पर्वत जिल्लाको सेरोफेरो

   के.वि.मसाल
नेपालका भूगोललाई ३५ जिल्लामा विभाजन हुने समयमा पर्वत र स्याङ्जा एउटै जिल्लामा पर्दथियो । जस्लाई पश्चिम ४ नंम्वर भन्ने गरिन्थो । यसको सदर मुकाम स्याङ्जा नुवाकोटमा रहेको थियो । पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । यो नेपालको चौथो सानो जिल्ला हो, धौलागिरी अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना कास्की, स्याङजा, बाग्लुङ र म्याग्दीसग जोडिएको छ । ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वत जिल्ला पहाडी श्रृखलाको भूगोलमा फैलिएको छ । पर्वत जिल्लाको पाङ गाबिस २ मा भेटिएका अवशेष नेपालको सबैभन्दा पुरानो पाषणकालीन भएको प्रमाणित भएको छ । पर्वत जिल्लाको पाङ ऐतिहासिक गाउँ हो । यस गाउँ लाई जोतिषको गाउँ पनि भन्ने गरिन्छ । इट्टा बनाउने क्रममा भेटिएका ती अबशेषहरु पाच हजार बर्ष पुराना भएको पुरातात्विक बिभाग बाट प्रमाणित भएको छ । माटो खन्दै जादा सानो गुफा पनि भेटिएको छ । गुफामा भेटिएका माटोका भाडाहरु,स–साना मुगाहरु, तिर तथा भाला लगायतका सामाग्रीहरु पुरातात्विक बिभागमा राखिएको छ ।   

पर्वत जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ । पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ गाउँमा भएको मानिन्छ । यसैको आधारमा पर्वत नामाकरण भएको पाइन्छ । परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भन्ने गरेको किम्वदन्ती रहेको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले पार्वती गंगामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रुपान्तरित भै यस ठाउको नाम कुश्मा हुन पुगेको हो । पन्चासे र डहरेको लेक यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल पनि पर्वत जिल्लामा रहेको छ । सदरमुकाम कुश्मा गण्डकी अन्चलको पोखरा बाट ५८ कि.मि को दुरीमा रहेको छ । कुश्मामा यान्त्रिक पुल अर्थात केवुल पुल संचालनसगैं पर्वत र बाग्लुङको १६ वटा गाविसका मानिसहरु लाई आबत–जावत गर्न सुविधा भएको छ । दुवै जिल्लाको पर्यटनमा विकास व्यापार व्यवसाय प्रबद्धन र बलेवा एयरपोर्ट सुचारु गर्नको लागी पनि सुविधा हुन पुगेको छ ।

पर्वतको ऐतिहासिक मल्लाज दरबार १ सय ५१ बर्षअघि मल्लकालीन समयमा बनेको माझफाटस्थित उक्त दरबार १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले निर्माण गरेका थिए । नेपाली सेनाबाट निबृत्त भएपछि उनले भक्तपुरबाट कालीगढ मगाएर उक्त दरबार बनाएको भनाई छ । पछिल्लो समयमा मल्लाज दरबार संरक्षित हुन सकेको थिएन । अहिले आएर मल्लका वशंहरुले दरबार जिर्णेद्धाार गरेका छन । मन्दिर भित्रका ऐतिहासिक हतियार, दरबारमा रहेका परम्परागत नाचगानका सामग्री, विभिन्न ऐतिहासिक नेपाली, हिन्दी, अंग्रेजी र नेवारी भाषाका पुस्तकहरु भने हराएका छन ।

पर्वतको ऐतिहासिक कालखण्ड अध्ययन गर्ने हो भने यसको क्षेत्र विशाल थियो । राजा मलेबमका पालामा पर्वत शक्तिशाली चौविसे राज्यमा मानिएको थियो ।  पर्वत राज्य लाई उत्तर भोट, दक्षिण गुल्मी र गल्कोट, पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भएका थिए । त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्यको रुपमा लिने गरिएको थियो । यसरी इतिहासले विगतको पर्वत बाट वर्तमान पर्वत सानो भूगोलमा आएको छ । पर्वत जिल्ला धवलागिरी अन्चलमा पर्दछ । पर्वत जिल्ला कास्की, स्याङ्जा, म्याग्दी, र बाग्लुङ् जिल्लाको विचमा रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग किलोमिटर रहेको छ । उचाईका हिसावले समुन्द्रको सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्दछ  । पर्वतको पश्चिमि भागमा कालीगण्डकी नदी, मध्यभागमा मोदी भएतापनि यिनदि बाट सिंचाईको उपयोग हुन पाएको छैन । तर अन्य स–साना खोलाहरु लुंदी, लस्ति, पाति, रति, जहरे, मल्याङगदी, चर्दी, लमाय, वाच्छा, सेति लगाएतका खोलाहरु भने सिंचाईका मुख्य स्रोत बनेको छ ।

यस जिल्लाका रमणीय लेकाली चुचुराहरुमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरु रहेको छ ।  मध्य भागका पञ्चासे, डहरे तथा दक्षिण भागका चिसापानी र गोल्र्याङग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन । जहा शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरुले सिंगारीरहेका हुन्छ । यी चुचुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमशृखला र टाढा–टाढाका मनमोहक दृष्य तथा विहानीको सू¥योदयको सुन्दरताले सिमानै हुदैन । चाड पर्वमा परम्परागत मेला लाग्ने पन्चासेडाडा मुलुकको सवै भन्दा वढी पानी पर्ने क्षेत्र हो । नेपालको चेरापुञ्जीका रुपमा चिनिने पञ्चासे डाडावाट धौलागीरी हिमालको सुन्दर दृष्य वाग्लुङ, स्याङजा, पर्वत र कास्की जिल्लाको अधिकाशं ग्रामिण बस्ती सदरमुकाम देखिन्छ ।

कुश्मा वजारको गुप्तेश्वर गुफाको ऐतिहासिक महत्व छुट्टै रहेको छ । गुप्तेश्वर गुफा लाई पहिला भालुको दुला भन्ने गरिन्थो । गाई, बाख्रा चराउने क्रममा गोठालाले सिस्नोको झयाल भित्रको गुफामा के रहेछ भनि भित्र पस्दा गुप्तेश्वरको वास्तविक पहिचान भएको थियो । कालीगण्डकी तिरको पाखामा रहेको गुप्तेश्वर गुफा भित्र महादेवको आकृतीका चुनढुङ.ाका मूर्ती, शिवलिंगको आकृतीका चुनका स्तभ जस्ता अनेकौ आकृतीहरु देख्न सकिन्छ । गुफा भित्र पसेपछि एक ठाउमा पापी छिर्न नसक्ने भन्ने छुट्टै गुफा भेटिन्छ । साततले भनेर पहिचान भएको त्यस स्थानमा छिर्नको लागी अल्ली असजिलो छ । आजभोली गुप्तेश्वरी गुफा पर्वत जिल्लाको महत्वपूर्ण धार्मीक पयटकिय स्थलको रुपमा विकास भएको छ । हिन्दू सनातन धर्मावलम्बीहरुले आफ्नो परिवारभित्रका दिवङगत आत्माको चिरशान्तिको कामना गर्दै सप्तबीज छरी बालाचतुर्दशीको दिन विशेष मेला लाग्ने समेत प्रचलन बसेको छ ।

कुश्माको गुप्तेश्वर गुफा मात्र होइन कुस्मा बजार नजीकै रहेका मोदीवेनी पनि प्रशिद्ध धार्मीक स्थल मानिन्छ । मोदीखोला म्याग्दी जिल्लाको घोडेपानीको लेख र कास्की जिल्लाको घान्द्रुङ् गाउँको माथी हिम श्रृखलाबाट बग्दै आउने पानी हो । यस खोला वाट पर्वतमा विद्युत उत्पादन पनि भएको छ ।   मोदीखोला र कालीगण्डकी मिसिएको स्थल लाई मोदीवेनी भनिन्छ । मोदीवेनीमा शिवरात्री, ठूली एकादशीर बालाचर्तुदशी जस्ता पर्वमा यहा भक्तजनको भिड लाग्छ । पर्वत जिल्लाको यि बाहेक धार्मीक, ऐतिहासिक र पर्यटकियस्थलको रुपमा ज्ञादीको अलपेश्वर गुफा, पाङको भुवनेश्वरी गुफा, वर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिर मुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरु हुन भने धार्मीक तथा पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थलको रुपमा मानिन्छ । यो बाहेक सेतीवेणीको शालिकग्राम शिला, धाइरिङगको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्धगुम्बाहरु, ठूली पोखरीको वाटुलेचौर, होश्राङ्दीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरवार तथा किल्ला, माझफांटको कर्णेलको दरवारको महत्व पनि उत्तिकै मानिन्छ  ।

कालीगण्डकी र सेती खोलाको दोभानमा रहेको दक्षिण पर्वतको तिन अंचलका तीन जिल्ला पर्वत स्याङ्जा र गुल्मीको संगमस्थलमा पर्ने सेतीवेनी बजारमा विशाल कालो शिलाढुङा रहेको छ । त्यहि कालो शिलाढुङालाई अवलोकन गर्न आउनेहरु परापुर्व कालदेखी शालिग्राम शिला मान्दै आएका छन । हिन्दुधर्म अनुसार शिलालाई भगवान विष्णुका रुपमा पुजिन्छ । महाशिला पुज्नका लागि देशका विभिन्न ठाउहरुबाट हरेक एकादशी औंशी, माघे सक्रान्ती लगायतका चाडपर्वमा स्थानीय मेला लाग्ने मात्र नभई धार्मीक आस्था राख्नेहरु आस्थाको केन्द्र बनेको छ । सदरमुकाम कुश्माबजार देखि फलेवास बाच्छा हुदै कालिगण्डकी तिरैतिर हिडेर एकदिनमा पुग्न सकिन्छ । आजभोली मोटर मार्ग समेतको पनि सुविधा भएको छ । सेतिवेनीको नजिकै स्याङ्जा जिल्लाको मिर्मीमा कालिगण्डकी जलविद्युत योजना रहेको छ । जलविद्युत योजनावाट वनेको मिर्मी जलाशयमा दैनिक वीस भन्दा वढी स्टिमर चल्ने गर्दछ । शालिकग्राम महाशिलाको धार्मीक सास्कृतिक महत्वको वारेमा पुराणहरुमा उल्लेख भएजस्तै   कालिगण्डकी थुनिएर ठूलो जलाशय भएको छ । कालिगण्डकी ए जलविद्युत परियोजना संचालनमा आएपछि बनेको जलासय र ७ कि.मि जलसयमा जलयातायत संचालन पछि सर्वसाधारण लाई सुविधा भएको छ । स्टिमरको यात्राबाट वाग्लुङ म्याग्दी पर्वत गुल्मी लगायतका मानिसहरु लाई सुविधा भएको छ ।

पर्वत जिल्लाको दक्षिण भाग अग्ला डाडकाडा नदि र खोला किनारमा उर्वर खेतियाग्य भूमी रहेको छ । धार्मीक पर्यटकीय दृष्टिकोणले सेतीवेणी प्रख्यात स्थल मानिन्छ । पर्वतका  धार्मीक तथा पर्यटकीय क्षेत्रमा पुग्न सडक निर्माण हुन थालेको छ । निर्माणधिन सेतीवेणी देखि स्याङ्जा र कास्की जिल्लाको पोखरा पामे सम्मको मोटर मार्ग तयार भएपछि सेतीवेणीको महत्व झन बढने संकेत देखिएको छ । सेतीबेणी–उराम–लुंखुदेउराली–कार्कीनेटा–आर्थर–राम्जा–भदौरे–पामे सडक ७५ किलोमिटर सम्पन्न भएपछि  पोखराबाट सेतीबेणी सम्म पर्यटकहरु आउन जान सुविधा हुने छ । यो सडकले पर्वत स्याङ्जा र कास्कीका पर्यटकीय क्षेत्रहरु लाइ विकास गर्ने लक्ष्य राखिए र निर्माण गरेको मानिन्छ । पोखराको फेवाताल पामेबाट सुरु भएको सडक भदौरेबाट कास्की, पर्वत, र स्याङजामा पर्ने प्रसिद्ध पर्यटकीय क्षेत्रत्र पञ्चासेको फेदी चित्रे, राम्जा, आर्थर हुदै पर्वतको कार्कीनेटा पुग्दछ । कार्कीनेटाबाट पर्यटकीयस्थल डहरेदेउरालीको फेदी हुदे लुंखुदेउराली पुगिन्छ भने लुंखुदेउरालीबाट पर्वतका पर्यटकीय स्थलहरु चिसापानी, गोल्र्याङ हुदै सेतीबेणी सम्म पुग्ने सुविधा हुने छ ।

जिल्ला सदरमुकाम उत्तरतिर रहेको फलामे डाडा पर्यटकहरुको लागी महत्वपूर्ण स्थान मानिन्छ । फलामे डाडाबाट बाट बिहानमा चम्किलो र गोधुली साझमा देखिने सुनौलो  मनोरम हिमालहरु धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छे, लगायतका मनोरम हिमाली दृश्यले पर्यटकहरुलाई आकर्षण गराएको हुन्छ । यस स्थानबाट पर्वत, बागलुङ र पाल्पा जिल्लाका धेरै ग्रामीण बस्ती देख्न सकिन्छ । त्यति मात्र होइन म्याग्दी जिल्लाका रमणिय गाउँ शिख, घारा, राखु, पुला दाना, लगायतका बस्ती पनि देख्न सकिन्छ । मगर समुदायहरुको बाहुल्यता रहेको बनवडे, डाडाकटेरी, कुवापानीका ग्रामिण बस्तीको पहिचान भिन्न रहेको पाइन्छ । मगर जातिहरुले मनाउने मूख्यमूख्य चाडपर्वहरु जेष्ठ पूणर््िामा, माघे सक्रान्ती साउने सक्रान्ती जस्ता चाड पर्वहरुमा मगर सस्कृतीका नाच सोरठी नाच, मादले मारुनी नाच, सालैजो लगायतका नाच तथा गीतहरुले गाउँ लाई रोमान्च बनाएको हुन्छ । फलामे डाडा मात्र नभएर पर्वत जिल्लाको लुंखु देउराली, भोकसिंग,जस्ता गाउँहरुमा गुरुङ् जातीहरुको वसोवास रहेको छ । गुरुङ् सस्कृतीका नाच गानले पनि सस्कृती लाई बचाएको छ ।

जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसमा मोटरबाटोले जोडेको छ । पोखरा–वाग्लुङ अर्थात पोखरा–पर्वत हुदै म्याग्दीको वेनी भएर मुस्ताङ् जाने माटर मार्ग समेत कुश्मा भएर गएको छ । मोदीखोला जलविद्युत आयोजना सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले गाउँघर लाई उझयालो वनाएको छ । पर्वत अहिलेसम्म एउटा पनि नगरपालिका नभएको जिल्ला हो । सदरमुकाम कुस्मा र आसपासका छिमेकी गाविसलाई समेटेर नगरपालिका प्रस्तावित अबस्थामा रहेको छ । सदरमुकाम कुस्मा बजार नै यहाको मुख्य बजार हो । कुश्मा बाहेक ग्रामीण क्षेत्रमा पनि आजभोली वजार विस्तार हन थालेको छ । दक्षिणी भेगमा रहेको फलेबास र कार्कीनेटा, लुंखु, वल्लो बेनी जस्ता स्थान मुख्य ब्यपारिक केन्द्रको विकास भएको छ ।

नेपालमा सवैभन्दा अग्लो पुल भएको जिल्लाका रुपमा चिनिने पर्वत जिल्लामा फेरी अर्को झनै अग्लो र लामो पुल निर्माणको तयारी भइरहेको छ । सदरमुकाम कुश्माबजारलाई दक्षिण क्षेत्रका गाविसहरुसग जोड्न कुश्मा–मुडिकुवा झोलुङगे पुल निर्माण गर्ने तयारी गरिएको छ । निर्माण हुन लागेको पुलको कुल लम्वाई ३ सय ५० मिटर र उचाई १ सय ५५ मिटर हुने छ । पर्वतको मुडिकुवा, खानीगाउ, शंकरपोखरी, देविस्थान, कुर्घा लगायतका दुई दर्जन र छिमेकी जिल्ला बागलुङका एक दर्जन गाविस प्रत्यक्ष रुपमा बन्न लागेको यस पुलले सुविधा पाउने छन । पर्वतमा नेपालकै अग्लो कुश्मा–ज्ञादी झोलुङगे पुलको लम्वाई ३ सय ४५ मिटर लामो र १ सय ३५ मिटर अग्लो रहेका थियो । मध्य पहाडी जिल्लाको पर्वत जिल्ला एक पटक पुग्नुहोस ! प्राकृतीक दृष्यावलोकन गर्नुहोस ।

मिति ः– २०७० मंसिर ७ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *