पर्यटन र विकासको लागी केवुलकार

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
अहिले पर्यटन शब्दको ब्यापक प्रयोग भएको छ । कुनै बिकासका योजना तर्जुमा पर्यटन छुटदैन । चियाँ होटल देखि स्थानीय तहका सभा, गोष्ठी देखि लिएर संसदभवन सम्म पर्यटन शब्द धेरैको मुखबाट निस्किन्छ । पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । कुनै स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । पर्यटकको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन को बिकास हुन्छ । नेपालमा पर्यटकहरुको लागी भ्रमण गर्ने धेरै स्थलहरु छन । तर अधिकाशं स्थलहरुमा जान सडक यातायातको सुविधा छैन । भएका सडक पनि बर्षायाममा बन्द हुन्छन ।
प्राकृतिक रुपमा प्राप्त नेपालका पर्यटकीय क्षेत्रको निर्माण गर्न ठूलो मानवीय परिश्रम खर्च भएको छैन । नेपालमा प्राकृतिक रुपले सजिएका पर्यटकियस्थल धेरै स्थानमा छन । जुन स्थलका बारेमा धेरैलाई जानकारी छैन । पर्यटकीयस्थलका रुपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवन र लुम्वीनी जस्ता सीमित स्थानलाई मात्र लिने गरेका छौ । नेपालमा यी भन्दा धेरै सुन्दर र राम्रा ठाउँ पनि छन् । ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी हुनु जरुरी छ । ती क्षेत्रमा पर्यटक पु¥याउन पूर्वाधार निर्माण हुन सकेको छैन । यातायात पर्यटन क्षेत्रको विकासका लागि पहिलो पूर्वाधार हो । कतिपय दुर्गम स्थानमा सञ्चालित हवाई यातायात पनि सर्वसुलभ छैन ।
2नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण चाँदीझैं टल्किने सेता हिमाल, बादलले ढाकिरहने अग्ला अग्ला पहाड अनि तराईका समथर फाँटमा धेरै सम्भाबनाहरु लुकेका छन् । प्राकृतिक बनजंगल, छङछङ बग्ने खोलानाला, मनोरम तालहरु, हिमनदिहरु आफैंमा सुन्दर छन । जसले जोसुकैको पर्यटकहरु को मन पनि तरंगित बनाई दिन्छ । त्यतिमात्रै हैन पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्म अनि उत्तरमा हिमालदेखि तराईका समथर भूभागमा सदियौं देखि छरिएर बसोबास गर्ने बिभिन्न जातजाति, ऊनीहरुका भाषा, संस्कृति, परम्परा, भेषभूषा,मठमन्दिर, देवल, चौतारी पाटीपौवा, गुम्बा, चैत्य, चर्च, मस्जिद आदि इत्यादि कुराहरु पनि सांस्कृतिक तथा पर्यटकिय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि हामीले त्यसलाई नचिन्दा र चिनेर पनि त्यसको भरपूर उपयोग गर्न नसक्दा पर्यटन प्रर्वद्धनमा पछाडी परेको छ । त्यस्ता पर्यटकिय सम्पदाको उचित संरक्षण तथा सम्बर्दन हुन सकेको छैन । यी कुराहरुको समयमै पहिचान भई त्यसको समुचित प्रयोग गर्न सकेको भए देशले पर्यटनको बिकासमा निकै उन्नती गर्न सक्ने थियो । राज्यको नीतिनिर्माण तहमा रहेका ब्यक्तीको असक्षमता तथा अदुरदर्शिताको परिणाम अहिले पर्यटन क्षेत्रले भोगिरहनु परेका छ । विकास भनेकै परिवर्तन हो । विकासको आधाभुत कुरा धेरै भएपनि पर्यटनको क्षेत्रमा यातायात मानिनछ । भूगोल अनुसार नेपाल हिमाल, पहाड र तराईमा विभाजन भएको छ । हामीले यतिखेर बनाउन खोजेको पर्यटकियस्थल भनेको ऐतिहासिकस्थल कोट, किल्ला, मठ मन्दिर, ताल, पोखरी हिमाल र जैविक विविधता नै हो । यी स्थलहरु मध्य अधिकाशं ठाउमा पुग्न सडक यातायात छैन ।
नेपालको भूगोलमा दुइतिहाइ जमिन हिमाली र पहाडी क्षेत्रमा पर्दछ । जुनक्षेत्रमा सडक यातायात सन्चालनको लागि सडक निर्माण गर्न कठिन छ । सडक निर्माण गर्दा हुने वातावरण indexअनुकुलको प्रवाहले हुने प्रकृतीको विनासले प्राकृतीक सम्पदा विनास भै राखेको छ । तरपनि मुलुकले सडक यातायातको सुविधा सवै ठाउमा पाउन सकेको छैन । विश्वमा अहिले हाम्रो जस्तो पहाडी मुलुकमा रज्जुमार्ग अर्थात केवुलकारको सुरुवात भएको छ । पर्यटनको विकास गर्न अब हामीले पनि केवुलकारको बिकास गर्न पर्दछ । केवुलकार को सुबिधा भएपछि कति पर्यटकहरु पुग्दा रहेछन भन्ने उधारण मनकामना र चन्द्रागिरीबाट लिन सकिन्छ ।
सडक निर्माण गर्न असुविधा मात्र होइन पर्याप्त पूजिको समेत अभाव भै राखेको हुन्छ । कतिपय सडक निर्माण सम्वन्धी उपकरणकै अभावमा बर्षौदेखि निर्माणाधिन सडकहरु अलपत्र परेको देखिन्छ । त्यसैले हाम्रो जस्तो मुलुकमा केवुलकार यातायातको माध्यम हुन सक्छ । चीनका कयौं भूभाग र भारतको हिमाञ्चल प्रदेशमा केवुलकारबाट नै यातायातको सुविधा हुन सकेको छ । पहाडी भूभागमा केवुलकार बनाउँदा ठूलो पुल–पलेसा निर्माण खर्च वचत हुने मात्र नभएर छोटो मार्गमा गन्तब्यमा पुग्न सकिन्छ । मोटर मार्ग निर्माण गरिदा हुने वातावरणको विनाश समेत केवुलकारले गर्दैन । प्राकृतिक सम्पदालाई रज्जुमार्गले हानी नोक्सानी पु¥याउदैन । बिजुली उत्पादन गर्न सक्ने मुलुकलाई रज्जुमार्गको यातायात सस्तो र भरपर्दाे हुन जान्छ । झन पेट्रोलियम वस्तु उत्पादन गर्न नसक्ने हाम्रो जस्तो मुलुकको लागि त यो रज्जुमार्ग झनै उपयुक्त मानिन्छ ।
नेपालमा केवुलमार्ग अर्थात रज्जुमार्गको विकास राणाकालिन शासकले गरेका थिए । राणाकालिन शासकहरुले सर्वप्रथम बि.स.१९८५ मा धोर्सिङबाट माताथीर्तसम्म २२.५ कि.मी दुरीमा रज्जुमार्ग निर्माण गरिएको थियो । बीरगञ्ज–काठमाडौं जोडने त्रिभुवन राजपथ निर्माण भैसकेपछि पनि सामान ढुवानी गर्नका लागि रोपवे सस्तो र भरपर्दाे माध्यम बनेको थियो । जसले गर्दा २०२१ सालमा रज्जुमार्गलाई ४२.१४ कि.मी दूरीमा विस्तार गरी हेटौंडा–काठमाडौं रोपवे सञ्चालनमा आएको थियो । राणाहरुको पालादेखि सन्चालनमा आएका रज्जुमार्गलाई बन्द गरियो । त्यसलाई अन्य स्थानमा सञ्चालन गर्न समेत सोचिएन । सडक यातायातको विकास हुँदै जाँदा रज्जुमार्गलाई अन्य स्थानमा निर्माण गर्न कुनै योजनाविदको ध्यान जान सकेन ।
पर्यटकहरु विभिन्न उद्देश्यले भ्रमणमा निस्किएका हुन्छन् । यसरी भ्रमणमा निस्कने पर्यटकको इच्छा अनुसार सेवा दिन सक्नु पर्दछ । पर्यटन क्षेत्रलाई सेवासुविधाको क्षेत्र वृद्धि नगरी विभिन्न केवल नारा दिएर मात्र हुदैन । पर्यटन को प्राथमिकता के हो भन्नेमा नै हामी अलमल परेका छौ । हाम्रा पर्यटकीय गन्तव्यहरुलाई योजनाबद्ध विकास गर्न सकेका छैनौ । विकसित देशहरुले प्रकृतिप्रदत पर्यटकीय स्थलहरु नभएका स्थानहरुमा समेत मानव निर्मित पर्यटनस्थलको विकास गरेका छन । ती देशमा आधुनिक सेवा र सुविधा पर्यटकहरुले पाउछन् । सेवा उपभोग गरेबापत पर्यटकसँग विभिन्न शुल्क लिने गर्दछन । जुन कारण त्यस्ता पर्यटकियस्थलहरुमा धेरै पर्यटकहरु पुग्ने गर्दछन ।
imagesपर्यटन विकासको लागी सर्वप्रथम नेपालका जिल्ला सदरमुकाम र पर्यटकीय स्थलहरुमा कालोपत्रे सहितको मोटरमार्गको निर्माण र सुधार गर्नुपर्छ । यस्तै, नेपालका प्रमुख सहर अथवा सहरबाट केही समयको दूरीमा पर्यटकीय पार्कहरुको निर्माण गर्नुपर्छ । ती पार्कहरुमा स्वदेशी वा विदेशी पर्यटकहरुले रकम पनि खर्च गरुन र आनन्द पनि पर्याप्त रुपमा लिन सकुन । नेपालका अग्ला–अग्ला चुचुरा भएका पर्यटकीय स्थलहरुमा केवुलकारको निर्माण गर्नुपर्छ । त्यस ठाउँमा स्तरीय होटल तथा रेस्टुराहरुको विकास गर्न पर्दछ । वातावरण संरक्षण, सरसफाइ, पुरातात्विक महत्वका स्थानहरुको संरक्षण खाली ठाउँहरुमा पार्कहरुको निर्माण तथा सञ्चालन गर्नु पर्दछ ।
पर्यटन बिकासको लागी पूर्वाधारको आवश्यकता पर्छ । अहिले सहरी क्षेत्रमा केही पूर्वाधार भए पनि ग्रामीण क्षेत्रमा पर्यटनको बिकासको लागी पूर्वाधार छैन भन्दा पनि हुन्छ । सडक सञ्जालको पहुँच सबै ठाउँमा पुग्न सकेको छैन । पर्यटन बिकासको लागी अहिले नेपालमा केवलकारको माग बढन थालेको छ । यतिखेर धेरै पहाडी जिल्लाका गाउँ र नगरपालिकाहरुले गाउँ ठाउमा पर्यटक भित्राउन केवुलकारको योजनानै बनाउन थालेका छन । यो पर्यटन बिकासको लागी राम्रो पक्ष हो । नेपालमा पहिलो केवलकार मनकामनाको हो । मनकामनामा केबलकार वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ । मनकामनामा केबलकार सञ्चालन भएको दुई दशकपछि काठमाडौंको चद्रागिरिमा पनि केबलकार सुरु भएको छ । त्यो बाहेक केवलकार प्रविधीमा आधारित यान्त्रिक पुल पर्वतको कुस्मा देखि बाग्लुङको बलेवासम्म सन्चालन छ ।
ललितपुरको फुल्चोकीडाडामा पनि केवुलकार पु¥याउने योजना छ । त्यसैगरी दोलखा जिल्लाको कालिन्चोक, रसुवाको गोसाइकुण्ड, ताप्लेजुङको पाथीभरा, पोखराको फेवाताल लेखसाइड–शान्ती स्तुप लगायत दर्जनौ ऐतिहासिक मठमन्दिर र प्राकृतिक स्थलहरुमा केवुलकार निर्माण गरेर पर्यटनको बिकास गर्ने योजना बन्न थालेका छन । पोखरामै अर्को सेदीबगरदेखि सराङकोट सम्म केबुलकार सञ्चालन हुने भएको छ । रुपन्देही र पाल्पाको सिमानामा रहेको ऐतिहासिक नुवाकोट गढीमा पर्यटन विकासका लागि केवुलकार सञ्चालनको योजना रहेको छ । जसको कारण अबको केही वर्षमा प्रख्यात मन्दिरदेखि पर्यटकीय गन्तव्यहरुमा केबलकार हुने देखिएको छ ।
कास्की जिल्लाको चर्चित पर्यटकीय गाउँ सिक्लेसबाट अन्नपूर्ण हिमश्रृखलाको फेदीसम्म केबुलकार सञ्चालनको माग भएको छ । हिमालको फेदी खर्कमा पर्यटकलाई स्केटिङ खेलाउने गाउँपालिकाको प्रस्तावित योजना छ । सिन्धुपलान्चोक जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल आमा याङग्री र पाँचपोखरीमा रन्जुमार्ग अर्थात केवलकारको संभावित अध्ययन गर्न लागिएको छ । कैलालीको कर्णाली चिसापानी देखि राजकाडा सम्म केवुलकार संञ्चालनको लागि सम्भाब्यता अध्ययन गरिएको छ । कालिकोटको सदरमुकाम मान्मबाट लालु लेकसम्म करिब २० किलोमिटरको दुरीमा केबलकार सञ्चालन गर्न पर्यटन पूर्वाधार विकास आयोजनाले सर्वेक्षण गरेको छ । सर्वेक्षण अनुसार मान्मबाट सुनथराली, कोटवाडा निर्माणाधीन विमानस्थल हुँदै लालुको लेकसम्म केबुलकार सञ्चालनमा आउने छ । यो केवलकार सञ्चालन भएमा अछाम जिल्लाको मुख्य पर्यटनस्थल रामारोशन एवं बाजुरा र कालिकोटको सीमानामा रहेको बडिमालिका जान आउन सहज हुनेछ ।
नेपालमा अहिलेसम्म ६६ हजार ४ सय कि.मि.सडक विस्तार भइसकेको छ । सडक विभाग र डोलिडारको तथ्याक अनुसार नेपालको कुल सडकमध्ये जम्मा ११ प्रतिशत सडक पक्की छ । पहाडी भूभागमा सडक मार्गभन्दा रज्जुमार्ग बनाउँदा ठूलो पुल पुलेसा निर्माण खर्च वचत हुने मात्र नभएर छोटो मार्गमा केवलकारको सुबिधा दिन सकिन्छ । मोटर मार्ग निर्माण गरिदा हुने वातावरणको विनाश समेत रज्जुमार्गले गर्दैन । प्राकृतिक सम्पदालाई रज्जुमार्गले केही हानी नोक्सानी पु¥याउँदैन । रज्जुमार्गबाट सुविधा लिएका देशका मानिसहरु भन्दछ–बिजुली उत्पादन गर्न सक्ने मुलुकलाई रज्जुमार्गको यातायात सस्तो र भरपर्दाे हुन्छ । पेट्रोलियम वस्तु उत्पादन नहुने हाम्रो जस्तो मुलुकको लागि त यो रज्जुमार्ग अर्थात केवलकार उपयोगी हुन्छ ।
मितिः– २०७४ भाद्र ७ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *