क्यानाडाको यात्रा……२

–के.बि.मसाल

विदेश जाने भने पछि खुशिनै हुने भयो । श्रीमती को साथमा छोरी ज्वाई को आमन्त्रणमा क्यानाडा जान पाउदा खुशिलाग्नु स्वभाबिक नै थियो । क्यानडाको यात्रा सहज चाहि पक्कै थिएन । दाङ बाट काठमाण्डौ र काठमाण्डौ बाट तीन वटा हवाईजहाजमा २३ घण्टाको यात्रा अनी तीन वटा एरपोर्टमा कुर्नुपर्ने समय सबै जोडदा झण्डै तीस घण्टाको यात्रा । यो भन्दा पहिल्य विदेश यात्रामा ४–५ घण्टा हवाईजहाजको अनुभव त म संग थियो । तै पनि यो यात्रामा हुने कुराको कौतुहल चाहि भै रहेको छ । काठमाण्डौ बाट पाचं घण्टाको उडानपछि हवाईजहाज यूएईको राजधानी आवुधाबीमा पुग्यो ।
समुन्द्रको किनारमा रहेको आवुधाबी रातको समयमा झिलिमिली बत्ती,कहिल्य नदेखेको नयाँ ठाउ हवाईजहाज बाट बाहिर निस्कना साथ ५२ डिग्रीको तापक्रम एकैछिनमा पसिनाले शरिर भिज्यो । यात्रुहरुलाई लिन आएको बसमा बसेपछि भने एसीको चिसोले आराम दिलायो । एरपार्टको मैदानमा एकैछिनको बसयात्रा पछि म इमरिकेशनको भवन भित्र पुगे । ठाउ–ठाउमा चेकजाच हुदा काठमाण्डौ बाट इतिहार एरलाइन्सको हवाईजहाजमा गएका सबै यात्रुहरु एउटै भब्य महलको हलमा पुग्यौ । आवुधावी बाट मलाई इतिहार एरलाइन्सको हवाईजहाज बाट क्यानाडाको टोरोन्टो सम्म पुग्नपर्ने थियो । त्यसैले पहिला आफ्नो वोरिङपास हेरी आफु हवाईजहाजमा चढने गेटनं.१६ पत्ता लगाए । आवुधावीमा मेरो तीन घन्टा ट्रान्जीट थियो । नजिकैको खाली बेन्चको साइडमा आफ्नो झोला बिसाउदै बसे ।
नयाँ ठाउ त्यसमा पनि विदेशि भूमी सबैको अनुहार हेर्दछु । सबै आफ्नो लागी बिदेशि,त्यसमा पनि धेरैजसो साउदी अरव तिरका जस्ता देखिने,भाषाको समस्या,नजिकैको एक जनालाई सोधे–आर यू स्पीकिङ इङलिस ? उसले त मुन्टो पो बटा¥यो । मलाई लाग्यो यो अग्रेजी नजान्ने मानिस रहेछ । यताउति हेर्न थाले एकजना महिलाले साथमा बच्चा बोकेर साथमा झोलालिदै म बसेको स्थान तिर आइन् । उनि नेपाली रहिछिन । उनिपनि टोरोन्टो जान लागेकी रहिछन । उनी केहि बर्ष पहिले देखिनै टोरोन्टोमा श्रीमान सहित बस्दै आएकी रहिछन । एकैछिन हामी नेपालीमा कुराकानी के गर्दै थियौ, एरपोर्ट भित्र काम गर्ने युनिफर्म मा सजियका एक युवकले मलाई हेर्दै उभिए । उनि नेपाली रहेछन । हर्कमान लिम्वु घर भोजपुर जिल्ला रहेछ । उनको कुराकानीले अरु नेपालीहरु पनि म भए तिर आउन थाले । तीनघण्टा समय बिताउन पर्ने मैले आवुधावीको बारेमा जान्ने कोशिस गर्न थाले ।
कुराकानीको सिलसिलामा मैले धेरैकुरा जान्ने मौका पाए । विश्वकै व्यापारिक तथा पर्यटकहरु को गन्तव्य यूएईको राजधानी आवुधावी रहेछ र आवुधावीमा सातबटा एरपोर्ट समेत रहेछ । म पुगेको एरपोर्ट ती अन्य एरपोर्ट भन्दा ठूलो रहेछ । यहा बाट संसारका धेरै मुलुकमा सिधा हवाईजहाजको उडान हुने रहेछ । त्यस ठाउमा पुगेर व्यवसाय गर्ने नेपालीहरुको संख्या धेरैनै रहेछ । क्षेत्रफलका हिसाबले सात इमिरेट मध्ये पहिलो, यूएईको राजधानी सहर अबुधाबीमा नेपाली व्यवसायीहरुको संख्या क्रमश बढदै गएको रहेछ । त्यहा ट्राभल एन्ड टुरिजम, कन्सट्रक्सन, रेस्टुरेन्ट, टे«डिङ, सैलुन, पार्लर आदि क्षेत्रमा नेपालीहरु ले काम गर्ने रहेछन । कतिपयले आफ्नै लगानीमा पनि व्यवसाय थालेका रहेछन । नेपालीहरले आफ्नो लगानीमा थालेको ब्यवसायमा मध्ये फास्टफुड रेस्टुरेन्ट धेरै रहेछन । आवुधावीमा नेपाली स्वादमा दालभात, तरकारी, अचार, ढिंडोदेखि लिएर मम र चाउमिनका स्वादिष्ट परिकार तयार पारी परदेसिएका नेपालीहरुलाई सेवा दिइरहेका नेपाली रेस्टुरेन्ट पनि को अबुधाबीको बजारमा रहेछन ।
पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास नै मुख्य आम्दानी भएको युएईमा जनसंख्याभन्दा त्यहाँ काम गर्न गएका विदेशिहरु को संख्या धेरै रहेछ । गर्मीयाममा धेरै गर्मी र जाडोयाममा धेरै जाडो हुने युएईको राजधानी आवुधावीमा काम गर्न गएका धेरै नेपालीहरु रहेका रहेछन । ईस्लाम धर्म मान्नेहरु धेरै रहेको आवुधावीमा प्रयोग गरिने मुख्य भाषा अरवी र उर्दु रहेछ ।
नेपाली भाषामा लामो कुराकानी गरेकामे देख्दा वरपरका मानिसहरु हामी तिर हेर्दै छन । रातको स्थानीय समय अनुसार रातको तीन वजिसकेको छ । माििनसहरुको चहल पहल बढन थालेको छ । माइकिङ हुन थाल्यो । टोरोन्टो जानेहरु लाइमा लाग्न थाले । म पनि लाइनमा लागे । आवुधावी बाट टोरोन्टो सम्म मेरो यात्रा इतिहार एरलाइन्स बाट नै थियो । १३ घण्टा उडन पपर्ने त्यो हवाईजहाज ठूलो रहेछ । तीन हजार मानिसहरु लिएर उडने त्यो हवाई जहाज मैले देखेको पनि थिएन । हवाईजहाजको भित्र जादा देखे त्यो त एउटा शहरको टोलनै अटाउने हवाईजहाज पो रहेछ । केहि समयपछि जहाज उडन थाल्यो । रातको समय हवाईजहाजले हाइट नलिदा सम्म आवुधावीको उझयालो बत्ती र सामुद्रिक भूभाग देखिन थाल्यो ।
हवाई जहाजको सबै सिटको पछाडि कम्युटरको स्क्रिन राखेको हुने रहेछ । कोहि फिल्म हेर्न लागे । म भने यसो स्क्रिनलाई चलायको नक्सा देखिन थाल्यो । त्यो रहेछ, हवाई जहाईजहाज हिडने रुटको सबै भाग देखिने वेब….। मेरो ध्यान त्यसपछि त्यसैमा केन्द्रित हुन थाल्यो । कतै शहर देखिन्छ भने कतै समुन्द्र, कतै जंगल, कतै पहाड यस्तै पृर्बीको भूगोल हवाईजहाज बाट कम्युटरको स्क्रिनमा देखिएको छ । आवुधावी देखि टोरोन्टो सम्म हवाईजहाज ले १७ बटा मुलुकको भूगोल पार गर्न पर्ने रहेछ । कम्युटर स्क्रिनमा हवाईजहाज को गतीले देखिएको देशकाने नाम,दुरी, समुन्द्रको नाम ठूला खोलाहरुको नाम,भन्दै गएको छ । म त्यसैमा रमाई रहेको छु । उडानको समयमा कैले खाना, कैले कफि,चिया,चिसो खादै अर्को दिन टोरोन्टोको स्थानीय समय अनुसार बिहानको नौ बजे हवाईजहाज टोरोन्टोमा पुग्यो ।
टोरोन्टो बाट म पुग्न पर्ने एडमनटन सीटी थियो । टोरोन्टो बाट पनि म क्यानेडियन एरलाइन्सको बिमान बाट पाचँ घण्टाको यात्रा बाकी नै थियो । त्यहाको समय अनुसार दिनको साडे दुईबजे म अर्को उडान बाट एडमनटन सिटी उडन पर्ने थियो । आफ्नो समयको ख्याल राख्दै टोरोन्टोको बारेमा जान्ने उत्सुकता भयो । टोरोन्टोमा धेरै फ्रान्सेली भाषा प्रयोग हुने रहेछ । मलाई फ्रन्सेली भाषा नआउने, अग्रेजी पनि सुरुमा बुझिने तर आफुले बोल्दा सररर बोल्न असजिलो हुने । सायद हामी यहा अग्रेजी भाषामा नवोल्ने भएर होला असजिलो महसुस भयो । तर एकै छिनमा आफ्ले आफैलाई बदल्ने कोसिश गरे….बोल्दा बोल्दै सजिलो हुन थाल्यो । एरपोर्ट भित्र यताउता हेर्दै र नयाँ अनुभव लिदै जादा समय वितेको थाहा नै भएन । एडमनटन सिटीमा जाने हवाई जहाजको समय आयो । पाच घण्टाको उडान पछि म क्यानाडाको एडमनटन सिटीमा पुग्न सके ।
क्यानाडामा नेपालीहरु धेरै अगाडी देखि बस्दै आएका रहेछन । अहिले क्यानाडाको सबै भूभागमा बस्ने नेपालीहरुको संख्या अनुमानित पन्ध्र हजारको हाराहारी भएको रहेछ । त्यसमध्य सबैभन्दा बढी नेपालीहरु पाँचहजारको हाराहारीमा टोरोन्टो क्षेत्रमा बसोवास गर्ने रहेछन । क्यानडामा बिगत दश बर्ष यता हजारौको सख्या भन्दा बढी नेपालीहरुले क्यानाडामा स्थायी बासिन्दा बन्न सफल भएका रहेछन । नेपालीहरु मुख्यगरी क्यानाडाको राजधानी ओटावामा पर्ने बिशाल जनघनत्व भएको टोरोन्टो र क्यालगरी, एडमन्टन, भ्यान्कोभर, सास्काचुन लगाएतका शहरहरुमा नेपालीहरुको बसोवास रहेछ ।
अहिले क्यानडा सरकारले दक्ष कामदारको लागि २४ वटा व्यवशायहरु छानेको रहेछ । ती ब्यबसायहरुमा प्राविधिक सिप डाक्टर, नर्स, इन्जिनियर र यस्तै अध्ययन भएकाहरु ले सजिलै क्यानाडाको भिसा पाउने रहेछन । ती बाहेक अन्य निर्माण संम्बन्धित जस्तै डकर्मी, सीकर्मी, वाइरिङ, वेल्डिङ को सीप भएकाहरुलाई पनि भिसाको समस्या पर्ने रहेनछ । पछिल्लो समय क्यानाडामा भुटानी शरणार्थीहरुलाई पनि त्यहाको सरकारले लगेको रहेछ । यसरी नेपाली मुलका भुटानीहरु अहिले सम्म पाचँ हजारको सख्यामा बिभिन्न प्रान्तमा बसोवास गरेका रहेछन । विश्वका धनाढ्यहरुको रोजाईमा टोरोन्टो शहर दिनप्रतिदिन आकर्षकको केन्द्र बन्दै गएको रहेछ ।
व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रेजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति क्यानडामा गएर काम गर्न र त्यहाँको कम्पनीहरुको माग बमोजिमको शैक्षिक एवं सीप भएको हुनु पर्ने रहेछ । क्यानडा सरकारले शिप भएका दक्ष मानिसहरुलाई स्थायी भिसाको सुविधा समेत दिने गर्ने रहेछ । क्यानडाले बिभिन्न देशका गरी बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने रहेछ । क्रमश…….
(क्यानाडा बाट फर्के पछि )

Leave a Reply

Your email address will not be published. Required fields are marked *