट भैरहवामा सारिएको हो । भैरहवा अहिले रुपन्देही जिल्लाको सदरमुकाम पनि हो । यस जिल्लाको नाम भगवान गौतम बुद्धसग जोडिएको छ । गौतम बुद्धको आमा मायादेवी रुपन्देही जिल्लाको देवदहको भवानीपूरमा जन्मिएकी थिइन । उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रुपिदेवी भनिन्थ्यो र बोल्ने क्रममा रुपिदेवीवाट अपभ्रशं हुदै रुपिन्देही बाट रुपन्देही भएको हो । रुपन्देहीमा बुटवल उपमहानगरपालिका देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा, नगरपालिका छन भने गैडहवा, कञ्चन, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई,सियारी र शुद्धोधन गाउँपालिका रहेका छन ।
नवलपुरको गैडाकोट क्षेत्र र दाउन्ने पहाड पश्चिमको परासी क्षेत्र मिलाएर २०१८ सालमा नवलपरासी जिल्लाको नामाकरण गरिएको हो । त्यसभन्दा पहिले यस जिल्लालाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो । नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्रि मधेश र मधेश गरी तीन भागमा बिभाजीत भूगोलमा थियो । अहिले नवलपुर क्षेत्र ४ नम्वर प्रदेशमा पारिएको छ । अहिले नवलपरासीमा बर्दघाट, रामग्राम, सुनवल नगरपालिका र त्रिवेणीसुस्ता, पाल्हीनन्दन, प्रतापपुर, सरावल गाउँपालिका रहेका छन ।
भुरेटाकुरे राजाहरुको पालादेखिनै अर्घाखाची जिल्लाको ऐतिहासिक महत्व र पहिचान छुट्टै रहदै आएको जिल्ला हो । सुन्दर डाडाकाडा, ऐतिहासिक स्थल र आफ्नै सस्कृती रहेको यो जिल्ला हिमाल संग नजोडिए पनि तराइको समतथर भूमीसंग जोडिएको छ । अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रुपमा दहि चढाउदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ती भएको हो भन्ने यसको इतिहास छ । खाची शब्दको उत्पत्ती भने सरकारले कर असुल गर्ने ठाउ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई जिल्लाको नाम अर्घाखाची रहन गएको भन्ने जनविश्वास पाइन्छ । अर्घाखाची पहिला अर्घा र खाची दुई राज्यमा विभाजित थियो । त्यसपछि २०१८साल भन्दा पहिले गुल्मी र अर्घाखाची एउटै जिल्लामा थियो । प्राचीन भाषा सस्कृतको भाषाको ब्याकरणको उत्पत्ती भएका पाणिनी तपोभूमिको रुपमा पहिचान भएको जिल्ला अर्घाखाची हो । अहिले अर्घाखाँचीमा सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका रहेको छ भने छत्रदेव, पाणिनी र मालारानी गाउँपालिका रहेको छ ।
ऋषीमुनीहरुले तपस्या गरेको स्थल रुरुक्षेत्र रेसुङाको तपोभूमी भएको जिल्ला हो गुल्मी । तरेली परेका डाँडाकाडा ज्योतिष शिक्षाको उदगमस्थल धुर्केटगाँउ, थाप्लेको लेख, मदानेको लेख, लुम्पेकको लेक, वामीको लेक, अग्लुङको लेक, रानीवन, सिद्धबाबाको डाँडा जस्ता अनगिन्ती पहाडले सजाएको प्राकृतिक सजाबट भएको जिल्ला हो गुल्मी । वृहत नेपाली शब्दकोसमा गुल्मको अर्थ नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा, र पैतालीसवटा पैदल सिपाही रहने, प्राचिन कालको एक गण अथवा एक सुरक्षा चौकी भनिएको छ । नेपालको इतिहासमा लिच्छविकालिन शासकहरुको पालामा अहिलेको गुल्मी जिल्लाको विभिन्न कोटमा सैनिकहरुको गुल्म राखिएको पाइन्छ । शब्दकोस को अर्थ र भाषालाई लिने हो भने, सस्कृत भाषामा सैनिक अथवा सेनाको पल्टन भएको ठाउलाई गुल्म भनिने हुदा यसै बाट पछि ठाउको नाम गुल्म बाट बोल्ने क्रममा अपभ्रशं हुदै गुल्मी भएको हो भन्ने भनाइ रहेको छ । गुल्मीमा मुसिकोट र रेसुंगा नगरपालिका रहेको छ भने कालीगण्डकी,गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, रुरु, छत्रकोट, धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिका पर्दछ ।
sanghiyata-10032017124228-1000x0नेपालको भूगोल ३५ जिल्ला भएको समयमा पनि प्युठान छुट्टै जिल्लामा थियो । यसको ठूलो भाग पछि रोल्पा जिल्लामा मिलाइएको हो । सडक यातायतको सञ्जाल बन्नु भन्दा पहिले प्युठान जिल्लाको विशेषगरी खंलगा आसपासका मानिसहरुको व्यापारी केन्द्र पाल्पाको तानसेन र वुटवल मानिन्थो । अन्चलको भूगोलमा नेपाललाई विभाजन गर्दा एक समय प्युठान स्वर्गद्धारी अन्चलमा परेको थियो । तर स्वर्गद्धारी अन्चलको नामाकरणले लामो समय लिन पाएन । प्युठान जिल्लाको सदरमुकाम खंलगा हो । तर सरकारी कार्यालयहरु भने केहि विजुवारमा समेत रहेका छन ।
प्यूठान शव्दको उत्पति वारे एउटै मत पाईदैन । कर्कपेट्रीकले प्रार्थाना पूरथाना बाट अपभ्रश हुदै प्यूठान भएको, हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथाना वाट प्युठान नाम रहन गएको भन्ने इतिहास छ । तर योगि नरहरिनाथले भने प्लुथानबाट प्यूठान रहन गएको कुरा उल्लेख गरेका छन । पृथ्वीनारायण शाहले समय–समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पनि पाइन्छ । मल्लकालिन अवस्था देखिनै प्युठानमा शासकहरुले पियुठ राख्ने गरेका थिए । सुरक्षा संवन्धि शव्द–पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंंश भई पिउठान नाम रहन गएको हो भन्ने तर्क आम रुपमा रहेको छ । प्यूठान नेपालमा एकिकरण भएपछि खुंग्री र उदयपुरका शासकहरु नेपालको छायामा रजौटाको रुपमा रहन गए । राज्य रजौटा ऐन २०१७ ले हाल रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ । प्युठानमा प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका रहेका छन । त्यसैगरी गौमुखी, माण्डवी, सरुमारानी, मल्लरानी, नौवहिनी, झिमरुक र ऐरावती गाउँपालिका रहेका छन ।
रोल्पा जिल्लाको इतिहास वाइसे,चौविसे राजाहरुको पालादेखिनै साना साना राज्यमा विभाजन भएर आएको हो । भुरे टाकुरे राजाहरुको शासनकालमा रोल्पामा साना–साना थुम,मौजा र गाउको पनि राज्य थियो । भुरे टाकुरे राजाहरुको शासनकालमा जमिनको उत्पादननै राज्यको मुख्य स्रोत मानिन्थो । मुखिया,तालुकदार जस्ता पदबाट जमिनको कर उठाएर राज्यलाई बुझाउने गरिन्थो । नेपाल एकिकरण हुनुभन्दा पहिला अहिले सल्यान जिल्लामा पर्ने कोटमौला, दामाचौर, वाफुखोला, पिपलनेटा, थारमारे, शिवरथ र कोटवारा र रोल्पा जिल्लामा पर्ने पाखापानी,जिनावाङ्,राखँ,घर्तिगाउ र ओत एउटै रोल्पा थुम अथवा मौजा थियो । २०१८ सालभन्दा अगाडी अहिलेको रोल्पालाई सातसय सखी आठ हजार बुढागाँउ नौ सय माडिखोला, वाईस खुवा, कालाशेष र दार्मा थुम जस्ता नामले चिन्हे गरिन्थो । अहिले रोल्पामा रोल्पा नगरपालिका र त्रिवेणी, दुईखोली, माडी, रुन्टीगढी, लुङग्री, सुकीदह, सुनछहरी, सुवर्णावती र थवाङ गाउँपालिका रहेका छन ।
रुकुम जिल्ला राप्ती अञ्चलको सबैभन्दा उत्तरमा अवस्थित छ । यस जिल्लामा मध्यकालीन वाइसे राज्यहरू मध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोटहरु पर्दथे । रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुक्मीणी देवी शब्दको अपभ्रंश भई रुकुम नाम रहन गएको हो । सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रुपमा चिनिन्छ । अहिले प्रदेश बिभाजनगर्ने क्रममा रुकुमको धेरै भुभाग ६ नं. प्रदेशमा परेको छ । बाकी रहेको सिस्ने, पुथा, उत्तरगंगा र भुमे गाउँपालिका प्रदेश नन्. ५ मा परेको छ ।
एशियाको ठूलो उपत्यका भन्ने गरिएको दाङ उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ । दाङ जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका बुझिन्छ । पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहिलो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो । दाङको इतिहासमा उत्तरी काँठ पहाडी राजाहरुको अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो । चौधौँ शताब्दी तिर दाङ जुम्लाको अधिनमा थियो । वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए । नेपाल एकिकरण पश्चात दाङ सल्यान गौंडाका मातहतमा थियो । वि.सं.१९३८ सालमा दाङको मैदानी भागलाई तौहिहवा गोश्वारा र १९९६ सालमा भैरहवा गोश्वारा हुदै २००३ सालमा नेपालगंज गोश्वारामा समेत दाङको प्रशासनिक कार्य पुग्यो । २००७ सालसम्म यहाँ माल अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । फलावाङ राज्य वि.स.२०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र सल्यानमा रहेको दाङको उत्तरी पानी ढलो २०३० सालमा दाङमा मिलेपछि आजको अवस्थामा आएको हो । दाङमा तुलसीपुर र घोराही उपमहानगरपालिका छन भने लमही नगरपालिका रहेको छ । यसैगरी बंगलाचुली, दंगीशरण, गढवा, राजपुर, राप्ती, शान्तिनगर र बबई गाउँपालिका रहेका छन ।
२०१८ साल भन्दा अगाडी सम्म अहिलको बाँके र वर्दिया एउटै जिल्लामा थियो । नेपालको प्रशासनिक क्षेत्रलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्ने समयमा बाँके र वर्दिया भिन्न जिल्ला बनाइएको हो । बाके बि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत फिर्ता आएको भूमी हो । बि.सं. १८७३ को सुगौली सन्धीबाट गुमेको भू–भाग मध्ये पुरस्कार स्वरुप वि.सं १९१७ मा बाँके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बाँके र पश्चिम तराईका जिल्लाहरुलाई नयाँ मुलुक पनि भन्ने गरिन्छ । बाके जिल्लाको सदरमुकाम नेपालगञ्ज हो । गाउँका मानिसहरु अकालमा मृत्यु भै थोरै मानिसहरु मात्र यस क्षेत्रमा बाँकी रहेकोले बाँकी मानिसले बसोवास गरेको ठाउँ भन्दै जाँदा पछि अपभ्रंस भई यस ठाउँलाई बाँके भन्न थालिएको हो । बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकारहेका छन । यसैगरी बाकेमा नरैनापुर, राप्तीसोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिका रहेका छन ।
नयाँ मुलुक, बुडान जस्ता नामले पनि चिनिने बर्दिया अन्न भण्डारको रुपमा पनि चिनिन्छ । भौगोलिक हिसावले दुइ भागमा विभाजन भएको वर्दिया राजापुर क्षेत्र भेरी र कर्णाली नदीले टापु बनाइ दिएको छ । पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा दाङ जिल्ला बाट जिमिन्दारहरुको शोषण र अत्याचार सहन नसकि बर्दिया बसाइ–सराइ गर्ने थारुजातीहरुको सख्या पनि उल्लेखनिय रहन गएको छ । बर्दिया जिल्लामा पछिल्ला दिनहरुमा नेपालका ७५ जिल्लाकै मानिसहरु बसाइसराई, पुनरर्वास, बाढीपिडित, राम्रो कृषि उत्पादनको खोजी, ब्यापार ब्यवसाय आदी कारणले मानिसहरुको चाप प्रत्यक बर्ष बृद्धि हुदै गएको छ ।
सुगौली सन्धिबाट गुमेको भूमी फिर्ता पाए पछि राणाहरुकै पालामा विर्ता दान र राणा परिवारहरु संग नजिकहुने मानिसहरुलाई राणाले जमिन दिएर बर्दियालाई सामन्ती जिमिन्दारको थलोको रुपमा पनि पहिचान दिलाएका थिए । पन्चायतको पालामा बाढीपिडित एव निकुञ्जले गाउ र बस्ती अधिक्रमण गरेपछि बर्दिया जिल्लामानै उनिहरुलाई बासस्थान दिलाइएको थियो । जुन कारणले बर्दिया जिल्लामा प्राय धेरै जिल्लाका मानिसहरुको बसोवास रहेको छ । स्थानिय थारुभाषमा गाई गोरुलाइ वलिबर्द भनिने र पछि बोलिचालिको क्रममा अपभ्रशं भै बर्दिया भएको मानिन्छ । बर्दियामा गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिका रहेको छ भने बढैयाताल र गेरुवा गाउँपालिका छन ।
मिती ः– २०७४ साउन २१ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *