सामाजिक न्याय र जेष्ठ नागरिकको समस्या

के.वि.मसाल
गिनीज बुकमा संसारका सबैभन्दा बृद्ध व्यक्तिका रुपमा दर्ता भएका एक जापानी नागरिक ११२ बर्षका भएका छन । उनको हालै ११२ औं जन्मदिन मनाइएको छ । पूर्व कृषि रसायन शिक्षक सरकारी मोमोई संसारका सबैभन्दा वृद्ध व्यक्ति भएका छन । मोमोई को जन्म पांच फेब्रुअरी १९०३ मा जापानको फुकुशिमा शहरमा भएको थियो । उनका पांच जना छोरा छोरीहरु छन । उनको घरपरिवारले मात्र नभएर राज्यले समेत संमान गर्दै आएको छ । तर हाम्रो देशमा बृद्वहरुले भोगेका पिडाहरु समाचारका सुन्दा पनि सबैलाई पिडा हुने गरेको छ ।

सिन्धुपाल्चोक जलबिरेका ८६ वर्षीय मेहरमान खड्का अष्ट्रेलियामा रहेका डाक्डर छोराको प्रतीक्षामा पशुपति वृद्धाश्रममा टोलाइरहेका छन । सन्तान र आफन्तले बेवास्ता गरेपछि उनको वाध्यताको बसाइँ बनेको छ काठमाण्डौको वृद्धाश्रम । दुई भाइ छोरामध्ये जेठो छोरा भारतमा ठूलो व्यापारी र कान्छो छोरो अष्ट्रेलियामा छ, उसले पनि मलाई हेला गरेर आफ्नी आमालाई मात्र लिएर गयो –मेहरमानले गुनासो छ । बदलिदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेको र अन्य कारणले हेलामा परेर वृद्धाश्रम बस्ने क्रम बढेको छ । तीनै मध्येका एक हुन पशुपतिमा टोलाएर बस्ने गरेका मेहरमान ।

अष्ट्रेलिया,अमेरिका, बेलायत र क्यानाडालगायतका मुलुकमा विदेशिएका सन्तानका वृद्ध आमाबुबा यो आश्रममा जीवनको अन्तिम दिनहरु गुजार्दैछन । पशुपति वृद्धाश्रममा २०६७ सालदेखि बस्दै आएका ललितपुर ठूला दुर्लुङका ७७ वर्षीय भीमनाथ दुलाल र सात वर्षदेखि बस्दै आएका दाङ पञ्चकुलेका कुलबहादुर खत्रीको पनि मेहरमानको भन्दा फरक छैन पीडा । ढल्कँदो उमेरमा स्मृतिमा बेलाबेला देखापर्ने सम्झना र सुख दुःखका कुराहरु साटासाट गर्दै यो आश्रमका वृद्धवृद्धाको दिनचर्या बित्छ । सन्तानले नै बेवास्ता गरेपछि सक्नेहरु अधिकारका लागि सडकमा सङ्घर्ष गरिरहेका छन । नसक्नेहरु वृद्धाश्रमहरु खोजिरहेका छन । सडकमा मगन्ते जीवन जिउन बाध्य छन ।

देशभर ९० वटा वृद्धाश्रम छन । उपत्यकामा मात्रै २५ वटा छन । धेरैजसो वृद्धाश्रम ज्येष्ठ नागरिकमैत्री देखिँदैनन । समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति १९३८ सालमा स्थापना गरिएको सरकारद्वारा सञ्चालित एकमात्र वृद्धाश्रम हो । राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाका रुपमा स्थापना भई सञ्चालनमा आएको वृद्धाश्रम २०३४ सालदेखि समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिको नाममा सञ्चालित हुँदै आएको छ । जहा वृद्धाश्रममा रहेका २३० वृद्धवृद्धामध्ये १०६ वृद्ध र १२४ वृद्धा रहेका छन ।

काठमाडौँमा दुई वर्षदेखि विभिन्न माग राखेर दैनिकजसो धर्ना बस्दै आएका वृद्धवृद्धाको सबै मागको सरकारले अझै सम्बोधन गर्न सकेको छैन । तर ६० वर्ष उमेर पुगेका बृद्धबृद्धालाई उपत्यका भित्र सार्वजनिक यातायात भाडदरमा ५० प्रतिशत छुट हुने भएको छ । जेष्ठ नागरिकलाई सुविधा उपलब्ध गराउने कार्यविधि २०७० अनुसार यातायात भाडा दर र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट हुनुपर्ने, सामाजिक सुरक्षा भत्ता मासिक ३ हजारका दरले पाउनुपर्ने माग गर्दै विगत २३ महिनादेखि जेष्ठ नागरिकहरु आन्दोलनमा थिए । झण्डै दुई वर्षदेखि मिनभवनस्थित यातायात व्यवस्था विभाग अघिल्तिर निरन्तर धर्ना बसिरहदा उनीहरुको एउटा पनि माग सुनुवाई भएको थिएन । जेष्ठ नागरिक ऐन ०६३ मा ६० वर्ष उमेर पुगेकालाई जेष्ठ नागरिक भन्ने व्यवस्था गरेपनि भत्ता पाउनका लागि ७० वर्ष पुग्नुपर्ने भएकाले यो व्यवस्थालाई संसोधन गरी ६० वर्षमा भत्ता पाउने व्यवस्था गर्नुपर्ने माग गरिरहेका छन ।

जेष्ठ नागरिकको संमान गरौ, सहभागिता वढाऔ,सगसगै रमाऔ भन्ने नारा त जेष्ठ नागरिक महोत्सवको समयमा हामी सवैले भन्ने गर्दछौ । जेष्ठ नागरिकलाई विनियोजित गरेको रकम गाविस, जिविस,र मन्त्रालयवाट पनि खर्च भएको छ । घर परिवार बाट अपहेलित पाटी र पौवा अनि वृद्धआश्रममा बसेका जेष्ठ नाागरिकहरुलाई जम्मा पारी महोत्सव र उत्सवमा चियापान गराएर गोहिले आसु झारेझै जेष्ठ नागरिकहरुलाई संमान दिने,आस्वासन दिने र राज्यबाट सवै सामाजिक सुरक्षा एवं आर्थीक सहयोग समेत उपलव्ध गराउने शव्दले जेष्ठ नागरिकहरुलाई आशा मुखी वनाइ दिने पनि समाजले गरेको छ ।

नेपालमा अहिले जेष्ठ नागरिकहरु को सख्या २७ लाख पुगेको छ । विश्वभरीको सख्या लिने हो भने संसारभरी जेष्ठ नागरिकहरु को सख्या ७६ करोड पुगेको छ । विश्को सामजिक परिवेश हेर्ने हो भने नेपालमा मात्र होइन जेष्ठ नागरिकहरुलाई गर्नुपर्ने संमान र उनिहरु को सामाजिक सुरक्षा र हकहितको बारेमा विश्वमै जेष्ठ नागरिकहरु उपेक्षित भएका छन । हाभ्रो देशमा सरकारले जेष्ठ नागरिकहरु का लागि दिघ्रकालिन राहत र संरक्षण योजना ल्याउन नसक्दा घरेलु हिंसा, सामाजिक, आर्थीक दुव्र्यवहार समेत जेष्ठ नागरिकहरु ले खेप्नु परेको छ । कुनैपनि जेष्ठ नागरिक वृद्धहुनु उसको दोष होइन । यो त प्राकृतीक नियम हो । जन्मेपछि जो कोहिपनि त्यो अवस्थामा एक पटक पुगिन्छ । तर अपहेलित भएका जेष्ठ नागरिकका घर परिवार एवं समाजले त्यो कुरा वुझेपनि नवुझे झै गरिदिनाले यो समस्या समाधान हुनुको साटो जेष्ठ नागरिकहरु ले भोग्नु परेको पिडा थपिएको छ ।
आधुनिक रहन सहन बसाइ सराइको अत्यधिक प्रचलन रोजगारीको लागी गाउ छाडी मुलुक भित्र र विदेशको यात्रा जस्ता कारणले पनि कतिपए जेष्ठ नागरिकहरु ले खोजे जस्तो संरक्षण र उचित स्याहार सुसार पाउन सकेका छैनन । जेष्ठ नागरिहरु विच गएर अध्ययन गर्ने हो भने उनिहरुको वास्तविक समस्या को पहिचान गर्न सकिन्छ । राज्यले वानाएको नितिपनि ले पनि जेष्ठ नागरिकहरु लाइ उपेक्षित वनाएको छ । उधारणको लागि महिला वालवालिका र जेष्ठ नागरिकहरु लाई राज्यको तर्फबाट दिइने राहत एवं सामाजिक सेवा लिन खोज्यो भने पहिला महिला त्यसपछि वालवालिका र अन्तमा जेष्ठ नागरिकको पालो आउछ । नेपालमा पलिो पटक नेकपा एमाले पार्टी सरकार भएको वेला २०५२ साल देखि रु ५०० सामाजिक सुरक्षा भत्ता सरकारले दिन थालेपनि कानुनले त्यो रकम लिन जेष्ठ नागरिकहरु ले विभिन्न झमेला खेप्नु परेको छ ।

विगतलाई फर्किएर हेर्ने हो भने सामाजिक सुरक्षा भत्ता कतिपय जेष्ठ नाकरिकहरु को आफ्नै घरपविारले नै खर्च गरिदिने,कतिपय गाविस र नगर पालीकाले कागजी प्रमाण मिलाएर जेष्ठ नागरिकहरु को भत्ता कर्मचारीले नै खाने जस्ता नमिठा घटना समेत सुन्नमा आएका छन । गतसाल देखि जेष्ठ नागरिकहरु को भत्ता वैक मार्फत भुक्तानी गर्ने नियम वनाएको छ । यसले झन जेष्ठ नागरिकहरुलाई भत्ताको रकम बाटो खर्च,सहयागिहरु मा हुने खर्च जस्ता आर्थीक बोझ मात्र होइन वृद्धहरुको लागि वैक भएको स्थानमा पुग्न मानविय दृष्ट्रिकोणले पनि नमिल्दो देखिएको छ । सरकारले यस्ता समस्या किन वुझदैन सचेत जेष्ठ नागरिकले प्रश्न उठाएका छन । प्रत्येक गाउ र वस्तीमा वैकिङ्सेवा पुगेको छैन । सरकारी कारोवार गर्ने वैक जिल्ला सदरमुकाम र यस्तै अन्य शहरि क्षेत्रमा केन्द्रित छन । जेष्ठ मात्र होइन शारिरीक रुपलेपनि वृद्ध भै सकेका नागरिकहरु त्यो भत्तालिन एक्लैजान सक्दैनन । उसले कसैको सहारा लिनु पर्दछ । प्रत्येक जेष्ठ नागरिकको घर आगनमा मोटर मार्गले छोएको छैन । दुर्गम पहाडी जिल्लामा सदरमुकाम आउन २–३ दिन सम्म पैदल यात्रा गर्नुपर्छ । यस्तो अवस्थामा मासिक ५०० सय भत्तालिन यो सरकारी नियम संभव छ ? खै त हाभ्रा राजनैतिकदल का नेताहरु ले जेष्ठ नागरिकहरु को समस्या वुझेका …?

हाभ्रो समाज आफ्नो लागि भन्दापनि सन्तानको लागी बढि सोच्ने,खाइ नखाइ सन्तानको लागी सम्पती जोगाउने संस्कार बसेको छ । तर हामीले सोचेजस्तो व्यवहार आफ्नै सन्तानबाट पाउन सकेका देखिन्न । समाजमा जेष्ठ एंव वृद्ध नागरिकहरुलाई विरामी हुदा औषधी उपचार मात्र होइन साझ विहानको हातमुख जोडने समेत कठिन भएको छ । आर्थीक विपन्न र स्थाई आय–आर्जन नभएका जेष्ठ नागरिकहरु को अहिलेको समस्या यस्तै अवस्थामा रहेको छ । जिल्लामा सामाजिक संघ÷संस्थावाट सेवादिन खोलिएका जेष्ठ नागरिक सरोकार केन्द्र र वृद्ध आश्रम पनि आर्थीक कारणले सवै जेष्ठ वृद्ध नागरिकहरुलाई आवस्यक सेवा र संरक्षण दिन सकेका छैनन । कोहि कसैले समय सन्दर्भमा केहि नगद र जिन्सी वृद्धआश्रममा दानगर्ने प्रचलन देखिए पनि त्यसले मात्र आश्रम चल्ने अवस्था छैन ।
मानिसको जन्म भएपछि वालक, किशोर, युवा, वयस्क र ६० वर्ष पुगेपछि सामाजिक मान्यता र कानुनी रुपले जेष्ठ नागरिक हुदै वृद्ध अवस्थामा पुग्दछ । मानिस जन्मिए पछि सन्तानको जन्मदिने प्राकृतीक नियम हो । दापत्य जीवन यापन पछि सन्तान भएन भने मेडिकल परिक्षण देखि लिएर अहिलेको मेडिकल प्रविधिलाई समेत प्रयोग गरी सन्तानको खोजिमा लाग्ने मानिस समाजमा छ । भनिन्छ जन्म दिने आमा, बाबु इश्वर सरह हुन । एक पटक बावु र आमाको उमेरमा सवै मानिस पुग्नु पर्दछ । भन्ने कुरा सवैले सोच्ने हो भने अहिले सामाजिम न्याय खोजि रहेका जेष्ठ नागरिकहरु ले पारिवारिक र सामाजिक रुपले अपहेलना हुनेक्रम मा कमि आउछ ।

आज विश्वलाइृ हेर्ने हो भने सामाजिक वातावरण नै वदलिएको छ । सामाजिक परिवर्तन ले कतिपय कुरा सामाजिक हितकर पन ल्यायको हुन्छ भने परिवर्तन मा केहि अप्ठयारा परिस्थितीको पनि सिर्जना हुने गर्दछ । त्यहि असजिलो परिस्थितीमा नेपाली जेष्ठ नागरिकहरु को अवस्था रहेको छ । केहि वर्ष यता आएर आर्थीक प्रगतीका नया अवधारण वैदेशिक रोजगारी,भूमण्डलीकरणका नकारात्मक प्रभावका कारण जेष्ठ वृद्ध नागरिकहरुको परंम्परागत संरक्षण मा कमी देखिएको छ । यो भन्दा पनि आर्थीक विपन्नताको कारण जेष्ठ जानगरिकहरुले भौतिक,सामाजिक र स्वास्थ्यसंम्वन्धी समस्या भोग्नु परेको छ । गरिव,निमुखा,असहाय,उवं आर्थीक स्थिती राभ्रो हुदा हुदै पनि सामाजिक चेतनाको अभावमा हेपिएका जेष्ठ वृद्धनागरिकहरु को हेरचाह,प्रत्यक्ष सेवा,परामर्शसेवा, र यस्तै वृद्धहरुको लागी आवस्यक पर्ने मानवियसेवा आवस्यक भएको छ । यसमा सामाजिक सोचलाई सकारात्मक दिशा तर्फ ल्याउन राज्यले उचित कानुनको तर्जुमा गर्नुपर्दछ ।

अबको ३५ वर्षपछि संसारमै ६० वर्षमाथिका मानिसको संख्या अहिलेसम्मकै धेरै हुँदैछ । उमेर समूहसँगै समाजका थुप्रै प्राथमिकता परिवर्तन हुने देखिन्छ । मानव इतिहासमा पहिलो पटक सन २०५० मा १५ वर्षमुनिका भन्दा ६० वर्ष माथिको जनसंख्या बढी हुदैछ । राष्ट्रसंघका अनुसार, सन २०५० मा १४ वर्ष मुनिकाको जनसंख्या ६ प्रतिशतले घटेर २१ प्रतिशतमा १५–२४ वर्षको जनसंख्या ३ प्रतिशतले घटेर १४ प्रतिशतमा, उच्च सक्रिय प्रौढ उमेर २५–५९ वर्षको जनसंख्या १ प्रतिशतले घटेर ४४ प्रतिशतमा झर्नेछ । तर, ६० वर्ष माथिको जनसंख्या भने सन २०५० मा पुग्दा ९ प्रतिशतले बढेर २१ प्रतिशत र सन २१०० मा थप ६ प्रतिशतले बढेर २७ प्रतिशत पुग्नेछ । यसरी यस शताब्दीको मध्यपछि कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात अन्य उमेर समूहको भन्दा बढी हुने र यो अवस्थाले निरन्तरता पाउने हुँदा यो शताब्दीलाई ज्येष्ठ नागरिकको शताब्दी भनिएको हो ।

जनसंख्याको उमेरगत प्रक्षेपण अनुसार हामीले समाजमा धेरैखाले परिवर्तन गर्नुपर्ने छ । जनसंख्या अनुकूलको व्यवहार अपनाउनु पर्छ । ज्येष्ठ नागरिक मैत्री समाज निर्माणमा श्रम शक्तिको उचित व्यवस्थापन गर्न नीतिगत परिवर्तन जरुरी छ । अहिले बच्चा र युवाका प्राथमिकतामा परेका कतिपय योजना ज्येष्ठ नागरिकमुखी बनाउनुपर्ने हुन्छ । यस्तो बेला अवसरहरु पनि परिवर्तन हुनेछन्। । सेवाका क्षेत्र, जस्तैः व्यापार, खाना, खेलौना, कपडा, स्याहार, हेरचाह, अस्पताल, विद्यालयहरु त्यो समय ज्येष्ठ नागरिक केन्द्रित बनाउनुपर्नेछ । प्रविधिमा पनि व्यापक परिवर्तन जरुरी हुनेछ । हालका कम्प्युटर, मोबाइल, एप जस्ता उत्पादन पनि ६० वर्ष माथिलाई सहज हुने गरी उत्पादन गर्नुपर्छ । राजनीतिक दलहरुका घोषणापत्र र विकासका कार्यक्रमहरुमा पनि परिवर्तन आवश्यक हुन्छ । ती कार्यक्रम स्वतः ज्येष्ठ नागरिकमुखी हुनु पर्दछ । जनसंख्यामा उमेर समूह परिवर्तनसँगै पारिवारिक र पुस्तागत बनावट पनि फरक हुने छन । त्यसलाई नबुझी भोलिको समाजको स्वभाव बुझन कठिन हुन्छ । उमेर समूहमा आउने परिवर्तनसँगै हामीले हालसम्म देखे–भोगेको तीन पुस्ताको पारिवारिक संरचना पनि परिवर्तन हुने अनुमान गरिएको छ ।

राज्यले अहिले दिदै आएको सामाजिक भत्ता समय अनुकुल वढदैजाने महगीसंग मिल्ने हिसावले प्रत्यक वर्ष वृद्धि गराउदै लानु पर्दछ । जेष्ठ नागरिकहरु लाई संमान पूर्वक जीवन यापन गर्नदिन सामाजिकर कानुनी तवरबाट राज्यको कर्तव्य हो । राज्यले दिघ्रकालिन योजना वनाएर असाहय जेष्ठ वृद्धनागरिकलाई संरक्षण दिने वृद्धआश्रम प्रत्यक जिल्ला र क्षेत्रमा राख्नु पर्दछ । राज्यलाई हरेक नागरिकहरुले तोकिएको कर तिरेको हुन्छ । यो वाहेक जेष्ठ नागरिकहरुलाई दातृ निकायहरुले पनि सहयोग राज्यलाई प्रदान गरेको हुन्छ । यसरी जम्मा भएको सहयोग रकम जेष्ठ नागरिकहरु को संरक्षणमा खर्च गरिनु पर्दछ । अनिमात्र जेष्ठ नागरिकहरुले पाउने छन सामाजीक सुरक्षा र संरक्षण । सामाजिक न्यायको लागी जेष्ठ नागरिकहरु को आवाजलाई सवैले सकारात्मक रुपले लिनु पर्दछ । समाजमा देखिएका वृद्धनागरिक का समस्यालाई सामाजिक तवरले हलगर्दै जाने हो भने यो समस्या कुनैदिन समाजमा देख्न सकिन्न । आफ्ना वालवालीकाहरुलाई सानै देखि जेष्ठ नागरिकहरुको संमान र सेवागर्न सिकाऔ, आफु र समाजका नागरिकहरुलाई पनि वृद्धहरुलाई गर्ने व्यवहार, संमान, सेवा मा लाग्ने वातावरण श्रृर्जना गर्ने अभियानमा जुटौ ।

मिती ः– २०७१ मघ २७ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *