देवघाट देखि मुक्तिनाथ सम्म…..६

   के वि.मसाल
केदालीघाट बाट म स्याङ्जा जिल्लाका साखर गाविसकोे बाटो भएर अगाडी बढन थाले । साखर गाविसमा जात र थरका गाउँका नाम पनि रहेछन । घर्तीगाउँ, रिमालडाडा, भाटडाडा, ढकालडाडा, भट्टराईगाउँ, जैसीबारी, ढकालडाडा जस्ता नाउँहरु सुन्दा रमाइलो लाग्यो ।  केलादीघाट बाट हिडने बेला आश्रमकै एक जना वैष्णव महिला पनी चापाकोट सम्म जानको लागी म संगै आउनु भएको थियो । पूर्वी पाल्पाको ताहूमा ति वैष्णव महिलाको जन्म भएको रहेछ । सानै उमेरमा श्रीमान को मृत्यु भएपछि उनले आफ्नो केहि सम्पती बिक्रिको रकम समेत केलादीमा दिएर आश्रममा बस्दै आउनु भएको रहेछ । बाटोमा आफ्नो जन्मस्थल हातको औलाले देखाउदै मलाई गाउँको चिनारी गर्न लागीन । उ त्यो गण्डकी पारी डाडा पाल्पाको गाउँ ताहू हो । त्यहा रम्भादेवीको मन्दिर छ । कुरा वुझदै जादा पूर्वी पाल्पाको ताहूको रम्भादेवीको मन्दिर  ऐतिहासिक महत्व रहेछ । ति महिला लाई स्याङ्जा जिल्लाको चापाकोट गाविसको निदिम, वैडी, गाउ, बेलचौर, फूलबारी, कुमालगाउ, सुन्तलीटार समेतको धेरै ठाउको बारेमा जानकारी रहेछ बाटामा हिडने बेलामा नयाँ ठाउको कुराले रमाइलो बनायो । 

दुई घण्टाको पैदल यात्रामा बाटोमा एउटा चिया पसल भेटियो । चिया पसलमा मानिसहरुको चहल पहल थियो । मलाई देख्ने बित्तिकै केहि मानिस मलाई हेर्न लागे । सायद नयाँ चेहरा देखेर होला मलाई सामान्य लाग्यो । होटलमा झोला विसाउदै चियाको अडर गरे । होटलमा भेट भएका अपरिचित मानिसहरु संगको कुराकानीमा पागल मानिसहरु लाई उपचार गर्ने बाबाको कुरा सुनियो । मैले अल्लीबढि जिज्ञासा लिए । कुराकानी गदै जादा नजिकै रत्नपुर गाविस–६ मा पर्ने खोरियाघाटमा पागलहरुको उपचार गर्ने बाबा भएको कुरा मलाई थाहा भयो । चियाको चुस्की सकिएको थिएन एक जना मानिसले एक महिला लाई हातमा समातर हिडदै आएको दृष्य देखा प¥यो । होटलमा जम्मा भएका मानिसहरु बिच कुराकानी चल्न थाल्यो । यस लाई ७ दिन खोरियाघाटमा राख्न पर्दछ । होटलका मानिसहरुको कुराकानीले मलाई खोरियाघाट पुगेर बाबाले पागल लाई उपचार गरेको हेर्न मन लाग्यो ।

पागल मानिस ल्याएर आएका मानिस पनि होटल तिर आए । उनिसंग गाउलेहरुले कुरा गर्न थाले । उनको घर रत्नपुर गाविसका वाड–५ राङ्खोला रहेछ । दिल बहादुर मगर नाम भएका ति मानिसले आफ्नो श्रीमती लिएर आएका रहेछन । तिनै मगरको साथ लागेर म खोरियाघाट पुगे । कालीगण्डकीको किनारको घाट रहेछ खोरियाघाट । विचमा कालीनदी पाल्पा जिल्लाको हुगी, ग्याजा जस्ता रमणिय गाउँ तिर जानको लागी डूङ तर्ने घाट पनि रहेछ खोरियाघाट । नदीको ढिकमा कुटी जस्तै लाग्ने खरको झोपडी, सम्म मैदानी भाग छ ।  वरपर गाई भैसी बाधनको लागी किल्ला गाडेजस्तै मोटा काठका किल्ला गाडिएको छ । तिनै किल्लाहरुमा एक जना महिला र ४ जना पुरुषहरु भैसी बाधने साङ्लाले घाटी र ढाडलाई जेलेर बाधिएको छ । मानौ उनिहरु पशु जस्तै गरेर बन्धनमा रहेका छन । कोहि कराएका छन, कोहि रुन लागेका छन, एकजनाले भने कसैलाई गाली गरि रहेको छ । पशु सरह बाधिएका सबै मानिसहरु को पनभने पागल छ । पागलपन अर्थात रोगको लक्षण देखा पर्नासाथ उपचारको लागी काली वारी र पारीका मानिसहरुले विरामी लाई खोरियाघाट ल्याउने गरेको कुरा थाहा पाए । पागल भनिएका मानिसहरुको आफन्तहरुको कुराकानी चल्दै थियो । सबैको कुराकानीमा मैले पनि चाख राख्न लागे । एकजना मानिस संग उपचारको बिधि सोध्न लागेको थिए । बाबा भन्ने मानिस कुटी बाट बाहिर आए । साङ्लाले बाधेको एक जना मानिस लाई डो¥याउदै उनि कालीगण्डकीको तिर तिर लागे । नदीको ढिकमा गएर हेर्ने मानिसहरुको भिडनै थियो ।

बाबाले पागल मानिसको शरिरमा बाधेको साङ्लोमा लामो अर्को डोरी बाधेर पागल मानिस लाई कालीनदीको छिहिरो परेको पानीमा बगाइ दिए । पागल मानिस पानीमा डुब्ने र बग्ने गर्दा आत्तियो । डोरीले तान्दै तिन, चार पटक पानीमा फाल्दै गरेर त्यो पागल लाई पुन पहिल्यको ठाउमा बाधेर बाबाले राखे । मैले बाबा लाई त्यो उपचारको विधि सोध्न पाएका थिएन, बाबाले फेरि अर्को पागल मानिस लाई साङ्लोमा समातेर नदी तर्फ लान थाले । खोरियाघाटको दृष्यले मलाई कौतुहल मात्र बनाएन, पागल मानिसको यो उपचारविधि का बारेमा सोच्न थाले । कालीगण्डकीको देवघाट देखि मुक्तिनाथ सम्म यात्रा गरेर नदी वारी पारीको वातावरण, धर्म, सस्कृती, प्रशिद्ध  धार्मीकस्थलको बारेमा अध्ययन गर्ने उद्देश्यले देवघाट देखि थालीएको यात्रामा खोरियाघाटमा आईपुग्दा मलाई थप विषयले छोयो । भिडमा जम्मा भएका पागल मानिसका आफन्तहरु संग उपचारका बारेमा सोध्न लागे । धेरैले सन्चो हुने कुरा वताउन थाले । ०४६ साल सम्म पूर्वी पाल्पाको रामपुर र स्याङ्जा जिल्लाको चापाकोट सम्म कच्ची सडक पुगेपनि भरपर्दो यातायातका साधन भने गुडेका थिएनन । उपचारको लागी यातायातको असुविधा, रोगको बारेमा अनविज्ञता, रुढिबाढी परम्परा र आर्थीक कारणले पनि पागल मानिसहरु लाई बाबाको शरणमा लगेका हुन सक्ने अडकल मात्र महिले लगाए ।

खोरियाघाट बाट फर्किने बेलामा चापाकोटमा गल्याङ् आउन लागेको टेक्टर फेला प¥यो । गल्याङ् सम्म टेक्ट्ररको ट्रालीमा बसेर मेरो यात्रा भयो । जुन यात्रा बाट पूर्वी पाल्पा अथवा कालीगण्डकी उपत्यकाको बारेमा धेरै गाउँ, ठाउ र कालीनदीको घाट दृष्यावलोकन गर्न सके । राम्दी देखि दक्षिण स्याङ्जा, तनहू र पाल्पा जिल्लाको सिमाना केलादीघाट सम्म कालीगण्डकीमा प्रख्याल मानिने अर्सदीघाट, हुगीघाट, माझीगाउ रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, रामघाट, केलादीधाट समेत ७ वटा घाट पर्ने रहेछ । केलादी देखि तल तनहू र पाल्पा बिच वग्ने कालीगण्डकीमा पुरटारघाट, डाहाघाट, अत्रौलीघाट, खर्सराघाट प्रख्यात घाट मानिने रहेछ । स्याङगजा, तनहु, पाल्पा र नवलपरासी जिल्लाले बनेको मनोरम उपत्यकाको रहर लाग्दो दृश्य, नदी किनारमा रहेका ऐतिहासिक धामिक स्थलको अध्ययन, अबलोकन गर्न यो भ्रमणले मलाई उपलब्धी मुलक बनाएको छ । कालीगण्डकी राम्दीघाट वरपरको सुन्दर पहाडको खोचबाट नागबेली बनेर बगेको कालीगण्डकी नदीको मनोरम दृश्य र त्यहा बसोबास गर्ने स्थानियबासीका भाषा, संस्कृतिका बारेमा अध्ययन गर्ने मौकापनि मलाई भएको छ । राम्दी देखि तल २८ किलोमिटरको दूरीमा रहेको दक्षिण क्षेत्रको सेखाम र साखर गाविसको संगमस्थल ज्याग्दी दोभानमाको माच्छाको स्वादले विर्सनै नसक्ने बनाइ दिएको छ । गल्याङ् पुगेर टेक्ट्रर बाटओर्लीए पछि आफ्नो डायरीमा सबै कुरा लेख्दै म राम्दी तिर लागे ।

राम्दीघाट मेरो लागी नौलो भने थिएन । ०२६÷०२७ सालमा म पाल्पामा पढन बस्दा धेरै पटक राम्दी घाटमा पुगेको थिए । सानो उमेरमा राम्दीघाट पुगेपनि त्यसको महत्वको बारेमा मलाई खासै थाहा थिएन । राम्दीघाटमा पुगेर ऐतिहासिक, धार्मीक र राम्दीको बारेमा अध्ययन गर्ने सोच पैदा भयो । राम्दीको नाम भगवान रामले स्नान गरेको हुनाले घाटको नाम राम्दी राखिएको धार्मीक विस्वास गरिदो रहेछ । स्याङजा र पाल्पाको सिमानमा पर्ने राम्दीमा ऐतिहासिक घाट रहेछ । पाल्पा र स्याङ्जा वरपर मगर जातीको बसोवास भएको हुदा राम्दीको नाम सुरुमा राम्डी अर्थात मगर भाषामा पानी लाई डि भन्ने गरिन्छ । राम्डी बाट अपभ्रशं हुदै पछि राम्दी भएको रहेछ । सिद्धार्थ राजमार्ग नवन्दै पनि यो घाटबाट गण्डकी र लुम्वीनी अन्चलका मात्र होइन धेरै जिल्लाका मानिसहरु गण्डकी तर्ने घाट रहेछ । विशेष गरी कालीगण्डकी लाई पवित्र नदी मान्ने हुदा स्याङजा र पाल्पा जिल्लाका ठूलो भूगोलका मानिसहरुको दाह सस्कार गर्ने घाट पनि राम्दी रहेछ ।

स्याङ्जा जिल्लाको भेगमा शिवालयको मन्दिर र बृद्ध आश्रम पनि रहेछ । नेपाल भारतको सहयोगमा सिद्धार्थ राजमार्ग निर्माणको क्रममा सडक विभागले २०२० सालमा बनाएको भवनमा बृद्ध आश्रम सन्चालन भएको रहेछ । आश्रममा बृद्धाहरुको सामुहिक प्रयासमा धागोको बत्ती कातेर जीवन गुजारा गर्दै आएका रहेछन । बृद्धहरुको अवस्था जुनसुकै आश्रममा बस्ने किन नहोस अवस्था भने उस्तै पाए । पवित्र कालीनदीमा बिशेष गरी एकादशी, औसी, र पूर्णिमाका तिथीहरुमा गगांको पानीमा स्नान गर्नेहरुको भिड हुदो रहेछ । माघेसक्रान्तीको दिनमा भने राम्दीघाटमा ठूलो मेला समेत लाग्ने रहेछ । राम्दीघाटमानै एक रात काटने सोचमा एताउती बस्ने होटल खोज्दै थिए । मेरो पुराना साथी गणेश अर्याल भेट भए । एकैछिनको कुराकानीमा थाहा भयो उनि सडक निर्माणमा ठेक्का लिएर काम गर्दा रहेछन । मेरो यात्राको बोमा उनलाई सबैकुरा थाहा भयो । उनले मलाई त्यस दिनको बास फुलेभट्टी भन्ने ठाउमा लैजान खोजे । साथीको कुरा काटन सकिन हामी दुवैजना फुले भट्टी तर्फ जान मालुङ्गा तिर लाग्यौ । मालुङ्गा बजार बाट उकालो चढदै राम्दी वरपरका प्राकृतीक रमणिय डाडाकाडाको दृष्य हेर्दै १ घण्टाको पैदल यात्रामा फुलेभट्टी पुग्यौ ।

स्याङ्जा जिल्लाको तुल्सीभञ्याङ, निवुवाखर्क, श्रीकृष्णगण्डकी र निवुवाखर्क एंव पेलाकोट गाविसको बिचमा पर्ने जगत्रदेवी गाविस–७ मा फुलेभट्टी पर्ने रहेछ । अग्ला डाडामा रहेको फुलेभट्टीको दक्षिण तर्फ मालुङगा र पाल्पा जिल्ला अर्थात कालीगण्डकी पर्ने रहेछ । फुलेभट्टीको डाडाबाट जगत्रदेबी गाविसको इलुङगा देबीथान, बरपोखरा, रैवार, दप्छे ट्याङलुङ, आम्बोट, गुठी, टकुन्चौर गराङदी, पिपलभञ्याङ, सुनकर्ने रीप गराङदी, खुसिलो, वमभञ्याङ र माथिल्लो गल्याङ, फलाङ, मुडकिल्ला, तल्लो गल्याङ अमिलाखर्क, सिम्ले जस्ता गाउँहरुको रमणिय दृष्यावलोकन गर्न सकिने रहेछ । स्याङजा जिल्लाको मध्यभागबाट बग्ने प्रसिद्ध आधीखोला फुलेभट्टीको उत्तरतिर बाट मिर्मी तिर बगेको रहेछ । स्याङजाको डहरे देउरालीबाट उत्पत्ती भई सेतीदोभान, स्याङजा, वालिङ, गल्याङ हुदै मिर्मीमा पुगेर कालीगण्डकीमा मिसिने आधिखोलाल स्याङजा जिल्लालाई दुई चिरामा बाडेर बगेको रहेछ । साझ परेको वेला भोकले लखतरान मात्र होइन थकाइ पनि उत्तिकै थियो । ठेकदार साथी खानपिनको सोख, ठूलै रातो भाले काटी हाले । भाले काटने बेला कराएको आवाजले वरपरका मानिस जम्मा भए । खासखुस गर्दै थिए, साथी संग के कुरा गरे कुन्नी मलाई थाहा भएन । क्रमश…….

मिति – २०७० मंसिर १२ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *