पर्यटनको गन्तब्य बंगलाचुली

–के.वि.मसाल
घोराही देखि नजिक ग्रामीण पहाडी जनजीवन, कोट, लेक र उच्च श्रृखला, सुन्दर हिमाल र तराइको मैदानी भाग अवलोकन गर्न सकिने गन्तब्य हो बंगलाचुली गाउँपालिकाको भूगोल । दाङ जिल्लाको महाभारत पहाडमा रहेका स्युजा, काभ्रे, लोहारपानी, हासिपुर समेतका पहाडी श्रृखलाले यतिखेर नयाँ नाम बंगलाचुली पाएको छ । बंगलाचुली साविक लोहारपानीमा पर्ने पहाडको नाम हो । यो पहाडमाथी मैदानी भाग र त्यसबाट फेरि पहाडको चुचुरो उठेको छ । स्थानीय भाषामा यो पहाडलाई बंगलाचुली भनिन्छ । यो पहाडको चुलीमा पुग्नको लागी मुर्कोटी, लोहारपानी र प्युठान जिल्लामा पर्ने तिराम र मर्कावाङ गाउँहरुबाट करिव १ घन्टाको पैदल यात्राबाट पुग्न सकिन्छ ।


बंगलाचुलीको नाम धेरै बोलीचालीमा नआएको नाम हो । स्थानीय तहको पुन संरचना गर्ने क्रममा यो पटक साविक हाँसीपुरको केहि भाग, काभ्रे, लोहारपानी, स्युजा, मिलाएर बंगलाचुली गाउँपालीका भएको छ । यो गाउँपालिकाको केन्द्र काभ्रेको कमिरेचौर तोकिएको छ । बंगलाचुली पहाड अति रमणिय र प्राकृतिक टावरको रुपमा पनि लिन सकिन्छ । किनकी यो पहाडको चुचुरोबाट सिस्ने, जलजला, धौलागिरी, माछापुछ«ेका साथै दाङ उपत्यका, कपिलवस्तु तथा केहि भारतका समथर भू–भागहरु अवलोकन गर्न सकिन्छ । बंगलाचुलीको पहाड समुद्र सतहबाट करिव २००० मीटर उचाइमा रहेको छ । यहाँबाट विहान सुर्य उदाउदा र बेलुका अस्ताउदाको सुर्यको किरण हेर्न लायक मानिन्छ । जुन कारणले आजभोली ग्रामीण पर्यटकिय स्थलको रुपमा विकास हुन थालेको छ ।
बंगलाचुली गाउँपालिकामा अर्को लेक छ गढीलेक । यो लेक समुद्र सतहदेखि करिब १८०० मिटर उचाईमा पर्दछ । गढीलेक ऐतिहासिक महत्व जोडिएको पहाड हो । यस पहाडमा बनेको गढी–किल्ला पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानसँग सम्बन्धित छ । यस किल्ला नेपाल एकीकरण अभियान क्रममा बहादुर शाहको नेतृत्वमा गोर्खाली फौजले पश्चिम नेपालतर्फ युद्धको बेला निर्माण गरेको मानिन्छ । यहाको किल्ला ९० मिटर लम्वाई र २७ मिटर चौडाई रहेको छ । यो किल्ला चारखण्ड अर्थात कोठामा बिभाजीत छ । ढुङगाले निर्माण गरिएको पूर्व पट्टीको गेट अहिले पनि देख्न सकिन्छ । ल्लिा विकास समन्वय समितीले अहिले दाङ क्षेत्रका प्रागऐतिहासिक अध्यनगरी पुन निर्माणको लागी योजना बनाएको छ । जुम्लेपानीमा आजभोली खानबस्नको लागी होटलको सुबिधा समेत छ ।
जुम्लेपानीबाट केहि भित्र गएपछि स्वर्गद्वारी जडिवुटी उत्पादन तथा प्रशोधन केन्द्र अवलोकन गर्न समेत सकिन्छ । ६० रोपनी जमिनमा लक्ष्मण थापाले सन्चालन गर्नु भएको सो जडिवुटी केन्द्रमा दालचिनी, ओखर, टिमुर, अमला, भोगटे, कागती,सुन्तला र आलुबखडा प्रजातीका बगैचा हेर्न सकिन्छ । जडिवुटी केन्द्रले त्यहा अवलोकन गर्न जाने समूह अथवा अन्य ग्रामीण पर्यटकहरुलाई सबिधा दिन २५ बेडको होमस्टे समेत संन्चालनमा ल्याएको छ । बंगलाचुलीको भूगोलमा ऐतिहासिक कुराहरु पाइन्छ । नेपालको एकिकरणका बेला बिक्रम सम्वत १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरेको स्थल हाल सिमेन्छ उद्योगले चुनढुङगा उत्खलन गरेको स्थान नजिकै पर्दछ । बंगलाचुलीको भूगोल नेपाल एकिकरण पश्चात पनि सल्यान गौंडाको मातहतमा थियो । फलावाङ राज्य वि.स.२०१८ सालमा उन्मूलन भएपछि २०३० मा दाङ जिल्लामा आएको हो ।
बंगालाचुली गाउँपालिकामा पुग्नेहरुले वातावरणको बारेमा समेत अध्यन गर्न सक्दछन । महाभारत पर्वतबाट चुन ढुङगा निकाल्दा पानीका मुहानहरु सुक्न थालेका छन । चुनढुङ्गा उत्खनन्का कारण चारैतर्फ चुनको धुलोको प्रदुषण भएको छ । चुनढुङ्गा उत्खनन्का कारण खानीसँगै जोडिएका खेत बारीहरुको उर्वरा शक्ति क्रमशः कम हुँदै गएको छ । हावासँग उडेर चुनको मसिनो धुलो बारीमा बस्दा माटोको उर्वरा शक्तिमा ह्रास आएको छ । चुनढुङ्गा उत्खनन्का कारण महाभारत श्रृखलाहरुका पहाडहरुको प्राकृतिक सुन्दरता नासिदै गएको छ । अर्कोतिर सुखा समयमा महाभारत पर्वतको फेंदीको खोलामा पानी नहुँदा वन्यजन्तुको जीवन संकटमा पर्दै गएको छ । चुनढुङ्गा उत्खनन मात्र होइन बंगलाचुलीको भूगोलमा अधिकाशं पहाडमा कोइलाखानी सन्चालनमा छन । अब्यवस्थित रुपबाट सन्चालनमा आएका कोइलाखानीहरुले वातावरणमा ठूलो असर गर्दै आएको छ । कोइला र चुनढुङगा खानीले गाउँहरुमा कुवा,पोखरी सुकेर पानीको हाहाकार हुन थालेको छ । चुनढुङगा र कोइला उत्खननकै कारण वर्षामा बाढी पहिरोले खेतबारी र गाउँको वस्तीलाई क्षति पु¥याउन थालेको छ ।
स्युजाको धिमधिमे लेक पनि बंगलाचुली गाउपालिकामा पर्दछ । यो लेक समुद्र सतह वाट करिव २००० मीटर उचाईमा रहेको छ । यो स्थान दाङ जिल्लाको उच्च भागमा रहेकाले विगतमा नेपालको नक्सा वनाउने क्रममा भूगोलविदहरुले प्वाइट राखेको स्थल हो । अहिले पनि भूलोलका विद्यार्थी अध्ययन भ्रमणका साथै विदेश वाट समेत विज्ञको टोलीहरु पुग्ने गरको छन । हासिपुरको अर्खले पहाड समुद्र सतहदेखि २०५३ मीटर अग्लो छ । अर्खलेपहाड दाङ जिल्लाको सबैभन्दा अग्लो स्थान पनि हो । दाङ जिल्लाको उच्चस्थानमा रहेको अर्खले पहाड सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अर्खले डाँडाबाट खुला आँखाले तराई, पहाड र हिमाल सजिलै अवलोकन गर्न सकिने हुनाले आजभोली धेरै ग्रामीण पर्यटकहरु पुग्ने गरेका छन । प्रसस्त सम्भावना बोकेर पनि लामो समयसम्म ओझेलमा परेको यस क्षेत्रमा अहिले पर्यटकको आगमन बढेको छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा जंगली जनावर समेत पाइन्छ ।
बंगलाचुलीको लोहारपानी पुगेपछि आखाँले कैद गर्न मुश्किल पर्ने प्राकृतिक संम्पदाहरु अवलोकन गर्न सकिन्छ । भौगोलिक सांस्कृतिक अवलोकनसँगै हासिपुरको अर्खले डाँडासम्म महाभारत पर्वतको हाइकिङ गरेर हिमालदेखि तराईसम्मको दृष्यावलोकन गर्न सकिन्छ । बंगलाचुली गाउपालिका क्षेत्रमा बाह्रै महिना चिसो अनुभव गर्न सकिने हावापानी पाइन्छ । फागुन, चैत्र महिनामा पुग्ने ग्रामीण पर्यटकहरुले पहाडभरी फुलेका लालीगुरासका फुलको दृष्यावलोकन र काफलको स्वाद समेत लिन पाउछन । अहिले यस क्षेत्रका होमस्टेमा पनि खुल्न थालेका छन । स्वच्छ हावापानी शान्त वातावरण भएकै कारण ग्रामीण पर्यटकको आर्कषण बढन थालेको छ । आजभोली महाभारत श्रृखँलाहरु ग्रामीण पर्यटकियस्थल भएका छन । मानव वसोवास को लागी उपयूक्त हावापानी र खेतियोग्य जमिनका कारणले पनि यस क्षेत्रमा मानव बस्तीको इतिहास पुरानो छ ।
वगलाचुली गाउँपालिका स्युजाको उजा गाउँमा महिलाले देखेको सपनाले उजामा वागेश्वरी मन्दिर निर्माण भएको छ । अहिले उजाको वागेश्वरी मन्दिर धार्मीक पर्यटकिय स्थलको रुपमा विकास हुन थालेको छ । वागेश्वरी मन्दिरमा धार्मीक आस्थाका मानिसहरु मात्र नभएर शैक्षिक भ्रमणमा समेत रोजाइमा पर्न थालेको छ । वागेश्वरी देवी उत्पत्तीको वारेमा स्थानीयबासीको रोचक किम्वदन्ती समेत सुन्न सकिन्छ । आजभन्दा करिव एकसय असी वर्ष पहिले स्युजा गाउकी एक पाण्डे थरकी महिलालाई देवीले सपना दिइन । म शक्तिपिठको देवी हू अहिले उजाको पहाडमा आएर वसेको छु । मेरो पुजा–आजा चलाउनु, सबै गाउलेको भलो हुनेछ । सपनामा देखेको कुरा निन्द्राबाट बिउझिएपछि सवै कुरा परिवारमा सुनाइन । विहान घरपविार देवीले सपनामा भनेको स्थानमा पुगे । सपनामा देखे जस्तै अहिले वागेश्वरी मन्दिर भएको स्थानमा देवीको प्रतिमा र गहिरो प्वाल देखे । सधै वन जगंलजादा नदेखिएको तर सपनाले देवीको प्रतिमा देख्दा हर्षित भए । महिलाले आफुले लगाएको घलेकले देवीको प्रतिमा र प्वाल छोपिदिइन । यो घटना गाउंभरी फैलियो, सवै गाउहरु उजाको डाडामा जम्मा भए । त्सपछि देवीको पुजा गर्न थालीएको वागेश्वरीको इतिहास छ ।
बागेश्वरी मन्दिरमा बडादशै र चैते दशैमा बागेश्वरी दर्शन गर्नजाने धार्मीक पर्यटकहरु भिड लाग्ने गर्दछ । वागेश्वरी देवीको भाकल चढाउन प्युठान र वरपर जिल्लाका मानिसहरु समेत उजामा पुग्ने गर्दछन । वागेश्री मन्दिरमा कुखुराको वली चढदैन । यहा पन्चवली दिनेहरुले भेडा, वोका, कुपिण्डो, र परेवाको वलीदिने प्रचलन छ । दाङ जिल्लाको सदरमुकाम घोराही देखि पुरानो प्युठान मार्ग हर्नौक, कुरुङछेडा, पाखाखानी, टयाङटयाङ खोला, कालिमाटी भएर वचपोखरा २३ कि.मि.र त्यहाबाट लाकुरीछेडा, खाडा, हार्जाउजा भएर करिब ६ कि.मी.कच्ची मोटरमार्गको यात्रा गरेपछि उजा घनडाडा वागेश्वरीको मन्दिर पुगिन्छ । भाकल चढाउन आउने मानिसहरुले यस मन्दिरमा पुजागर्दा घण्टा चढाउने गर्दछन । मन्दिरमा चढाएको घण्टाले गर्दा घण्टैघण्टाको मन्दिर वन्नथालेको छ । ऐतिहासिक प्राकृतीक सम्प्रदामा रहेको वागेश्वरी मन्दिर ग्रामीण धार्मीक पर्यटकहरुको लागी उपयुक्त स्थल मानिन्छ ।
बंगलाचुलीको गाउँ र प्राकृतिक संम्पदा शहरी क्षेत्रका विद्यार्थीहरुको लागी शैक्षिक भ्रमणको गन्तब्य स्थल बन्दछ । भ्रमणबाट पाउने ज्ञान पनि शिक्षा हो । प्रकृतिबाट ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको ज्ञान पनि शिक्षा हो । एउटा भनाइ छ सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिकिन्छ भन्ने जस्तै शैक्षिक भ्रमणले धेरै कुरा जान्ने अवसर जुटाउछ । शैक्षिक भ्रमणको लागी ग्रामीण क्षेत्रमा धेरै ज्ञान हासिल गर्ने बिषयहरु भेटिन्छन । बिद्यार्थीहरुको शैक्षिक भ्रमणलाई ग्रामीण पर्यटन भन्दा पनि हुन्छ । बंगलाचुली गाउँपालिकाको महत्वपूर्ण स्थलहरुको भ्रमणले त्यस क्षेत्रको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । दाङ बाट शैक्षिक भ्रमणमा लैजाने स्थान भनेको लुम्विनी, मनकामना, काठमाण्डौ र पोखरा भएर स्याङजा, पाल्पा हुदै दाङमा ल्याउने गरिन्छ । तर नजिकको तिर्थ हेला भने जस्तै आफ्नो जिल्ला भित्र रहेका दर्जनौ ऐतिहासिक सम्पदा, धार्मीक मठ मन्दिर र यस्तै अन्य स्थलका बारेमा धेरै विद्यालयहरुले शैक्षिक भ्रमण गराउन सकेका छैनन् । आफ्नै गाउँठाउको शैक्षिक भ्रमणबाट पनि ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सक्दछन ।
बंगलाचुली गाउँपालिकाको सबै गाउँहरुमा यातायातको सुबिधा छैन । यो भूगोल दाङ जिल्लाको दुर्गम क्षेत्रमा पर्दछ । तर पनि महाभारत पर्वतको बिचबाट घोराही देविस्थान मार्गले जोडेको छ । धेरै ठाउँमा खाने बस्ने होटलहरुको पनि सुविधा छैन । भ्रमणमा जानेहरुले खानेकुराहरु साथमानै लादा राम्रो हुन्छ । बंगलाचुलीमा भ्रमण स्थल अर्थात पर्यटकियस्थलको समुचित विकास र व्यवस्थापन हुन सकेको छैन । यो हुन नसक्नु प्रमुख कारण राजनैतिक अन्योल र अस्थिरता पनि हो । तर अब नयाँ संरचनाले यी सबै कुरालाई ध्यान दिदै ग्रामीण पर्यटन सूचना केन्द्रको व्यवस्था गर्नु पर्दछ । गाउँपालिकाले प्रकृतिक, ऐतिहासिक, सामाजिक, संस्कृतिक पक्षहरु झल्कने पुस्तक, वृत्तचित्र, पोस्टर बनाउन जरुरी हुन्छ ।
बंगलाचुली सेराफेराका प्राकृतीक सम्पदाहरु ग्रामीण पर्यटन र शैक्षिक भ्रमणको लागी अति उपयोगी स्थलहरु रहेको छ । प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्वका स्थलको पचिान बोकेका धेरै स्थल छन । कतिपय यस्ता ऐतिहासिक धरोहरको अध्ययन गर्न राज्यले पनि सकेको छैन । तर पनि पर्यटन विकास गर्न पर्दछ भन्ने धारणा बढेको छ । तर यसलाई समग्र बिकासको लागी जिल्ला र क्षेत्रको गुरु योजना भने बन्न सकेको छैन । कागजी रुपमा बनेका गुरुयोजना पनि बजेटको अभाबमा ग्रामीण पर्यटनहरुको लागि आवस्यक पर्ने विकास निर्माण हुन सकेको छैन । ग्रामीण पर्यटकहरु दुर जराजका गाउँ र बस्ती अनि प्राकृतिक सम्पदामा पुग्नको लागी सडक, खानेपानी, स्वास्थ्य, बासबस्ने होटल अथवा होमस्टेको ब्यवस्था र सुरक्षाको ग्यारेन्टी भयो भने मात्र त्यस क्षेत्रमा जान रुचाउछन ।
बंगलाचुलीको सबै क्षेत्र भ्रमण गर्ने हो भने कम्तीमा एक हप्ताको समय निकाल्नु पर्दछ । घोराहीबाट १४ कि.मी.को यात्रामा हर्नोक पुगिन्छ । हर्नोकबाट पहिला कता जाने ? स्युजा हुदै उजाको बागेश्वरी जाने अथवा गढीलेक हुदै बंगलाचुली तर्फ जाने ? पहिला वागेश्वरी र धिमधिमे लेक जाने हो भने हर्नोकबाट १७ कि.मी यात्रा गर्नु पर्दछ । घोराही–हर्नोक–मुर्कुटी हुदै प्युठान देवीस्थानसम्म ४९ किलो मिटरको सडक पर्दछ । घोराही जुम्लेपानी १७, घोराही कमेरेचौर काभ्रे २३, घोराही टापा चुनढुङगा खानी २६, घोराही मुर्कोटी सिमाना ३३ र घोराही तिराम ४२ कि.मीको दुरी पर्दछ ।
मिती ः– २०७४ असार १३ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *