देवघाट देखि मुक्तिनाथ सम्म ……७

  
     के.वि. मसाल
खानखाने बेलामा साथीले भने आज त्यस गाउँमा ठूलै नाच गानको कार्यक्रम भएको । मगर गाउँमा छुट्टीमा लाहुरे आएका रहेछन । उनले भर्तीहुने बेलामा नारायणको पुजा लगाउने भाकल गरेका रहेछन । गाउँको युवा भारतिय सेनामा भर्ती भएर ३ बर्ष पछि घरमा छुट्टीमा आएका रहेछन । फुलेभट्टी वरपर गाउँमा मगर जातीहरुको बस्ती रहेछ । मगर सस्कृतीमा पुजा लगाउने बेलामा स्थानीय युवा–युवतीहरुले कौरा नाच देखाउने प्रचलन गाउँमा रहेछ । कालीगण्डकीको सेरोफेरोको यात्राको क्रममा मगर जातीको कौरा नाचको बारेमा जान्न र त्यस नाचको बारेमा अध्ययन गर्न पाउने कुराले मलाई खुशि लागेको छ । खानाको स्वाद संगै नाचगानको कुराले झनै मिठो भएको छ । लोकल भालेको मासु अनि त्यस संगै मगर गाउँमा बनाएको कोदोको….झोलले हाम्रो कुराको प्रशग फराकिलो हुदै गएको छ ।  

खाना खाएर बाहिर पिडीमा बसेका थियौ । गाउँका युवा–युवती जम्मा हुन थाले । सडकको काम गर्ने ठेकेदार भएको हुनाले गणेश लाई सबैले चिन्दा रहेछन । एकजना युवाले साथी गणेश लाई भनिहाले गाउँमा कौरा नाच हुन लागेको छ ! जाने हैन ? गणेशले भन्दै थिए, म कहा साथी आउनु भएको छ सल्लाह गरौला । कौरा नाच फुलेभट्टी डाडा भन्दा केहि पश्चिम गाउँमा रहेछ । एकछिन पछि खैजडीको आवाज सुनिन थाल्यो । टहटह उझयालो जुनको प्रकाश, रातको समय, शान्त वातावरण खैजडी र कौरा गितको आवाजले हामीलाई पनि नाच हेर्न जाने गरायो । हामी कौरा नाचेको ठाउमा जान लागेका थियौ । एकजना वृद्ध मानिस पनि कौरा नाच हेर्न जानको लागी आएका रहेछन । मैले सोधी हाले यस्तो बुढो मानिस पनि नाच हेर्न जाने ? मेरो कुराको जवाफमा उनले भन्न थाले ! गाउँको पुजा जानै प¥योनी बाबु । अहिलेका तन्नेरीका कौरा पनि सुन्न पाइन्छ । मैले पुनः उनलाई सोधे तपाई पनि जवानीमा कौरा नाच्नु हुन्थो ? जोशिलो स्वरमा उनले भने कौरा नाच्न नजान्ने त मगर नै हुन्न । कौरा नाच हामी मगरजातीको सस्कृती हो । कौराको नाम पनि मगर भाषा बाट बनेको हो ।

कौरा शब्द मगर युवाहरुले युवतीहरु लाई भनेको शब्द रहेछ । मगर भाषामा कान–राहा कान–राह अर्थात हामी आयौ,हामी आयौ भन्दा भन्दै यो नाचको नामै कान राहा बन्न पुग्यो । पछी कान–राहा अपभ्रंश भएर कौराहा शब्द बनेको हो र कौराहा बाट आजभोली  कौरा  भएको हो भन्ने कुरा उनले बताए । कौराको ऐतिहासिक नाम कान–राहा हामी आयौ भन्ने रहेछ । यो कौरा नाचलाई खस भाषामा चुड्का भन्ने गरिन्छ । यो नाच प्राय फागुनको फागुपुर्णिमा देखि असार महिनासम्म नचाउने गरिन्छ । फागुन देखि आसर मसान्त भित्रसम्म पर्ने प्रत्येक चाड पर्वमा केटीहरुले कौरा भोज खुवाउने चलन अझै पनि गाउघरमा रहेको छ । कौरा नाच मगर जातिको मौलिक सस्कृति मानिदो रहेछ । लोक सस्कृतिकै रुपमा सुचारु रुपले चल्दै आएको कौरा नाच मगर जातीहरुको सस्कृति पनि रहेछ । गाउघर बनपाखा घन्काउदै कौरा गाउने नाच्ने समय विशेष गरी माघे संक्रान्तीदेखि नाच्न शुरु गरिएको कौरा नाच असारे पूणर््िामामा सकिने अथवा समापन हुने रहेछ ।

त्यसो त तरुल भ्यागुर पलायो मगर बुढो रमायो भन्ने आख्यान नै रहेको छ । माघे संक्रान्तीको दिन जंगलको तरुल भ्यागुर गिठ्ठा खाएपछि कौरा नाच्न शुरु हुने मगरजातीमा प्रचलन रहेछ । कौरा नाच सुरु गर्ने लाई मगरहरुले बाजा खोल्ने पनि भन्दा रहेछन । कौरा नाच असारमा  खेतिपाती गर्नपर्ने भएकोले कौरा नाच लाई समापन अर्थात मगरहरुकै भनाइमा कौराको बैठान गर्ने भनिदो रहेछ । मगरजातीमा कौरा नाचको समापन गर्दा अर्थात उनिहरुकै शब्दमा बिसाउन १० थरिका मुना टुसा पलाउने कन्दमूल खाने चलन छ । सिप्लीगान खोलेगान रेगान बुदुनीगान ल्हागान कुरगान भिक्स लेटगान छुरगान निगुरो खाएर कौरा बिसाउने गरेको पाइन्। बाटोमा हिडदै कौरा नाचको बारेमा कुरागर्दै जादा मलाई कौरा नाचको बारेमा धेरै कुरा थाहा भयो । कौरा केवल मनोरञ्जन मात्र हैन रहेछ । कौरा नाच त मगर जातीहरुको मौलिक सस्कृतिको धरोहर पनि रहेछ । कुराकानी गर्दागर्दै कौरानाच नाच्ने घरमा पुग्यौ । सामुहिक नाचिने कौरा नाचको रमाइलो बसाइले मलाई पनि मगर सस्कृतीको वारेमा अध्ययन गर्ने अवसर भयो ।

विहान झुल्के घामको किरणले फुलेभट्टी डाडाको गाउँहरु रमाइलो बनाई दिएको छ । दक्षिण तिरको कालीगण्डकी उपत्यकाका ग्रामीण बस्ती, कालीको नागवेली आकृती, कालीपारी पाल्पा जिल्लाका दर्जनौ पहाडी श्रृखंला र गाउँहरु, फुलेभट्टी डाडाको तल देखिने मालुङ गाँउको हरियाली जस्ता दृष्यले मलाई रमाइलोको सिमानै रहेको छैन । म बाटो लाग्ने सुरसार गर्न लागेको थिए । साथी गणेशले भने म पनि मिर्मी सम्म जान्छु । हामी बाटो लाग्यौ अल्ली पर पुग्ना साथ आधीखोला भेटियो । गहिरो गल्छी भएर मिर्मी तिर अर्थात कालीगण्डकी तिर बग्दै गरेको आधीखोला र स्याङ्जा जिल्लाको नामाकरणको बारेमा साथीले मलाई जानकारी दिन थाले । आधीखोला स्याङजा जिल्लाको उत्तर पश्चिम भेगमा रहेको अन्धाअन्धीको दह जुन दहको बारेमा श्रवण कुमारको कथा प्रशंग छ, त्यहि बाट उदगम भएको रहेछ । यो खोलाले कालीनदीमा मिसिन पुग्दा १७ गाविस र २ नगर पालीकाको विचमा बग्दै जाने रहेछ । आधीखोला स्याङ्जा जिल्लाको लागी वरदान मानिने रहेछ । यसै खोलाको प्रशगं बाट जिल्लाको नाम रहेको भन्ने धारणा पनि रहेछ । अठारौ शताब्दी तिर आंधीखोला उर्लदै बढेर थुनिएछ । यसरी थुनिएको देखेपछि मानिसहरुमा हाहाकार मचिन थालेछ । त्यहि बेला खोलातिर हेर्दै एक जना बृद्धले भगवानलाई पुकार्दै खोलो स्यांइय जा भन्ने कामना गरेछन । बृद्धको कामना सगै थुनिएको खोलो स्यांइय खुलेर गए पछि स्याइय जा को अपभ्रंस भएर स्याङजा हुन गएको हो भनाई रहेको छ । अर्को प्रशगंमा यस जिल्लामा सिंजाली मगरहरुको ठूलो बस्ती भएकोले उनीहरुकै थरबाट अपभ्रंश भएर यस जिल्लाको नाम स्याङजा हुन गएको हो भन्ने कुरा समेत रहेछ ।

बाटोमा कुराकानी गर्दै हामी आधीखोला पार गरि सकेका छौ । स्याङ्जा जिल्लाको कृष्ण गण्डकी गाविसको भूगोलमा हाम्रो यात्रा चलेको छ । साथी गणेशलाई मेरो यात्राको उद्देश्य सुनाउदै म पुग्ने स्थलका बारेमा जानकारी लिन खोजेको छु । बिचमा कालीगण्की मिर्मीको भूगोलमा नागवेली परेको छ ।  साथी गणेशले मलाई हातको औलाले देखाउदै भन्न लागे ! उ त्यो ठाउ मिर्मीको वेलाटारी हो । त्यहि ठाउमा कालीको पानी सुरुङ बाट खसालेर विद्युत वनाउने कुरा छ । त्यसको नजिकैको गाउँ स्याङ्जाकै विर्घा गाउँ हो । स्याङ्जा जिल्लाको प्रख्यात आलमदेवीको मन्दिर उ त्यो डाडामा पर्दछ । भन्दै टाढा बाटनै पाल्पा जिल्लाको रानी घाटको दरवार समेत देखाई दिए । त्यति वेला अहिलेको जस्तो सबैको पहुचमा क्यामरा थिएन । साथमा क्यामरा भएको भए कति फोटो खिच्दथिए होला ! साथीले देखाउदै परिचय गरायका स्थल र भूगोल केवल मेरो मानस पटलका मात्र रहन पुग्यो । समयको दौरान लामो छ । मेरो यात्राको सस्मरण र अहिलेको मिर्मीको दृष्य आमुल परिवर्तन भएको छ । पछिल्लो चरण मिर्मीमा ठूलो विकास भएको छ ।

कालीगण्डकीको पानी ६ कि.मि. लामो सुरुङग खनी बेलटारीबाट पानी खसाल्ने परियोजना बाट १४४ मेगा विद्युत उत्पादन भएको छ । अहिले स्याङजाको मिमिर्देखि पर्वत, स्याङजा र गुल्मीको संगम स्थल सेतिबेणीसम्म संचालित जलयातायातका कारण तीन जिल्लाका बासिन्दाका लागि निकै सहज भएको छ । कालीगण्डकी ए परियोजना सम्पन्न भएपछि बाधका कारण पानी थुनिएर करीब ७ किलोमिटर अगाडी सम्म ताल बनेपछि कालीगण्डकी प्रभाबित क्षेत्रका सेतिबेनी र मिर्मी आधिखोला–कालीगण्डकी दोभान क्षेत्रका बासिन्दाको सकृयतामा जलयातायात संचालन गरिएको छ । यो जलयातायातबाट तीन अंचलका तीन जिल्ला गुल्मी, स्याङजा र पर्वतका २५ गाविसका जनतालाई प्रत्यक्ष फाइदा पुगेको छ । जलयातायातका कारण कालीगण्डकी नदी ३ जिल्लाका लागी राष्ट्रिय राजमार्ग जस्तै भएको छ । पैदल हिडेर ४ देखि ५ घण्टा लाग्ने बाटोमा अब जलयातायातका कारण २० मिनेटमा नै पुगिने भएको छ ।

कालीगण्डकीमा जलयातायात संचालन भएपछि जलयात्रा गर्नेको संख्या पनि बढेको छ । जलयात्राका शौखिनहरु र नेपालमा जलयातायातको अनुसन्धान गर्नेहरुको पनि आजभोलि कालीगण्डकीमा भिड लाग्ने गरेको छ । कालीगण्डकी जलयातायातका कारण स्थानियबासिन्दाको आवश्यकता मात्र पूर्ति भएको छैन, जलयात्रा गरेर आनन्द लिने सपना पनि नेपालमै पूरा हुन थालेको छ । सुरुमा भारतको कोलकात्ता, मुम्बई लगायात बिभिन्न ठाउमा संचालित यातायातको अबलोकन गरेर कालीगण्डकीमा इन्जिन स्टिमर संचालन गरिएको थियो । त्यसपछि मिर्मीमा नै   बस, ट्रक, जिपका इन्जिन प्रयोग गरेर मोटरबोट निर्माण गरी जलयातायात संचालन गरिएको छ । आजभोलि संचालनमा रहेका डुङगाहरुले १ सयदेखि डेढ सय जना सम्म यात्रु ओसार पसार गर्दै आएका छन । कालिगण्डकीमा संचालित जलयातायातका कारण सेतिबेनीमा रहेको भगवान बिष्णुको शिला शालिग्रामको दर्शन गर्न जानेको संख्या पनि निकै बढेको छ । यातायातको असुबिधाका कारण ओझेलमा परेको शिला शालिग्रामको महत्व पनि जलयातायात संचालन भएपछि अझ बढेको छ । सेतिबेनीमा रहेको शिला शालिग्राम दर्शन गरेमा साक्षत बिष्णुको दर्शन गरे सरहको पुन्य मिल्ने मान्यताका साथ हिन्दुधर्मालम्बीहरु त्यहा जाने गर्छन ।

जलयातायात संचालन भएपछि उपचार नपाएर अकालमा ज्यान जाने क्रम पनि रोकिएको छ । बिरामी र सुत्केरी महिलालाई अस्पताल पु¥याउन सजिलो माध्यम नै जलयातायात भएको छ । जलयातायत कै कारण र्र्मििमको आधिखोला र सेतिबेनीको किनार बन्दरगाह जस्तै भएको छ । बहुचचिर्त १४४ मेगावाट विद्युुत उत्पादन क्षमताको कालीगण्डकी ए जलविद्युुत परियोजना हालसम्मका आयोजनाहरु मध्येको सबैभन्दा ठूलो आयोनजा मानिएको छ । क्रमश….

मितिः – २०७० मंसिर १९ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *