देवघाट देखि मुक्तिनाथ सम्म ….१६

–के.वि.मसाल
देवघाटमानै सुनेको गलेश्वरघामको चर्चा वाग्लुङ् जिल्लामा पनि सुने । वाग्लुङ् वजार बाट म म्याग्दीको यात्राको क्रममा थिए । वाग्लुङ् कालिका मन्दिरमा भेट भएका एक जना वाह्मण जस्को नाम गजाधर रेग्मी रहेछ उहाँले मलाई गलेश्वरधाम घुमाइ दिने कुरा गर्न भयो । धार्मीक आचरणमा देखिने रेग्मी हसिला र कालिगण्डकी वरपरका मठ मन्दिरहरुको बारेमा निकै अध्ययन रहेछ । उनले मलाई म्याग्दीमा रहेको गलेश्वरधाम घुमाइ दिने कुराले म धेरै खुशि भए ।बाबु टाढा बाट आउनु भएको रहेछ । घुम्न त बसमा भन्दा पैदल राम्रो हुन्छ । गाउँठाउको नयाँ नौला कुराहरु पनि देख्न पाइन्छ । मत बसमा भन्दा पैदल हिडन मन लाग्छ । हेर्दा ६५÷७० बर्ष जति देखिने मानिसले हिडन मनलाग्छ भन्ने कुराले मलाई अचम्म लाग्यो । मैले उहाको कुरा लाई स्विकार गरे ।

वाग्लुङ् वजार देखि मुलपानी हुदै हाम्रो यात्रा सुरु भयो । बाटोमा हिडने बटुवाहरु संगको कुराकानी र प्राकृतीक दृष्यसंगको रोमाञ्चमा यात्राको थकाई महसुस नै भएन । गलेश्वरधाममा स्वदेशी मात्र नधएर विदेशी पर्यटकहरु पनि आउने रहेछन । सडकको विकास सगै होटल लज रेष्टुरेण्टको सुविधा भएको रहेछ । वाग्लुङ् देखि वेनी वजार सम्मको ४ घण्टाको पैदल यात्रा गर्दाको क्षण रमाइलो भयो । म्याग्दीको गलेश्वरधामबाट पुलाश्रम, ढाल्ठान जगन्नाथ हुदै टोड्के मालिका जस्ता म्याग्दीको धार्मीक पर्यटकियस्थल जानको लागी मानिसहरु म्याग्दी जिल्लामा पुग्ने रहेछन । कालिगण्डकीको महत्व वेनीमा धेरै गर्दा रहेछन । पैदल यात्रा बाट वेनी सम्म पुग्दा धेरै हिमाली श्रृंखला पहाड झरना ग्रामीण बस्ती र सस्कृतीको अध्ययन समेत हुने रहेछ । वेलुकी हामी म्याग्दी जिल्लाको सदरमुकाम वेनीमा पुग्यौ ।

थकाइ मेटाउन एउटा चियाँ पसलमा लाग्यौ । जिल्ला सदरमुकाम मानिसहरुको भिडभाड थियो । चियाँको अडर गर्दै हामी होटलको एक छेउमा बस्न पुग्यौ । हामी बसेको स्थानमा एकजना भद्रमानिने ब्यक्ति बसेका थिए । उनले सोधिहाले.. यहाहरु क्ता बाट आउनु भएको ? उनको उत्सुकता मेटाउन मैले सबैकुरा बताइ दिए । चियाँको गफमा उनले मलाई म्याग्दी जिल्लाको ऐतिहासिक कुरा सुनाउन लागे । उनको कुरा बाट म निकै प्रभावित भए । साथमा भएको डायरी निकालेर उनका कुरा टिप्न लागे । रणबहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका रहेछन । नेपाल एकीकरण पछि र राणा शासनकालमा यो जिल्लाको प्रशासन पाल्पा बाट हेरिने रहेछ । बि.सं. १९८५ मा बागलुङमा छोटि गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुदै आएको रहेछ । बि.सं २०१८ सालमा नेपालको जिल्ला विभाजनको क्रममा म्याग्दी छुट्टै जिल्ला भएको रहेछ । जिल्लाको क्षेत्रफल विस्तार गने क्रममा २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउ पञ्चायतहरु म्याग्दीमा गाभिए पछि म्याग्दी जिल्ला ४० गाविसको भएछ । मुक्तिनाथको ऐतिहासिक कुराहरु पनि म्याग्दी जिल्लामा भेटिने रहेछ । तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा मुक्तिनाथ जादा मुक्तिनाथ मन्दिरको नियमित पूजा संचालनका लागि म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाट र दोवा गाउँमा करिव २९ हजार रोपनीे जमिन गुठीमा राखेकी रहिछन ।

चिया होटलको कुराकानीमा म्याग्दी जिल्लाको धार्मीक पर्यटकिय स्थल टोड्केको बारेमा पनि जानकारी पाउन सके । टोड्केमा सूर्योदय र हिमश्रृखलाको अवलोकन गर्न जाने मानिसहरुको पनि उत्तिकै भिड हुने रहेछ । टोड्के धुरी ऐतिहासिक हिसावले पनि प्यूठानमा अवस्थित स्र्वर्गद्धारी महाप्रभुका चेलाहरु त्यहा आएर तपस्या गरेको, उनका अनुयायीहरु समेत बर्षाैंसम्म त्यहा बसेको लगायतका आधिकारिक प्रमाणहरु अझैसम्म रहेको कुरा स्थानीय वासिन्दाहरुले बताउदा रहेछन । सदरमुकाम बेनीदेखि कच्चि मोटरबाटो हुदै करिव डेढ घण्टाको यात्रा पुग्न सकिने रहेछ ऐतिहासिक टोड्केमा । टोड्केमा सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि भने साझ करिव चार बजेभन्दा अगाडी नै पुग्नुपर्ने रहेछ ।

साझ पर्न लागिसकेको थियो । वेनी बाट पैदल ३० मिनेटमा गलेश्वरधाम पुगिने रहेछ । स्कन्दपुराण अनुसार यसै ठाउमा सतीदेविको गला पतन भै ज्योतिलिङर्गेश्वर महादेव प्रकट भएको रहेछ । धार्मीक शास्त्र अनुसार गालबऋषिले तपस्या गरेकाले गलेश्वरधामको नाम रहन गएको रहेछ । गलेश्वरधाममा भएको ज्योतिर्लिङ शालिग्राम, शंखचक्रहरु मानवनिर्मित नभै नित्य सनातन हरिहर स्वरुप भएकोले यसको महत्व ठूलो रहेछ । गलेश्वरधाममा पुलस्त्य पुलह अन्नक्षेत्र स्थायीरुपमा संचालित भएको रहेछ । अन्नक्षेत्रमा दाता महानुभावहरुद्धारा गरिएको तुलदान नगदी, जिन्सी र अन्य सहयोगबाट संकलित स्रोतबाट साधु सन्त, असहाय, अपाग, असक्त, वृद्धाहरु र तिर्थयात्रीहरुलाई निःशुल्क भोजन एवं बसोबासको व्यवस्था गर्ने प्रचलन रहेछ । अन्नक्षेत्रमा सक्नेले सहयोग गर्दा रहेछन । नसक्नेहरुले निःशुल्क गासबास पाउने व्यवस्था रहेछ ।

हामी बासको प्रबन्धमा लाग्यौ । बेलुका आश्रमका सन्तहरु संग भलाकुसारी गर्न थालियो । लामो समय देखि गलेश्वरमा बस्दै आएका सन्तहरु गलेश्वरधा लाई यो अनादि र अनन्त हो भन्दा रहेछन । ऋषिभदेवका जेष्ठ पुत्र राजा भरत मोक्षप्राप्तिका लागि विश्वकै पवित्र तिर्थस्थल खोज्दै गर्दा गलेश्वरधाममा आई तपस्यारत भएका रहेछन । उनको दोस्रो मृगरुपि जन्म र तेस्रो जडभरतरुपी जन्ममा पनि यसैधाममा तपस्या गरी मोक्षपदवीमा पुगेवको शास्त्रमा उल्लख भएको कुरा सन्तहरु बताउदा रहेछन । सृष्टिको प्रारम्भकालदेखि नै ब्रम्हाजीका मानसपुत्र पुलस्त्य पुलह, वशिष्ठ गालवऋषि, राजर्षिहगण, कपिलमुनी, गलेश्वर बाबा जस्ता कयौं सिद्ध महात्माहरुको तपस्थली रहेको गलेश्वरधामको क्षेत्रमा पलुहआश्रम, आनन्दआश्रम, कपिलआश्रम, गलेश्वर बाबा आश्रम, सिद्धआश्रम, जडभरत तपस्थली आदि आश्रम र गुफाहरु रहेका रहेछन् । शालीग्राम गर्भमा लिएर बग्ने कृष्णगण्डकी सप्तऋषिको तपोभूमिबाट बगेकी रहुनदिको पवित्र संगमस्थल यस धाममा सकाम र निस्काम कर्म धर्म यज्ञ यज्ञादी गर्ने जनुसुकै भक्तहरुले भगवान शिवबाट संसारिक सुख भोग र मोक्ष लाभ प्राप्त गर्दछन् भन्ने विस्वास रहेछ । धार्मीक विस्वासले गर्दा नेपाल र भारत बाट भक्तजनहरु पितृकार्य तर्पण श्राद्ध, यज्ञयज्ञादी पुराणहरु एवं पुजन दर्शन् सत्संगत जस्ता ब्रम्हयज्ञ गर्न गराउन गलेश्वरधाममा पुग्दा रहेछन । गया, काशी र बद्रीनाथमा गरिने दर्शन पितृ यज्ञ भन्दा कृष्णगण्डकीको तट गलेश्वरधाममा गरिने यज्ञ यज्ञादीले मोक्ष्य प्राप्त हुनेहुदा पछिल्लो समय माता पिताको मुख हेर्ने पर्वमा पनि मानिसहरु गलेश्वरधाममा पुग्ने रहेछन ।

म्याग्दी जिल्लाको नामाकरण वारे केहि प्रशंग जोडिएको रहेछ । दुर्गा सप्तसतिमा बर्णित जयन्ति मंगलाकाली, भद्रकाली, कपालिनी भन्ने पदयांशको देवी भगवतीको सय नाम मध्ये एक मंगला नामबाटनै नदिको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको भनाइ पनि गर्दा रहेछन । ढोरपाटन क्षेत्र वाट उदगम भएको नदीको पुरानो नाम माया नदी रहेको र यसको अपभ्रंश हुन गई म्याङदी हुदै म्याग्दी भएको तर्कहरु राख्ने मानिसको पनि कमी रहेनछ । म्याग्दी नदीको उदगमस्थल देखि कालीगण्डकीमा बिलय हुदासम्मको सम्पूर्ण भु–भाग अर्थात म्याग्दी नदी वरपरका गाउँ ताकम, पुलाचौर र ज्यामरुमकोट मा थापा मगर रजौटाहरुको राज्य थियो । त्यसैले यस नदिको नामाकरण मगर भाषाबाट भएको हो । बंशावलि अनुसार ती थापाहरु मेङ उपथरका मगर थिए । जसले गर्दा यस नदिको नाम थापा नदी मेङ भनेको थापा र दी भनेको नदी  रहन गएको हो । मगर जातिको जनजिब्रो मा अझै पनि म्याग्दी नदीलाई मेङदी भनेर भनिन्छ र यही मेङदी नै पछि गएर म्याग्दी रहन गएको जनविस्वास धेरैले गर्दा रहेछन ।

राती अवेर सम्म आश्रममा साधु सन्तहरुसंगको कुराकानीमा रात बिताएको थाहानै भएन । गलेश्वरधामका एैतिहासिक महत्वका धेरै कुरा अध्ययन गर्ने अवसर पनि मलाई मिल्यो । ािहान उझयालो हुना साथ सन्तहरुले मलाई गलेश्वरधाम वरपरका मन्दिरहरु दर्शन गराउन लागे । ज्योतिलिङर्गेश्वर महादेव परिक्रमा गर्दै राधाकृष्ण मन्दिर एवं चक्रशिलामा स्वय उत्पन्न शिवलिङगहरु शालीग्राम, शंकचक्र नागमणीहरुको दर्शन गर्दै यज्ञमण्डव भित्र सरस्वती दुर्गाभवानी, सीताराम, राधाकृष्ण, श्रीस्वास्थानी परमेश्वरी एवं लक्ष्मीनारायणको दर्शन गर्ने अवसर पनि मलाई भयो । गलेश्वरधाम देखि पश्चिम उच्च चुचुरोमा पौराणिक कालमा पुलस्त्य पुलह ऋषिले देवाधिदेव महादेवको तपस्या गरेको स्थान रहेछ । त्यस स्थान लाई पुस्त्य पुलहाश्रम पुण्यभूमि भनिदो रहेछ । पुलहाश्रममा गलेश्वरधामबाट २–३ घण्टा पैदल र गाडिमा ३० मिनेटमा पुग्न सकिने रहेछ । त्यस पुण्यभूमिको बारेमा रामायण महाभारत जस्ता धार्मिक ग्रन्थहरुमा स्पष्ट उल्लेख भएकोले पुलहाश्रम संसारकै अत्यन्त पवित्र मोक्षभुमी मानिदो रहेछ । यही स्थल हरिहर क्षेत्रमा जडभरतबाट रहुगंण राजाले दिव्य उपदेश पाउनु भएकोले गलेश्वरधाम र पुलस्त्य पुलहाश्रमको दर्शन पुजन एकैसाथ गर्दा बढि पुण्यलाभ हुने शास्त्रीय मान्यता भएको कुरा सन्तहरु बाट थाह भयो ।

चक्रशीलामाथि नै पन्चायन देवता लगायत १०८ शिवलिङगहरुको आराधाना गर्नाले जन्म जन्मान्तरको पाप नाश भै शिव सान्निध्यमा बस्न पाउने जनविश्वास रहेछ । शिवलिङगहरुमा सुनचादी द्रव्य लगायतका बेलपत्र आदि चढाएमा मनोरथ पुरा हुने विस्वास पनि रहेछ । गलेश्वरधामको पूर्वउत्तर क्षेत्रमा ब्रह्मलीन गुरु १००८ स्वामी इश्वरानन्दको तपोभूमि रहेछ । गुरु ईश्वरानन्द ब्रम्हचारीले गलेश्वरधाममा तपस्या गरी जीवनको अन्तिम अवस्थामा देवघाटधाममा ब्रम्हलिन हुनुअघि आफूलाई गलेश्वरबाबाको नामाकरण गर्नुभएको रहेछ । त्यसैले गर्दा पछि देवघाटधामको नाम गलेश्वरबाबा आश्रम रहन गएको रहेछ ।   गलेश्वरधामको पुर्वतर्फ कालीगण्डकी किनारको मन्दिरमा भगवान राम र शालिग्रामको पुजा हुन्ने रहेछ । यसरी रहुगंगा कालिगण्डकीको संगमस्थल हरिहर क्षेत्रका शिवालय, देवालय, गायत्री, राममन्दिर, पुलहाश्रम, लगायत देविदेवताहरुको संगमलाई देवात्मा परब्रह्मा, परमात्माको बासस्थानलाई गलेश्वरधाम भनिएको रहेछ । क्रमश…..

मितिः– २०७० फागुन ५ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *