तीज पर्व र हाम्रो सस्कृती

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
धार्मीक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पुजा गर्ने ऐतिहासिक पर्व हो । प्रत्येक बर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । धार्मीक परम्पराअनुसार हिमालय पर्बत की छोरी पार्वतीको सानै उमेर देखि महादेवसंग गहिरो प्रेम थियो । हिमालय पर्बत ले विष्ण्ुालाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन र महादेवको तपस्या गरिन । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्बतले स्विकार गर्नु पर्यो । यहि ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ । हम्रोे परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरुलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, अमाजु, देवर र सासुको बुहार्तन साथै जन्म दिएर आफ्नोे काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने बा आमासंग दिदीबहिनीहरु जम्मा भएर माईतीको आगनमा आफ्नो मनका पिडाहरु गीत मार्फत व्यक्त गर्ने चाड हो तिज । हाम्रो सास्कृतिक मान्यताहरु समाजलाई समय अनुसार रुपान्तरण गर्दै अगाडी बढ्नु पर्दछ । यसलाई हामीहरुले समाजमा यसलाई सस्कृतीको रुपमा बचाउदै लैजान सक्नु पर्दछ । पर्वलाई विकृती तिर लैजानु हुदैन । सुरुका दिनमा नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई विर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्कीलो रुपमा मनाउन थालिएको छ । यसले हाम्रोे समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पर्ने गरेको छ । यसले एकातिर महिलाको आत्मधिकारको सवालसंग जोडिएको यस पर्वलाई सामाजिक विकृतीको रुपमा विकास गर्दै लगेमा भोलिका दिनमा यो पर्वले ठूलो समस्या नपर्ला भन्न सकिन्न ।
बर्षभरि भोगेका पिडा र दुःखहरुलाई गीत मार्फत व्यक्त गर्ने यस पर्वलाई खुल्ला चौरमा स्वतन्त्ररुपमा मनाउनको लागी असुरक्षा महशुस हुने हुनाले सुरक्षित ठाउको खोजी गर्नुपर्ने अवस्था सृजना हुन जान्छ । नेपालीहरुको एकता र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले यो पर्व मनाइदै आएको छ । यो पर्वमा विशेषरुपले आफ्ना दाजुभाइले दिदीवहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने कार्यक्रमहरु गर्ने गर्दछन । यसले नेपाली दिदीवहिनी र दाजुभाइसंगको भावनात्मक सम्बन्धसंगै यस पर्वको महत्व झनै बढदै गएको अनुभव गर्न सकिन्छ । आफ्नो माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरुका लागी यस्ता कार्यक्रमहरुले थोरै समय भएपनि आफ्नो जन्मघरको आगनमा मनाएको अनुभुती गराउछ । हिन्दुनारीहरुको महान पर्व हरितालिका तिज नारी संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र सस्कृतीको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन दिनु हुदैन । यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उचो पार्दै लान सक्नु पर्दछ । महिलाको महान पर्वको रुपमा रहेको तीजको ऐतिहासिक महत्व हराउदै जान थालेको छ ।
पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका बेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गित र संगीतमा रमाउन थालेका छन । तीज पर्व आउनुभन्दा दुई महिना अघिदेखि नै तीजका भाकाका गीत घन्कनु र दरखाने परम्परामा मासाहरी खाना खानुले तीजको मर्मको उपहास गरिएको छ । विगतका तीजमा दरको रुपमा शुद्ध शाहाकारी भोजन ग्रहण गरेर निरहार ब्रत बस्ने चलन थियो तर अहिले यो परम्परामा विकृति हुदै गएको छ । महिलाले भोगेका पीडा, दुःख, बेदना पोख्ने माध्यमको रुपमा तीजको महिमा रहेको थियो । महिलाले घास, दाउरा गर्दाका पीडादेखि लिएर सासुले बुहारीमाथि र जेठानीले देउरानीमाथि हुने गरेको थिचोमिचोका घटनाहरु तीजका गितहरु बन्दथिए । तर आजभोली राजधानिका गल्ली होस या अरु कुनै पनि शहर बजार अनि गाउ घर तिर जानुहोस तीज सुरु हुनु भन्दा अगाडी देखिनै तडक भडक सुरुहुन्छ । पश्चिमेली संगीतमा छाडा सस्कृतीका तीजका गित सुन्न पाईन्छ । पहिले जस्तो तिजका गितमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तिज गित बनाएर गाउने प्रचलन हराउन थालेको छ । तीजलाई आज भोली माया पिरतिका उरन्ठाउला गित बनाएर आफ्नो सस्कृतीलाई विकृती बनाउन खोजिएको छ । चली आएको परम्परालाई आधुनिक शैलिमा मनाउनु त कुनै नौलो होईन तर संकृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होईन । यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमानै सोच्न जरुरी छ ।
विगत केहिबर्ष यता आएर बढदो सहरीकरण चेतना र आम्दानीसगै फुर्सदिला महिलाहरुको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिंदैछ । आर्थिक रुपले पडाडि परेका महिला वर्गलाई हीनता, खिन्नता र लोभ बढाइदिने अवसरका रुपमा तीज मनाइरहेका त छैनौं ? एक पटक सोच्ने गरौ ! भडकिलो शैलीमा तीज मनाउनेले यतातिर सोच्ने बेला आएको छ । जसको कारण सामाजिक, सांस्कृतिक, शास्त्रीय पक्ष भने हराएर जान थालेको छ । अहिलेको तीज भनेको पूर्ण शरीरमा रातो वस्त्र, पहेंला–सुनका गहना, हरियो पोते, रंगीविरंगी अन्य साधन किन्ने लगाउने र दर खाने–खुवाउने नाममा होडबाजी चल्न थालेको छ । घर–घरमा वा पार्टी प्यालेसमा वा होटलमा जमघट र खचिर्लो भोज आयोजनामा तीज पर्वको रुपमा हाम्रा महिला वर्ग रमाउन थालेका छन । दर खान जादा आफूसग नभए पनि अरुका गहना मागेर लगाउने, गहना नभएकाले तीजको भेटघाटमा जानै नचाहने स्थिति पैदा भएको छ । तीजकै लागि भनेर ऋण सापटी खोजेर पनि खचिर्लो र भड्किलो तरिकाले मनाउने, यसको सामाजिक सद्भाव र सांस्कृतिक रसलाई उपेक्षा गरेर उत्ताउला गीत र नाच आयोजना गर्नेक्रम बढेको छ । अर्कातिर समाजको बहुसंख्यक समूह गरिबीमा बाचिरहेका छन र बहुसंख्यक महिलाहरु आर्थिक कारणबाट यो पर्वलाई मनाउन कठिन हुन थालेको छ ।
पार्वतीले शिवजी नै पतिका रुपपमा पाउ भनी प्रार्थना गरेर ब्रत बसेको अनुकरण गर्नु भनेको पोइल जान पाम जस्ता गीत गाएर तीजमा उफ्रिनुपर्छ भनेको होइन । नाच्नु–गाउनु आफैंमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र मनस्थिति उत्साही बनाउनु जीवनको आवश्यकता हो । तर आफूसग भएको साधन लुकाएर, आफूसग छैन भने खोज्न हिंडेर, तीज मनाइएन भने अरुले के भन्लान भन्ने लोकाचारका नाममा अनावश्यक संकोच, शर्म र हीनताबोध मान्नु आफैमा राम्रो होइन । मानवीय दर्शनको मान्यता छ, हरेक मानिसमा अध्यात्मवादी पनि हुन्छ । किनकि ऊसग बुद्धिका साथै विवेक पनि छ । धर्मको सार्थकता भनेको मानिसको मनस्थितिलाई सकारात्मक, र सिर्जनशील बनाउदै एउटा शिष्ट र सामाजिक अनुशासनयुक्त जीवन दिनुमा छ । धर्मको देनमै आउछन चाडपर्वहरु जसका आधारमा मौलिक संस्कृति विकसित हुन्छ । यिनीहरुको सही अर्थ लगाउदा चाडपर्वले उतप्रेरणार सिर्जनशीलता बढाउछन् । गलत अर्थ लगाएर अमल गर्दा मानिस धर्मपीडित हुनसक्छ । तीजको सन्दर्भमा पनि दिदीबहिनीहरुलाई यति भन्न सकिन्छ, हाम्रो परमपरा र सस्कृतीलाई बचाउन तीजलाई भडकिलो र खर्चिलो बनाउन हुन्न ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्रतकथा सन्ने र बाह्मणहरु लाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको ब्रत अन्य ब्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । दरमा खीर, ढकने वा सेलरोटी खाने गरिन्छ । तर आधुनिकता सगसगै यसमा खाइने परिकारमा परिवर्तन आउदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको ब्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुना हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाकी जीवन विताउनु पर्नेहुन्छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत वसी नाचगान र मनोरञ्जन गर्दा आफ्नो स्वास्थ्यलाई समेत ख्याल राख्न जरुरी छ । तीजको ब्रतबस्दा कतिपय महिलाहरु विरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ । त्यसैले भोको पेट बस्न नहुने महिलाहरुले यो ब्रत लिनुभन्दा पहिल्य आफ्नो स्वास्थ्यको बारेमा ख्याल राखौ ! महान तीज पर्व मनाऔं ! यहि मेरो शुभ कामना छ ।
मिति – २०७४ भाद्र ४ गते दाङ सन्दर्भ  तीज पर्व र हाम्रो संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *