देवघाट देखि मुक्तिनाथ सम्म …..३

 
    19198402_2033021870260759_1647743086_n के.वि.मसाल
  तनहू जिल्लाको कोटा–३ आपटारको गाँउबाट भोली पल्ट विहानै म आफ्नो बाटो लागे । अघिल्लो दिनमा साथै रहेका पुलामीको घर बाट निस्किए पछि मलाई समस्या भयो बाटो नचिन्दा । यो यात्रा हो मेरो ०४६ माघ महिनाको, जाडोको महिना कालीनदिको दुवै भागमा अग्ला पहाड, नदिको किनारमा हुस्सु,अल्ली टाडा सम्मको भूगोल पनि देख्न नसकिने अवस्था, एक्लै हिडेको छु । विहान दुई घण्टाको यात्रापछि बाटोमा मानिसहरु भेटिए । महिले सवै आफ्नो कुरा बताउदै वुलिङ्टार जाने बाटो सोधे । उनिहरुले मलाई वुलिङ् पुग्नको लागी धेरै ठाउमा घाट अर्थात डूङ तर्ने स्थान भएपनि सबै भन्दा छिटो र सजिलो घाट बैदीको गढगढी घाट हुने कुरा थाहा पाए । त्यतिवेला त्यसभेगमा मोटरमार्ग बनेको थिएन । पैदल यात्रामा म साझ वास बस्न वुलिङ्टार भन्ने ठाउमा पुगे ।

घाटे माझीको घरको बास, जाडोको महिना मलाई माझीजातीको जीवनशैलीका कुरा जान्ने उत्सुकता जाग्यो । खाना पाकि रहेको थियो, अगेना वरपर माझीका केटाकेटी आगो ताप्दै थिए । माझी लाई मैले कुरा सोधे ! यो क्षेत्रमा माझी जातीको वसोवास धेरै छ ? उमेरहिसावले उनि ६५ वर्षका रहेछन । घाटेमाझी भने पछि त्यस क्षेत्रका प्रख्यातनै रहेछन । उनले आफ्ना कुरा भन्न थाले ! झोलाबाट डायरी निकाले र उनको कुरा टिपन थाले । ०१८ साल भन्दा पहिले त्यो भेगको महाभारतको भूगोल पाल्पा जिल्लामा रहेछ । वुलिङ् घाट प्रख्यात घाट मानिने रहेछ । तनहू जिल्लाको दमौली आसपासका सवै मानिसहरु परासी तिरको तराईमा आउदा तनहूको मानुङ् हुदै वुलिङघाट बाट यात्रा गर्दा रहेछन । वुलिङ्टार अर्खले हुदै कावासोती निस्कने पुरानो पैदलमार्ग रहेछ । माझी पुरानो कुरा संझिदै भन्दछन–घाटेको काम हजुर ! जीवनमा कति लाई तारियो कति….सम्झन पनि सकिन्न । हिउदको महिनामा त सजिलै भए पनि बर्षाको समयमा नदिको भेलमा डुङा चलाउन धेरै मुश्किल हुन्छ । कहिले कहि त डुङ विचमा पुगेको हुन्छ त्यहि बेलामा नदिको भेल ठोकिन्छ त्यस्तो बेला मानिस लाई बचाउन मुश्किल हुन्छ । लामो कुराकानी गरेपछि खानाको समय भयो ।

विहान उज्यालो भयो । माझीको घरको आगन बाट मैले वुलिङ्टारको दृष्य हेर्न थाले । कालीगण्डकी नदिको दायावायाँ नवलपरासी, तनहू, पाल्पा र स्याङ्जा जिल्लाको २० गाविसले बनेको उपत्यका हेर्दा अति रमणिय देखिन्छ । तर भौगोलीक सुन्दरता भएपनि आफ्नो जिल्ला सदरमुकाम जान भने सबै जिल्लाका त्यस उपत्यकाका मानिसहरु लाई पैदल यात्रामा १–२ दिन लाग्ने रहेछ । कालीगण्डकी नदि किनारमा ठूला टार र वस्तीहरुले सजाएको नदि किनारमा रहेका दर्जनौ धार्मीक मठ–मन्दिर र घाटहरुले उपत्यकाको महत्वनै अर्कै मानिने रहेछ । चार जिल्लाको साझा स्वरुपको उपत्यकाको पहाडी श्रृखंलामा अधिकांश गाउँमा मगरजाती र नदि किनारको सम्म टारका बस्तीहरुमा माझि, कुमाल, नेवार र क्षेत्री वाह्मणहरुको बस्ती भएको उपत्यकाको सस्कृती र भाषामा फरक पाइने रहेछ । पाल्पा, तनहू र नवलपरासीको उत्तरी भूगोल जहा मगर जातीहरुको वाहुल्यता रहेकोले होला ! अधिकाशं गाउँठाउ र खोलानालाहरु को नाम पनि मगर भाषासंग जोडिएको रहेछ । मगर भाषामा पानी लाई डि को उच्चारण हुने हुदा ठाउँको नाम जस्तै राम्दी, केलादी, ज्याग्दी जस्ता नाम बाट प्रचलनमा आएको रहेछ ।

नवलपरासीको कालीगण्डकी उपत्यकामा रहेको वुलिङ्टारमा बास बसेको माझीको घर बाट    उपत्यकाको बारेमा धेरै कुराको अध्ययन गर्ने मौका पाए । माझीको घर नजिक गाउँको चिया पसलमा चिया खादै थिए, महिले सोच्दै नसोचेको कुरा पाल्पा जिल्लाको एक जना मेरो पुराना मित्र अर्जुन शर्मा संग भेट भयो । उनको घर पाल्पाको रामपुर वेझाड भन्ने गाउँमा रहेछ । उनी सपरिवार नवलपरासी जिल्लाको डेडगाँउको अकलामाईको दर्शन गर्न घर बाट हिडेका रहेछन । अकलामाई त्यस भेगको सबैको आस्थाको केन्द्र विन्दु मानिने रहेछ । अकलामाई मात्र नभएर  कालीगण्डकी किनारको मठ–मन्दिर र कोटथरको थामबेशी, बुलिङटारको रामेश्वरघाट, भारतीपुर र मिथुकरमको घुमारीघाट ऐतिहासिक र्धािमक स्थलहरु रहेछन । पछिल्लो समय ति स्थलहरु लाई धार्मीक एवं पर्यटकीय क्षेत्र भएकाले त्यसको विकासमा स्थानीयले चासो लिएको कुरा थाहा भयो ।  पाल्पा तानसेनमा म ०२६÷२७ सालमा बुवाको जागिरको क्रममा पढन बसेको थिए । पढने क्रममा ७ कक्षामा पद्य पव्लिक वहुउद्देश्य हाई स्कूलमा सगै पढेको आत्मीय साथी अर्जुन संग भेट हुदा खुशिको सिमा रहेन । लामो भलाकुसारी र मेरो भ्रमणको उद्देश्य बारे सबैकुरा साथी अर्जुन लाई बताए । पाल्पा रामपुर उपत्यकाको बारेमा मलाई थप कुराको अध्यन गराउदै अर्जुनले आफु गगै डेडगाउँको अकला मन्दिर तिर पहिला घुमाउने इच्छा गरे ।

पाल्पाका राजा मुकुन्दसेनको पालादेखिनै महाभारत पर्वतको श्रृखंलामा रहेको अकलादेवीको मन्दिर प्रख्यात रहेछ । दैनिक जीवनमा समसया परेको अवस्थामा होस वा दुःख विमारी भएको बेला त्यस भेगका मानिसहरुले अकलादेवी संग भाकल गर्ने र पुरा भएपछि आफुले मनबाट अर्पेको बस्तु चढाउने प्रचलन रहेछ । प्रख्यात देवीको मन्दिर भएर होला नयाँ मानिसहरु त्यस क्षेत्रमा पुग्नासाथ गाउलेहरुले डेडगाउँको अकला मन्दिर जान पर्दछ भन्ने गर्दा रहेछन । त्यसैले होला ! मेरो साथी अर्जुनले पनि पहिला अकलामाईको दर्शन गर्न पर्दछ भनेका मनमनै सोचे । साथीको कुरा नाइनास्ती गर्ने कुरा पनि भएन, फेरीमेरो उद्देश्यभ नेको अध्ययन भ्रमण मात्र थियो । त्यसैले गर्दा साथीको कुरा लाई समर्थन गदैृ साथै अकलामाईको मन्दिर जान डेडगाउँ तिर लागे । वुलिङ्टारको माध्यमिक विद्यालय बाट हामी डेडगाउँको लागी यात्रा गर्न थाल्यौ । बिस्तारै उकालो सुरुहुन थाल्यो तव मात्र देखिन लाग्यो उपत्यकाको सौन्र्दयता । कालीगण्डकीको नागवेली आकार नदिको वारी–पारी टारहरुमा मानव बस्ती सबै गाउँको नामहरु साथी अर्जुनले बताउन थाले । खै ऐले जस्तो साथमा क्यामरा भएको भए फोटो कति लिन्थे होला ! तर त्यतिवेला मेरो आखाँले मात्र ति स्थलहरको फोटो लिन सके । अर्जुनले हातको औलाले देखाउदै भन्न लागे ! उ त्यो नदि घुमेको ठाउ छ नी घुमारी क्षेत्र भगवान श्रीकृष्णले कामधेनु गाईको दुध खाएका बेला कालीगण्डकी नदीले बचाएकोले धार्मीक क्षेत्र हो । त्यसले त्यो स्थान छु्ट्टै ऐतिहासिक र धार्मीक महत्वको रुपमा यस क्षेत्रमा पहिचान भएको स्थान हो । वुलिङ् गाउँको पूर्वपट्टी नदि पारीको सबै भाग तनहू जिल्लामा पर्दछ । एत्यो अग्लो डाडा तनहू जिल्लाको गजरकोट हो । त्यसको तल कालिगण्डकीको किनारमा केलादीघाट पर्दछ । जहां तनहू, स्याङ्जा र पाल्पा जिल्लाको सिमाना जोडिएको छ ।

जतिमाथी उकालो लाग्दै गयो उपत्यकाको अनगिन्ती प्राकृतीक सम्पदा र बस्तीहरुले मलाई आकर्षण गराएको छ । तनहू जिल्लाको गजरकोट, रम्झाकोट, भीरकोट र बैदी जस्ता गाविसका गाउँहरुले कालीगण्डकीको उपत्यकाको महत्व बढाएको रहेछ । चारघण्टाको यात्रामा हामी अकलामाईको मन्दिरमा पुग्यौ । मानिसहरुको भिड, कतै भजन,कतै मगर सस्कृतीको नाच बुझदै जादा तनहू जिल्लाको रिसिङ् भन्ने गाउँ बाट पन्चवली समेत आएको रहेछ । पन्चवलीमा आएका भक्तहरु बाट मगर सस्कृतीको कौरा नाच नाचीएको रहेछ । साथी अर्जुनका परिवार मन्दिरमा दर्शन गर्न लागे । म भने  नास्तीक मानिस मन्दिरको दर्शन भन्दा पनि सस्कृतीको महत्व राख्न लागे । मानिसको भिडमा नाचगान र भजन कृतनको रमाइलो वातावरणमा रमाउन लागे । पश्चिम तनहू जिल्ला अर्थात सेतीनदि र कालीगण्डकी विचमा रहेको रिसिङ्, घिरिङ् जस्ता मगर सस्कृतीमा पाइने आफ्नै मौलीक लोक संस्कृतिहरु कौरा, झ्याउरे, सोरठी नाचको आनन्द अर्कै हुदो रहेछ । सुनेको र देखेकोमा फरक त्यहि थाहा पाउन सके ।

नवलपरासी जिल्लाको पहाडी भेक डेढगाउ गाउ विकास समिति वडा नं. ४ मा अवस्थित अकलादेवी मन्दिर विशेष गरी यहा एकादशी, औंशी र साउन महिनामा बाहेक अन्य जुनसुकै बेला पनि बलि तथा अन्य पूजा गर्न प्रचलन रहेछ । पूर्वी पाल्ला र उत्तरी भेगका नवलपरासी जिल्लाको मात्र नभएर स्याङ्जा र तनहू जिल्लाका मानिसहरुको साझा सस्कृती र आस्थाको केन्द्रको रुपमा रहेको ऐतिहासिक अकलादेवीको धार्मीक महत्व धेरै रहेछ । रामपुर, वुलिङ्, चापाकोट, र पुरटार जस्ता ग्रामिण बस्ती बिचमा कालीगण्डकीको भूगोलको करिव २० गाविसको प्राकृतीकदृष्य देख्न सकिने डेडगाउको पहाडी श्रृखंला रहेछ । काली नदिको राम्दी देखी हुगिघाट, आदीमघाट, निरधिमघाट, ज्याग्दीघाट, रामघाट, केलादीघाट, बालिघाट जस्ता प्रशिद्ध धार्मीकस्थलको पनि डेडगाउँ बाट अवलोकन गर्न सकिने रहेछ ।

तनहु र नवलपरासी जिल्लाको सिमा बनेर वग्दै आएको काली गण्डकीले यस क्षेत्रको बिभिन्न घाट तथा नदी किनारका भागमा शिवालय र अन्य मठमन्दिरहरले धार्मीक स्थलहरुको निर्माण भएका रहेछन । स्याङ्जा, तनहू र पाल्पाको संगम स्थल रहेको केलादीधाम र बालीघाट, खोरियाघाट लगायतका क्षेत्रहरुमा विशेष तिथी र पर्वहरुमा कालीगण्डकी स्नान गर्नेहरुको भिड लाग्ने रहेछ ।    मेलामा तरुल, सखरखण्ड, पिडालु, बटुक,जस्ता खाद्यबस्तुको किनवेच समेत हुदो रहेछ । विशेष  गरी पूर्वी पाल्पाको इलाका नं. १ मा पर्ने गाडाकोट, झिरुवास, वाकामलाड्ड, मित्याल, सहलकोट र ईलाका नं २ मा पर्ने अर्चले, खालीवन, गल्धा, रामपुर, दर्छा, सिलुवा गाविसका मानिसहरुका लागी अकलामाई वरदानकै रुपमा मानिने रहेछ । कालीगण्डकी उपत्यका अर्थात रामपुर उपत्यकाको बस्ती एवं प्राकृतीक डाडाकाडा समेतको पनि दृष्यावलोकन गर्न पाउदा आफ्नो यात्राको क्रममा मलाई धेरै उपलब्धि भएको अनुभव भएको छ ।

अकलामाईको दर्शन पछि हामी वुलिङ्टार तिर झर्दै थियौ । बाटोमा मैले अर्जुन लाई प्रस्ताप राखे मलाई अव केलादीघाट पु¥याइ दिनु । आखिर अर्जुन लाई घर जादा केदालीघाट नजिकैको बाटो हुदै दर्छा  भएर जान पर्ने रहेछ । मेरो कुरा स्विकार गर्दै हामी हिडन थाल्यौ । क्रमश……

मितिः – २०७० कार्तिक २२ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *