देवघाट देखि मुक्तिनाथ सम्म…..१४

के.वि.मसाल
कालिगण्डकी र मोदी खोला मिसिएको दोभान पनि फलेबास जाने बाटो मै देखिन्छ । मोदी खोला र कालिगण्डकी मिलन स्थल लाई मोदिबिनी भनिने रहेछ । मोदीवेनी पनि प्रशिद्ध धार्मीक स्थल मानिन्छ । मोदीखोला म्याग्दी जिल्लाको घोडेपानीको लेख र कास्की जिल्लाको घान्द्रुङ् गाउँको माथी हिम श्रृखलाबाट बग्दै आउने पानी हो । यस खोला वाट पर्वतमा विद्युत उत्पादन पनि भएको रहेछ । मोदीखोला र कालीगण्डकी मिसिएको स्थल लाई मोदीवेनी भनिद्यँे रह्ेछ । मोदीवेनीमा शिवरात्री, ठूलो एकादशी र बालाचर्तुदशी जस्ता पर्वमा यहा भक्तजनको भिड हुने रहेछ । फलेवास बाट कुश्मा जादा बिच बाटो मा पर्ने रमणिय दृष्य उर्वर खेतियोग्य जमिन, बिचमा कालिगण्डकी वाग्लुङ् जिल्लाको बलेवाको विमानस्थल देख्न सकिने रहेछ ।

पर्वत जिल्लाको सदरमुकाम कुश्मा मेरो लागी नौलो त थिएन । २०२२÷२३ सालमा बुबाको जागिरे जीवनमा बचपनमा बसेका ठाउ थियो । सानो उमेरमा बसेको ठाउ त्यतिवेलाको सवैकुरा सस्मरण नभएपनि केहि कुरा भने सम्झना भएको छ । पोखरा बाट सुइखेत हुदै नाउडाडा र सल्यानको बाटो रतिखोलामा झरेपछि रतिखोला–खोलै दोभिल्ला भएर स्यानो उमेरमा कुश्मा आएको पनि संझना भएको छ । भालुको दुलो (हाल गुप्तेश्वरी) मा स्कूल बाट साथीहरुको लहलहैमा जादा साथमा लगेको टर्च गुफा भित्रको शिवलिङ् नजिक वाट खस्दा अन्धकारमा लामो समय गुफा भित्र रहेको र पछि प्रहरीहरुले लिन गएको पनि सम्झना भएको छ । स्याङजा जिल्ला बाट छुट्टीएर बनेको जिल्ला पर्वत र सदरमुकाम कुश्मामा त्यस बेला रातारात बनेका घर र नारायण हाई स्कूलमा ३ कक्षामा पढेको सम्झना भएको छ । त्यसबेला आफु बसेको घर यताउति हेर्दैछु पत्ता लगाउन सकिन । ढुङको छानो भएको घर थियो, त्यहि घरमा माल कार्यालय रहेको थियो । माल कार्यालयको प्रमुख मेरो बुबा भएकोले बुबा संगै बसेको, खेलेको बालपनको सम्झना भएको छ । अहिले कुश्मा वजारको दृष्यनै परिवर्तन भएको रहेछ । हामीले खेल्ने खेतवारी सबै वजार भएछन । कुश्मा वजार देखि दक्षिण तिरको खेतमा ठूला–ठूला भवन निर्माण भएको रहेछ ।

कुश्मा वजारमा एक्लै एताउति हेर्दै हिडेको थिए । एक जना अर्धवैश्य मानिसले मलाई सोधे बाबुको घर कता प¥यो ? मलाई अचम्म लाग्यो,नचिनेको मानिसले एक्कासी घर सोध्दा सारै अचम्म मात्र होइन रमाइलो लाग्यो । मैले सोधिहाले किन घर सोध्नु भयो ? चिनेजस्तो लाग्यो र ? कुरा गर्दै जादा उनको घर कुश्मा नजिकै ज्ञादीभन्ने ठाउमा रहेछ । ज्ञादी पर्वत जिल्लाको नाम चलेको ठाउ रहेछ । उर्वर खेतियोग्य जमिन सदरमुकाम नजिकको गाउँ भए पछि ज्ञादीको महत्व हुनेनै भयो । कुश्मा वजारको पुरानो कुरा गर्दै जादा म पनि बचपनमा यहा बसेको कुरा भन्न भ्याएको थिएन, उनले सबै कुरा सोध्न थाले । महिले पनि सबै कुरा सुनाए । पुरानो कुरा सुनाउने क्रममा भालुको दुलो (गुप्तेश्वरी गुफा) भित्र स्कूलबाट साथीहरुको लहलहैमा गएको, अनि साथमा लगेको टर्च चिरामा खसेर अन्धकारमा घण्टौ सम्म बसेको,अनि प्रहरीहरुले खोज्दै जादा फेला परेको घटना के सुनाउन पाएको थिए । उनित अचम्म मान्न थाले ।

कुरा गर्दै हामी वजारमा रहेको नारायण माध्यमिक विद्यालय नजिकै पुग्यौ । टिन र खरको छाना भएको ०२२÷२३ सालको रुपरेखा र धुलामा आफु खेलेको यादले म एकैछिन टहलिन थाले । ज्ञादीका ति मानिसले साध्न थाले किन बाबु चुप लाग्नु भयोनी ? मैले भने यो स्कूलमा मैले पढेको हो । अहिले स्कूलको स्वरुपनै वदलिएछ । उनिले मलाई भन्न थाले बाबु मेरा छोराछोरी पनि यसै स्कूलमा पढेका हुन । थाक्कै नाम विर्से पनि थरचाहि उनको पन्त थियो । पन्त बुढाले वलेवाको हवाइ मैदान देखाउदै भन्न थाले ! बाबु त्यो पारी वाग्लुङ् जिल्लाको वलेवामा साढे पाच दशकअघि बलेवा र आसपासका बासिन्दाले १२ बर्ष लगाएर विमानस्थल निर्माण गरेका रहेका थिए । ०२७ सालमा सञ्चालनमा ल्याएको विमानस्थलमा हवाई उडान २०४८ साल देखि बन्द भएको छ । वलेवा र आसपासका पाच गाविसले कुटो कोदालो ल्याएर विमान स्थल निर्माण गरी सञ्चालनमा ल्याइएकोविमानस्थल हो । अहिले बन्दहुन हुनपुग्यो । विमानस्थल बन्द भएसगै धौलागिरीका बासिन्दा हवाइ यातायातबाट बञ्चित भएका छन् । बलेवा विमानस्थल अहिले गौचरण र मोटरसाइकल सिक्ने मैदानमा परिणत भएको छ । विमान स्थलमा हवाई जहाज वस्न छाडे पछि आहिले एयरपोर्टमा मोटरसाइकल चलाउन सिक्ने गरेका छन ।

पर्वत जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको धार्मीक विस्वास मानिने रहेछ । पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ गाउँमा भएको विस्वास र किम्वदन्ती रहेछ । यसैको आधारमा जिल्लाको नाम पर्वत नामाकरण भएको रहेछ । परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भन्ने गरेको किम्वदन्ती रहेछ । पर्वत जिल्लाको सदरमुकाम कुश्मालाई प्रचिनकालमा कुशुमपुर नाम रहेछ । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले पार्वती गंगामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई पनि सुन्न पाइने रहेछ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रुपान्तरित भै यस ठाउको नाम कुश्मा हुन पुगेको कुरा रहेछ । पन्चासे र डहरेको लेक यस क्षेत्रका पर्यटकिय स्थल मानिदो रहेछ । सदरमुकाम कुश्मा गण्डकी अन्चलको पोखरा बाट ५८ कि.मि को दुरीमा रहेको छ ।

कुश्मा वजारको गुप्तेश्वर गुफाको ऐतिहासिक महत्व छुट्टै रहेको छ । गुप्तेश्वर गुफा लाई पहिला मैले भालुको दुलो भन्ने गरिन्थो । गाई, बाख्रा चराउने क्रममा गोठालाले सिस्नोको झयाङ् भित्रको गुफामा के रहेछ भनि भित्र पस्दा भालुको दुलोको (गुप्तेश्वर ) वास्तविक पहिचान भएको कुरा मैले जानेको थिए । कालीगण्डकी तिरको पाखामा रहेको गुप्तेश्वर गुफा भित्र महादेवको आकृतीका चुनढु.ाका मूर्ती, शिवलिंगको आकृतीका चुनका स्तभ जस्ता अनेकौ आकृतीहरु कुश्मामा बसेको बेला मैले सबै देखेको थिए । गुफा भित्र पसेपछि एक ठाउमा पापी छिर्न नसक्ने भन्ने छुट्टै गुफा भेटिने ठाउको पनि मलाई याद आयो । साततले भनेर पहिचान भएको त्यस स्थानमा छिर्नको लागी अल्ली असजिलो थियो । आजभोली गुप्तेश्वरी भन्ने गरिएको गुफा पर्वत जिल्लाको महत्वपूर्ण धार्मीक एवं पयटकिय स्थलको रुपमा विकास भएको रहेछ । हिन्दू सनातन धर्मावलम्बीहरुले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सप्तबीज छरी बालाचतुर्दशीको दिन विशेष मेला लाग्ने समेत प्रचलन बसेको रहेछ । आफुले देखेको,भोगेको कुरा र वर्तमान अवस्थामा भएको परिवर्तनका कुराले खुशि लाग्यो ।

पछिल्लो यात्रा मेरो कुश्माको ०५२ तिरमा भएको थियो । ०२२ सालमा कुश्मामा बस्दाको समयमा हामी साथीहरु संग खेल्दा,हामीले कल्पना गर्दै भन्दथियौ । यहाबाट सिधै वलेवा सम्म पुल भएको भए कस्तो हुन्थो होला ? बालमस्तिष्कको त्यो कल्पना अहिले साकार भएको छ । अहिले सुन्दछु, कुश्मामा यान्त्रिक पुल अर्थात केवुल पुल संचालनसगैं पर्वत र बाग्लुङको १६ वटा गाविसका मानिसहरु लाई आबत–जावत गर्न सुविधा भएको छ अरे । कुश्मा र ज्ञादी जोडने मोदीखोलामा अग्लो झोलुङ्े पुल बनेको छ रे । कुश्मा वलेवा जोडने केवुल पुलले दुवै जिल्लाको पर्यटनमा विकास व्यापार, व्यवसाय प्रबद्धन र बलेवा एयरपोर्ट सुचारु गर्नको लागी पनि सुविधा हुन पुगेको कुरा समाचार सुन्दा पनि खुशि लागेको छ ।

विचमा कालिगण्डकी पश्चिम तिरको भूगोल वाग्लुङ् जिल्ला भएको पर्वतको कुश्मा र वाग्लुङ् विचको भूथागमा कालिगण्डकी गहिरो गल्छी वनेर वगेको छ । सदरमुकाम कुश्मा नजिकै रहेको पर्वतको ऐतिहासिक मल्लाज दरबार १ सय ५१ बर्षअघि मल्लकालीन समयमा बनेको रहेछ । माझफाटस्थित उक्त दरबार १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले निर्माण गरेका रहेछन । नेपाली सेनाबाट निबृत्त भएपछि उनले भक्तपुरबाट कालीगढ मगाएर उक्त दरबार बनाएको भनाई रहेछ । पछिल्लो समयमा मल्लाज दरबार संरक्षित हुन सकेको रहेनछ । अहिले आएर मल्लका वशंहरुले दरबार जिर्णेद्धाार गरेका रहेछन । मन्दिर भित्रका ऐतिहासिक हतियार, दरबारमा रहेका परम्परागत नाचगानका सामग्री, विभिन्न ऐतिहासिक नेपाली, हिन्दी, अंग्रेजी र नेवारी भाषाका पुस्तकहरु भने हराएका रहेछन ।

पर्वत राजा मलेबमका पालामा पर्वत शक्तिशाली चौविसे राज्यमा रहेछ । जुनकुरा इतिहासमा पनि पाइन्छ । इतिहासको कालखण्डमा पर्वत राज्य लाई उत्तर भोट, दक्षिण गुल्मी र गल्कोट, पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भएका थिए । त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्यको रुपमा लिने गरिएको थियो । यसरी इतिहासले विगतको पर्वत बाट वर्तमान पर्वत सानो भूगोलमा आएको छ । पर्वत जिल्ला धवलागिरी अन्चलमा पर्दछ । पर्वत जिल्ला कास्की, स्याङ्जा, म्याग्दी, र बाग्लुङ् जिल्लाको विचमा रहेको छ । उचाईका हिसावले समुन्द्रको सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्ने रहेछ । पर्वतको पश्चिमि भागमा कालीगण्डकी नदी, मध्यभागमा मोदी भएतापनि यिनदि बाट सिंचाईको उपयोग हुन पाएको रहेनछ । तर अन्य स–साना खोलाहरु लुंदी, लस्ति, पाति, रति, जहरे, मल्याङगदी, चर्दी, लमाय, वाच्छा, सेति लगाएतका खोलाहरु भने सिंचाईका मुख्य स्रोत बनेका रहेछन । क्रमश…..

मिति ः– २०७० माघ १४ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *