सिद्धरत्ननाथ संग जोडिएको मन्दिर

     के.वि.मसाल
एशिया कै ठूलो मानिएको दाङ् उपत्यका चुरे श्रृखंला र महाभारत पहाडले घेरेको छ । पूर्व पश्चिम ९२ कि.मि. र उत्तर दक्षिण ७२ कि.मि  भित्र रहेको दाङ् जिल्लामा दुई ठूला उपत्यका र एउटा फुलवारी गाविसको छुट्टै उपत्यका रहेको छ । अहिलेसम्मको अध्ययन अनुसार दाङ् उपत्यकाको इतिहास १३५० वर्ष रहेकोछ । जसको प्रमाण स्वरुप रतननाथ मन्दिर चौघेरा सगं यसको इतिहास जोडिएको छ । घोराहि नगर पालिका चौघेराको श्रीसिद्धरत्ननाथको मन्दिर ऐतिहासिक मन्दिर हो । बाबा गोरखनाथको दिक्षाप्राप्त गरेपछि साधु बनेका रत्ननाथको नामबाट श्रीसिद्धरत्ननाथको मन्दिर स्थापना भएको हो । मानव वस्तीको विकास सगै दाङ्को सम्वन्ध भारतको तुलसिपुर,वलरामपुर संगहुदै आयो । सिद्धरत्ननाथको पाटनदेवीको मेलामा रथयात्रा गर्ने प्रचलन पनि सुरुदेखिनै रहेको हो । त्यस समयका दाङ् घोराही चौघेरा देखि सिद्धरत्ननाथको रथ लिएर साधुहरु पैदल यात्रामा जादा बाटोमा पर्ने चुरे श्रृखंलाको चौपट्टामा साधुहरु विश्राम लिने,आफ्नो अराध्यदेव गोरखनाथ एवं रत्ननाथको आरधना र स्मरण गर्ने परम्परा रहेको थियो ।

ऐतिहासिक सिद्धरत्ननाथ पाराणिक दाङ्का राजा माणिक्य परिक्षकको छोरा हुन । राजा माणिक्य परिषकले लक्ष्मीपुर गाविसमा पर्ने सवारीकोट र घोराहिको चौघेरामा बसेर राज्य स्न्चालन गर्दथिए । गर्मीको समयमा सवारीकोट र जाडोको समयमा उनले आफ्नो राज–काजको काम चौघेरामा बसेर सन्चालन गर्ने गरेको इतिहास छ । माणिक्य परिक्षकको मृत्युपछि रत्नपरिक्षक राजा भए । राजाभएको बखत गोरखनाथका शक्तिपात दिक्षा र ज्योतिचमत्कारी,सिद्धि चमत्कारपूर्ण शिक्षाले सप्ताङ्ग राष्ट्रबाट अष्टाङ्ग योगले रत्न परिक्षक बाट सिद्ध पात्रदेवता सिद्धरत्ननाथ योगी भएको विस्वास गरिन्छ । चौघेरा रत्ननाथ मन्दिरमा सात्वीक विशुद्ध तान्त्रीक पूजा पद्धतीद्धारा अनुष्ठान हुदै अएको पूजा पद्धती अन्य मठ–मन्दिरमा विरलै देख्न पाईन्छ । यसरी सिद्ध भएका पात्रदेवता लाई प्रत्यक वर्ष होलीपर्वको पन्ध्र दिनपछि भारतको गोण्डा जिल्लाको तुलसिपुरमा रहेको पाटेश्वरी मन्दिरमा साधुहरुले सवारी चलाउने प्रचलन छ । पाचदिन सम्म पाटेश्री मा पुजा अर्चना भएपछि पुन दाङ् चौघेरामा फिर्ता सवारी गराउने कार्यले निरन्तरता पाउदै आजभोलि सम्म यो प्रचलन रहेको छ ।

सिद्धरत्ननाथको रथ यात्रामा जादा विश्राम लिने स्थल चुरे श्रृखंला चौपट्टाको मन्दिर विष्णु नाथ योगीले निर्माण गरेका हुन । उनलाई कानपुरे पनि भन्ने गरिन्थो । हाभ्रो पौराणिक परम्परा अनुसार यात्राको क्रममा पहाड,द्यौराली,नदी जस्ता सम्पदा लाई शक्तिको रुपमा फुलपाती चढाउने स्थानमा चौपट्टा पनि पर्दथियो । पैदल यात्रीको बाटो पर्नेहुदा त्यहि फुलपाती चढाउने स्थललाई मन्दिर मा परिणत गराएको विस्वास गरिन्छ । महा मृत्युन्जय गुरु गोरखनाथ मन्दिर लक्ष्मीपुर–१ चौपट्टा घोराहि बाट पाटेश्वरी तुलसिपुर यात्राको वेला साधुहरु विश्रा मगर्नेस्थलको रुपमा मन्दिर भएको विस्वास पनि गरिन्छ । यो मन्दिर लाई सिद्धरत्ननाथ चौघेरा बाट मूतीस्थापना गराई पुजाको आरम्भ भएको हो । सिद्धरत्ननाथको रथयात्राको समयमा वाजागाजाका साथ चौपट्टामा साधुहरु पुग्दा त्यसवेला वनमा भएका वन्यजन्तु र चराचुरुङ्गी समेत रमाउने र सवारीकोट देखि रथयात्रामा पुतलीहरु पनि समूह–समूहको भिडमा उडेर चौपट्टासम्म पुग्ने कुराको किम्वदन्ती रहेको छ । चुरे श्रृखलाको घाटी देउखुरु उपत्यका बाट खोलानाला,चुरे पहाडको तरेलीडाडा पार गरेर चौपट्टा आई पुग्दा दाङ् उपत्यकाले स्वागत गरेको अनुभूती हुने,कुनै वेला चौपट्टाले सवैको सेवा,सत्कार पु¥याउने गर्दथियो । सडक यातायातको राभ्रो प्रवन्ध नहुदा सम्म चौपट्टामा स्यानो वजार थियो । भारत लगायत कोइलावास र देउखुरी आउने जाने पैदल यात्रीहरुले चौपट्टा भरिएको हुन्थो । अहिले तिसवैकुरा एकादेशको…कथा भएको छ ।

चौपट्टाको महा मृत्युन्जय गोरखनाथ मन्दिर निर्माता विष्णु नाथ योगीले मन्दिर वरपरका जंगलमा फलफुलको वगैचा पनि वनाउनु भएको थियो । त्यस वगैचामा रोपिएका आप,लिचि र अन्य फलफुलका विरुवा भारतको वलरामपुरका राजाहरुको वगैचा बाट ल्याइएका थिए । करिव १० विघा जमिनको क्षेत्रफलमा लगाइएको मन्दिरको वगैचा अहिले संरक्षणको अभावमा वेवारिसे जस्तो भएको छ । ऐतिहासिक मठ मन्दिर जुनसुकै समयमा निर्माण भएका किन नहोस त्यसको संरक्षण दिने काम राज्यको हो । तर हामीकहां राज्यले संरक्षण दिनुको सट्टा मठ मन्दिर र गुठीका जमिन भोट वैकको रुपमा प्रयोग भएको छ । चुरे र महाभारत पहाडको बिचमा रहेको दाङ् उपत्यकाको महत्व चुरे र त्यस क्षेत्रमा भएका प्राकृतीक अथवा मानव निर्मित सम्पदाको संरक्षण हुनसके मात्र वढछ । पर्यटकिय दृष्टिकोणले पिन यो स्थानमा भएको ऐतिहासिक मन्दिरको संरक्षण हुन जरुरी छ । प्राकृतीक र वातावरणको लागी चौपट्टा अति रमणिय स्थल मानिन्छ । चुरे पहाडको स्वच्छ हावा, दाङ् उपत्यकाको रमपुर,लक्ष्मीपुर रमहाभारत पर्वतमा रहेका दर्जनौ गाउघरहरु को दृष्यावलोकन एकै ठाउबाट गर्न सकिने स्थल हो चौपट्टा ।  

       दाङ् जिल्लामा चुरे पहाडसंग जोडिएका ऐतिहासक सम्पदा धेरै छन । पश्चिम दाङ्को गोलटाकुरी गाविसमा पर्ने राजकोट  देखि लिएर धर्ना धारापानीमा पर्ने शिव मन्दिर र थारु भगतले वनाएको देउखुरी उपत्यकाको वेलदमार माथीको चुरेको गौ आश्रम यसको उधारण मात्र बन्न सक्दछ । चुरे पहाडको विचमा छुट्टै गाविस फुलवारी छ । चुरे पहाडको श्रृखलामा अर्को हासीपुर गाविस छ । यतिमात्र होइन चुरे पहाडको विविचमा बग्ने खोला र समतल भूभागमा गाउहरु छन । सवै लाई चुरे पहाडले सरक्षण गरेको छ । तर चुरे पहाडलाई संरक्षण गर्नु पदर्छ,यसको सरंक्षण बिना मानव बस्तीको विकास असंभव छ भन्ने कुराको चेतना हामीमा पलाएको छैन ।

मिति –२०६९ चैत्र २७ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *