झापा जिल्लाको सेरोफेरो

–के.वि. मसाल
झापा नेपालको पूर्वाञ्चल विकास क्षेत्र भित्र पर्ने एक विकसित जिल्ला हो । मानव विकास समग्र सूचकाकमा तेस्रोे स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू–भाग केचना कवल ५८ मी. र सबैभन्दा लामो पक्की पुल कन्काई ७०२ मीटर पनि यसै जिल्लामा पर्दछ । पूर्व बंगाल, भारत, पश्चिममा, मोरङ, उत्तरमा इलाम, दक्षिणमा भारतको विहारले झापा जिल्लाको सिमा दिएको छ । कुल ५१ गविस र ३ नगरपालिका मेचीनगर, भद्रपुर र दमक भएको यस जिल्लाको कुल क्षेत्रफल १,६०६ वर्ग कि.मि.रहेको छ ।  

झापा जिल्लाको ऐतिहासिक पृष्ठभूमि लामो रहेको छ । पृथ्वीनारायण शाहको शासन कालमा पूर्व मोरङ र झापामा सेन वंशको राज्य थियो । सन् १७७३ मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे । त्यहाका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे । सन १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए । अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किरातको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो । सिंहलिला (फालेलुङग) डाडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरु गोर्खालीसग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो । सन् १७८३ मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो । तर सन् १८१४ मा अग्रेजले विराटनगर र रंगेलीबीच पर्ने धनपुर भन्ने स्थान र झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो । बाध्यताबस १८१६ मार्च ४मा सुगौलीको सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्रािष्ट्रय सिमाना हुन पुग्यो ।

झापामा जिल्लाको उत्तरी भागमा चुरे क्षेत्रबाट वग्ने नदी र खोलानालाहरुले वगाएर ल्याएको वलौटे माटो पाइन्छ । जसलाई भावर क्षेत्र पनि भनिन्छ । उक्त क्षेत्रमा बाहुनडागी, शान्तिनगर, बुधबारे खुदुनावारी, सुरुङगा, सतासीधाम, धरमपुर, तोपगाछी र लखनपुर गाविस तथा दमक नगरपालिकाहरु पर्दछन् । भावर प्रदेशमा आएर सुकेका नदीहरुले यहाका तटवर्ती जग्गालाई सिंचित गरेको छ जसले गर्दा प्राय सबै जमिन खेतियोग्य उर्वर भूमीमा पाइन्छ । यस भेगको माटो मलिलो छ र यो प्रदेशले ६५ प्रतिशत भूभाग ओगटेको पाइन्छ । अहिले पर्यटकियस्थलको रुपमा विकास हुन थालेको नेपालको सवैभन्दा होचो भूभाग केचनकवल समेत यसै क्षेत्रमा पर्दछ । झापा जिल्लामा बग्ने मेची, निन्दा, बिरिङ, कन्काई, रतुवा र मावा यहाका प्रमुख नदीनालाहरु हुन । मेची नदी नेपालको भारत संग रहेको पूर्वी सीमाना पनि हो भने मावा खोला यस जिल्लाको पश्चिम सिमानामा पर्दछ । धार्मिक महत्व समेत भएको जिल्लाको सवभन्दा ठूलो कन्काई नदी जिल्लाको वीच भागबाट वहेको छ । प्राय सवै नदी नालाहरुको उद्गम स्थल महाभारत पर्वत श्रृखला रहेको । ती नदीनालाहरु जिल्लाको धेरै भू–भाग सिंचित गर्दै भारतको विहार राज्य तर्फ वहदै गएका छन् ।

राजवंशी झापा जिल्लाको आदिवासी जनजाति हो । राजवंशी पश्चिम बंगाल कोच विहार र आसामको सिमानामा बस्ने कोचहरुकै वंशज हुन् भन्ने नृवंशशास्त्रीहरु भन्दछन । शारीरिक बनोटले मंगोल आकृतिका भएपनि यिनको भाषा बंगाली र आसामी भाषासग मिल्दोजुल्दो छ । प्रकृतिपूजक यिनीहरु ठाकुर बह््रमानीको पूजा गर्दछन् र धामी झांक्रि मान्दछन् । राजवंशीहरुले सिरुवा पर्व, दधिकादो पर्व, होली आदि पर्वहरु मान्दछन । नव बर्षको उपलक्ष्यमा मनाइने सिरुवा पर्व, तथा भगवान कृष्ण जन्मको उत्सवको रुपमा मनाइने दधिकादो पर्वमा यिनीहरु हिलो र पानी खेल्दछन । विहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रुपमा पैसा दिने प्रचलन छ । यो प्रचलन अन्य केही जनजातिमा पनि पाइन्छ । पेशागत रुपमा यो जातिको प्रमुख पेशा खेती किसानी हो । यो समुदायमा दामेदुंम  केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने, डंगुवा पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार, समन्द पतिको मृत्यु पछि अर्का सग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह, धजिया अविवाहित केटा केटी विच विवाह भई केटीको घरमा घरज्वाई बस्ने किसिमको विवाह र मागि विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा छन् । यो जातिले जादु, टुनामुना, मोहिनी, धामीझाक्री, बोक्सीमा विश्वास राख्ने प्रचलन रहेको छ ।

पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा धाम झापा जिल्लाको अर्जुनधारा गाविस–४ मा रहेको छ । अर्जुनधारा जलेश्वरधाम विर्तामोडबाट लगभग ५ कि.मि. उत्तर को दूरीमा वस, ट्याक्सी आदि चढेर पुग्न सकिन्छ । माहाभारत कालमा पाण्डवहरु गुप्तबास बस्दा लुकेर वसेको ठाउ दुर्योधन लगायत कौरवहरुले पत्ता लगाई पाण्डवहरुको गुप्ताबास भंग गर्न विराट राजाका नौ लाख गाईहरु हरण गरी लगेकोले कौरवहरुले गाई हरण गरेको स्थान गौ हरण भएको  र सो नाम अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको उक्त स्थान हाल इलाम दानाबारी गाविसमा पर्दछ  किंवदन्ती छ । हरण गरेर लगेको गाईहरु कौरव पक्षले गौहट हाल आसाम राज्यको गुहाटी पुरयाएका थिए । पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुंसक) को रुपमा लुकेर वसको अर्जुनले लुटिएका गाईहरु कौरवहरु सग युद्ध गरी फिर्ता ल्याउदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आरधना गरी अर्जुनधारा जमिनमा पूर्जन्य  अस्त्र (पानी निकाल्ने यन्त्र) प्रयोग गरी वाणको माध्यमले पानी निकाली गौमातालाई खुवाएको र त्यो पानी निरन्तर धाराको रुपमा वगिरहेकोले यस स्थानको नाम अर्जुनधारा धाम रहन गएको किवदन्ती छ । यस धामको १२ कि.मि. दक्षिणमा विराट राजाको पोखरी विराट पोखर रहेको छ ।

जाड रक्सी र धुम्रपान समेत निषेधित गरिएको  अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी र पोखरीको वीचमा अर्जुनले गाइलाई पानी ख्वाईरहेको मूति स्र्थापित गरिएको छ । सातकुने उक्त पोखरीको दक्षिण तर्फपन्च धातुबाट निर्मित ५ वटा धाराहरुबाट निरन्तर चिसो पानी वगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रंगी विरगीं माछाहरु पाइन्छन् । २०५५ सालमा हुलाक टिकटमा  समेत अंकित अर्जुनधारा क्षेत्रमा प्रत्येक बर्षलाखौं स्वदेशी तथा भारतीय तिर्थ यात्रीहरुले भ्रमण गर्ने गरेको पाइन्छ । यस धामको परिसरमा शिव, गणेश, नाग, हनुमान, सरस्वती आदि देवी देवताका मूर्तिहरुका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धार्मिक कार्यक्रम वाचन तथा स्रोता कक्ष आदिको स्थापना गरिएको पाईन्छ । यो धाम पूर्वीय दर्शनमा आधारित एवं संस्कृत शिक्षाबाट प्रभावित रहेको छ । यसको परिसर भित्र रहेको सस्कृत मा.वि. नेपाल सरकारको शिक्षा नीति अनुसार संचालित वेद विद्यापीठ हो । कालिका स्थानको गार्गी विद्यापीठ भने गुरुकुल शिक्षा पद्धतिमा आधारित छ । अर्जुनधारा परिसरभित्र संचालित वेद विद्यापीठमा बाम्हणका अतिरिक्त दलित जातका विधार्थीहरुलाई समेत पढाउने गरीएको छ । यस धाममा प्रत्येक बर्ष बालाचतुर्दशी, श्रावर्ण महिनाभर विभिन्न धार्मिक अवसरहरुमा देश भित्रका तथा भारतबाट समेत आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

केचनकवल झापा जिल्लाकोपर्यटकिय स्थल मानिन्छ । झापा जिल्लामा रहेको  केचना गाविसमा पर्ने केचनकवल नेपालको सबैभन्दा होचो ठाउ भएकोले यो पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण स्थल रहेको  छ । यो समुद्री सतहबाट ५८ मी. उचाइमा रहेको छ । यस क्षेत्रमा ४ बिघा जमीन ऐलानी भएको र अत्यन्त होचो  भएको कारण बर्षायाममा पानी जमेर दलदलमा परिणत हुने भएकोले हिउदमा  मात्र आधारस्तम्भमा पुग्न सकिन्छ । यो ठाउ नेपाल भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ । त्यसैगरी सतासीधाम पनि झापा जिल्लाको धार्मीक क्षेत्र मानिन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसंग गरिदिन आटेपछि भागेर लुकेको ठाउ भनी सतासीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आँखाबाट एकैचोटि आशुको बर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ । झिलझिले बजारबाट करिब ४ कि.मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्ट्रिले रोमाञ्चकारी रहेको छ । यहा जाने भक्तजनहरु ऋाफ्नो मनोकाक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् । सतासीधाममा प्रत्येक बर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुइचों लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिकस्थल मानिन्छ ।

कीचकवध भन्ने ठाउ झापा जिल्लाको पृथ्वीनगर गाविसमा मेची र देउनिया खोलाको संगममा छ । यस ठाउलाई ऐतिहासिक – धार्मिकस्थलको रुपमा लिइन्छ । महाभारतको कथाअनुसार पाण्डवहरु मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति कीचकले द्रौपदीमाथि कुदृष्ट्रि दियो । भीमसेनले यो कुरा चाल पाए र कीचकको वध गरे । त्यही भीमसेनले कीचकको वध गरेको ठाउलाई कीचकवध भनिएको हो भन्ने भनाइ छ । झापाको विराटपोखरको पहिचान पनि ऐतिहासिक रहेको छ । अनारमनी विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गाविस क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको क्षेत्रलाई महाभारतकालीन कथासग जोडेर स्थानीय बासिन्दाहरु विराटपोखर भन्ने गर्दछन । कन्काईमाई झापा जिल्लाको प्रख्यात धार्मीक स्थल हो । झापा जिल्लाको करीब बीचभागबाट बग्ने कन्काई नदीलाई नै कन्काईमाई भनिन्छ । यसलाई प्रसिद्ध धार्मिक नदीको रुपमा लिइन्छ । कन्काई नदीमा पूजा गर्ने भाकल ग¥यो भने आफ्नो मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ । यसैको आधारमा यो नदीमा विभिन्न समुदायका मानिसहरु गई पूजा गर्ने गर्छन् । सुरुङगास्थित कन्काईनदी किनारमा माघेसंक्रान्तिको दिन ठूलो मेला लाग्छ । महेन्द्र राजमार्गको कनकाईपुल आसपासमा नदीका दुवै किनारमा विभिन्न सम्प्रदायका हिन्दूमन्दिरहरु छन् ।

त्रिर्गत नरेश सुशर्माले महाभारत कालमा राज्य गर्दा बनाएका गढहरु हाल तोपगाछी गा विसमा रहेको छ । यसलाई स्थानीय बासिन्दाहरु सेमेगढ पनि भन्ने गर्दछन् । कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर त्यसमा किरातहरुले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन् । चन्द्रगढी गाविस को वडा न. २ मा ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर  आई सैनिक किल्ला कायम गरी भौतिक रुपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएकोमा हाल उक्त इनार भग्नावशेष को रुपमा पाइन्छ । हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गर्ने र आवधिक योजना निर्माण गरी पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा स्थानीय जनता, गाविस र धार्मिक तथा सामाजिक संघसस्था लागिपरेको पाइन्छ । यही चन्द्रगढको नामबाट झापा जिल्लाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको पाइन्छ । झापा जिल्लाको कृष्ण थुम्किको महत्व पनि धेरै रहेको छ । झापा जिल्लाको बाहुण्डांगी गाविस अन्तरगत पर्ने कृष्ण थुम्कि धार्मिक तथा पर्यटकिय स्थलको रुपमा पहिचान रहेको छ ।

जामुनखाडी सिमसार क्षेत्र तथा पर्यटकीय क्षेत्र सुरुगां गाविसको वडान.२÷५को डाडागाउमा अवस्थित छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गरि आवागमनका लागि खुल्ला गरिएको छ । स्थानीय जामुनखाडी सामुदायिक बनभित्रको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न शुरु गरिएको हो । पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटरको दूरीमा सुरुङगा गाविस २ र ५ वडामा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भूभागमध्ये १०हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर विगाह जमिनलाई समेत सिमसार क्षेत्रको रुपमा विकास गर्ने योजना छ । ऐतिहासिक पृष्ठभूमि बोकेको गङगा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गंगा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रकोबीचमा रहेको लाम्चो आकारको पोखरी पर्यटक लोभ्याउने प्रमुख आकषर््ाणको विन्दु रहेको छ । विश्वमै दुर्लभ मानिएको अजिङगर यहाको अर्को आकर्षणको कारण हो । त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृग, जरायो आदि यहाका गहना हुन् । जुन हेर्न कै लागि पनि पर्यटकहरु आउने गरेको छन ।

मिति ः– २०७० फागुन १ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *